Thursday, October 15, 2015

महंथ राष्ट्रपति बन्नु का दुई संभव असर

एउटा हो कि सबैले मिलेर मधेस आंदोलन को सम्मानजनक अवतरण गराए। त्यस परिस्थितिमा महंथ राष्ट्रपति बन्नुळे देश को एकता लाई मजबुत पार्छ।

अर्को हो छलकपट को बाटो। महंथ लाई राष्ट्रपति बनाउनु भनेको मधेस आंदोलन तुहाउने तुरुप को रुपमा प्रयोग। त्यो बाटो गए मधेस सशस्त्र क्रांति को बाटो पनि जान सक्छ। जानुपर्छ भनेको होइन, जान सक्छ भनेको।

उचित बाटो कुन हो स्पष्ट छ।

हृदयेश को पार्टी अध्यक्ष बन्ने बाटो पनि खुल्छ। त्यो मान्छे जहिले पनि पद नंबर टु, काम र पावर नंबर वन राख्न रुचाइरहेको मान्छे। अध्यक्ष बन्ने अब।

प्रधान मंत्री चुनाव मा सबै दल एक ठाउँ आउन सकेनन्। यस राष्ट्रपति चुनाव मा सब दल एक ठाउँ आउन सके राम्रो सन्देश जान्छ।

तर पहिला संविधान संसोधन गरौं। त्यस अगाडि त ओली दिल्ली जान पनि सुहाउँदैन।

कांग्रेसले महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्भावना
कांग्रेस पदाधिकारी बैककमा महन्थको समेत उपस्थित
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो । ...... सभामुखका उम्मेदवार नदिएमा सत्तारुढ घटक एमाओवादी र तराई मधेश लोकतान्त्रिक पार्टीले समर्थन प्राप्त गर्न सहज हुने ठम्याई कांग्रेसको छ । ...... सभामुखका लागि मधेश केन्द्रित दलका नेताहरुको पनि आकांक्षा देखिएको छैन । मधेश केन्द्रित दलहरुले पनि राष्ट्रपतिको लागि ठाकुरको नाम अघि सारेका छन् । एमाले र एमाओवादीले कांग्रेस उम्मेदवारलाई सघाउने संभावना कम देखिएकाले कांग्रेसले महन्थलाई अघि सार्ने योजना बनाएको हो । ...... आन्दोलनरत दलका नेता ठाकुरलाई राष्ट्रपति बनाए तराई–मधेशमा जारी आन्दोलन मत्थर हुने बुझाई कांग्रेसको छ । साथै मधेशमा कांग्रेसको आधार समेत मजवुद हुन सक्ने बुझाई कांग्रेसका नेताहरुले गर्दै आएका छन् । ‘प्रधानमन्त्री निर्वाचनले तराई–मधेशलाई जोड्ने काम गरेको छ । आधा समस्या समाधान भएको छ,’ पदाधिकारी बैठकमा सहभागि कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपति दिएर समस्या समाधान हुन्छ भन्ने किन नदिने भन्ने आवाज कांग्रेसमा छ ।’ ...... ठाकुरलाई उम्मेदवार बनाए एमाओवादी र गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम समेत सकारात्मक हुन सक्ने अनुमान कांग्रेसको छ । गच्छदारले संविधानको कार्यन्वयन र प्रदेशको संरचना बनाउने चूनौतिपुर्ण घडिमा कांग्रेसलाई सँगै लैजानु पर्ने बताउँदै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन ।
प्रधानमन्त्रीले आन्दोलनरत दललाई औपचारिक वार्ता आह्वान गर्ने





मधेस आन्दोलनप्रति एक्यवद्धता जनाउँदै पहाडी समुदायको प्रदर्शन
र्‍यालीले पहाडी मधेसी भाई भाई भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । मधेसी एकता जिन्दावाद, मधेसको माग पुरा गर जस्ता नारा लगाउँदै भएको प्रदर्शनमा महिलापनि सहभागी थिए । ..... यसअघि पनि पहाडी समुदायले नाकामा धर्ना बसेका आन्दोलनकारीलाई २ दिन भोजन, हुलाकी सडकमा मानव साँग्लोमा सहभागीता जस्ता आन्दोलन कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए । २ महिनादेखि जारी मधेस आन्दोलनमा यसपटक यहाँ भने शान्तिपूर्ण रहेको छ । साम्प्रदायिक सद्भाव कायम राख्दै भएको आन्दोलनमा समर्थन जुट्ने क्रम जारी रहेको आन्दोलनरत मोर्चाले जनाएको छ ।
प्रतिपक्षको राजनीति खोज्दै मधेस
एक दशकभन्दा पनि कम समयमा तीनपटक मधेसी आन्दोलन भयो। २०६२/६३ को जनआन्दोलनमा पनि मधेसको हिस्सेदारी मजबुत थियो। छोटो अवधिको तीनवटा मधेसी आन्दोलन जो आफैंमा जनआन्दोलनको कलेवर बोकेको छ, यसले खोजेको के हो? .....

मधेस आन्दोलनले दिन खोजेको सन्देशलाई राष्ट्रिय विमर्शका ठेक्का लिनेहरूले अहिलेसम्म परिभाषित गर्न नसकेका हुन्। नत्रभने आन्दोलनको सन्देश अरु राजनीतिक शक्तिका लागि प्रेरक बन्न सक्थ्यो।

...... मधेस आन्दोलन सुदूर देहातसम्म पुगिसकेको छ। जनताको स्वस्फुर्त सहभागिता र समर्थन दिनानुदिन फैलिँदै गएको छ। पटक–पटकका आन्दोलनको आयतन उन्नत र फराकिलो हुँदै गएको छ। ...... नत यसलाई ओली नेतृत्वको सरकारमा विजय गच्छदारको आठबुँदे सहमतिले व्यक्त गर्छ, न वार्ताको क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानमा संशोधनका लागि प्रस्तुत गरेका बुँदाहरूले नै अभिव्यक्त गर्छन्। ..... नेपाली राज्यसत्ताको बनोटमा एउटा ‘स्थायी सत्ता’ छ, जसले एउटा बर्चस्वशाली समुदायको हित संरक्षण गरिरहन्छ। महाराजा र राजाहरू बदलिए, पद्धतिहरू बदलिए, सरकारहरू बदलिए, शाह वंशको शासन बदलियो। तर त्यो ‘स्थायी सत्ता’ सङ्घीय गणतान्त्रिक नेपालमा पनि नयाँ रूप र आवरणमा विद्यमान छँदैछ। तिनले गणतान्त्रिक ‘एलिट’हरूको एउटा नयाँ प्रजाति उत्पादन गरेको छ, जसले अहर्निश स्थायी सत्ताको प्रशस्ति गायन गरिरहन्छ। मधेस आन्दोलनले यिनै प्रवृत्तिमाथि सार्थक हस्तक्षेप गर्न खोजेको हो। सुगौली सन्धिपश्चात् पहिलोपटक नेपाली राज्यले आफ्नो अस्तित्वमाथि संकटबोध गरेको पहिलो मधेस विद्रोहको समय थियो। त्यसबेलादेखि नै राज्यले विद्रोहको सह–उत्पादनका रूपमा देखापरेका मधेसी दलहरूलाई अन्तरध्वंसको सिकार बनाउने, तिनको छवि धुमिल गर्ने, पात्रहरूको पहिचानलाई श्रापित गर्ने अनेक उपक्रम गर्दै रह्यो। तर फेरि पनि मधेस आन्दोलन हुनबाट रोक्न सकिएन। राजनीतिक पण्डितहरूको बुझाइ थियो– यो आन्दोलन संविधान आइसकेपछि सेलाएर जान्छ, तर सेलाएन। प्रधानमन्त्रीको निर्वाचनमा मधेसी दलहरूले भाग लिएपछि तुहिन्छ, तर तुहिएन। आखिर त्यो कुन तत्त्व हो, जसले राज्य सम्पोषित तमाम प्रतिकूल अवस्थाका बाबजुद पनि मधेसी आन्दोलनलाई कायम गरेको छ? त्यो नबुझिकन मधेस राजनीतिको भविष्य किटान गर्न सकिँदैन। ...... जुन दिन प्रधानमन्त्रीको चुनाव हुँदै थियो, त्यो दिन र त्यसपछि पनि वीरगन्जको सडकमा हजारौं मान्छे गाउँ–गाउँबाट आएका थिए, आन्दोलनमा सहभागिताका लागि। र तिनीहरू दक्षिणी सीमास्थित मितेरी पुलसम्म गएर धर्नास्थलमा ऐक्यबद्धता प्रकट गर्थे। ‘सर्वभुतेषु नृत्य रुपेण संस्थिता’ अर्थात् सबैमा नृत्यको भाव विद्यमान छ भनेजस्तै विभिन्न उमेर समूहका हजारौं सहभागीहरू आन्दोलनमा सहभागी हुनुलाई उत्सवको रूपमा लिँदै थियो। नाच–गान, करतव–कौशलको प्रदर्शन गर्दै सबै रमाएका देखिन्थे। महिलाहरूको पनि त्यतिकै सहभागिता थियो। दलित, मुस्लिम, विभिन्न भाषिक र जाति समूहहरूको समर्थन थियो। नाममा मधेसी आन्दोलन भए पनि पहाडी समुदायको पनि ऐक्यबद्धता थियो। जब नागरिकले आन्दोलनमा सहभागी हुनुलाई उत्सवको अर्थमा लिन थाल्छन्, त्यो आन्दोलन न गोलीसँग तर्सिन्छ, नत कुनै प्रकारको प्रोपोगन्डाबाट अलमलिन्छ वा एकआपसमा विभाजित नै हुन्छ। ........

यो आन्दोलन क्षेत्र विशेषमा भइराखेको भए तापनि यसको प्रभाव नेपालको भविष्यसँग गाँसिएको छ।

.... सडकमा रहेका मधेसी दलहरू जो संविधानसभाभित्र पनि थिए, तिनीहरू कसैले पनि नयाँ संविधानलाई पूर्णत: खारेजी खोजेका होइनन्। ..... लोकतन्त्रमा सम्वादको असली मञ्च संसद् नै हुन्छ। मधेसी दलले एक पाइला आन्दोलनमा र अर्को संसद्मा राखेको स्थितिलाई सरकारी पक्षले वार्ताको उपयुक्त अवसरका रूपमा लिनु नै बुद्धिमानी हुन्छ। ......

मूलत: मधेसी आन्दोलनले अपेक्षा गरेको नायक र दल अहिले पनि समुद्रझैं आन्दोलनमार्फत मन्थन भइराखेको मधेस आन्दोलनको गर्भमै छन्।

नेपाली राज्य र समाजलाई लोकतान्त्रीकरण नगरेसम्म मधेसी जनआन्दोलन बिसौनीमा पुगेको मानिँदैन। अहिले फेरि एउटा सम्झौतामा गएर टुड्डिए पनि फेरि–फेरि यो प्रतिपक्ष राजनीतिको भाव लिएर परकम्प दिइनै रहन्छ। स्थायी सत्ताप्रति निरन्तरको खबरदारी र बाटो प्रदर्शनको अगुवाइ गरिराखेको मधेसी जनआन्दोलन भइराख्दासम्म यो देशको भविष्य सुरक्षित मान्न सकिन्छ।
कता जाँदैछ मधेस आन्दोलन?
नेतृत्वमा दक्षताको अभाव, समयानुकूल निर्णय गर्न सक्षम नहुनु र भएका कमजोरीलाई स्वीकार गरी पाठ सिकेर नयाँ रणनीति बनाउँदै अघि बढ्नुको साटो ढाकछोप गर्ने नेतृत्वको रवैयाका कारण मधेस आन्दोलन कमजोर हुँदै गएको छ। ..... प्रधानमन्त्री निर्वाचनमा मधेसवादी दलका नेताको सहभागितापछि तिनै मधेसीमा देखिएको नैराश्यताले आन्दोलन मत्थर भएको महसुस स्थानीय नेता तथा कार्यकर्ताले गरेका छन्।

आन्दोलनमा अहोरात्र सडकमा रहेका कार्यकर्ता पंक्तिसमेत अन्योलको भूमरीमा फसेका छन्।

...... ‘एउटा स्पष्ट मार्गचित्र लिएर अघि बढेको आन्दोलनका बेला बीचमा त्यसमाथि छेडखानी गर्नु नेतृत्वको कमजोरी हो, जसले पछिल्लो आन्दोलनलाई बिनाउपलब्धि शिथिल बनाउने खतरा बढायो।’ ...... ‘०६२–०६३ पछि भएका आन्दोलनको नेतृत्व सत्ताको खेलमा सधैं लागिरहे। उनीहरूले नैतिकता बचाउन नसकेकाले यस्तो परिस्थिति जन्मियो।’ ..... ‘पछिल्लोपटक आन्दोलनले पाएको उचाइलाई कायम राख्नुको साटो काठमाडौं फर्केर प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर नेताहरूले नैतिकताविहीन काम गरे,’ मण्डलले भने, ‘त्यसले गर्दा उनीहरूले संविधान मान्दिन भन्ने नैतिक आधार गुमाए। यही संविधानअन्तर्गत प्रधानमन्त्री चुनावमा भोट हालेर बाहिर आएपछि मान्दिन भन्नु अनैतिक हुने उनी बताउँछन्। ..... ‘आन्दोलनका क्रममा एकतर्फ राज्यप्रति आक्रोश छँदै थियो, अर्कोतर्फ प्रधानमन्त्रीको निर्वाचनमा नेतृत्वले देखाएको रवैयाबाट कार्यकर्तामा नैराश्यता बढाएको छ। यसले गर्दा आन्दोलन अराजक र हिंस्रक हुने सम्भावना बढेर गएको छ,’ उनले भने, ‘राज्य र मधेसबीच अपनत्वको सम्बन्ध अन्त्य भएको अवस्थामा मधेसी नेताको कदमले बढाएको नैराश्यताले अराजकतातर्फ नै धकेल्छ।’ ...... वेदानन्द झादेखि रघुनाथ ठाकुरसम्मको समयमा भएका आन्दोलनमा सांस्कृतिक पहिचान र भाषाको विषयले प्रमुखता पाए। तराई कांग्रेसदेखि हिन्दी बचाउ आन्दोलनसम्म सांस्कृतिक र भाषिक पहिचानको स्वरूपको आन्दोलन मात्र थियो। गजेन्द्रनारायणले सद्भावना परिषद्देखि सद्भावना पार्टीसम्ममा मधेस आन्दोलन ल्याइपुर्‍याउँदा नागरिकता समस्या पहिलो प्राथमिकता थियो। ...... ०६३ सालमा भएको मधेस आन्दोलनमा संघीयताप्रधान मुद्दा बन्यो ....

अहिलेसम्मका सबै आन्दोलनले नेतृत्वकै असफलताका कारण आन्दोलन निष्कर्षविहीन हुने गरेका छन्।

..... मधेसवादी दलका नेताहरूकै पुतला दहन हुन थालेको छ। हिजोसम्म आफ्नो अधिकारका लागि सम्पूर्ण बल लगाएर सडकमा उत्रनेहरू राज्यभन्दा आफ्नै नेतालाई निसाना बनाउन थालेका छन्। ...... प्रधानमन्त्री निर्वाचनमा भाग लिएपछि यहाँ जारी आन्दोलनमा सर्वसाधारणको सहभागिता घट्दै गएको छ। नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै मधेसवादी दलका नेता–कार्यकर्ताको पार्टी परित्याग गर्ने क्रम सुरु भएको छ। आफैंले जलाएको संविधान कार्यान्वयन प्रक्रियामा सहभागी भएको भन्दै

फोरम नेपालका जिल्ला सदस्य प्रभानन्द मण्डलले साधारण सदस्यतासमेतबाट राजीनामा दिएका छन्। यस्तै फोरम लोकतान्त्रिकका अगुवा कार्यकर्ता शंकर खिडहरी यादवले ७० जनासहित पार्टीको सधारण सदस्यतासमेत परित्याग गरेको घोषणा छन्।

...... फोरम लोकतान्त्रिका सप्तरी अध्यक्ष सत्यनारायण यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई बीचमै छाडेर सरकारमा सहभागी हुने अध्यक्ष विजय गच्छदारको कार्यशैलीप्रति विरोध जनाएका छन्। कार्य समितिका सर्वसम्मत निर्णय भन्दै जारी विज्ञप्तिमा भनिएको छ, अध्यक्षले कार्यशैलीमा सुधार नगरे पार्टी परित्याग गर्न बाध्य हुनेछौं।’ ...... जारी मधेस आन्दोलनमा गाउँ तथा वडास्तरका कार्यकर्ता तथा सर्वसाधरणको सहभागिता बढ्दै गएको थियो, असन्तुष्ट प्रभानन्द मण्डलले भने, आन्दोलनमा होमिएका मधेसी जनताको भावनामा पार्टी नेतृत्वले ठेस पुर्‍याएको छ। नेतृत्वले मधेस आन्दोलनलाई बेचेका पार्टीका सदस्य रहिरहन नैतिकताले दिएन। .... मधेस आन्दोलन सुरु भएदेखि नै सदरमुकाम राजविराजसहित भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, तोपालगायत ग्रामीण बजारमा पनि दैनिक ठूलो संख्यामा प्रदर्शन हुँदै आएको थियो। प्रधानमन्त्री निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका नेतृत्व सहभागी भएदेखि कतिपय स्थानमा प्रदर्शन रोकिएको छ। सदरमुकाम राजविराज तथा भारदहमा दैनिक भइरहेका प्रदर्शनमा जनसहभागिता न्यून भएको छ। ..... थारू बाहुल्य रहेको सप्तरीको पश्चिमी भेकमा थारूहरू पक्ष–विपक्षमा विभाजित भएका छन्। सरकारमा सहभागी हुने गच्छदारको निर्णयप्रति सहमत हुनेहरूले आन्दोलन छाडेका छन्।

असहमत हुनेहरू नेतृत्व अभावमा अलमलमा परेका छन्।



वीरगन्जबाहेक सबै नाका सुचारु
मुलुुकका मेची, जोगबनी, पश्चिमका नेपालगन्ज, धनगढी, महेन्द्रनगर नाका खुकुलो भए पनि राजधानीलाई इन्धन आपूर्ति हुने वीरगन्ज ठप्पै छ भने भैरहवा नाकाबाट आंशिक रूपमा इन्धन भित्रिएको छ। जसका कारण मुलुकका अरू क्षेत्रमा इन्धन हाहाकार कम हुँदै गए पनि राजधानी भने अभाव ज्युँकात्युँ छ। ....... मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका अझै ठप्प रहेकाले मुलुकमा इन्धन, औषधिलगायत अति आवश्यक वस्तुको हाहाकार कायम रहने कर्मचारी बताउँछन्। ...... कुल खपत हुने पेट्रोल/डिजेलको ७० प्रतिशत भान्सामा प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत, हवाई इन्धनको ९० प्रतिशत यही नाका भएर भित्रिन्छ। सामान्य अवस्थामा रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनबाट दैनिक १ सय २० देखि १ सय ३० ट्यांकर इन्धन भित्रिने गरेको थियो। ...... गत असोज ७ देखि वीरगन्ज–रक्सौल नाका बीचको मितेरी पुलमा सुरु भएको धर्ना बुधबार २१ औं दिन पनि जारी छ। दसगजामा रहेको सिर्सिया खोलाको पुलमा ४ वटा समेना (पाल) टाँगेर आन्दोलनकारी धर्नामा बसेका छन्। बिहान र साँझको खाना करिब ३ सय मिटरको दूरीमा रहेको रक्सौल निवासी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा गएर खाने गरेका छन्। दुई टाइम नास्ता र पिउने पानी (मिनरल वाटर) धर्नास्थलमा उपलब्ध हुँदै आएको छ। रक्सौलका उद्योगी तथा महिमा एक्सपोर्टसका सञ्चालक अग्रवाल भारतीय जनता पार्टी (भाजपा) का समर्थक हुन्। रक्सौलको स्थानीय प्रशासनमा उनको राम्रो पकड रहेको छ। सुरक्षाकर्मीका अनुसार भारतीय पक्षको असहयोगका कारण मुलुकको ‘लाइफ लाइन’ मानिने नाका सुचारु नभएको हो। ........

भारतीय समकक्षीले एक इसारा मात्र गरे १० मिनेटमा नाकाको अवरोध हटाउन सकिने नेपाली सुरक्षाकर्मी बताउँछन्।

‘नेपाली भूभागको दसगजाबाट हटाउँदा आन्दोलनकारी पारिपट्टि जान्छन्,’ पर्सा प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ भन्छन्, ‘भारतीय प्रहरीको सहयोगबिना अवरोध हटाउन सम्भव छैन।’ मानवरहित क्षेत्र मानिने दसगजामा विगत ३ सातादेखि धर्ना, प्रदर्शन, नाचगान चलिरहेको छ। भारतीय सुरक्षाकर्मीलाई कुनै चासो छैन। आफ्ना सर्तहरू पालना गराउन भारतले रक्सौल नाकालाई प्रयोग गरिरहेको जानकार बताउँछन्। ...... ‘आफ्नै संरक्षणमा मधेसवादी दललाई धर्नामा बसाएको भारतले माग पूरा नहुँदै पुलबाट लखेटेपछि बद्नामी हुन्छ,’ ती विश्लेषकले भने, ‘आफ्नो स्वार्थ (विहार विधानसभा) पनि पूरा हुने र मधेसवादी दल भविष्यमा आफू अनुकूल परिचालन हुने ग्यारेन्टी पनि हुन्छ।’ ....... दुई देशबीच रहेका अन्य नाका (विराटनगर–जोगबनी, भैरहवा–सुनौली, नेपालगन्ज–रुपैडिहा) को बीचमा दसगजाको दूरी न्यून बराबर छ। ....... ‘अन्य नाकाहरूमा प्रवेशद्वार वारि नेपालको भन्सार र पारि भारतको कस्टम कार्यालय छन्,’ वीरगन्ज भन्सारका एक अधिकृतले भने, ‘तर, वीरगन्ज र रक्सौल भन्सारको बीचमा झन्डै ४ सय मिटर क्षेत्रफलको दसगजा छ, त्यही क्षेत्र भएर बग्ने खोला माथि मितेरी पुलमा धर्नामा बसेका छन्। यसले आन्दोलनकारीलाई प्रदर्शन गर्न सजिलो बनाइदिएको हो।’ गाउँगाउँबाट बाजा बजाउँदै दिनहुँ ठूलो संख्या सहभागी हुन आउँछन्। ट्याक्टरमा चर्को गती बजाएर तेस्रो लिंगीलाई नचाउँदै धर्नामा ऐक्यबद्धता जनाउन गाउँले मितेरी पुल पुग्ने गरेका छन्। ..... ‘साँझ पुग्ने उनीहरू पारि रक्सौलमा सञ्चालित मेसमा भोज जस्तै भुइँमा बसेर खान्छन्,’ स्थानीय रञ्जित श्रीवास्तले भने,

‘खाना खाएर राति पुलमा सञ्चालन गरिने मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गरी रमाइलो गर्छन्, बिहानको नास्ता गरी घर फर्कन्छन्।’

........ सुनौली–भैरहवा नाका .... अन्य बेलामा नाका सहज हुँदा यस नाकाबाट दैनिक ३५ देखि ४० ट्यांकर पेट्रोलियम पदार्थका ट्यांकर र ५/६ वटा एलपी ग्यासका बुलेट नेपाल आउने गर्थे। अन्य मालवाहक गाडी भने नेपाल भित्रिने संख्या बढ्न थालेको छ। बुधबार साँझसम्म २ सय ५० मालवाहक गाडी नेपाल छिरेका छन्। रातिसम्म ३ सयको हाराहारीमा पुग्ने अनुमान भन्सारका कर्मचारीको छ। सबैभन्दा धेरै तरकारी, फलफूल भित्रिएका छन्। ...... त्यहाँ पुलिसले एउटा मालवाहक गाडीसँग १० हजार रुपैयाँसम्म लिएर असुली गरिएका गाडीलाई छिटो नेपाल आउन मिल्ने गरी लाइनमा घुसाइदिने गर्ने गरेको आरोप आयातकर्ताको छ। ..... बाँके– भारतीय अवरोध हटेसँगै नेपालगन्ज(रुपैडिहा नाका पूर्ववत् अवस्थामा फर्किएपछि सर्वसाधारणको चुलोसम्म परेको नाकाबन्दीको असर बिस्तारै कम हुँदै गएको छ। दैनिक उपभोग्य वस्तुहरू निर्वाध भित्रिन थालेपछि अभाव कम हुन थालेको हो। दसैंमा नाका खुलेपछि व्यवसायी र सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। नेपालगन्ज नाकाबाट पहिलेजस्तै पेट्रोलियम र दैनिक उपभोग्य वस्तुहरू भारतबाट आयात हुन थालेका छन्। मोर्चाको अवरोधअघि आयल निगमका एक दर्जन ट्यांकर इन्धन भर्ना भारत जान्थे। त्यस्तै दैनिक उपभोग्यका ६० मालवाहक ट्रक नेपालगन्ज भित्रिन्थे। तर, मोर्चाको आन्दोलनपछि आयात ठप्प भयो। जसका कारण मध्यपश्चिमभरि दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो। ..... मंगलबार करिब ८३ लाख राजस्व संकलन भएको भन्सारले जनाएको छ। त्यसअघि एकै दिन २ करोड रुपैयाँ भन्सार कर उठेको थियो। ...... काँकडभिट्टा/विराटनगर ..... ‘पहिला पनि २० देखि २५ ट्यांकर तेल आउँथ्यो,’ नेपाल आयल निगमका कर्मचारी बालकुमार कटवाल भन्छन्, ‘पहिलाकै तुलनामा तेल आउन थाल्यो।’ मेची भन्सारका अनुसार नाकाबन्दीपछि पूर्वी नाकाबाट सयभन्दा बढी ट्यांकर तेल भित्रिसकेको छ। ...... जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा निगमले ३७ वटा ट्यांकरको तेल राजधानी पठाएको छ। ..... विराटनगरसँग जोडिएको जोगबनी नाकाबाट सायतायता २ सय ४२ ट्यांकर इन्धन भित्रिएको छ।
सर्वसाधारण भन्छन् नाका नथुन, दसैं मनाउन देऊ

No comments: