Wednesday, September 16, 2015

In The News (88)



एमालेका मधेसी, थारु र जनजातिको अर्कै अभियान
भन्छन्- संविधानले सबैलाई समेट्यो, दिपावली गरौं
विशेष गरी नवलपरासीदेखि कैलालीका बिभिन्न जिल्लामा थरुहट आन्दोलन चलिरहेका बेला एमालेको लोकतान्त्रिक थारु संघले ती जिल्लामा शान्ति र सद्भावका लागि र्‍यालीहरु आयोजना गरिरहेको छ । ....... सोमवार दाङमा आयोजित सदभाव र्‍यालीमा १० हजार भन्दा बढी थारु तथा अन्य जनजाति समुदायको सहभागिता रहेको दाबी एमाले नेतृ शान्ता चौधरीको छ । ‘जनता हिंसात्मक आन्दोलनको पक्षमा छैनन्, उनीहरुले आन्दोलन होइन संविधान चाहेका छन्’ चौधरीले भनिन् । ..... लोकतान्त्रिक थारु संघले कैलाली, बर्दिया, बाँकेलगायतका जिल्लामा पनि यस्तै कार्यक्रम गरिरहेको लोकतान्त्रिक थारु संघका मेटमणि चौधरीले बताए । ‘बहुसख्ंयक थारु समुदाय संविधानको स्वागत गर्न आतुर छन्’ उनले भने । ...... एमालेको लोकतान्त्रिक मधेसी संगठनले पनि तराई मधेसका जिल्लामा सदभाव र्‍याली आयोजना गर्न खोजे पनि धेरै ठाउँमा कफ्र्यु र निशेधाज्ञाका कारण सम्भव नभएको पोलिटब्यूरो सदस्य तथा सभासद शत्रुघन महतोले बताए । ..... एमालेको केन्द्रीय निर्देशनअनुसार बिभिन्न जातीय र अन्य भातृ संगठनले पनि सदभाव र्‍याली निकालिरहेका छन् । संविधानमा आदिवासी जनजाति, मधेसी, थारुलगायत समुदायका हक अधिकार समेटिएकाले जनतालाई यसको जानकारी गराउन लागिएको अनेरास्ववियुकी महासचिव नवीना लामाले बताइन् । ..... झापादेखि कञ्चनपुरसम्मका जिल्लामा २० वटा टोली बनाएर युवा संघले मधेसी कार्यकर्ता परिचालन गरिरहेको उनको दाबी छ । ‘हामी असोज ३ गते साँझ देशभर दिपावलीको तयारी गर्दैछौं’ पहारीले भने । ...... संविधान जारी हुनै लाग्दा अरु दलका कार्यकर्ता अन्योलमा रहे पनि एमाले पंक्ति संविधानको पूर्ण स्वामित्व लिन आतुर रहेको एमाले नेता तथा सभासद प्रेम आले मगरले बताए । ...... मगरले भने- यो संविधान आदिवासी जनजाति, मधेसी, थारु, महिला, दलित सबैको हितमा छ । एमालेको सिंगो पंक्तिमा कुनै भ्रम छैन । हामी कुनै पनि खाले आन्दोलन वा विरोधमा छैनौं । ...... एमालेका लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक मधेसी संघ, लोकतान्त्रिक थारु संघ, मुस्लिम इत्तेहाद संगठनहरुका र्‍यालीमा आ आफ्नो पहिरन र सांस्कृति झाँकीसहित जनतालाई सहभागी गराइने एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।


सभासदको ‘तीन म’मा यसरी कैद भयो एक युगको एक दिन
संविधान पारित हुँदा संविधानसभामा देखिएको शव्दचित्र
पछिल्लो समय संविधान जारी गर्ने अभियानमा निकै कठोरतापूर्वक अघि बढेका एमाले अध्यक्ष ओलीको अनुहार युद्ध जितेको कमाण्डरको जस्तो देखिन्थ्यो ।


शीतलनिवास भन्छ- राष्ट्रपतिलाई खुइल्याउन खोज्नेहरु आफैं खुइलिन्छन् सबैलाई मिलाएर संविधान जारी गर भन्नु सही अडान भएको दाबी
मधेसी, थारु, जनजाति लगाउत सबैको भावना समेटेर संविधान बनाउनुपर्छ भन्ने राष्ट्रपतिको अडान सही रहेको उनका सल्लाहकारले बताएका छन् । ‘तराईमा १ करोड ५० लाख मानिसहरु छन्, त्यहाँ महिनादिनदे.खि आन्दोलन भइरहेको छ, बैंकहरु बन्द छन्, अस्पतालमा समेत ग्यास र औषधि सिद्धिन थालेको छ’ शीतलनिवास स्रोतले भन्यो-‘यस्तो अवस्थामा ती जनसमुदायको पक्षमा राष्ट्रपतिले बोल्नु गलत नभएको दाबी स्रोतले गर्‍यो ।’


भारतीय राजदूतको विश्लेषण : मधेसी र थारुलाई समेटिएन भने भविश्यमा स्थायित्व हुँदैन
सुष्मा स्वराजको वक्तव्यको सही व्याख्या नभएको गुनासो
अधिकतम सम्भव सहमति भनेको के हो ? सबैलाई साथमा लिएर अघि बढ्नोस् भनेको हो ..... तराईमा भइरहेको हिंसाप्रति भारतको धेरै चासो रहेको राजदूत रायले बताए । ‘तराईमा भइरहेको हिंसाप्रति हाम्रो धेरै चासो छ’ उनले भने, ‘तपाईहरुले यसको विश्लेषण गर्नुपर्छ, किन तराईमा यस्तो हिंसा हुन गइरहेको छ ? यसको कारण के हो ?’ ..... ‘जति पनि नेपाली नेताहरुले हाम्रा नेतालाई भेटेका थिए, उनीहरुले भनेका थिए कि हामी सबैलाई साथमा लिएर अघि बढ्छौं ।’ ...... अहिले जनताको एउटा ठूलो हिस्सालाई छाडेर अघि बढ्न खोजिएको जस्तो आफूहरुलाई लागेको उनले बताए । तर, भारतको यो चासो नेपाली मिडियामा सही रुपमा नआएको उनले नेपाली पत्रकारहरुसँग गुनासो पोखे । ...... यो समस्याको समाधान ‘ल एण्ड अर्डर’का माध्यमबाट नहुने धारणा राखे । ...... अधिकतम सहमति विना बनाइने संविधानले स्थायित्व र दीर्घकालीन शान्ति स्थापना हुन नसक्ने पटक-पटक दोहोर्‍याए । ..... सामान्य अवस्थामा विदेश मन्त्रायका प्रवक्ताले प्रेस वक्तव्य दिने गरेको र विशेष अवस्थामा मात्रै विदेशमन्त्रीको वक्तव्य जारी हुने गरेको राजदूत रायले स्पष्ट पारे । उनले भने- ‘यो वक्तव्य यस कारणले आएको छ कि यहाँ (नेपाल) को अवस्था गम्भीर छ, त्यसैले विदेशमन्त्री महोदयाजीको लेबलबाट यो प्रेस वक्तव्य आएको हो ।’


सशक्त प्रतिकारबाहेक अर्को विकल्प छैन – प्रभु साह (सभासद् तथा नेता,एकीकृत नेकपा माओवादी)
मलाई के विश्वास छ भने आज नभएपनि भोलि यो मधेश आन्दोलनको जायज पक्षको सम्बोधन हुनैपर्छ र हुन्छ पनि । ..... मधेशी मोर्चाको अगुवाईमा जति पनि तराई क्षेत्रमा मधेशीहरू छन् सबै अहिले आन्दोलनमा नै छन् । ..... बाग्लुङ, कर्णाली, सुर्खेतको कोही वार्ता गर्न आएका थिएनन् नि । तर, त्यहाँको माग कति चाँडै सम्बोधन भयो तर मधेशको लागि मात्र किन वार्ता चाहिएको छ । ...... संविधान बनाउने आवरणमा देश टुक्रिहाल्छ, संविधान बन्दैन भन्ने जस्ता कुराहरू देखाएर आफ्नो निहित स्वार्थ उही हिजोकै शासन व्यवस्थालाई अल्लि नयाँपन दिएर नयाँ आवरणमा लाने जुन कोशिस भइरहेको छ त्यो सोचले देशलाई अस्तव्यस्त बनाएको । यसले आन्दोलनको स्थिति पैदा भएको । त्यसैले समुदाय र जनता त पछिको कुरा हो पहिले त नेतृत्वले हिजोका दिनमा भएका सहमतिहरूलाई इमान्दारपूर्वक लागु गर्नुपर्ने हो । हिजोको आन्दोलनको समयमा स्वीकार गरेका मुद्दाहरूलाई सम्बोधन गर्नुका सट्टा अहिले भइरहेको परिस्थितिको नाजायज फाइदा लिएर पछाडि फर्कने र दबाएर बन्दुकको बलमा संकटग्रस्त क्षेत्र, दंगाग्रस्त क्षेत्र, निषेधाज्ञा कतै कफ्र्यु जस्ता नामहरू दिएर बिना कारण मान्छे मार्ने सम्मको काम जुन भइरहेको छ ।

यसरी बन्दुकले दबाएर संविधानसभामा पनि बोल्न नदिने सडकमा पनि बोल्न निषेध गर्ने वार्तामा पनि निषेध गर्ने सबै ढोकाहरू बन्द गरेर तिमी आन्दोलनमा जाऊ भन्ने स्थिती सिर्जना संस्थापक पक्षबाटै पहाडी नेतृत्वहरूबाट नै भइरहेको र मधेशीहरूमा सशक्त प्रतिकार बाहेक अर्को विकल्प नभएको अवस्थामा हामीले यसलाई अझ अगाडि बढाउनुपर्छ

भनेर नै अपिल गरिरहेका छौं । ........ मधेशको एउटै साझा माग हुनुपर्दथ्यो । एउटा साझा नेतृत्व, साझा कार्यक्रम अनि मात्र हामीले प्रतिवाद गर्न सक्दथ्यौं । तर, बिडम्बना आन्दोलनकारीहरू विभिन्न समूहमा विभाजित छौं । विभिन्न झण्डाको ब्यानरमाा यसलाई छुट्याइएको छ । यसलाई आम जनताको आन्दोलन भनिए पनि यसलाई फेरि

विभिन्न व्यापार गर्नेहरू आन्दोलनका राजनीतिक व्यापारीहरूले विभिन्न ढंगले अगाडि बढाएका छन् ।

यसलाई कसरी सच्चाउने भन्ने चुनौति हाम्रो अगाडि रहेको छ । ....... आन्दोलन घोषणा भएको

एक महिना हुन लागिसक्दा पनि उनीहरू झन् सशक्त भएर मधेशीको विरूद्धमा आइरहेका छन्

त्यसलाई हेर्दा हामीले सक्दैनौं जस्तो लागिरहेको छ । तर चुनौतीसँगै सम्भावना पनि हुन्छ । ....... संविधानसभाका जतिपनि मधेशी सभासद्हरू छन् उनीहरूले खालि उभिएर सदनमा आफ्नो समर्थन जनाइदियो भने मात्र यति मान्छे मर्नै पर्दैनथ्यो । .... एउटा घरपरिवारका आधा हिस्सा नेपालमा र आधा हिसा भारतमा बिहावारी भएको छ । त्यसैले प्रभाव नपार्न भन्ने त हुनै सक्दैन । हामी यहाँ खुसी भयौं भने त्यहाँका मान्छेहरू पनि खुसी हुन्छन् । यहाँ हामीलाई अप्ठ्यारो प¥यो भने स्वाभाविक रूपमा त्यसको प्रभाव त्यहाँ पर्छ ।


मार्ने र मारिनेमा पनि विभेद हुँदो रहेछ !

पुलिसले मारेकोले हो कि बच्चा मधेसीको भएर हो, मेरा पहाडे शासक जातिमा फेसबुके मित्रहरु कोही बोलेका छैनन् । .... उनीहरुले टीकापुरमा बालक मारिएको घटनाको बारेमा भने हप्तौंसम्म कार्यवाहीको माग बुलन्द गरेका थिए, बालअधिकारको कुरा गरेका थिए।

.... सत्तासेवकहरु आफ्ना बालबालिकालाई मातृभाषामा पढाउन अर्बौंको बजेट थुपार्छन् । ..... गैर-नेपाली भाषी बालबालिकालाई उनीहरुको मातृभाषामा पढाउन भनेर आएको बजेट पनि फ्रिज गरेर बस्छन्।

No comments: