बाबुराम र काठमाण्डु क्रांति

क्रांति भनेको सजिलो कुरा होइन। जनता ले दुःख पाउने हुन्छ। अहिले देशले दुःख पाएको छ। ओली-प्रचंड-सुशील ले कुरा सुन्ने छाँटकाँट मैले देखिराखेको छैन। राणा शासन मनस्थितिका मानिस हरु। जनता को दुःख सँग कुनै लेनादेना छैन। यस क्रांति लाई झन कड़ा पार्नु नै यस क्रांति लाई छोटो पार्ने उपाय हो।

  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति 
  • भ्रष्टाचारमुक्त देश (देशको ५०% बजेट ५०,००० मानिसले निजी उपभोग गरेको अवस्था छ, राणा शासन मा १००% बजेट ५०० मानिसले उपभोग गर्थे, दायरा मात्र फराकिलो भएको छ) 
  • आर्थिक क्रांति को रोडमैप 
यी मुद्दा का आधारमा बाबुरामले क्रांति लाई काठमाण्डु पुर्याउने कुरा सोँच्नु पर्छ। पहिला को अंतरिम संबिधान, र पहिलो र दोस्रो संविधान सभा का सहमति हरु, यी सबैलाई समेटेर एउटा अंतरिम संबिधान जसमा सीमांकन र नामांकन पनि छ यो शशि ठरूर को फोर्मुला वाला। यी सबै समेटेको, मधेसी मोर्चा सँग को परामर्श सहित। प्रत्यक्ष निर्वाचित राष्ट्रपति को व्यवस्था भएको। देशको बजेट एक तिहाई केंद्र मा, एक तिहाई प्रदेश हरुमा जनसंख्या समानुपातिक, एक तिहाई स्थानीय स्तरमा जनसंख्या समानुपातिक -- भएको। यो संघीयता मात्र होइन, लोकतंत्र र संघीयता दुबै को सबैभन्दा राम्रो पक्ष नै स्थानीय सरकार हो। र देशलाई भरष्टाचार मुक्त गर्ने सबैभन्दा राम्रो बाटो पनि। देशको बजेट आफ्नो पैसा जस्तो लाग्यो भने जनता आफै जाग्छ भरष्टाचार विरुद्ध। स्थानीय स्तर मा सिक्छ जनताले लोकतंत्र र संघीयता। भ्रष्टाचार विरुद्ध लड़न सिक्छ स्थानीय स्तरमा। 

क्रांति लाई काठमाण्डु लानु भनेको सरकार र संविधान ढालने नै हो। बाबुराम को नेतृत्व मा अंतरिम सरकार, चैतमा चुनाव हुने गरी। अंतरिम संविधान मा भनेको साइज को प्रतिनिधि सभा को सदस्य संख्या बराबर को तेस्रो संविधान सभा को चुनाव। त्यस चुनाव मा बाबुराम र मधेसी मोर्चा एक ढिक्का भएर जाने। पहाड़मा दुइ तिहाई बाबुराम, एक तिहाई उपेन्द्र/अशोक। मधेस अवधमा ७५% मधेसी मोर्चा, २५% बाबुराम। थरुहट मा ५०% थारु पार्टी हरु, २५% मधेसी मोर्चा, २५% बाबुराम। एक पद एक उम्मेदवार। 

सर्वेक्षण हरु ले देखाउने गरेको देशको सबैभन्दा पॉपुलर नेता बाबुराम। देशको ध्रुवीकरण रोक्न आफुले खोलेको सिर्जेको पार्टी छाडेको मान्छे बाबुराम। 

अहिले जनता ले दुःख पाएको बेला जनता को दुःख अन्त्य गर्ने सबैभन्दा सहज बाटो क्रांति हो। बाबुराम  ले लीड गर्नु पर्छ। क्रांति लाई काठमाण्डु पुर्याउनु पर्छ। भाँड में जाए ओली को बोली। 

छठ पर्खिनु पर्दैन। दशैं मनाउन नपाएको रोष जनता मा अहिले छ। जनता ओर्लिन्छ सड़कमा। आह्वान गर्नु पर्छ। रोडमैप दिनुपर्छ। 



Comments