Monday, September 14, 2015

Then They Came For Me

पहाड़ी मीडिया र मधेसी क्रांति

सीके राउत को वाक स्वतंत्रता र मानव अधिकार माथि प्रहार हुँदा नबोलेको प्रेस आज त्राहिमाम छ। प्रेस स्वतंत्रता मा अंकुश लाग्यो भनेर। संघीयता/समावेशीता माथि प्रहार हुँदा "आफ्नो" पक्ष मा बोल्दै आएको प्रेस, आज हेर। तिम्रो प्रेस स्वतंत्रता का लागि मधेसी शहीद हुँदैछ।

प्रेस संकुचन गर्ने प्रावधानसहितकै संविधान आउने
प्रेस स्वतन्त्रतालाई केही संकुचित गर्ने खालका प्रतिबन्धात्मक व्यवस्थासहितै नयाँ संविधान जारी हुने भएको छ । प्रतिबन्धात्मक व्यवस्था हटाउनुपर्ने मागसहितका संशोधन प्रस्ताव संविधानसभाको बहुमतबाट सोमबार अस्वीकृत भएका छन् । संविधान विधेयकमा आमसञ्चारको हक, स्वतन्त्रताको हकमा केही प्रावधान संकुचित गर्न सक्ने खालका छन् । प्रदेशको सुसम्बन्धमा खलल पार्ने, गलत समाचार सम्प्रेषण गर्ने लगायतका विषयमा कानुन बनाएर नियन्त्रण गर्न सकिने प्रावधान प्रतिबन्धात्मक व्यवस्थामा छन् । यसले प्रदेशबीचको असामञ्जस्यसम्बन्धी समाचार सम्प्रेषण नै गर्न नपाइने खालको प्रावधान कानुनमा आउने हो कि भन्ने आशंका सञ्चार क्षेत्रले गरेको छ । प्रेसमैत्री बनाउनुपर्ने भन्दै माले सभासद अइन्द्रसुन्दर नेम्वाङ र राष्ट्रिय जनमोर्चाकी सभासद मीना पुनले संशोधन प्रस्ताव हालेका थिए । तर, ती प्रस्ताव संविधानसभाको बहुमतबाट अस्वीकृत भए । ......... प्रेसविरोधी प्रावधान हटाउनुपर्ने माग गर्दै सोमबार पनि पत्रकार महासंघको टोली संविधानसभा भवनभित्रै शीर्ष नेतालाई भेट्न पुगेको थियो । भेटमा प्रमुख दलका शीर्ष नेताहरूले अहिले नै पे्रेसले भने अनुसारका प्रावधान समेट्न नसकिने उल्लेख गर्दै पछि संविधानको संशोधन र कानुनमार्फत अझै प्रेसमैत्री प्रावधान ल्याउने प्रतिबद्धता जनाए । ....... संविधानमा प्रेस स्वतन्त्रतालाई सीमित गर्ने खालका प्रावधान रहेको भन्दै पत्रकार महासंघलगायत सरोकारवाला समूहहरूले सच्याउनुपर्ने माग गर्दै आएका थिए । त्यसै क्रममा संविधानका धारा पारित गर्ने क्रम चलिरहँदा सोमबार पत्रकार महासंघको टोली संविधानसभा भवनमै नेताहरूलाई भेट्न पुगेको थियो । ........ महासंघको टोलीले प्रधानमन्त्री सुशील कोइराला, सभाध्यक्ष सुवास नेम्वाङ, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले उपाध्यक्ष विद्या भण्डारीलाई संयुक्त रूपमा भेटी प्रेसमैत्री प्रावधानका पक्षमा सभासदहरूले राखेका संशोधन प्रस्ताव पारित गरिदिन ध्यानाकर्षण गराएका थिए । प्रतिबन्धात्मक व्यवस्थाहरू धेरै भएकाले त्यसलाई हटाउन उनीहरूले माग गरेका थिए । ........

भेटका क्रममा प्रधानमन्त्री कोइरालाले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको बताएका थिए । तर, प्रेस पनि मर्यादित र जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

........ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले पारित गर्न नसकिए पनि पछि मिलाउन सकिने प्रतिबद्धता जनाए । 'तत्काल संशोधनको सम्भावना छैन, तर हामी पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं,' दाहालले भने, 'संविधान जारीपछि पनि संशोधन गर्न सकिन्छ । कानुन प्रेसमैत्री बनाउन सकिन्छ ।' एमाले उपाध्यक्ष विद्या भण्डारीले सधैं प्रेस स्वतन्त्रताको पैरवी गर्ने भएकाले धेरै आशंका नगर्न आग्रह गरिन् । सभाध्यक्ष नेम्वाङले पनि प्रमुख नेताहरूले प्रतिबद्धता जनाएकाले विश्वस्त हुन आग्रह गरेका थिए ।
First they came for the Socialists, and I did not speak out—
Because I was not a Socialist.

Then they came for the Trade Unionists, and I did not speak out—
Because I was not a Trade Unionist.

Then they came for the Jews, and I did not speak out—
Because I was not a Jew.

Then they came for me—and there was no one left to speak for me.



No comments: