Monday, September 14, 2015

In The News (75)

असोज ३ गते साँझ ५ बजे नयाँ संविधान
बानेश्वरमा तनाव, राष्ट्रसंघको गाडी तोडफोड (तस्बिर)
संविधानका ५७ धारा पारित
राज्यका निर्देशक सिद्धान्त, राज्यको संरचना र राज्य शक्तिको बाँडफाट पारित
राप्रपा अध्यक्ष थापाले बैठकमा आफ्नो प्रस्ताव मतदानमार्फत अघि बढाउन आग्रह गरे पनि सभामुख नेम्वाङले त्यसको लागि ६१ जना सभासदले प्रस्ताव राख्नुपर्ने बताए । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए । ..... संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी छन्। यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो । ..... कांग्रेस, एमाले र एमाअोवादीका प्रमुख सचेतकले पेस गरेको धर्म निरपेक्षताको व्याख्या भने संविधानसभाले पारित गरेको छ । ‘धर्मनिरपेक्षता’ भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ब्याख्या संविधान सभाले पास गरेपछि यो ब्याख्या संविधान विधेयकको अंग बनेको हो । .... मधेस केन्द्रित साना दलहरूका ५८ सभासद (एक निलम्बितसमेत) ले भने संविधानको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिष्कार गरिरहेका छन्।
के-के पारित भए ?
सात प्रदेशको संघीय संरचना पारित
संविधानसभाले सात प्रदेश सिमाङकनमा परेका विभिन्न संसोधन प्रस्तावहरुलाई अस्वीकत गरेका छ । राप्रपा संसदीय दलका नेता दिपक बोहोराले राखेको प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लामात्र समेट्ने प्रदेश निर्माणको प्रस्ताव सभाको दुई तिहाईले अस्वीकृत गरेको हो । पश्चिम तराईमा आन्दोलनरत थारु समुदायको माग समेत संवोधन हुने दावी सहित परेका अन्य संसोधनहरु पनि अस्वीकृत वा फिर्ता भएका छन् । संविधानसभाको दुई तिहाईले पारित गरेको धारा ५६ कोसंग सम्बन्धीत अनुसूची ४ मा तीन दलका तर्फबाट भएको संसोधन भने पारित भएको छ । उक्त संसोधनले अखण्ड वाग्लुङ्ग जिल्लालाई चार नम्बर प्रदेशमा पारेको छ । ..... एमाओवादीका तर्फबाट मनोनित सभासद् श्याम श्रेष्ठले अनेकौ धारामा राखेका संसोधनमा थप एकजनाले पनि समर्थन गरेनन् । कतिपय धारामा त उनी स्वयंले आफ्नो संसोधन प्रस्तावको पक्षमा हुन्छ भन्नेको सुनिएन । संविधान विधेयकका विभिन्न धारामा गरी ५ दर्जन भन्दा बढि संसोधन राखेका श्रेष्ठले मतदान अधि समेत ती प्रस्ताव फिर्ता लिन अस्वीकार गरिरहेका छन् ।
देश अगाडि बढ्यो, कसैले रोक्न सक्दैन : गौतम
बहिष्कार गरेका कांग्रेसका पाँचै सभासद संविधानसभामा फर्किए
सुरेन्द्र चौधरी, रामअयोध्या यादव, अमरेशकुमार सिंह, गणेश मण्डल, दिनेश परसौला यादव .....

नयाँ संविधानमा समानुपातिक समावेशीको सिद्धान्त स्वीकार गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने सहमति भएकाले आफू संविधानसभाको प्रक्रियामा सहभागी भएको सभासद चौधरीले बताए ।

.... 'वरिष्ठ नेता देउवासँगको कुराकानीपछि म सहितका सभासदहरू संविधानसभाको प्रक्रियामा फर्किएका हौं,' चौधरीले कान्तिपुरसँग भने, 'संघीयताको सीमांकनको विषयमा भने मेरो 'रिजर्भेसन' कायमै छ ।' चौधरी अपराहन ३ बजे संविधानसभामा प्रवेश गरेका थिए । सिंहलगायत चार नेता भने बिहानैदेखि संविधानसभामा सहभागी भएका थिए । ..... यसैबीच कांग्रेसले सभासद अमरेशकुमार सिंहलाई नयाँ सविधान जारी भएपछि कारबाही गर्ने जनाएको छ । पार्टी निर्देशनविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीको अनुशासन समितिले उनीमाथि स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको छ । समितिले सिंहमाथि २४ घण्टे स्पष्टीकरण लिएपछि कारबाही गर्ने तयारी गरेको थियो । तर, शीर्ष नेतृत्वले संविधान जारी गर्नुअघि कारबाही गर्दा तराई-मधेसमा जारी आन्दोलनलाई बल पुग्ने तर्क गरेपछि कारबाही रोकिएको हो । 'निलम्बन गर्ने कि पार्टीबाटै निष्कासन गर्ने भन्नेमा छलफल भइरहेको थियो, 'समितिका एक सदस्यले भने, 'तर नेताहरूले संविधान जारी भएपछि मात्रै कारबाही गर्ने भनेपछि रोकिएको हो ।'
आङकाजी शेर्पा रिहा
शेर्पा संघीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासि जनजाती महासंघका पूर्वमहासचिव हुन् ।
हामी वार्ता विरोधी होइनौं : महतो
मधेसी मोर्चाका ५ जिल्ला नेता पक्राउ
प्रहरीले मधेसी मोर्चाका ५ जिल्ला नेतालाई सोमबार पक्राउ गरेको छ । भखैरै मात्र पक्राउ गरेर उनिहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ..... संघीयता र सिमांकनको विरोधमा जिल्लामा भइरहेको आन्दोलनको अगुवाइ गर्ने फोरम लोकतान्त्रीकका जिल्ला अध्यक्ष अजय गुप्ता, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, तमलोपमाका अनिल सिंह, फोरम नेपालका रामकिशोर यादव र रामेश्वरप्रसाद यादवलाई गौर नगर क्षेत्रबाट पक्राउ गरेको हो । अनुसन्धानका लागि पक्राउ गरीएको डिएसपी सुधिरराज शाहीले जनाए । उनले भने, ‘केही कुरामा सोधपुछ गर्न लागि पक्रेका हौं ।’ प्रहरीले के विषयको अनुसन्धान गर्न पक्राउ गरेको भन्ने विवरण भने गोप्य राखेको छ ।
धनुषामा मधेसी मोर्चा गाउँ केन्द्रित, साँझ कर्फ्यु हटाइयो
नगर क्षेत्रमा कर्फ्यु तथा दंगाक्षेत्र घोषणा गरिए यता आन्दोलनरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरु गाउँमुखी कार्यक्रमलाई निरन्तरता दिएका छन् । अचेल मोर्चा सम्बद्ध कार्यकर्ताहरु ग्रामीण क्षेत्रमा सभा गर्ने तथा ग्रामीण क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई निसाना बनाउन थालेका छन् । ....... गत तीन दिनयता पूर्वी र दक्षिणी भेगका झण्डै एक दर्जन प्रहरी चौकीमाथि मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरी भौतिक संरचनालाई क्षति पुर्‍याएका छन् । अधिकांश प्रहरी चौकीमा तैनाथ सुरक्षाकर्मीहरु नजिकको ईलाका प्रहरी कार्यालयमा पुगी सकेकाले भिडन्त भने नभएको स्थानीयहरु बताएका छन् । ......... प्रहरी उपरीक्षक गणेशबहादुर थापाले केही ग्रामीण भेगका प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरुलाई अस्थायी रुपमा पायक पर्ने ईप्रकाहरुमा पठाइएको जानकारी दिए । ...... यसबीच जिल्ला सुरक्षा समिति धनुषाले गत शुक्रवार सन्ध्या ५ वजेदेखि लगाउँदै आएको अनिश्चितकालीन कर्फ्यु सोमवार चौथो दिन पनि जारी रह्यो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सर्बसाधारणलाई अतिआवश्यक वस्तु खरीद बिक्री गर्न सन्ध्या ५ वजेदेखि ८ वजे सम्मको लागि कर्फ्यु तथा दंगाग्रस्त क्षेत्र हटाइएको छ । शनिवार र आईतवार सन्ध्या ६ वजेदेखि ८वजेसम्म कर्फ्यु हटाउने गरिएको थियो । यद्यपि कर्फ्युलाई अवज्ञा गर्दै सोमवार पनि नगर क्षेत्रमा छिटपुट प्रदर्शन भएको थियो ।

SHAME TO MURDERER PM SUSHIL KOIRALA OF NEPAL GOVERNMENT

Posted by Luisang Waiba on Monday, September 14, 2015

हाम्रा बिर प्रहरीले बिरता प्रदर्शन गर्दै .....फोटो : जितेन्द्र मागंपाहागं राई

Posted by Upendra Mahato on Sunday, September 13, 2015

प्रथम गिरफ्तारी की वार्षिकी (भाद्र २८): तब और आजयादें: तब लोग एक दिन ३ घंटा के लिए भी बजार बंद करना नहीं माने थे, और आज...

Posted by Dr. CK Raut on Monday, September 14, 2015

महोत्तरी, जलेश्वरको लागी प्रस्थान हुँदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोबिरगंज, पर्साबाट

Posted by सदभावना पार्टी on Sunday, September 13, 2015

नया संविधान अनुसार विभेदको आधारमा भारतीय मूलको मधेशी महिला हरुको वैवाहिक अंगीकृत नागरिकता को कारण ले संतानहरु ले वंशजको ...

Posted by Sarita Giri on Monday, September 14, 2015

जनकपुरमा प्रहरीले गोली हानी हत्या प्रयास गरिएका १२ बर्षीय घाईते बालक बिकाश कुमार यादवको उपचार बिर अस्पताल, काठमाण्डौमा हुँदै। शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

Posted by Upendra Mahato on Sunday, September 13, 2015

Rashtrapati Yadav le Subas nemwang lai aaja bhet diyenan bhanne khabar aayo ni ta ......

Posted by Subhash Chandra Shah on Monday, September 14, 2015

सप्तरी मे दंगाग़स्त क्षेत्र तोड़े जाने से अपमानित प़शासन, सदभावना पाटीॅ के नेता श्री दिनेश यादव, श्री हरेराम यादव, श्री शंभु यादव लगायत पर मुद्दा लगाने कि तयारी कर रही है

Posted by सदभावना पार्टी on Monday, September 14, 2015

MESSAGE FROM MADHESHIS IN NEW YORK TO THE GOVERNMENT OF NEPAL .... STOP THE VIOLATION OF HUMAN RIHGT

Posted by Chandan Shah on Sunday, September 13, 2015

गणितको आधारमा संविधान जारी हुनुमा मधेशी दलका सभासद र तीन दलका मधेशी सभासदहरूले संविधान सभामा टासेर बसि रहनुनै प्रमुख कारण हो।- राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी -बीरगंजमा पत्रकार सम्मेलन

Posted by Upendra Mahato on Sunday, September 13, 2015

जुन देश का पि एम सुशिल सन्सदमा मधेस मा सेना परिचालन भएको छैन जस्ता झुथो बयान दिरहदा बाकी सान्सदहरु हासिरहेका हुन्छ त्यस्...

Posted by Mahesh Yadav Adhikari on Monday, September 14, 2015

No comments: