Saturday, October 10, 2015

महंथ को निरीह बोली

क्रांति लाई बड़ो अचम्म को फेज मा प्रवेश गराएका छन मधेसी मोर्चा का नेता हरुले।
प्रधानमन्त्रीमा कोइराला र ओली मैदानमा
-ओली अहिलेसम्म बहुमतको स्थितिमा, -मधेसी दलको साथ मागे कोइरालाले
ओलीलाई तेस्रो ठूलो दल एमाओवादीसहित केही १६ साना दलको समर्थन छ । कोइरालाको पक्षमा शनिबार रातिसम्म कुनै दलले समर्थन जनाएका छैनन् । ..... यी सबै दलका सांसद् संख्या ३३१ पुग्छ । बहुमत पुग्नका लागि २९९ सांसद् आवश्यक पर्छ । .... अहिलेसम्म समर्थन गर्ने दललाई जोगाउन सके ओली प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । .... यसैबीच प्रधानमन्त्री कोइरालाले मधेसी दलसँग सहयोग माग गरेको छ । ....... तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई टेलिफोन गरेर कोइरालाले सहयोग माग गरेका हुन् । मधेसी मोर्चाले आइतबार बिहान नै बैठक बसेर निर्णय गर्ने बताए । ...... प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्नेबारे विजयकुमार गच्छदार नेतृत्वको मोर्चा पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।
महन्थ भन्छन्, 'प्रधानमन्त्रीमा भोट हाल्छौं'
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आइतबार हुने प्रधानमन्त्री चुनावमा मत दिने बताएका छन् । तर, कसलाई मत दिने निर्णयमा पुगिनसकेको उनको भनाइ छ । ..... निजी क्षेत्रका तीन संघसंस्थाका प्रतिनिधिहरुसँग शनिबार पार्टी कार्यालय बिजुलीबजारमा अध्यक्ष ठाकुरले मधेस केन्दि्रत दलहरु पनि प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुने बताए । 'हामी व्यवस्थापिका जान्छौं । मत कसलाई दिने निर्णय भएको छैन । पार्टीको र मधेसी मोर्चाको बैठक बसेर निर्णय गर्ने छौं' .....

'हामीलाई पछिल्लो दुई तीन दिनमा आशा लागेको थियो । २ वटा विधेयक संशोधनका लागि व्यवस्थापिका संसदमा दर्ता पनि भएको छ,' उनले भने, 'हामीलाई नदेखाई दर्ता गर्‍यो । त्यो पनि पास हुन्छ कि हुँदैन । किनभने प्रधानमन्त्रीका दुई वटा उम्मेदवारी परेको छ । सामान्य बहुमतले संशोधन हुनेवाला छैन ।' .... 'उताबाट वार्तै गर्न आउँदैनन् । हिजो, अस्तिको समय तोकिएको थियो । आउँदै आएनन् । आज त उनीहरु सत्ताको खेलमा लागेका छन्,' उनले भने, 'चुनावमा लागेका छन् । केहि दिन त उनीहरु चुनाव मै लाग्नेछन् ।'

..... 'नयाँ संविधान संशोधन गर्न धेरै गाह्रो छ । अहिलेकै व्यवस्थापिकाले संशोधन गर्न चाह्यो भने गर्न सक्छ,' उनले भने, 'तर संघीय प्रणालीमा गईसकेपछि सबै राज्यको प्रतिनिधि सभा र संघीय प्रतिनिधि सभाको दुई तिहाई मतले मात्रै संशोधन गर्न सक्छ । मानौं कुनै एक राज्यले यो व्यवस्था पास गर्न सकेन भने संशोधन नै हुँदैन । त्यसैले यो त्रुटिपूर्ण संविधान हो ।' ..... 'सडकमा बसिरहेको मान्छेलाई सरकारले गोली चलाउँछ । हामी कोसँग न्याय माग्न जाने ? उता (भारत) तिर पनि जान पाइँदैन,' उनले भने, 'गयो भने पनि लाठी लगाउछ । यता -नेपाल) आयो भने गोली चलाउँछ । त्यसैले हजारौं संख्यामा सीमामा बसिरहेका छन् । आफ्नै घरको चामल, दाल ल्याएर पकाएर खाएर बसेका छन् ।' ..... 'सरकारको संवेदनशिलता खोई त ? २५ प्रतिशत सामान सामान नाकाबाट आईरहेको छ,' उनले भने, '२५ प्रतिशतको एक प्रतिशत पनि सामान सरकारले मधेशमा छाडेको छैन । कहाँ जान्छ ? राति राति लैजान्छ । हामीलाई पनि सामान त चाहिन्छ नि ।' सरकार आफै गैर जिम्मेवार भएको उनको आरोप छ । 'हामीलाई सरकारले राष्ट्रियता सिकाउछ । लोकतन्त्र पढाउनु हुन्छ । जिम्मेवारीमा आफू बस्नु भएको छ । राष्ट्रप्रति आफू बफादार हुनुहुन्न,' उनले भने, 'पढाउनु हुन्छ । पढ्नै पर्‍यो बन्दुक लिएर आएको व्यक्तिसंग ।'


एमाले र एमाओवादीबीच १४ बुँदे सहमति
बाह्‍य दबाब र हस्तक्षेप अस्वीकार गर्ने
दुई दलबीच भारतको अघोषित नाकाबन्दीको असरलाई ध्यान दिई तत्कालिक र दीर्घकालीनरुपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न राष्ट्रलाई आत्मनिर्भर बनाउन नीति र कार्यक्रम तर्जुमा गर्ने सहमति भएको छ । ..... ‘असन्तुष्ट आन्दोलनरत तराई मधेस केन्द्रित दलहरु, थारु समूदाय र विभिन्नरुपमा आफ्ना मुद्धा र आवाज उठाइरहेका आदिवासी जनजाति लगायत अन्य उत्पीडित समूदायसँग वार्ता मार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने’



देशको ठूलो पार्टी नेपाली काङ्ग्रेस अहिले अलमल्ल, दिशाबिहिन, बिभाजित, नीतीगत, सैदान्तीक र बैचारीक दृस्टीले कता कता कुहिरो...
Posted by Anga Raj Timilsina on Saturday, October 10, 2015

हार्दिक श्रद्धांजलि .......मानव जनसागर बिच वीर शहिदहरूको श्रद्धांजलि सभा जनकपुरमा सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो जी को प्रमुख अातिथ्यमा हुँदै।
Posted by Upendra Mahato on Saturday, October 10, 2015

55th day MADESH AANDOLAN
Posted by Lalan Jha on Friday, October 9, 2015

बिरगंज मा मधेस आन्दोलन को समर्थन मा सोनार समाज को एक्यवद्धता रयाली का केहि झलक हरु
Posted by Omprakash Sarraf on Saturday, October 10, 2015

No worries Indian blocked ....boiling potato in homemade Nepali solar cooker..
Posted by Bishwa Dawadi on Saturday, October 10, 2015

No comments: