Thursday, October 15, 2015

ओली र प्रचंड ले पार्टी एकीकरण गरे २+२ = १ हुन्छ

ओली र प्रचंड ले पार्टी एकीकरण गरे २+२ = १ हुन्छ। लोकतंत्र को आधार माथि प्रहार गर्ने, सच्चा संघीयता लागु हुन नदिने, आर्थिक क्रांति को विज़न ठ्याक्कै नभएको ----- त्यस्ता नेता हरु जति सुकै एक ठाउँ मा एकट्ठा भयो हामीलाई त्यति राम्रो हो। अहिले ओली सँग रुष्ट प्रचंड को मा जालान, प्रचंड सँग रुष्ट ओली को मा। तर तिनीहरु एक भएको बेला जाने ठाउँ नै बाँकी रहँदैन। Baburam is going to eat their lunch. बाबुराम को नया पार्टी ले ओली र प्रचंड दुबै को छुट्टी गर्छ। बाबुराम को पक्षमा के ले काम गरेको छ भन्दा खेरी अब आर्थिक क्रांति मा लेज़र फोकस गर्ने प्रतिबद्धता छ।

ओली र प्रचंड एक भए त्यसैले हामी काँग्रेस को पुच्छर बनौं भन्ने मधेसी मोर्चा मा सोंच छ भने त्यसले अहिले मधेसी क्रांति तुहाउँछ, पछि मधेसी पार्टी हरु सखाप पार्छ। मधेसी मोर्चा ले खोजेको ally बाबुराम हो, तीन बाहुन दल होइन। बाबुराम को पार्टी राष्ट्रिय क्षितिज मा एकै चोटि बिस्फोट भएर आउँछ। ओली र प्रचंड भनेका गरीब लाई जिंदगी भर नारा जुलुस मा अल्झाएर राख्ने कम्निष्ट हुन। बाबुराम को बाटो गरीबको जीवनस्तर उकास्ने बाटो हो।

मधेसी दल हरुले बाबुराम सँग मिलेर एउटै पार्टी बनाए पनि भो अथवा एउटा संघीय मोर्चा बनाए पनि भो। संघीय मोर्चा बनाए पहाड़ मा बाबुराम को पार्टी ले दुई तिहाई र उपेन्द्र को पार्टी ले एक तिहाई सीट पाउने होला। मधेसमा र अवधमा मधेसी दल हरुले ७५% सीट पाउलान। थरुहट मा थारु पार्टीहरुले ५०%, बाबुरामले २५%, मधेसी दल हरुले २५% .

माओवादी मगर प्रचंड सँग एउटा बाँकी छैन।


No comments: