Monday, September 14, 2015

In The News (73)

यी हुन् कांग्रेसका बागी
सत्ताको नेतृत्व लिएको कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी, अमरेशकुमार सिंह, रामअयोध्या यादवसहित पाँच सभासद्ले सीमांकनको विरोधमा उत्रेका मधेसी र थारूहरूका पक्षमा आइतबारको संविधानसभाको बैठकमा अनुपस्थित भई पार्टी संसदीय दलको ह्विप उल्लंघन गरेका छन्। ...... यसैगरी एमाओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् प्रभु साहले संविधानमाथि हुने मतदान प्रक्रिया नै बहिष्कार गर्नै जानकारी दिएका छन्। ..... कांग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले अन्नपूर्णसँग कुरा गर्दै 'आफूलगायत पाँच सभासद् संविधान निर्माण प्रक्रियाअन्तर्गत आइतबार अनुपस्थित रहनुको कारण कस्मेटिक संविधानको विरोध गर्नु' रहेको बताए। उनले भने, 'पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले आज आफू भारत र चीनको सच्चा प्रवक्ता रहेको प्रमाणित गर्दै मधेस, थारू, राष्ट्रपति, सञ्चारकर्मीहरूविरुद्ध विषबमन गर्नु कांग्रेसको लोकतान्त्रिक समाजवाद र त्यसको नेतृत्व बीपी कोइरालाविरुद्धको अनास्था हो।' ..... चौधरीका अनुसार दिनेशप्रसाद परसैला यादव र तेजुलाल चौधरीले पनि आइतबार प्रक्रिया त्यागेका छन्।कांग्रेसका अर्का सभासद् रामअयोध्या यादवले मधेस जलिरहेको हुँदा आफूले ५ देखि ७ दिन संसद् स्थगित गर्न गरेको मागविपरीत सञ्चालन गरिएको बैठकमा अनुपस्थित रहेको बताए। उनले भने, ‘मधेसको माग सम्बोधन नगरी ल्याइने संविधानले राष्ट्रको एकता हुन सक्दैन।' ...... 'गलत, जनविरोधी एवं अवैधानिक कार्यको लाचार छायाँ र निरीह साक्षी बनेर लाहाछाप लाउने कार्य आफूबाट हुन नसक्ने' लिखित जानकारी उनले सभाध्यक्ष सुवास नेम्बाङलाई दिएका छन्।
तराईमा कमान्डो परिचालन
नेपाल प्रहरीले करिव ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । ..... प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्य तराई र पूर्वका केही जिल्लामा सो टोली परिचालित भएको हो । ...... करिब २ सातादेखि प्रहरी प्रधान कार्यालयले डीएसपी र एसपी नेतृत्वमा टोली खडा गरेपनि एक साता अघिदेखि कमान्डो परिचालन गरिएको हो । ....... प्रहरी प्रधान कार्यालयले २० जनाको ४० वटा कमान्डो टोली निर्माण गरेको स्रोतको भनाई छ ।प्रहरी प्रधान कार्यालय, कार्यदल, प्रहरी प्रतिष्ठान, केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)मा कार्यरत प्रहरीलाई समावेश गरेर तयार पारिएको कमान्डो टोलीमा ४० जना रहेका छन् ।


यो आन्दोलन वार कि पार हुन्छ : राजेन्द्र महतोसँग कुराकानी
जनतालाई हत्या गरिँदै छ । दिनदहाडै गाली हानिँदै छ । घरघरमा पसेर जनतामाथि गोली प्रहार भएको छ । यो अवस्थामा केको वार्ता हुन्छ ? हत्या हिंसा जारी राखेर वार्ता हुन्छ ? यो वार्ताको माहोल हो ? सारा मधेशमा कफ्र्यु लगाइएको छ । सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मधेशलाई रणभूमि बनाउने अनि वार्ताको नौटंकी गर्ने ? यो अवस्थामा वार्ता सम्भवै छैन । ..... वातावरणै बनाईकन वार्ताका लागि आह्वान गर्ने र वार्तामा नगएपछि हामीलाई दुनियाँको नजरमा बदनाम गर्ने नौटंकी मात्रै हो । ...... दुई वटा मधेश आन्दोलनको क्रममा ५३ जना सहिद भए । एमाले र एमाओवादीको सहमतिमा गिरिजाप्रसाद कोइरालाले हामीसँग गरेको ८ बुँदे सहमतिअनुरुप संविधान निर्माण हुनुपर्दछ भन्ने मनसायका साथ शान्तिपूर्ण आन्दोलनमा छौं । तर राज्यले नै आन्दोलनमा आक्रमण गरेको छ । हाम्रा आन्दोलनकारीलाई मारेको छ । ..... हुन त वार्ताको कुनै आवश्यकतै छैन । अन्तरिम संविधान र २२ बुँदे र ८ बुँदे सहमतिअनुसार संविधान निर्माण गरे हामीले आन्दोलन गर्नुपर्ने र वार्ता गर्नुपर्दैनथ्यो । ...... यस्तो हत्या, हिंसा र दमनको अवस्थामा दुनियाँमा राज्यपक्षसँग विद्रोहीको कहाँ वार्ता भएको छ ? ..... फेरि ठगिनेगरी वार्ता नगर्न जनताले भनिरहेका छन् । ......... अहिले लाखौंलाख जनता सडकमा आएका छन् । जनताको माग भनेको विगतका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्दछ भन्ने नै हो । जनता अब फेरि ठगिन चाहेका छैनन् । उनीहरुले यही आन्दोलनलाई निर्णायक र परिणाममुखी बनाउनुपर्ने भनिरहेका छन् । ...... खोइ स्वायत्त मधेश प्रदेश ? खोइ स्वायत्त थरहट प्रदेश ? मधेश र थरहटका भूभाग पहाडमा मिलाउने रे, अनि मधेश र थरहट प्रदेश कहाँ बन्छन् ? ...... मधेशले पटकपटक धोका खाएको छ । सबैभन्दा पहिले आफ्नो ज्यानको बाजी लगाएर गजेन्द्रनारायण सिंहले आमरण अनसन बसेका थिए । २५ वर्षमा सद्भावना पार्टीका नेताहरुले पटकपटक आमरण अनसन र संघर्ष गरे र सरकारसँग सम्झौता गरे । तर जहिले पनि मधेशी जनता र नेताले धोका खाए । .......

राज्यमाथि दबाब दिन सारा भन्सार नाका बन्द गर्ने र आन्दोलनलाई सदरमुकाम केन्द्रित गर्ने निर्णय गरेका छौं । राजमार्ग ठप्प पार्ने र लाखौं जनता सडकमा उतार्ने रणनीति अख्तियार गरेका छौं ।

...... भइरहेको के छ भने मधेशी जनताले आन्दोलन गर्छन् । बदलामा राज्यले सम्झौता गर्छ र ती सबै सम्झौता रद्दीको टोकरीमा फालिन्छन् ।

हुँदाहुँदा अन्तरिम संविधानको धारा १३८ (१क) को प्रावधान पनि मिल्काइएको छ ।

आन्दोलनको बलमा जति अधिकार हामीले अन्तरिम संविधानमार्फत् पाएका थियौं, ती सबै खोसिएको छ । ........ अहिले प्रस्तावित प्रदेशलाई जिविससरह अधिकार दिइएको छ । अन्तरिम संविधानमा नागरिकतासम्बन्धी जेजति अधिकारको व्यवस्था गरिएको थियो, त्यसलाई पनि उल्टाइएको छ । ५३ जनाको सहादतपछि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी प्रावधान अन्तरिम संविधानमा उल्लेख गरिएको थियो, त्यसलाई उल्टाइएको छ । अहिले मुलुकभरिको लागि १६५ सिट राखिएको छ । नयाँ प्रावधानअनुसार आधाभन्दा बढी जनसंख्या भएको मधेशलाई ६५ सिट र बाँकी १०० सिट पहाडका लागि जाने निश्चित छ । ....... मधेश आन्दोलनकै बलमा समानुपातिक समावेशीको व्यवस्था गरियो । तर अब भनिँदैछ, समानुपातिक समावेशी हुँदैन । त्यसैले ठूला तीन दलले प्रतिगामी संविधान बनाइरहेका छन् । राजा ज्ञानेन्द्र शाह गए, उनको ठाउँमा लोकतान्त्रिक भनिएका प्रमुख दलका शीर्ष नेताहरु प्रतिगमनका मतियारको रुपमा देखिएका छन् । यस्तो अवस्थामा प्राप्त गरिएका अधिकार पनि खोसिएको र सम्झौताअनुरुप पनि संविधान निर्माण नभइरहेकाले हामी निर्णायक आन्दोलनमा होमिएका छौं । जनता हाम्रो साथ छन् । यो आन्दोलन वार कि पार हुन्छ । ...... हामी वार्ताका लागि आन्दोलन गरेका होइनौं अधिकार प्राप्तिका लागि गरेका हौं । तसर्थ अधिकार प्राप्त हुने सम्भावना भए मात्र वार्तामा बस्छौं । अहिलेसम्मको २२ जना सहिद र विगतका ५३ जना सहिदको रगतको मूल्य खेर जाने हिसाबले वार्तामा बस्दैनौं ।

कोइराला, ओली र दाहालको अनुहार नहेरेका होइनौं ।

गिरिजाप्रसादले गरेको सहमति कार्यान्वयन गर्ने वातावरण र प्रतिबद्धता भएमात्र हामी वार्तामा बस्छौं । ...... मधेश आन्दोलनकै बलमा समानुपातिक समावेशीको व्यवस्था गरियो । तर अब भनिँदैछ, समानुपातिक समावेशी हुँदैन । त्यसैले ठूला तीन दलले प्रतिगामी संविधान बनाइरहेका छन् । ..... जनता एकदमै दुःखी छन् । महिनौं भइसक्यो । मधेश–थरहट बन्द छ । हडताल छ । जनतालाई पीडा छ । गरिबलाई पीडा छ । उद्योगव्यवसाय बन्द छ । जनताले गोली खाइरहेका छन् । मरिरहेका छन् । यसरी सबैतिर नोक्सान भइरहेको छ । यो नोक्सान सहेर पनि हामी अधिकार पाउनुपर्दछ भनेर जनताले हामीलाई दबाब दिइरहेका छन् । हामी यो असह्य कष्ट सहेर पनि अढाइ सय वर्षदेखिको शोषण उत्पीडनबाट मुक्ति चाहन्छौं भन्ने कुरा जनताले हामीलाई भनिरहेका छन् । यो शोषण उत्पीडनबाट मुक्तिका लागि हामीले अन्तिम र निर्णायक लडाइँ लडिरहेका छौं भन्ने आममधेशी जनताको भनाइ छ । त्यसैले तकलिफ भए पनि, पीडा भए पनि र सहादत भए पनि यो पटक जनताले उधारो होइन, नगदमा अधिकार खोजेका छन् । त्यसैले ठग्ने र झुक्याउने काम कसैबाट हुनुभएन । यो सन्दर्भमा मधेशका जनता स्पष्ट छन् । ......... अहिलेसम्मको आन्दोलन उत्कर्षमा पुगेको छ । हाम्रा जनता र हामीले आफैलाई पीडा दिएर यो आन्दोलन गर्दै आएका छौं । तर राज्यमाथि दबाब पर्न सकेन । राज्यमाथि दबाब दिन सारा भन्सार नाका बन्द गर्ने र आन्दोलनलाई सदरमुकाम केन्द्रित गर्ने निर्णय गरेका छौं । राजमार्ग ठप्प पार्ने र लाखौं जनता सडकमा उतार्ने रणनीति अख्तियार गरेका छौं ।
एमाले सभासदलाई निर्देशन, ‘भौकै बस्नुस् तर हल नछोड्नुस्’
मधेसी मित्रहरुलाई बस्नेतको खुला पत्र
कसैले विश्वाश गर्न चाहुन या नचाहुन तर मधेशका जनतालाई राज्य र बाँकी जनता बाट शाही ब्यहबार कहिलै भयको छैन। ...... म मह लगाएर कुरा गर्दिन। जहाँ सम्म मैले बुझेको छु पहाडीहुरलाई के डर छ भन्ने किनकी तपाईंहरुको भारत सँगको सम्बन्ध निकै नजिकको छ। भारतीय राजनीतिक प्रभाव त्यहाबाट प्रबेश गरेर पुरै नेपाल लाई नै गाझ्नेहोकी ? जब कि यो सर्वबितितै छ कि पहाडी नेताहरुले नेपालको मधेशलाई सुक्खा राखेर भारतलाई नेपाली खोला हरु बेचे। .......

नेपालीराष्ट्रियता पहाडमा भन्दा मधेशमा धेरै छ

...... मलाई यस्तो देखेर साह्रै पिडा हुन्छ कि जब जब कुनै पनि आन्दोलन हुन्छ प्रहरीहरु माथि नै आक्रमण हुन्छ। म यस्को चै निकै विरोध गर्छु। नेपालीहरुको हक अधिकारको सपना कुनै गल्तिनै नभएका प्रहरिको बलिबाट पुरा गर्नुपर्नेस्थिती निकै निन्दनिय लाग्छ मलाई। माओवादीले पनि युद्ध कालमा प्रहरी र सैनिक हरुकै बली लिए। हामी सबै लाई थाहा छ निकास कहाँ बाट निस्कन्छ। यो राजनीतिक बिषय भएको कारण समान अधिकारको बाचा गर्नेराजनीतिक दल र नेताहरुको पो गाडी जलाउने होकी? जनतालाई लडाएर मजाले ए सी मुनी सुतेर बस्ने नेताहरुको कुर्सी तल पो पेट्रोल बम पड्काउने हो की ? न कि कुनै प्रहरी उपरिक्षक लाई मार्ने ! ........ त्यसै गरी सरकारी कार्यालय र सरकारी सम्पत्ति लाई तोडफोड र आग जानी नगरौ। किनकी ति त सबै तपाईंहरुकै सम्पत्ति हो।


कुन विधिशास्त्रबाट बन्दैछ नेपालको नयाँ संविधान ?
जोन अस्टिन जस्ता सिटौला, सेभेग्नी जस्ता बाबुराम !
दुईवटा सिद्धान्तवीच टकराव देखिएको छ : एउटा- अल्पमत पक्षको असन्तुष्टिलाई ‘क्रस’ गर्दै ल्याङ-ल्याङ नगरिकन अगाडि जानुपर्छ भन्ने विचार । र, दोस्रो- असन्तुष्ट पक्षको आवाजलाई सम्बोधन नगरी राज्य अगाडि बढ्नुहुँदैन भन्ने विचार । ......

यद्यपि आफ्ना विचारहरु सत्तचारमाध्यममा प्रकट गरे पनि कोइराला र भट्टराईले संविधानको प्रक्रियाको विरोध गरेका छैनन् ।

.......... प्रहरीमाथि आक्रमण गर्ने, आगजनी गर्ने र हिंसाको माध्यमबाट आफ्ना माग पूरा गर्न खोज्नेलाई पेलेर राज्य अघि बढ्नुपर्छ भन्ने मत नेपाली राजनीतिमा कम शक्तिशाली छैन । .....

कुनै उपद्रो भएन भने विहीबार नेपालको नयाँ संविधान आउँदैछ ।

...... हामीले संविधानलाई सामाजिक सम्झौताको दस्तावेज बनाउन खोजेका हौं र सोही विधिशास्त्रीय मान्यतामा टेकेर संविधान बनाउन लागेका हौं भने थारु, मधेसी, जनजाति, दलित, महिला आदि सामाजिक समुदायसँग गरिएका सम्झौताहरुलाई सडकमा असरल्लै छाडेर बनाउने संविधान कसरी सामाजिक सम्झौताको दस्ताबेज बन्ला ? .......

एमाले अध्यक्ष केपी ओलीले संविधानमा सबैले भनेको जस्तो गर्न सकिँदैन भन्दाभन्दै केही दलका केही नेताहरुले आफूले भनेजस्तो चाँहि सम्भव भएको देखिन्छ ।

...... शेरबहादुरले भनेको जस्तोचाँहि सम्भव हुने थारुले भनेको जस्तो विल्कुल नहुने सिद्धान्तका आधारमा संविधान बनेको हो भने यो संविधानलाई कसरी सम्झौताको दस्ताबेज भन्ने ? ........ पछि पनि सहमतिकै आधारमा अघि बढ्ने हो भने अहिले किन थारु र मधेसीमाथि अछुतको जस्तो व्यवहार गर्ने ? आखिर कुन विधिशास्त्रीय मान्यतामा टेकेर बनाउँदैछौं हामी नयाँ संविधान ?


वार्ताका लागि मधेसी मोर्चाले राख्यो ५ शर्त, सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह
काठमाडौं निर्माणमा मधेशको श्रम र पसीना बगेको छ, नेपालबाट अलग हुने सोच आत्मघाती र राष्ट्रघाती,– प्रचण्डको संविधानसभामा विशेष सम्बोधन (हेर्नुहोस् भिडियो)
प्रचण्डले मधेशलाई नेपालबाट अलग्याउने सोचाई मधेशी जनताका लागि आत्मघाती र राष्ट्रघाती हुने बताएका छन् । संविधानसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रचण्डले मधेशमा सीमांकन या प्रदेशको कुरा नभएर नेपालबाट नै अलग हुने किसिमको कुरा उठेको सुनिएकोले यसले मधेसी जनतासँग गम्भीर घात गर्ने बताए ।


घर घरबाट काठमाडौका मधेशीहरु माइतीघरमा भेला हुँदै, तपाई नि ? - See more at: http://www.esaharatimes.com/2015/09/blog-post_264.html#.VfUFXwVtBiE.facebook

No comments: