Sunday, October 25, 2015

मधेस कब्जा हुन्छ भने देश कब्जा हुन्छ

क्रांति को विजय पछि मधेसी मोर्चा ले मधेसी जनता लाई यो भन्नु पर्ने हुन्छ कि घर को नक्शा मात्र पास भएको हो, सिंगो घर बनाउन बाँकी छ। संघीयता घर बनाउन पाँच देखि १० वर्ष लाग्छ। त्यति बेला तीन बाहुन दल लाई जिम्मा दिन सकिन्न।घर को नक्शा बनाउने बेलामा यति धेरै बेईमानी गर्ने हरु ले घर बनाउने बेला झन कति बेईमानी गर्ने होलान। त्यसैले मधेसी मोर्चा लाई नै वोट दिनुस् र सत्तामा पुर्याउनुस्। गार्हो काम बाँकी छ। संघीयता घर बनाउन बाँकी छ।

मधेसमा मधेसी मोर्चा ले एक पद एक उम्मेदवार मा जानै पर्छ। नजानु क्रांति प्रति दगाबाजी हुनेछ। एक पद एक उम्मेदवार मा जाने हो भने मधेस मा स्वीप दिन्छ। ८०% सीट जित्छ।

मधेसी मोर्चा का चार पार्टी लाई एक बनाउनु पर्ने छ। यी चार पार्टी बाहेक का पार्टी हरु जुन छन १० वटा तिनले मधेसी मोर्चा को सदस्यता लिने होइन कि यी चार पार्टी सँग एकीकरण गर्ने हो। भाइ फुटे गँवार लुटे। हामीलाई मधेसी मोर्चा को सदस्य बन्न दिएन भनेर शिकायत नगर्ने। पार्टी एकीकरण गर्ने।

बाबुरामले त्यस ठाउँमा तीन बाहुन दलसँग प्रतिस्प्रधा गर्ने हो जहाँ मधेसी मोर्चा को उपस्थिति नै छैन। जहाँ उपेन्द्र यादव को खाता खुलिसकेको छैन। तीन बाहुन दल लाई पहाड़मा कमजोर बनाउने हो भने तिनलाई मधेस बाट गायव पार्न सकिन्छ। बाबुराम को अर्को पक्ष छ आर्थिक क्रांति को मुद्दा। संघीयता पछि को र संघीयता भन्दा धेरै ठुलो मुद्दा त्यही हो।

यो क्रांति संविधान संसोधन मा टुंगिने होइन। यस क्रांतिले देश कब्ज़ा गर्नु पर्छ। संविधान संसोधन पछि नाकाबंदी खुला हुने हो, बंद खुला हुने हो। तर क्रांति त भइरहन्छ।

संघीयता चाहिएकै आर्थिक क्रांति गर्न का लागि हो। संघीयता बिना आर्थिक क्रांति असंभव। त्यसैले हो संघीयता चाहिएको। संघीयताको लक्ष्य नै गरीबी उन्मुलन हो।


No comments: