Saturday, October 10, 2015

नेपाल इजराइल होइन: कहाँ राजा भोज कहाँ गंगवा तेली

विजय कुमार जस्ता को Indophobia ह्रदय रोग ले नेपाल लाई इजराइल देख्छ, बलियो इजराइल, मधेस लाई निरीह पलेस्टाइन। मेरो गाउँ मा एउटा बुढो थियो, daily wage laborer. उसको worldview मा कस्तो थियो भन्दा हिन्दु धर्म का चार जात, अनि त्यस मुनि उसले एउटा पाँचौं स्थान पनि राखेको थियो। त्यसमा उसले क्रिस्चियन हरु लाई राखथयो। विजय ले नेपाल लाई इजराइल देखे जस्तो।



मधेशसँग मनभेद हो कि मतभेद हो?
‘ मोदी सर,

नेपाल वास्तवमा मष्तिष्कले चल्ने देश नै होइन।

मष्तिष्कले चल्ने भए, यति धेरै प्राकृतिक स्रोत भएको देशको यो हविगत हुने नै थिएन। नेपाल खासमा भावुक, आवेगी र सन्कीहरूको देश हो जो प्रेम र घृणा मनैदेखि गर्छ। बानेश्वरका सडकमा तपाईँले हिजो प्रेम र अपनत्व जगाउनुभयो। यो उन्मादी देशले तपाईँको उन्मादपूर्वक स्वागत गर्‍यो। तर, नौ महिनामा नै त्यो अपनत्वले नाकाहरूमा आत्महत्या गर्‍यो र यो देश तपाईँलाई घृणा गर्ने तहमा पुग्यो।’ ....... मुलुक संकटमा छ, आधुनिक अर्थको ‘देश’ त यो अझै बनिसकेकै छैन ..... हाम्रा नेताले या त भारतसँग कुरा मिलाउनुपर्‍यो या मधेशको समस्या सुल्झाउनुपर्‍यो या चिनियाँ तेल तिब्बतबाट झार्नुपर्‍यो या बंगलादेशी तेल उडाएर ल्याउनु पर्‍यो। यो चार थोकमध्ये जे गरे पनि हुन्छ।’ ..... बाइक नचढ्ने, हिँड्ने।’ .....

सस्तो उपाय मधेशी नेतृत्वसँग कुरा मिलाउँदा हुन्छ।’

..... राजा वीरेन्द्रले त्यही चुरो बुझेकाले २०४६ मा नेपाली नेतालाई राजदरबारमा निमन्त्रणा दिएर बोलाए अनि बहुदल दिएर पठाए। ..... हिजोसम्मका ‘अछुत’ कमल थापाको पनि पानी चलिसक्यो, गणतन्त्रको भात भान्छामा।’ .... त्यतिका जनता दुई महिनादेखि आन्दोलित छन्। तिनको समस्या आज समाधान गर्न सकिएन भने भविष्यमा स्थिति झनै जटिल हुँदै जान्छ। हाम्रो चाहना त्यो स्थिति नआओस् भन्ने मात्र हो। संविधानमा सबै नेपालीका भावना समेटिउन् भनेर प्रधानमन्त्री मोदीले संविधानसभामा भाषण गर्दा सबै पार्टीले ताली ठोकेका होइनन्? संविधानमा मधेसीका भावनालाई पनि सन्तुष्ट पारिने छन् भनेर नेताहरूले पटक पटक भारतलाई बचन दिएका होइनन्? .......

युद्वरत छँदा पनि मध्यपूर्वमा प्यालेस्टाइन र इजरायलबिच चाडबाडको बेला तिक्तता स्थगन गरिन्छ।

..... यसले मधेश र पहाड बिचको समबन्धलाई बढी समतामुलक बनाउने सम्भावना पनि त्यतिकै छ।

मधेसलाई टेकन फर ग्रान्टेड गर्ने युग समाप्तितिर लाग्ने छ।

...... स्थगित गर्नुपर्छ। कमसेकम दशै, दिपावली र छठसम्मका लागि। त्यो बेलासम्म कुरा मिली पो हाल्छ कि! मिलेन भने पनि, राजनीति भनेको त लामो खेल हो नि।

जुन कुरा इजरायली र प्यालेस्टाइनीबीच चाडबाडको बेला हुन सक्छ, यहाँ किन हुन सक्दैन?

यो एकछिन सुस्ताउने र सोच्ने समय हो। ...... मैले जीवनमा टेलिभिजनको स्टुडियो बाहिर बिरलै नेतालाई मात्र भेटेँ। प्रचण्डजी, मैले पछिल्ला वर्षहरूमा सबैभन्दा बढी भेटेको नेता हुन्। गएको वर्ष चार पाँच पटक भेटेँ होला। गुणदोष आफ्नै ठाउँमा होलान् तर आज पनि नेपालमा सबैभन्दा ‘क्यारेस्मैटिक नेता’ उनै हुन् ..... परस्पर विरोधी अनेकौ पत्र-पत्र मिलेर बनेको छ पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तित्व। म प्रचण्डजीलाई उनले बोल्ने शब्दभन्दा उनको चेहराको भावबाट पढ्न रुचाउँछु। .....

उनीहरू चाहन्छन्-मधेशमा जम्मा दुई प्रदेश मात्र होऊन्। चुरो त्यही हो जस्तो लाग्छ। अरु विषयमा त संशोधन दर्ता भएकै छ नि। बाँकी विषयमा पनि छलफल गर्न हामी त तैयार नै छौं। मुख्य जटिलता सीमांकनमा हो।’

...... कांग्रेस र एमाले ज्यादै रिजिड छन् ..... ‘नेपाली जनताको हैरानी र दुःखका दिन तत्काल सकिएलान् जस्तो मलाई लाग्दैन। हाम्रो समग्र दलको राजनीतिक नेतृत्वले-बाहिर देखाउँने ढोंगी राष्ट्रवाद र भित्र गर्ने आत्मसमर्पणवादबीच च्यापिएर नेपाली जनताको जीवन निस्सासिन थालिसक्यो। यो गहिरो पाखण्ड ...... हाम्रा निम्ति भारतसित पंगा लिएर अरु कोही देश चाहिदो मात्रामा सघाउन आउलान् भन्ने भ्रममा नबस्दा हुन्छ। ... काठमाडौंमा बुझिनुपर्ने कुरा-‘नयाँ नेपाल’ मा पुरानो मधेशको कल्पना नगरौं। ..... आज मधेशको मुद्दा स्थापित भइसकेको छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै जगतमा। अब यो कसैले मेटेर मेट्न सक्दैन। अहिलेलाई सकिने जति विषयमा सम्झौता गरौं। बाँकी संघर्षपछि चल्दै गर्ला। ..... एक पटकका निम्ति, छठसम्मका लागि आन्दोलन स्थगित गरौं। .... तीन ठूला दल (आजको दिनका) का नेताले पनि स्पष्ट बुझुन्–आजको दिनसम्म मधेशसँग मुलुकको बाँकी भूभागको ‘मनभेद’ भएको छैन। मतभेद मात्र हो। मनभेद नभएसम्म मतभेद सुल्झाउन सजिलै सकिन्छ। मनै फाटेपछि सकिन्न, केही गरे सकिन्नँ। .... त्यो दुर्घटना बेला छँदै रोकौं।

No comments: