Wednesday, October 14, 2015

रोटी बेटी मात्र किन पाले चौकीदार सम्बन्ध पनि समाप्त पारौं

अहिले पारित गरिएको नेपालको संविधान नेपाल भारत, अझ विशेष गरी मधेस भारत बीचको रोटी बेटी समाप्त पार्ने दस्तावेज हो। मधेस को अस्मिता र पहिचान र लाखौं वर्ष को इतिहास माथि को ठाडो प्रहार हो। प्रत्येक वर्ष अयोध्या बाट जनकपुर आइपुग्ने जनती लाई भैगो पुग्यो अब न आइज भन्ने कागज हो यो।

रोटी बेटी मात्र किन पाले चौकीदार सम्बन्ध पनि समाप्त पारौं। पहाड़ बाट भारत पुगेका ८० लाख भन्छन, मेरो हिसाबमा त्यो तथ्यांक गलत हो। कम्तिमा डेढ़ करोड़ हुनु पर्छ त्यो संख्या। ती डेढ़ करोड़ लाई फिर्ता बोलाएर बोर्डर सीलबन्दी गर्दिउन। नेपाल बाट भारत जान वीसा चाहिने गरौं।

त्यहाँ पनि बिभेद? पाले चौकीदार सम्बन्ध चाहिं कायम रहनुपर्ने तर रोटी बेटी सम्बन्ध समाप्त पार्ने? मधेस को बुहारी लाई दोस्रो दर्जा को नागरिक बनाउने?



No comments: