Monday, September 14, 2015

In The News (77)






प्रधानमन्त्री शीतलनिवास जाँदै, सभाध्यक्षले समय पाएनन्
राष्ट्रपतिलाई संविधान घोषणाको निम्तो दिने तयारी
यसैवीच कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले आइतबार संविधानसभामा बोल्ने क्रममा राष्ट्रपतिलाई दिएको. ‘धम्की’ का विषयमा पनि शीतलनिवासमा चर्चा भएको स्रोतले बताएको छ । .... ‘उहाँ (राष्ट्रपति)ले अभिभावकको हैसियतले सबैपक्षलाई मिल्नोस् भन्नु उहाँको कर्तव्य हो, तर, कहिल्यै पनि संविधानसभाले बनाएको संविधानलाई स्वीकार गर्दिन भन्नुभएकै छैन, सिटौलाले संविधानसभामा किन त्यस्तो बोल्नुभयो, थाहा भएन ।’
नागरिकता सम्बन्धि विभेदकारी व्यवस्था पारित
प्रचण्ड ओलीले यसरी तुहाइदिए संविधान रोक्ने खेल
आइतबार बिहान अचानक प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख तीन दलको बैठक बोलाए। आन्दोलनरत दलसँग भएका वार्ताबारे ‘ब्रिफिङ’ गर्न भन्दै बैठक बोलाइएको थियो। तर उक्त बैठकमा जारी प्रक्रिया स्थगित गरी वार्ता र संवादका लागि केही दिन कुर्ने कि भन्ने प्रधानमन्त्रीबाट प्रस्ताव आउने अन्य नेताहरूले थाहा पाइसकेका थिए। ....... नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले वार्ताका लागि बालुवाटार बोलाएलगत्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई ठाडै अस्वीकार गरे। उनले प्रधानमन्त्रीलाई भने, ‘वार्ता बालुवाटारमा होइन, संविधानसभा भवनमा बस्छ, अरू ठाउँमा म आउँदिनँ।’ त्यसपछि प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन घुमाए र भन्न लगाए, ‘प्रधानमन्त्रीलाई विभिन्न शक्ति केन्द्रले अन्योलमा पारिसके, वार्ता गर्ने भए संविधानसभा भवनमा गरौं, बालुवाटारमा नआउने भन्नुहोस, मैले त भनिसकेको छु।’ ..... त्यसपछि ओलीले प्रधानमन्त्रीलाई आफू बालुवाटार नआउने र संविधानसभामै जे जे गर्नुपर्छ गरौं भन्ने जवाफ दिए। पछिल्लो समय ओली–दाहालबीच संविधान जारी गर्ने विषयमा एकमत रहँदै आएको छ। ...... प्रधानमन्त्री कोइरालालाई विभिन्न शक्ति केन्द्रले प्रक्रिया केही दिन स्थगन गराउन दबाब दिएको चाल पाएपछि त्यो सन्देश प्रचण्डले कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि पठाए। यी तीन नेता अब पनि अन्योलतामा राख्नु हुन्न र जसरी पनि संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा उभिँदै आइरहेका थिए। लगत्तै, देउवा, पौडेल र सिटौलाले संसदीय दलको बैठक डाकेर मतदान प्रक्रिया तत्कालै सुरु गर्ने निर्णय मात्रै गराएनन्, संविधानसभामा मतदान प्रक्रिया सुरु हुने र त्यसमा अनिवार्य उपस्थित हुन कडा निर्देशन पनि जारी भयो। उपस्थित नहुनेलाई पार्टीले कारबाही गर्ने चेतावनी पनि दिइयो। .....

प्रचण्ड र ओली बालुवाटार नगएपछि प्रधानमन्त्री कोइराला बानेश्वर जान बाध्य भए।

त्यतिञ्जेलमा प्रधानमन्त्री कोइराला पनि संविधानको प्रक्रिया थप लम्ब्याउन नहुने पक्षमा पुगिसकेका थिए। प्रक्रिया लम्ब्याउने कार्यमा एमाले र एमाओवादीको साथ पाउन सकिँदैन भन्ने बालुवाटार बैठकमा दुवै पार्टीका अध्यक्ष नआएबाटै उनले बुझिसकेका थिए।...... लगत्तै, तीन दलको बैठक बानेश्वरमा सुरु भयो जुन बैठकले आन्दोलनरत दलका मागलाई सम्बोधन गर्ने गरी तीनवटा महत्वपूर्ण निर्णय गर्यो्। ...... पहिलो, हाल कायम ७५ जिल्लालाई कम्तीमा एक निर्वाचन क्षेत्र कायम गर्दै जनसंख्याका आधारमा थप निर्वाचन क्षेत्र बनाउने, सामाजिक न्यायको स्थानमा समावेशीरसमानुपातिक राख्ने, असन्तुष्ट दललाई समेट्न अझै प्रयास गर्ने। र, त्यसलाई प्रधानमन्त्री कोइरालाले संविधानसभामा गर्ने भाषणामार्फत सम्बोधन गर्ने भनेर सच्याइयो। ......

काठमाडौं र बाहिर क्रियाशील शक्ति केन्द्रले आफैं र अरूमार्फत दिएको दबाब निकै चर्को थियो जसले संविधान बनाउने प्रक्रियालाई ठप्पै पारेर थप अन्योल बनाउने पक्कापक्की देखिएको थियो।

...... प्रक्रिया नरोक्ने भन्ने सहमति भए पनि शनिबार साँझ अचानक प्रमुख तीन दलभित्रै संविधानसभा प्रक्रिया लम्ब्याउने कि प्रक्रिया अघि बढाउने भन्ने विषयमा प्रस्ट र तीव्र रूपमा दुई धार देखा पर्न सुरु गर्योि। ुवार्ता र संवादु का नाममा प्रक्रिया लम्ब्याउनुपर्नेको मत संख्या क्रमशः तीव्र रूपमै बढिरहेको थियो। एमाओवादीमा अध्यक्ष प्रचण्ड कुनै हालतमा प्रक्रिया रोक्न नहुने भन्दै स्पष्ट अडानमा रहे पनि उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उनलाई अन्तिम समयमा असहयोग गरिरहे। त्यसमा दाहाल भट्टराईको पछिल्लो गतिविधिबाट असन्तुष्ट मात्रै थिएनन् विभिन्न समूह लगाएर आफूमाथि निरन्तर दबाब थोपर्ने कार्य गरेकोमा समेत उनलाई चित्त बुझिरहेको थिएन। अझ, प्रस्ट रूपमा प्रक्रिया जसरी पनि रोकाउने भनेर भट्टराई दिलोज्यानले लागेपछि दाहालले त्यसलाई चिर्न नसके संविधान निमार्ण प्रक्रिया थप अन्योलमा फस्ने निष्कर्ष निकालेर एक्लै अघि बढ्नु जरुरी देखे। ..........

प्रक्रिया स्थगन गरेर भए पनि सहमति खोज्नुपर्ने भन्ने उत्तरी छिमेकी चीनको प्रतिक्रिया समाचारमा समेत आएपछि

......

भारतीय राजदूत रञ्जित रेले भेटेर तराई–मधेसका मुद्दा सम्बोधन गर्न सुरुमा १५ दिन माग गरेका थिए भने पछिल्लो समय ५ दिन प्रक्रिया स्थगन गर्न चर्को दबाब दिँदै आएका थिए।



मधेसमा कठोर आन्दोलन गर्ने महतोको चेतावनी
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलबाट जवरजस्ती संविधान जारी गरिए मधेसमा कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् । ..... ‘कांग्रेस, एमाले र एमाओवादीका मधेसी सभासद्कै कारण तीन दलले बहुमतको आडमा मधेसविरोधी संविधान बनाउन लागेका छन्’, वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तीन दलका मधेसी सभासद्ले विद्रोह गरेको भए मधेसविरोधी संविधान कदापि बन्ने थिएन । तीन दलले बनाउन लागेको संविधानबाट मधेसी र थारुले केही पाउँदैनन् ।’ ...... मधेसीकै भोटले जितेका कांग्रेस, एमाले र एमाओवादीका सभासद्हरुले अधिकार पाउने बेलामा मधेशीको घाँटी रेट्ने काम गरेको उनको भनाइ थियो । ...... ‘अहिले पनि २४ घण्टा बाँकी छ । तीन दलका मधेसी सभासद्लाई संविधानसभा छाडेर आउन मधेशी जनताले दबाब दिनुपरो’, उनले भने, ‘मधेस विरोधी संविधान बनाउने कांग्रेस, एमाले र एमाओवादीका मधेसका सभासद्लाई जनताले तह लगाउनेछन् ।’ ...... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मधेसी सभासद्हरुले समेत सदन छाड्ने हिम्मत नदेखाएका कारण मधेस आन्दोलन कमजोर भएको उनको भनाइ छ । ........ ‘मधेसको नाममा राजनीति गर्ने एमाले र कांग्रेसका सभासद्हरुले कुर्सी र मन्त्रीको लोभमा विद्रोह नगर्दा समस्या उत्पन्न भयो’, उनले भने, ‘जनताले अब उनीहरुलाई देखाउने छन् धोका भनेको के हो ?’ ...... विगतका सहमति र सम्झौतालाई लत्याएर खसबासी तीन ठूला दलले बन्दुक र बहुमतको आडमा जारी गरेको जनविरोधी संविधान लागू हुन नसक्ने उनको भनाइ छ ।


केपी ओलीलाई हिटलर बन्न आग्रह
कञ्चनपुर–युवा संघ नेपाल केन्द्रीयसचिव किरण पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई हिट्लर बन्न आग्रह गरेका छन् । सामाजिक सद्भाव र राष्ट्रिय एकता अभियानअन्तर्गत शनिबार कञ्चनपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सचिव पौडेलले देशलाई रुवान्डा हुनबाट जोगाउन हिट्लरजस्तै निरंकुश हुनुपरे पनि पछि नहट्न ओलीलाई आग्रह गरेका हुन् । ...... ‘मुलुकलाई रुवान्डा हुनबाट जोगाउन, तीन पुस्तादेखिका हाम्रा अग्रजको संघर्षलाई परिणाममुखी बनाउन र समृद्धिको हाम्रो सपनालाई साकार पार्नका लागि आवश्यक परे हिटलर नै बन्नुपर्छ भने पनि पछि नहट्न कमरेड ओलीलाई आग्रह गर्छु,’ उनले भने, ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता संकटमा परेका बेला कमरेड केपी ओलीले जुन अडान लिनुभएको छ, त्यसैले देश जोगाउँछ । हामी अहिले शान्ति, सद्भाव र राष्ट्रिय एकताका लागि पार्टी अध्यक्षको निर्देशनबमोजिम पार्टीको सन्देश लिएर आइरहेका छौँ ।’ .....

हिटलर विश्व इतिहासमा क्रूर शासकको रुपमा चिनिन्छन् ।

शक्तिकेन्द्रमा भावी प्रधानमन्त्रीको खोजी शुरु
संविधान जारी भएपछि सहमतिको सरकार बन्ने सम्भावना कम रहेको राजनीतिक विश्लेशकहरु बताउँछन् । यस्तो अबस्थामा काग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्न कठिन हुने एमालेकै केही नेताहरु बताउँछन् । ...... काग्रेसले आफ्नो पार्टी सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाएर शितलनिवास पठाउने र ओलीलाई प्रधानमन्त्री बनाउने विकल्प कायम छ । यसबाहेक एकीकृत माओवादीसँग मिलेर बहुमतको सरकार बनाउने विकल्प पनि एमालेसँग छ । तर, एकीकृत माओवादीको मात्र मतले बहुमत नपुग्ने भएकाले एमालले तराई–मधेश केन्द्रित केही दलको समर्थन जुटाउनुपर्ने हुन्छ । ..... एकीकृत माओवादीसँग सहकार्य गरेर बहुमतको सरकार बनाउन सक्ने काग्रेससँग विकल्प छ । यस अघि दिल्ली भ्रमण गरेर उनले दक्षिण छिमेकीसँग आफ्नो सम्बन्ध विस्तार गरिसकेका छन् । देउवा प्रधानमन्त्री बन्ने–नबन्ने एकीकृत माओवादीको समर्थनमा भर पर्नेछ । ...... काग्रेस–एमालेवीच सहमति वा बहुमतीय सरकार गठनमा सहमति नबने तेस्रो विकल्पका रुपमा प्रचण्ड अगाडि आउन सक्छन् । माओवादीले आफ्नो नेता प्रधानमन्त्री बन्ने सर्तमा जोसँग पनि समझौता गर्न सक्छ ।

पहिलो संविधानसभामो तेस्रो पार्टी एमालेका दुई नेता माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भएका थिए ।

तेस्रो शक्ति रहेको एमाओवादीले काग्रेस–एमाले नमिले सत्तासमीकरणमा आफ्नो निर्णायक भूमिका हुने अनुमान गरेको छ । ....... सहमतिको सरकार गठन नहँुने अबस्थामा एकीकृत माओवादी र दक्षिण छिमेकी नयाँ प्रधानमन्त्री चयनमा निर्णायक बन्न सक्ने स्रोत बताउँछ । काग्रेस–एमाले नमिल्ने अबस्थामा बहुमतका लागि एकीकृत माओवादी चाहिने भएकाले उ निर्णायक शक्तिका रुपमा आउनेछ । त्यसबाहेक अन्तराष्ट्रिय शक्ति सन्तुलन खास गरेर दिल्लीको सद्भाव नयाँ प्रधानमन्त्री चयनमा एउटा महत्वपूर्ण फ्याक्टर बन्न सक्ने स्रोतहरु बताउँछन् ।


संशोधन प्रस्ताव नै गायव भएपछि संविधानसभामा हंगामा (फोटोफिचर)
बोलिभिया, दक्षिण अफ्रिका, भेनेजुएलालगायतका मुलुकमा संविधान जारी गर्ने समयमा त्यसखालको टोली गठन गरिएको थियो । तर नेपालको संविधानसभामा त्यसखालको कुनै पनि टोली गठन नगरिएका कारण दर्जनौ गल्ती फेला परेको भन्दै सभासद–सभासदबीचमा नै हाँसो चल्ने गरेको छ ।


संविधान बन्ने निश्चित भएपछि मधेसी मोर्चाको खुट्टा काम्यो ! यस्तो छ नयाँ निर्णय
नेकपा एमालेका नेता ताहिर अलीले अहिले नेकपा एमाले भित्रका मधेशीहरु पनि आन्दोलनलाई गम्भिरताका साथ लिन पार्टी पंक्तिलाई दबाव दिई रहेको जानकारी गराए । मधेशीहरुको मागलाई बेवास्ता गरि संविधान ल्याए देशमा अशान्ती फैलिने भएकोले माग सम्बोधन गर्न दबाव दिईने बताए । ..... कार्यक्रममा बोलने वक्ताहरुले आन्दोलन रुपन्देहीको ग्रामीण भेगमा मात्र केन्द्रित भई ग्रामीण भेगका मधेशीहरु मात्र आन्दोलनले प्रभावित भएकोमा गुनासो गरे । ग्रामीण भेगमा रहेको बिद्यालय बन्द हुनु र भैरहवा आसपासका बिद्यालय सञ्चालन भै रहेको कारण आफ्ना बालबच्चाहरुको अध्ययन प्रभावित भएकोमा अभिभावकहरुले चिन्ता ब्यक्त गरे । ...... आन्दोलनको अर्को चरण स्वरुप मधेशमा रहेका बिभिन्न कार्यालयहरुमा मधेश सरकार लेख्न कार्यकर्ताहरुलाई निर्देशन दिए अनुरुप अहिले मधेश सरकार लेख्न शुरु गरि सकिएको दावी गरे ।
मधेसको आन्दोलनमा भारु र दारुको चलखेल भएको यादवको आरोप
मधेसी मोर्चाका कार्यकर्ताले स्कुल बस जलाए
संविधानको प्रकृया अघि बढेसँगै नवलपरासीका मधेस केन्द्रीत दलले आफ्नो आन्दोलनलाई कडा बनाउन थालेका छन् ।


तराईका दङ्गाग्रस्त जिल्लाहरूमा छ सय कमान्डो परिचालन
प्रहरी प्रधान कार्यालयले २० जनाको ४० वटा कमान्डो टोली निर्माण गरेको
केपी ओलीलाई हिटलर बन्न आग्रह
कङ्गो, रुवान्डा र सुडानका दर्दनाक दृष्य हाम्रो मस्तिष्कमा छाई रहेका छन, धेरै अफ्रिकन र एसियन राष्ट्रमा विद्यमान राजनीतिक अस्थिरता र त्यस्को चपेटामा आक्रान्त जनताको अवस्था पनि स्मरण गर्दैछौ सचिव पौडेले थपे । ...... चिन उधोग धन्दाले धनी भयो, अमेरिका हतियार र प्रबिधीले धनी भयो खाडी राष्ट्रहरु तेल बेचेर धनी भए तर हामी सँग अथाह प्राकृतिक श्रोत हुँदा हुँदै सगरमाथा हुँदा हुँदै, युरेनियम्, सुन्, सिसा, जस्ता, तामा लगायतका बहुमुल्य र असिमित भण्डार हुँदापनि किन अघि बढ्न सकेनौ ? किन प्रगती गर्न सकेनौ ? किन हाम्रो जस्तो श्रोत सम्पन्न मुलुकमा मात्र अस्थिरता बढी देखिन्छ ? उनले प्रश्न गरे ।
एमाओवादीबाट बिद्रोह गर्दै सभासद् साह प्रक्रिया बाट बाहिरियो, कांग्रेस र एमाले भित्र पनि विद्रोहको तयारी (विज्ञप्ती सहित)
एकलौटी रुपमा तीन दल मिलेर ८० प्रतिशत जनताको इच्छा विपरित संविधान ल्याउन लागेको भन्दै पार्टी भित्र बिद्रोह गर्दै एमाओवादीका सभासद् प्रभु साह संविधान निमार्णको सबै प्रक्रिया बाट बाहिरिएका छन् । ...... श्रोतका अनुसार एमाओवादी भित्र सबै मधेशी सभासद्हरु प्रक्रिया बाट बाहिरिने तयारी गरेका छन् । .... एक श्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले भित्रका मधेशी र थाहरु सभासद्हरु पार्टीले जारी गरेको व्हीप तोड्ने तयारी गरेको जनाइएको छ ।
मधेसको आन्दोलनमा भारु र दारु !
जनताको छातीमा गोली ठोकेर लेखिने संविधानको कुनै मान्यता रहँदैन



प्रचण्डले देश टुक्रिन दिन्न भनेपछि जंगिएर बाहिरिए प्रभु शाह !
नेपालबाट अलग्गिने अधिकारसहितको स्वायत्त मधेस प्रदेशको माग पूरा नभए संविधान निर्माण प्रक्रियाबाट अलग्गिने घोषणा गरेका पार्टी सभासद् प्रभु शाहलाई सोमबार बोलाएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रक्रियामा सहभागी हुन भनेका हुन् । तर, शाहले आफ्नो माग पूरा नभएसम्म प्रक्रियामा सहभागी नहुने अडान दोहोर्याए ।
मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधान नमान्ने
‘मुस्लिम, मधेसी, थारु, दलित जनजाति लगायत कसैको सहमति नभएको संविधान कसरी लागु हुन्छ र लागु गर्ने आफै अन्यौलको विषय छ,’ संयोजक अन्सारीले सोमबार अनलाइनखबरसँग कुरा गर्दै भने,

‘संविधान चाहिने हामीलाई नै हो तर जनताको मागलाई सम्बोधन नगरिकन दादागिरी रुपमा र गोलीको भरमा ल्याएको संविधान हामी मान्दैनौं ।’

संविधानसभा बैठक चलिरहेका बेला राष्ट्रपति डा.यादवले असन्तुष्टि जनाउँदै दुई पेज लामो यस्तो पत्र किन पठाए ? (पत्रसहित)
संविधानको विधेयकमा परेका संशोधन निर्णयार्थ पेश भइरहेका बेला राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पत्र पठाइ संविधान निर्माणको कार्यलाई आफूले नजिकबाट नियालिरहेको बताउनुभएको छ । ....... संविधान निर्माणको विषयमा थारु, मधेसी र आदिवासी जनजातिहरुले विरोध गरेर सडक आन्दोलन चलाइरहेका बेला डा.यादवले आन्दोलनरत समूहका मागलाई पनि सम्बोधन गर्न संविधान सभालाई आग्रह गर्नुभएको हो । ...... ‘यस्तो बेलामा मुलुक, समाज र संविधानसभामा भइरहेका गतिविधिबारे सूचित रहनुलाई मैले पदीय दायित्वका रूपमा ग्रहण गरेको छु । हरेक राजनीतिक दल, पदाधिकारी तथा नागरिकहरू पनि यो महत्वपूर्ण घडीमा संविधान सभाको विधि र प्रक्रियालाई धैर्यका साथ नजिकबाट नियालिरहेका छन् ।’ ...... उहाँले राष्ट्रिय एकता बलियो बनाउन विभिन्न जातजाति र समुदायको पहिचानलाई सम्मान गर्दै सामाजिक सद्भाव र एकता जस्ता सङ्घीयताका आधारभूत एवं सुन्दर पक्षहरूलाई नेपालले अँगाल्न सक्नुपर्ने बताउनुभयो । ...... ‘यसका निम्ति सङ्घीयताको स्वरूप निर्धारण यथासम्भव सामाजिक एवम् आर्थिक न्यायका हिसाबले प्राकृतिक स्रोत साधनको सन्तुलित र उचित वितरण एवम् उपयोग सम्भव हुने गरी हुनुपर्दछ’, उहाँले भन्नुभएको छ,

‘प्रदेशहरूको सीमाङ्कन गर्दा सम्बन्धित विज्ञहरूको सल्लाहका साथै निश्चित वैज्ञानिक आधारहरू समेत लिई जनतालाई विश्वास दिलाउनेतर्फ संविधान सभाले विशेष ध्यान दिनुपर्छ कि भन्ने मेरो बुझाइ छ ।’

.......... ‘यस निम्ति अझ पनि समय ढल्किसकेको छैन । संविधान सभाको प्रक्रिया र संविधान सभामा प्रतिनिधित्व गर्ने सबै साना–ठूला दलहरूको सहभागिताको महत्वलाई हृदयङ्गम गरी संविधानलाई राष्ट्रिय एकताको दस्तावेज र राष्ट्रलाई समुन्नतितर्फ उन्मुख गराउने समावेशी तथा अभिप्रेरक सर्वोच्च कानुनी दस्तावेजका रूपमा उभ्याउन हामीले अन्तिम क्षणसम्म सक्दो प्रयास गर्नु जरुरी हुन्छ’, डा.यादवले भन्नुभएको छ, ‘संविधान निर्माण प्रक्रियालाई समुदाय, क्षेत्र, जातीयता आदि सबैलाई एकताको सूत्रमा बाँध्ने सर्वोच्च वैधानिक विधिहरुको रूपमा विश्वमै सबैले मान्यता दिएका छन् ।’
आन्दोलन अब कठोर हुने महतोको चेतावनी
महतोले जारी हुने संविधानको परिर्वतन र संशोधनको लागि हदैसम्मको बल लगाउन नयाँ मोर्चा गठन गरी सघर्षको कार्यक्रम ल्याउने बताए। .... ‘मधेसको नाममा राजनितिक गर्ने एमाले र कांग्रेसका सभासद्हरु कुर्सी र मन्त्रीको लोभका कारण विरोध गर्न नसकेकोले यस्तो समस्या उत्पन्न भएको हो। जनताले अब उनीहरुलाइ देखाउने छन्, धोखा भनेको के हो,’महतोले भने। ...... उनले मधेसी दलहरुले संविधानसभा नत्यागेको कारण पनि आन्दोलन उत्र्सगमा नपुगेको बताए। राजिनामा दिएका आफना सभासदहरुको राजिनामा सभामुखले पास नगरेर ठुलो षडयन्त्र गरेको उनको आरोप छ।


संविधान जारी भएपछि जायज माग सम्बोधनका लागि सडक संघर्ष: श्रेष्ठ
एमाओवादीले नयाँ संविधान जारी भएपछि आन्दोलनका क्रममा उठेका जायज माग पुरा गराउन सडक संघर्षमा जाने भएको छ। ‘अहिलेको संविधान कुनै पनि हालतमा जारी हुनुपर्छ भन्नेमा हामी दृढ छौं।...... ‘दलित, जनजाती, थारु, मधेसी, महिला लगायतका माग राम्रोसँग सम्वोधन नभएको अवस्था छ। त्यसैले हामी जनदवाव सृजना गर्ने छौं।’ ..... संविधानको कार्यान्वयन गर्न, प्रतिगमन रोक्न र भौगोलिक अखण्डता कायम राख्नका निम्ति पनि आन्दोलनमा अपरिहार्य भएको श्रेष्ठको भनाइ छ। ..... अब जनदवाव आवश्यक भयो।’
तीन दलका विरुद्ध अब कठोर आन्दोलन गर्ने चेतावनी, महत्ता



राजेन्द्र महतोको भूमिगत संजाल !



संविधान रोक्न राष्ट्रपतिको यस्तो देखियो योजना
मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवले अन्तिम राष्ट्रपति पनि आफैं बन्ने महत्वकांक्षा पालेका कारण तराई मधेसमा विखण्डनकारी आन्दोलन सुरु भएको निचोड चारवटै सुरक्षा निकायको छ । ....... वामदेव गौतमले हालै आफ्नो पार्टीको उच्चस्तरीय बैठकमा यो कुरा राखेपछि मुुलुकको राजनीतिक वृत्तमा ठूलै खैलाबैला सुरु भएको छ । ...... गृहमन्त्री गौतमले आफ्नो पार्टीका उच्चस्तरीय नेताहरुलाई दिएको जानकारी अनुसार राष्ट्रपति निवासमा को को छिरेका छन्, राष्ट्रपतिको निवास छिरेर बाहिर निस्केकाहरुको गतिविधि के कस्तो छ ? उनले को को संग कसरी सम्पर्क गरिरहेका छन् ? भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तरचर विभागले आ आफ्नै ढंगले सूचना संकलन गरेका छन् । ....... जसरी जेठ २५ गते संविधान निर्माणका लागि प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौतालाई तुहाउन राष्ट्रपति यादवले आफ्ना साह्रा संयन्त्र तथा शक्तिकेन्द्र परिचालन गरेका थिए त्यसलाई उनले आइतबारसम्म पनि निरन्तरता दिएका छन् । प्रदेशको सीमांकनको टुंगो नलगाई संविधान जारी गर्ने बुँदा अन्तरिम संविधान विपरीत हुन् भन्दै राष्ट्रपति यादवले बबाल मच्चाएका थिए । उनका कानुनी सल्लाहकारहरुकै सक्रियतामा सर्वोच्च अदालतमा मुद्दा दायर गरी १६ बुँदे सम्झौतालाई अन्तरिम संविधानविपरीत ठहर गराइएको थियो ।


सरकारले कदम नसच्याए मुलुकु गृह युद्धमा ः फोरम उपाध्यक्ष रेणु यादव
मधेशको नुन खाएर जिविकोपार्जन गर्ने सैनिकले शासक वर्गको निर्देशनमा जसरी मधेशी आम नागरिकमाथि आन्दोलनमा गोली चलाउँदै छ त्यसले देशलाई गृह युद्धमा धकिल्ने कार्य गर्दै आएको आरोप लगाउनुभयो । ...... तीन ठुला दलका नेताहरुले गैर जिम्मेवारी पुर्ण तरीकाले हचुवाको तालमा अघि बढिरहने हो भने मधेश माथि विभेदले मुलुकमा विद्रोह भई बिखण्डन हुने निश्चित रहेको बताउनुभयो ।


मधेशी–थारुको समर्थनमा अमेरिकमा प्रर्दशन(फोटो फिचर)



तराई आन्दोलनका लागि एउटै बैंकबाट मात्र तीन अर्ब आएको देखियो:लालबाबु पण्डित
तराईमा हाल देखिएको आन्दोलन राजनीतिक नभएको र यो पैसाको बलमा मन्चन भएको भीडमात्र भएको उनको तर्क थियो । ..... एउटै बैंकबाट मात्र तीन अर्ब आन्दोलनका लागि भित्र्याइएको प्रमाण रहेको बताउँदै

मन्त्री पण्डितले आन्दोलनका लागि बिदेशबाट पचासौ अर्ब आएको दाबी गरे । पैसा सकिएपछि आन्दोलन आफै सकिने उनको भनाइ रहेको छ ।

........ आन्दोलनमा प्रहरीले ज्यादती नगरेको जिकिर गर्दै उनले भने "ब्यक्तिगत स्वतन्त्रता राष्ट्रिय स्वतन्त्रता मातहत हुन्छ । राष्ट्रभन्दा माथि ब्यक्ति नभएकोले तराइमा मानव अधिकारका कुरा बेतुकका कुरा हुन ।" बार्ताबाट भाग्ने अनि बिदेशी मार्फत माग राख्ने मधेसबादी दलका हर्कतले राष्ट्रिय स्वाधीनताको धज्जी उडाएको उनले आरोप लगाए । ...... उनले भने "आज संविधान बन्छ । सन्तुष्ट नहुनेले संविधान जलाउन सक्छन तर देश जलाउने छुट कसैलाई हुनेछैन । राज्य मुकदर्शक भएर बस्दैन ।"


देश टुक्राउने अधिकार नपाएपछि प्रचण्डसामु जंगिए प्रभु
एमाले सभासदको घरमा पेट्रोल बम प्रहार, प्रहरीचौकीमा आगजनी, प्रहरी भागे
संविधान जारी गर्ने प्रक्रिया अघि बढेसँगै मधेस केन्द्रित दलले आफ्नो आन्दोलनलाई कडा बनाउन थालेका छन् । ...... संविधानसभामा संविधान निर्माणको प्रक्रिया भटाभट भइरहँदा तराई क्षेत्रमा भने आनदोलनको क्रम कायमै छ । ....... सर्लाहीको मलंगवा–१० मा रहेको एमाले सभासद कमलादेवी महतोको घरमा आइतबार राति प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेका छन् । ..... सुरक्षा संवेदनशीलताका कारण सर्लाहीको मानपुर, हथिऔल, मधुवनी गोठ र मोहनपुरमा रहेका चारओटा प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सारिएको छ । ...... प्रदर्शनकारीले धनुषाको ग्रामीण क्षेत्र ललीया गाउँमा रहेको प्रहरीचौकीमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीको आगजनीबाट चौकीमा रहेका सबै प्रहरी भागेर सदरमुकाम पुगेका छन् ।

....... प्रदेश सीमांकनको विरोध गर्दै प्रदर्शनकारीले सोमबारै धनुषाको सहिदनगर यदुकोहामा मोटरसाइकल र्‍याली निकालेका छन् ।
गैरकानुनी तरिकाले पक्राउ गरेको आन्दोलनकारीहरुलाई तत्काल रिहा गर : थर्ड एलायन्स

No comments: