Tuesday, October 13, 2015

आंदोलन यथावत राख्नु पर्छ, बरु अझ चर्काउनु पर्छ

आंदोलन को माग पुरा गर्ने कुरा त पर जाओस, वार्ता को वातावरण तैयार पार्ने काम पनि भएको छैन। आंदोलन को एउटा मोमेंटम हुन्छ। एक हप्ता ब्रेक लिएर फेरि आंदोलन मा आउने भन्ने हुँदैन। रोकिए पछि रोकियो।

आंदोलन यथावत राख्नु पर्छ, बरु अझ चर्काउनु पर्छ।

ब्रेक लिनु भनेको अहिले सम्म को कुर्बानी खेर जानु हो। माग पनि पुरा नहुनु, कुर्बानी पनि खेर जानु -- त्यस्तो खेती किन गर्ने?

यो कसैले सोख लागेर गरेको आंदोलन होइन। देश बंद भएर मजा मानिएको होइन। अंतिम अस्त्र को रुपमा प्रयोग गरिएको हो। समानता माग्नु नाजायज हुने देश लोकतान्त्रिक नै होइन।

बरु अझ चर्काउनु पर्छ। आंदोलन छोट्याउने तरिका हो आंदोलन चर्काउने। आंदोलन चर्काउने तरकीब हरु बरु सोंचे हुन्छ। जनतालाई कम दुःख दिनु छ भने आंदोलन चर्काउने।

ए क्रांति, एक दिवाली तेरे भी नाम, तु भी क्या याद रखेगा!

यो संविधान संसोधन को मात्र क्रांति होइन। काठमाण्डु को केंद्र मा रहेको Indophobia चकनाचूर पार्ने क्रांति पनि हो। किनभने Indophobia रोग हो। देशको समृद्धि को सबै भन्दा ठुलो अवरोध।




एकै दिन भित्रियो १३४ ट्यांकर तेल, कुन नाकाबाट कति भित्रिए ?
भारतसँगको अधिकांश नाकाबाट आयात सहज भएको छ । तर,

वीरगन्ज भन्सार नाका भने ठप्प छ । वीरगन्ज भन्सारले राजस्व संकलनको करिब ५१ प्रतिशत हिस्सा ओगट्छ ।

भारतीय सीमा क्षेत्रमा नेपाल प्रवेशका लागि हजारौँ पेट्रोलियमका ट्यांकर तथा ग्यास बुलेट र मालवाहक सवारीसाधन रोकिएका छन् । महानिर्देशक ढुंगानाले वीरगन्ज भन्सार खुलाउन भारतीय पक्षसँग छलफल भइरहेको बताए ।

No comments: