Monday, September 14, 2015

In The News (74)

थारु र मधेसीले मागेका जिल्ला नदिए विष्फोटक बारुद बन्नसक्ने चेतवानी दिए बाबुराम भट्टराईले
मधेसी नेताको भनाई आत्मघाती र राष्ट्रघाती: प्रचण्ड
महोत्तरीका ३५ मधेसी नेता भारत पलायन
पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव
मधेशी नेता भन्छन्, यी लागु भए मात्र वार्तामा बस्छौ
भारतीय राजदूत र नेपाली जनतामध्ये एक रोज्न बाबुरामलाई चुनौती
सरकार र थारुहरुबीचको वार्ता असफल, आन्दोलन जारी राख्ने
अन्ततः भारतीय दुतावासले निकाल्यो चार बुँदे यस्तो विज्ञप्ती
सबैतिरबाट वाह वाह पाउने गरी संविधानसभामा प्रचण्डले के बोले ? (भिडियो)
तीन दलका नेताबीच विवाद, एकापटि ओली–प्रचण्ड, अर्कोपटि कोइराला–बाबुराम
एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस महामन्त्री कृष्ण सिटौला प्राप्त उपलब्धिलाई संस्थागत गरी संविधान जारी गर्न ढिलाइ गर्न नहुने पक्षमा छन् भने प्रधानमन्त्री सुशील कोइराला, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादीका नेताहरू बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मतदानको प्रक्रिया केही दिन स्थगन गरेर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने पक्षमा छन् । ..... ‘आफ्नै एजेन्डामा कांग्रेस–एमालेलाई सहमत गराउन नसकेको एमाओवादीले हामीसँग वार्ता गर्नुको के अर्थ हुन्छ र ? ’ तमलोपा नेता हृदयेश त्रिपाठीले अन्नपूर्णसँग भने । शक्ति हातमा भएका/नभएका सत्ता पक्षका नेताहरूले आफूहरूसँग सम्पर्क गरे पनि सार्थक वार्ता हुने वातावरण नबनेको त्रिपाठीले बताए । ..... देवले अन्नपूर्णसँग भने, ‘लोकतन्त्र नै गुम्नसक्ने खतरापूर्ण अवस्था छ । ...... टोलीमा राजकुमार लेखी, अमनलाल मोदी र मीनराज चौधरी छन् । ‘सरकारले वार्ताको वातावरण बनाएमा हामी वार्तामा बस्छौं’, लेखीले अन्नपूर्णसँग भने ।
मधेशीले आफ्नो हात काटेर काँग्रेस–एमालेलाई मत दिए, तर…(विचार)
खुलेयाम नरसंहारको क्रम जारी छ । वीरगंज, जलेश्वर र जनकपुरमा घटेको घट्ना यसको ज्वलन्त उदाहरण हो । एकातिर प्रहरी दमनले पराकाष्ठा नाघेको छ भने अर्कोतर्फ शान्तिपूर्ण प्रदर्शन पनि हिंसात्मक बन्दै गएको छ । ....... प्रथम मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको हराहरीमा शहीदहरुको संख्या पुग्दैछ । तरपनि आन्दोलन रोकिने कुनै सम्भावना देखिन्न । ..... मूलतः एकीकृत माओवादीको यसप्रकारको रवैया मधेशवादीहरुको लागि असहनीय र अस्वभाविक हुन पुगेकोछ । ...... तराईमधेशमा कहिले नभएको यति लामो आन्दोलनको वावजुद सरकार टेरपुच्छर लगाइरहेका छैनन । ...... सुगौली सन्धिको धारा ७ होस्, जंगवहादुरको मुलुकी ऐन वा अहिलेसम्म नेपालको इतिहासमा अभ्यास भएका ६ वटै संविधान सवैमा कही न कही शासकको विभेदपूर्ण मानसिकताले कानुनी रुपमा स्थान पाएका छन् । कतिसम्म भने संविधान सभाको परिमार्जित मस्यौदा विधेयकको कतिपय दफामा समेत यो विभेदपूर्ण प्रणालीले निरन्तरता पाएको हो, जसलाई दसवर्षे जनयुद्धका हर्ताकर्ताहरुले पनि निस्तेज पार्न सकेनन् । ......

यदि उपेन्द्र यादव र राजेन्द्र महतोले पहिलो संविधान सभाबाट एघारह प्रदेशको खाका स्वीकार गरेको भए शायद यो परिस्थितिको सिर्जना हुने थिएन ।

डा. बाबुराम भट्टराईको सरकारको भित्र र बाहिर रहेकाहरुले वृहत मधेशी मोर्चा बनाएर एघारह प्रदेशको खाकालाई असफल पार्ने प्रयास गरिएको तथ्यलाई मधेशवादीले मात्र होइन म जस्ता माओवादीले पनि स्वीकार गर्नै पर्छ । ........ किनकी म सरकारमा भएर पनि सरकारी निर्णयको विरोध गर्न पुगेको थिए । अहिलेको विभेदपूर्ण मस्यौदा त्यही गल्तिको पुरस्कार हो भन्ने बोध उपेन्द्र यादव र राजेन्द्र महतोमा नहुन्जेलसम्म अहिलेको आन्दोलन स्थगन हुने सम्भावना छैन । मधेशवादीतर्फबाट एघारह प्रदेशको खाकाका सवैभन्दा प्रवल समर्थकको रुपमा रहेका तात्कालीन मंत्री ह्दयेश त्रिपाठी अहिले आन्दोलनको परिदृश्यमा सक्रिय नदेखिनु एउटा त्यो कारण पनि हुन सक्छ । तर सवैभन्दा विरोधीको रुपमा रहेका राजेन्द्र महतो आजपनि त्यस्तै उग्ररुप धारण गरेका छन् ।...... मधेशी जनताले आफ्नो हात काटेर दुईतिहाई मत कांग्रेस÷एमालेलाई जिम्मा लगाएको छ । यस्तो परिस्थितिमा आन्दोलनको विकल्प नभएर नै मधेशवादीहरु मात्र होइन हामी पनि आन्दोलनमा गएको हौ । साउन २४ गते नै सीमाङ्कनको विरुद्धमा माडर र सिरहामा टायर वालेर आन्दोलनको सुरुवात गरेको थिए । त्यस दिनदेखि पार्टीको अनुमति विना नै नियमित जुलूस लगाउदै आएको तथ्य जगजाहेर छ । अन्ततोगत्वा पार्टीले भाद्र ११ गतेदेखि मधेशी मुक्ति मोर्चा नेपाललाई संस्थागत रुपमा आन्दोलन गर्न अनुमति प्रदान गरेपछि झापादेखि बर्दियासम्म मोर्चाले आफ्नो बैनरमा एक चरणको कार्यक्रम सम्पन्न गरेको हो । ....... दोस्रो चरणको आन्दोलन जारी छ । त्यसकारण हामी पनि मधेश आन्दोलनको हिस्सा बन्न पुगेका छौ । यो आन्दोलनको श्रेय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई गए पनि हामी पनि निरन्तर आन्दोलन गरिरहेका छौ भन्ने कुरालाई सवैले स्वीकार गरेको हो । अझ यो आन्दोलनलाई सवै मधेशीकोे साझा आन्दोलन बनाउन सकेको भए सरकारको दुई तिहाईको ढिपी एक साता भित्रै समाप्त हुने थियो । ...... अहिलेसम्मको आन्दोलनमा हाम्रा पार्टीका समर्थक र शुभचिन्तक शहिद भएका छन् भने कैयौं घाइते भएको स्थिति छ । महोतरीको जलेश्वरमा शहादत प्राप्त गरेका अमित कापडि हाम्रा समर्थक हुन भने गोलवजारमा प्रहरीको गोलीबाट घाइते भएका लक्ष्मण दास एकीकृत माओवादीका सक्रिय कार्यकर्ता हुन भने आशिष विक्रम साह समर्थक हुन । पार्टीको विशेष पहलमा उनीहरुको उपचार धरानमा भैरहेको छ । त्यसैले यो आन्दोलनको स्वामित्य संयुक्त मधेशी मोर्चाले मात्र लियो भने अन्य आन्दोलकारीहरुप्रति ज्यादति भएको ठहर्छ ।
तराई–मधेश, थारु र मगरात क्षेत्रका माग पुरा गर्नुको विल्कप छैन् -डा. बाबुराम भट्टराई

No comments: