Friday, September 25, 2015

सीके राउत: Madhesi Rights Movement का जहांगीर भाभा

आज आम मधेसी को मानसपटल मा यो कुरा स्थापित भएको छ कि मधेसले चाहेमा मधेस अलग देश बन्न सक्छ। मानव अधिकार को चार्टर बर्खास्त नभएसम्म त्यो अधिकार साश्वत रहनेछ। मधेसी प्रति अन्याय भएको कुरा बिभिन्न नेता हरुले बिभिन्न कालखण्डमा अगाडि ल्याए। सीके राउत ले त्यसलाई अझ बढ़ी स्पष्टता का साथ ल्याएर अर्कै उचाई मा पुर्याए। आत्म कथा लेखेका उनी एक्ला मधेसी नेता हुन।

तर मधेस अलग देश को एजेंडा एटम बम हो, अहिंसात्मक एटम बम। अंतिम अस्त्र। भारत सँग एटम बम छ, तर उसले त्यो कहिले पनि प्रयोग गर्ने छैन। एटम बम भनेको हात्ती को देखाउने दाँत। होमी भाभा ले एटम बम भारत लाई दिए। सीके राउत ले मधेस लाई त्यसरी नै मधेस अलग देश को चेतना दिएका छन। उस्तै पर्यो भने हामी त्यो बाटोमा पनि जान सक्छौं भन्ने चेतना।

तर अहिलेको, आजको क्रान्तिमय मधेस मा सीके को अनुपस्थिति खटकिएको छ। सीके जनता माझ आउनु जरुरी छ। मधेसी हरुको एउटै एकीकृत पार्टी बनाउने कुरा देखि लिएर, संघीयता को पुर्ण प्रयोग को प्रयास। गांधी को कांग्रेस पार्टी ले भारत स्वतंत्र हुनु भन्दा अगाडि दशकों भारत का बिभिन्न प्रदेश हरुमा चुनाव लड्दै गरेको हो, प्रदेश सरकार हरु चलाउँदै गरेको हो। नेपाल देश भित्र म पार्टी नै दर्ता गराउँदिन भन्ने सीके को अडान मधेसी अस्मिता को लड़ाई को पक्षमा छैन।

मधेस अलग देश को अस्त्र हामीसँग छ, त्यो सुरक्षित छ, र त्यसको रोडमैप यो हो, तर अहिले मधेसी ले जनजाति सँग मिलेर संघीयता का लागि लडेको लड़ाई पनि त्यसै दिशामा, मधेस लाई समानता दिलाउने दिशामा नै उन्मुख छ, र त्यसमा म पनि सहभागी हुन्छु भन्दै सीके जनता को माझ आउने बेला हो यो। मधेस को गाउँ गाउँ मा रहेको स्वराजी ले मधेस को गाउँ गाउँ मा रहेको संघीयतावादी सँग हातेमालो गर्ने बेला हो यो।

सच्चा संघीयता मा स्वराज संभव छ। सुशासन बिना स्वराज संभव छैन। मधेसी र जनजातिले मिलेर गरेको क्रांति ले सच्चा संघीयता ल्याउँछ देशमा। सीके ले tactical flexibility देखाउनु पर्छ। जनता जहाँ छ त्यहाँ जानुपर्छ। लोकतंत्र भनेको बोल्ने अधिकार मात्र होइन सुन्ने कर्तव्य पनि हो। दशौं लाख मधेसी ले सड़क मा आएर के भन्दैछ? सीके सुन्न जानु पर्यो।

एटम बम बनाएको मा बधाई। तर त्यो कहिले पनि प्रयोग नहुने अस्त्र नै हो। Two Gs. Geopolitics र जलबिद्युत। बिहार र उत्तर प्रदेश ले २०,००० मेगावाट बिजली मांगेको छ। त्यो मधेस अलग देश ले दिँदैन। काठमाण्डु को लोकतान्त्रिक कब्ज़ा गरेको मधेसले दिन सक्छ।

नेपाली जनता पार्टी। नया पार्टी। सबै मधेसी हरु को एउटै पार्टी। बाबुराम लाई पनि स्वागत गर्ने पार्टी। सीके राउत सदस्य भएको पार्टी। ५ पदाधिकारी, ११ पोलिटब्युरो सदस्य, ३१ केंद्रीय समिति सदस्य सब निर्वाचित हुने पार्टी। चुनाव चिन्ह लाल गुलाब। तीन आदर्श: संघीयता, समावेशीता, आर्थिक क्रांति। क्रांति को विजय पछि सदस्यता अभियान र महाधिवेशन मा जाने पार्टी। कि कसो?

मधेस मा संघीयतावादी र स्वराजी एक ठाउँ मा आउने हो भने तीनबाहुनदलवादी मटियामेट हुन्छ। सात दल र माओवादी एक ठाउँ मा आएर २००५ मा ज्ञानेन्द्र को सिंहासन हल्लिए जस्तो।






No comments: