In The News (97)

विशेष रिपोर्ट : कसरी बन्यो संविधान ?
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल व्यक्तिगत तहमा गालीगलौजमा समेत उत्रिए । त्यही विरोधको शृङखलामा एमाओवादी मोर्चाले चैत २४ देखि २६ सम्मका लागि तीनदिने आमहडताल घोषणा गरेको थियो । हडताल सफल नभएपछि एमाओवादी मोर्चा एक दिनमै फिर्ता लिन बाध्य भयो । आन्दोलन पनि नचर्किने, संविधानसभा पनि दुई तिहाइ बहुमतको दिशामा अघि बढ्ने देखेपछि एमाओवादी र मधेसी दलहरूले संवादबाटै अघि बढ्ने नीति लिए । ....... ‘ओलीलाई दाहाल उग्रवादी हुन्, यिनले हिंसा त्याग्दैनन्, लोकतन्त्रको बाटोमा आउँदैनन् भन्ने आशंका थियो भने दाहाललाई ओली यथास्थितिवादी, अग्रगामी परिवर्तन नरुचाउने नेता हुन् भन्ने भ्रम थियो’, दुई नेताबीच सम्बन्ध सुधार्ने सूत्रधार मध्येका एक नेताले भने, ‘पटक—पटकको भेटले एक अर्काप्रतिका भ्रम समाप्त भए र मिलेर जाने वातावरण बन्यो ।’ .....

वैशाख १२ गते गएको महाभूकम्पले सबै दललाई एक ठाउँमा ल्याइदियो ।

...... १६ बँुदे सहमतिले संविधान निर्माणको आधार तयार गरेसंँगै एमाओवादीको मधेसीसंँगको मोर्चाबन्दी टुट्यो । ..... १६ बुँदे सहमतिमा सीमांकन पछि टुंग्याउने, शासकीय स्वरूपमा एमाओवादीले फरक मत राखेर जाने लगायतका कुरा थिए ।
अन्तर्राष्ट्रिय अदालतमा जान्छौं: जेपी गुप्ता



दीपावली र नाचगान जरुरी छैन: बाबुराम
बाबुराम भट्टराईले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरेका छन् । संविधान आएकोमा मुलभूत रुपमा खुसी रहे पनि दिपावली नै गर्नुपर्ने अवस्था नरहेको बताए । ..... संविधान जारी भएपछि सर्वदलीय सरकार बाहेक बहुमतीय सरकारमा आफू सामेल नहुने उनले बताए । ..... संविधान निर्माण सकिएकोले मुलुक अब नवनिर्माण र पुनर्निर्माणमा जुट्नुपर्ने उनले बताए ।
लचकता र परिपक्वता देखाएर दिगो संविधान जारी गर्नुहो्स: एस जयशंकर
संविधान च्यात्छौं र जलाउछौं : देव गुरुङ
संघीयताको मोडेल पाँच विकास क्षेत्र भन्दा फरक नभएको जिकिर गरे । ...... तीन दलले बहुमतका आधारमा केही सम्पादनसहितको २०४७ सालकै संविधान जारी गरेको उनले बताए । उनले भने ‘एक दिन जनताले बुझ्ने छन् र आफैं अर्काे संविधान निर्माणमा लाग्नेछन, तर समय पर्खनु पर्छ ।’
छिमेकीको सुझाव मान्नैपर्छ भन्ने छैन् : उपप्रधानमन्त्री सिंह



सुबास नेम्वाङ : संविधानको मियो
नेपालको संविधानको परिमार्जित विधेयकका धाराहरू र त्यसमा परेका संशोधनहरू प्रक्रियाबाट टुंगो लगाउन १६ घन्टा ४० मिनेट बैठक चलिरह्यो । ...... उनले मानवीय कारण धेरैपटक बैठकमा ‘ब्रेक’ लगाउन नदिन ‘खानपिन शैली’ बदले । भन्छन्, ‘बैठक रोक्न नदिन मैले खानपिन शैली पनि त्यसैअनुरूप ढाले । त्यही कारणले बैठक लामो समयसम्म नियमित रहन पुग्यो ।’ ...... ‘संविधान नबन्नु भनेको अँध्यारो सुरुङभित्र प्रवेश गर्नु हो । त्यसबाट उत्पन्न हुने अराजकता र अन्योल नेताहरूले चिर्न सक्दैनन् र सुरुङबाट बाहिर निस्कन कठिन हुनेछ ।’ संविधान नबनेपछि मुलुकले दोस्रो संविधानसभाका चुनावका निम्ति ठूलो धनराशि खर्च गर्नुपर्‍यो भने समयको बर्बादीको कुनै हिसाब नै छैन । ......

संविधान बनेको छ, त्यसपछि उत्पन्न चरम आनन्दलाई शब्दले वर्णन गर्न सक्दिनँ ।’

...... संविधानको घोषणापछि राष्ट्रपति कांग्रेसको भागमा, एमालेलाई प्रधानमन्त्री, एमाओवादीको भागमा सभामुख परेको हल्का टिप्पणी आइरहेका छन् । ..... उनले राजनीति, अध्यापन र कानुन व्यवसायको यात्रालाई सँगसँगै अघि बढाउँदै आएका हुन्– २०२८ देखि । नेम्वाङका कुल–कुटुम्ब नै खानदानी कांग्रेस हुँदाहुँदै पनि उनी विद्यार्थीकालमै कम्युनिस्टसँग आबद्ध हुन पुगे । ........ २०४८ मा राष्ट्रियसभाको सांसद मात्र हुँदाका बखत भने उनले कानुन व्यवसाय पनि सँगै अघि बढाए । उनी राजनीति र पेसालाई सँगसँगै अघि बढाउनसके मात्र ‘शुद्धीकरण’ हुने विश्वास राख्छन् । भन्छन्, ‘म राजनीतिक मानिस हुँ । तर राजनीतिलाई पेसा बनाउनु हुन्न भन्ने मान्यता राख्छु । राजनीतिलाई पेसा बनाउने होडकै कारण विकृति सिर्जना भएको हो ।’ ...... २०५१ मा एमालेको नौमहिने सरकारमा मन्त्री बन्न पुगे र कानुन व्यवसायबाट बाहिरिए । २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्य भएपछि त्यो पेसालाई निरन्तरता दिन नैतिकताले मिलेन । ...... लोकतन्त्र बहालीसँगै २०६३ वैशाखमा पुन:स्थापित प्रतिनिधिसभाको सभामुख बनेपछि कानुन व्यवसायबाट विदा लिएका थिए । ..... जब बिनासंविधान पहिलो संविधानसभा अवसान हुन पुग्यो, पीडाबोधसहित पायोनियर ल फर्ममा फर्केका थिए । ...... एकजना सभासद बखेडा झिक्न खोज्दै थिए । .... उनले ती माननीयलाई जवाफ फर्काए, ‘माननीयज्यूलाई नियमावलीका दफा खोज्न म सहयोग गरिदिउँm ।’ त्यसपछि ती सभासद अन्योलमा परे । ....... प्रतिवाद गर्दाका बखत उनको शब्दावली हुने गर्छ, ‘तपाईंको आरोपलाई म विनम्रतापूर्वक अस्वीकार गर्छु ।’ ..... त्यसो त अघिल्लो कार्यकालमा उनको त्यो ‘नचिढ्याउने शैली’ पनि संविधान नबन्नुको कारक ठान्नेहरू पनि कम थिएनन् । ..... संविधान पारित भएपछि खुसीको संख्या अधिक भए जस्तै खुला स्वरमा देखिएको ‘असन्तुष्टि’ पनि न्यूनीकरण आएको छैन । फेरि संविधानसँगै आकांक्षा तीव्र स्तरमा बढेको छ । .... संविधान निर्माणमा जस्तो कठिनाइ आइपर्‍यो, कार्यान्वयनमा उत्तिकै चुनौती भएको धारणा राख्छन् नेम्वाङ पनि ।


दिन त आयो, तर कसको ?

आफूमाथि बलात् धोखा थोपरिएको कष्टकर क्षणमा कसरी आनन्दित भएर दीप प्रज्ज्वलन गर्न सकिन्छ र ?

...... जीवन भन्नु नै संघर्ष र प्रतीक्षा रहेछ । जीवनमा न कहिल्यै संघर्षको अन्त्य हुन्छ, नत प्रतीक्षाको । ..... सात सालदेखि झन्डै पौने शताब्दी लडिएछ । पहिले पुँजीवादी संसदीय प्रजातन्त्र ल्याइयो र खुनी राजतन्त्रले त्यसलाई खाइदियो । राजतन्त्रको क्रूर चरित्रलाई किञ्चित् मलुवा बनाउँदै फेरि उही बासी संसदीय प्रजातन्त्र आयो । आउँदा—नआउँदै त्यो भ्रष्ट भयो र सशस्त्र विद्रोह जन्मियो । यो विद्रोहको आँधीले वंशतन्त्र र पितृतन्त्रका वैचारिक, संस्थागत र सांस्कृतिक जराहरूलाई हल्लायो । बन्दुकमाथि एकाधिकार कायम गरी उन्मत्त भएको सत्तालाई यो विद्रोहले बन्दुकैले ध्वाँस दियो । बलिदानी विद्रोहमा लाम लागेका नेपालको सामाजिक मानचित्रभरिका बहुविध उत्पीडितहरूका मुख खुले । आँखा खुले । कान खुले । र मस्तिष्कका द्वारहरू खुले । विद्रोहको पृष्ठभूमिमा जर्जर वंशतन्त्रको अवसानको उद्घोष गर्दै दरबार हत्याकाण्ड भयो । त्यस हत्याकाण्डको रक्तकुण्डपछि अर्का राजा प्रकट भए पनि राजतन्त्र टिकेन । .......

गोरु बूढो भएपछि भीर खोज्छ, मान्छे बूढो भएपछि जोरी खोज्छ । संस्थाको चरित्र पनि मान्छेको जस्तै रहेछ क्यार ।

...... तर चिताएको एउटा थियो, भइदियो अर्कै कुरो । संविधानसभामाथि उनै मुठ्ठीभर गहुँगोरा जुँगामुठे असल मुखिया र दह्रा ठकुरीहरूको बर्चस्व कायम भयो । उत्पीडित समुदायहरूका प्रतिनिधिहरू त केवल निरीह दर्शक र ल्याप्चे सहीका अधिकारी बने । ....... जनजीवनको त्यो कष्टकर घडीमा हाम्रा मान्यवर मुखिया र ठकुरीहरूले मौका छोपे । तिनले संविधान लेख्ने फास्ट ट्र्याक रोजे । क्रान्तिका नायकहरू विस्मयकारी ढङ्गले प्रतिक्रान्तिका खलनायकको हेरिनसक्नु औतारमा प्रकट भए र ती छलकारी फास्ट ट्र्याकका जण्ड सहयात्री बने । अन्तरिम संविधानमा हिजो आफैँले बनाएका मान्यताहरू च्यातिए, विधिहरू भत्काइए, नीतिहरूको चीरहरण भयो ।

केही सनातनी बलशालीहरूले रकमी लेखनदासहरूको सहायताले कतै गोप्य खोपीमा बसेर संविधानको खेस्रा कोरे ।

त्यो खेस्रामाथि न सभासदहरूले ठन्डा दिमागले राय प्रकट गर्ने समय र अनुकूल वातावरण पाए, नत वयष्क नागरिकहरूले कुरा बुझेर सुझाव दिन पाए । फास्ट ट्रयाकको यात्रालाई यति वेगवान बनाइयो, मानौँ त्यसको गति मन्द हुँदा सृष्टिमा नै पहिरो जान्छ । हो, संविधान यसरी नै बन्यो । जे बन्यो, आखिर त्यो के बन्यो ? मान्यवर, त्यो एक प्रकारको ऊँट बन्यो । ........ महिलाको भाग्यको विकृत चित्र कोरियो, दलितको भाग्यमाथि क्रूर खेलवाड गरियो । त्यसमा थारुलाई बिर्सिइयो, मुस्लिम, मधेसी र जनजातिलाई एक पित्को भाउ दिइएन । वास्तवमा

यो संविधान भान्सेले भतेरजति आफैँ ग्रहण गरेर भोकाहरूका लागि केही बाँकी नरहे जस्तै हुनगयो ।

....... आजका ‘लोकतान्त्रिक’ शासकहरूको यो क्रूरताले हिजोका तानाशाह ज्ञानेन्द्रलाई पो उदार देखाइदियो । ...... यस्तो लाग्यो, मानौँ नेपालभित्र प्रस्ट दुईवटा नेपाल छन् । एउटा सिंहदरबारको मूल्यवान नेपाल, अर्को मधेस–तराईको मूल्यहीन नेपाल । एउटा ‘राष्ट्रवादी’, ‘चोखा’ र ‘उत्कृष्ट’ मानिसहरू बस्ने माथिको नेपाल, अर्को ‘अराष्ट्रवादी’, ‘बिटुला’ र ‘निकृष्ट’ मानिसहरू बस्ने तलको नेपाल । यी माथिका खाइपाइ आएका शासकहरूले तलका आन्दोलित जनगणमाथि अन्धाधुन्द प्रहार गरे । तलका थुप्रै मानिसको ज्यान गयो, अरू थुप्रै मानिस विकलाङ्ग भए । र मधेस–तराईको आवाजमाथि उग्र दमन गर्दै संविधान लेखिसकियो । कसको संविधान र कस्तो संविधान ? ....... संविधान लेखनमा आफ्ना हात जगन्नाथ भन्ने आहान चरितार्थ भयो । जसले लेखे, तिनले संविधानमा नग्न भाषामा आफ्नै भाग्य लेखे । तिनले संविधानमा आफूले खाइपाइ आएको सत्ताभाग यथास्थितिमा खान पाइरहने प्रस्ट व्यहोरा लेखे । तिनले सनातनी हिन्दु धर्मको घाँडो भिराएर धर्मनिरपेक्षताको हुर्मत लिए । तिनले भ्रामक भाषा लेखेर आमालाई नागरिकताको अधिकारबाट बञ्चित गरे । तिनले समानुपातिक र समावेशीको धज्जी उडाए । तिनले अल्पसंख्यक सीमान्तकृतहरूलाई सीमान्तमै हराउन छाडिदिए । तिनले सनक चढेका बेला डोरी तान्नेगरी कथित प्रदेशहरूका घाँटीमा सिंहदरबारको सुर्काने लगाए ।

अनि बाँकी के रह्यो ? बाँकी रह्यो, केवल संविधान जारी गरिने झकिझकाउ उत्सव र पितापुर्खाका पालादेखि खाइपाइ आएको सत्ताभाग ज्युँकात्युँ जोगिएको खुसियालीमा गरिने भव्य दीपावली ।

....... मधेस–तराईको वातावरण उदास छ । आकाश अश्रुग्यासले विषाक्त छ । सडक रगतले लतपतिएको छ । प्रियजनको हत्याबाट शोकाकुल भएका नरनारीहरू विक्षिप्त मनोदशामा छन् । संविधानमा आफ्नो भाग्य धुजाधुजा भएको विरूप चित्र हेर्दै मधेस–तराई हुनुसम्म क्षुव्ध भएको छ । संविधानसभाका माध्यमले केके न अनमोलको चिज पाइएला भन्ने कत्रो आशा थियो, संविधानबाट त आफूलाई डस्ने विषालु सर्प पो फुत्त निस्कियो । संविधान लेख्ने असल मुखिया र दह्रा ठकुरीहरू दिग्विजयी मुद्रामा आदेश दिँदैछन्— संविधान जारी भएको ऐतिहासिक खुसियालीमा झिलिमिली दीपावली गरौँ । क्षमा रहोस् मान्यवर, आफूमाथि बलात् धोखा र पराजय थोपरिएको अतिशय कष्टकर क्षणमा कसरी आनन्दित भएर दीप प्रज्ज्वलन गर्न सकिन्छ र ?
दार्जिलिङमा नयाँ पार्टी
मधेसबारे टिप्पणी गरेको छैन : भारतीय गृहमन्त्री
चिनियाँ नेता/विज्ञको सुझाव- ‘वार्ताबाटै समाधान खोज’
‘नेपालको अहिलेको समस्या सुल्झाउने उत्तम उपाय भनेको राजनीतिक संवाद नै हो। प्रमुख तीन राजनीतिक दलहरूले आन्दोलनरत दलहरूसँग वार्ता सफल पारेर मात्र यो सम्भव छ,’ चीनको सरकारी थिंक टयांक ‘सीआईसीआईआर’ का नेपालविद् प्रा. हु सिसेङले बेइजिङमा शनिबार कान्तिपुरसित कुराकानी गर्दै भने,

‘अहिलेको समस्याको फौजी समाधान छैन, यसको राजनीतिक समाधान नै खोजिनुपर्छ। त्यही नै नेपालको हितमा हुनेछ।’

...... द्वन्द्व चर्कियो भने त्यसको दोष मुख्य तीन दलहरू– कांग्रेस, एमाले र एमाओवादीमाथि आइपर्ने उनको धारणा छ। ‘यदि नेपाल दीर्घकालीन साम्प्रदायिक द्वन्द्वतिर उन्मुख भयो भने मलाई लाग्छ त्यसको मुख्य दोषी नेपालका प्रमुख तीन राजनीतिक दलहरू हुनेछन्। त्यस्तो भयावह स्थितिको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने हुन्छ’ ....... ‘चीन आफ्नो समृद्धि छिमेकीहरूसँग बाँड्न चाहन्छ। हामी नेपाल पनि स्थिर र समृद्ध भएको हेर्न चाहन्छौं,’ केहीअघि नेपाल भ्रमणमा समेत गएका उपमन्त्री चेनले एक अन्तक्र्रियामा भने, ‘त्यसका लागि नेपालले चाँडो राजनीतिक स्थायित्व हासिल गर्नुपर्छ। नेपाली जनतालाई संविधान दिनुपर्छ।’ ...... कुन दलले राम्रो गरेको छ, कुन नेताले के गर्दै छन्, नेपालका सबै मानिसलाई थाहा छ। ..... ‘सन् २००६ देखि अहिलेसम्म नेपालको मुख्य विवाद मुख्य राजनीतिक दलहरूबीच थियो, तर अहिलेको स्थिति फरक हुँदै छ। यो अब साम्प्रदायिक द्वन्द्वजस्तै देखिन थालेको छ। अनि यो साम्प्रदायिक द्वन्द्व पार्टीहरूको द्वन्द्वसँग पनि जेलिएको छ’ ...... ‘नेपालले फौजी समाधान खोज्दाको असर नेपालभित्र मात्र पर्ने छैन, क्षेत्रीय रूपमा समेत त्यसको दुष्परिणाम आउन सक्छ। त्यसले समस्यालाई अरू जटिल बनाउँछ,’ नेपाली वस्तुस्थितिको सूक्ष्म अध्ययन गरिरहेका प्रा. हुले भने, ‘त्यसैले त्यस्तो बाटो रोज्नै हुन्न, संवादबाटै समाधान खोज्नुपर्छ।’ ......

मुख्य तीन दलले आन्दोलनकारी दलहरूसँग मात्र नभई आफ्नै पार्टीभित्र असन्तुष्टि राखिरहेका जातीय र क्षेत्रीय समुदायका नेताहरूलाई पनि ‘इन्गेज’ गर्नुपर्ने

.... ‘इतिहासको यो संकटपूर्ण घडीमा नेपाली जनताको भविष्य सुरक्षित राख्न प्रमुख तीन दलहरूले यथाशीघ्र राजनीतिक बाटोबाटै यो समस्याको समाधान खोज्नुपर्छ,’ हुले भने, ‘यसमा ढिलाइ गरियो भने

स्थिति उनीहरूको नियन्त्रणबाहिर पनि जानसक्छ।

त्यस्तो अवस्थामा अरूले नै फाइदा उठाउन सक्छन्।’

Comments