Monday, October 19, 2015

रौतहट काँग्रेस, इमान है जरा भी तो पार्टी छोडो

सरकारविरुद्ध आन्दोलन गर्ने रौतहट कांग्रेसको निर्णय
रौतहट– संबिधानसभा निर्वाचन क्षेत्र नम्बर ५ स्थित नेपाली कांग्रेस क्षेत्रिय कमिटीले बर्तमान सरकारले मधेशको समस्या अविलम्ब समाधान नगरेमा सरकारको बिरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । क्षेत्र नम्बर ५ को कटहरीया स्थित शनिवार बसेको क्षेत्रिय कमिटीको बैठकले ६५ दिनदेखि मधेशमा जारी आमहडताल खुलाउन सरकारले बेवास्ता गरिरहेको भन्दै अविलम्ब समाधान गर्न सरकारसंग माग गरेको छ । सीमांकन,लगायतका मागलाइ संबिधान संसोधन मार्फत समाधान नगरेमा बाध्य भई आन्दोलनमा जाने निर्णय गरेको हो । अधिकारको लागी मधेशमा जारी आन्दोलनमा शहादत प्रात्तगरेका ४५ जनालाइ शहीद घोषणागरी क्षतीपुर्ती दिलाउन समेत माग गरेको छ । आन्दोलनको क्रममा घाइते सबैको उपचारको ब्यवस्था र झडपको समय नागरीकको भएको भौतिक क्षतीको छुटै समिति गठन गरी रिपोर्ट अनुसार क्षतीपुर्ती दिनुपर्ने र झुठामुद्धामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्नुपर्ने बैठकले माग गरेको छ । त्यसैगरी मधेशको समस्या समाधान नभएसम्म बडादशैं,दिपावली, तिहार,तथा छठको अवसरमा कुनै प्रकारले शुभकामना आदान प्रदानको कार्यक्रम नगर्ने निर्णय गरीएको बैठकमा सहभागी नेपाली कांग्रेसका क्षेत्रिय सदस्य सर्फलाल गुप्ताले बताएका छन । साथै संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा द्धारा जारी आमहडताल प्रती नेपाली कांग्रेस क्षेत्रिय कमिटिले ऐक्यवद्धता समेत जनाएको छ ।

रौतहट काँग्रेस, पार्टी छोडो। सद्भावना, तमलोपा, फोरम में से एक में समाहित हो जाओ। नहीं तो अलग से पार्टी खोलो। तराई काँग्रेस शायद? तुम्हारी ही पार्टी ने वो गलत संविधान दिया जिसके विरुद्ध हम आंदोलन कर रहे हैं। देश को ५० जान और छ खरब का घाटा हो चुका है। क्या नौटंकी है ये? जो बोक्सी उही झाँक्री? इमान है जरा भी तो पार्टी छोडो। सिद्धांत पर चलना सीखो। लोकतंत्र है, जनताकी सुनो। बाहुन पार्टी नेताओ का गुलाम बने कब तक रहोगे?



No comments: