Sunday, October 18, 2015

नेपालीको भारतमा स्थिति के छ?

नेपालको सन १९५० को जनसंख्या थियो ८० लाख नेपाल सरकार का अनुसार। अहिले तीन करोड़ भन्छ। असंभव कुरा। जनसँख्या वृद्धि को ग्राफ धनी देश को जस्तो देखाउँछ। गरीब देश हो। ग्राफ अरु गरीब देश हरु जस्तो नै होला। गरीब देश हरु को जनसँख्या यस अंतराल मा  १०-२० गुणा बढेको छ। नेपालको चार गुणा मात्र बढ्यो भन्नु सरासर ढाटेको हो।

१० गुणा बढेको भए ८ करोड़ भयो। सन १९५० को जनसंख्या ५० लाख थियो भने अहिले बढेर पाँच देखि १० करोड़ भएको हुनुपर्छ। मधेस मा भारत बाट मान्छे आयो भन्छन। नेपाल कुन मलेशिया कतार हो र भारत बाट मान्छे आउनुपर्ने? अलि अलि आयो होला, खुला बोर्डर छ, कति बेला बोर्डर क्रॉस गरिएछ भन्ने पनि थाहा हुँदैन।

भारत मा नेपाली भाषी भारतीय नागरिक एक करोड़ छ भन्ने गरिन्छ। नेपाल पहाड़ बाट काम खोज्दै गएका चाहिँ ८० लाख। त्यो ८० लाख होइन होला। ७० लाख त माओवादी युद्ध को समयमा मात्र पुगे। डेढ़ करोड़ त त्यसै भो। त्योभन्दा बढ़ी होला। सब undocumented छन। दशैं मा दुई हप्ता घर आउँछन् जिंदगी उतै बित्छ। त्यो बेठीक अवस्था हो। एक किसिमको statelessness नै हो।

नेपालका खस शासक १००% सब भारत बाट आएका हुन। को कहिले आयो भन्ने मात्र हो। पृथ्वी नारायण ले नेपाल लाई "सच्चा हिंदुस्तान" भनेको होइन?

भारत मा नेपाली कति छन। यो तथ्यांक कसै सँग छैन। अधिकांश ले अशिक्षित भएको ले मजदुर पाले चौकीदार जस्ता काम गरेका छन। आफ्नो देश ले शिक्षा दीक्षा दिएन। यी डेढ़ करोड़ लाई NRN पनि भनिँदैन जब कि सबैभन्दा खाँटी NRN यिनै हुन।

नेपाल भारत राजनीतिक आर्थिक एकीकरण को सबैभन्दा खाँचो इनलाई छ। जो नेपाल पहाड़ बाट झरेर भारत मा काम गर्छन। नेपाल भारत राजनीतिक आर्थिक एकीकरण गरेर इ सब लाई नागरिकता पत्र को व्यवस्था गर्नु पर्छ। काम गरेकै ठाउँ मा सपरिवार बस्ने व्यवस्था गर्नु पर्छ। दशैं उतै मनाउनु पर्छ। इनका छोराछोरी को शिक्षा भारत सरकार को जिम्मेवारी बन्नुपर्छ। शिक्षित भये पछि मजदुर चौकीदार बन्नू पर्दैन। राम्रो काम पाउँछ।

भारतमा नेपाली भाषी को एउटा substantial voting bloc बन्छ। राजनीतिक सशक्तिकरण हुन्छ।


No comments: