In The News (72)


सुशील कोइराला जी आफनो नेतृत्वमा रहेको नेपाली कांग्रेस र नेपाल सरकार मार्फत मुलुक लाई कम्यूनिष्ट राज्य व्यवस्थाको उपहार...
Posted by Sarita Giri on Sunday, September 13, 2015

StopKillinginNepal
This video is about the ongoing violence in Nepal during the Constitution Building Process. More than 40 people are dead including 35 Madhesi and 8 policemen during the political protest. Government of Nepal has resorted to extreme major of crowd control that resulted in policemen and majority of protesters casualities. Human Rights Agencies such as National and International have reported the ongoing declining human rights condition. The core of the issue is the protest by the marginalized madhesi and JanJatis ( Indigneous Population) who are sidelined from the constitution building process. The protest are mostly in the southern Nepal where people are increasingly isolated and discriminated based on ethnicity. The violence is fueled by irresponsible communal statements made by the ruling three party leaders who claims that killing few will not make any difference to the constitution making. In fact more than 50% of population is dissatisfied by the constitution draft. Government is adamant not to include the marginalized factions in the process.Please share this video to depict the other aspects of the ongoing protest which are being covered by the national media influenced by the ruling class.#StopKillingMadhesiInNepal #StopKillingInNepalReference : http://www.madhesiyouth.com/human-rights/summary-of-human-rights-violations-in-madhesh-nepal/
Posted by Amit Ranjan on Sunday, September 13, 2015

STOP STATELESSNESS IN MADHESH: Personally, last week was extremely tragic for me. First, it was sad and shameful that a...
Posted by Jay Nishaant on Saturday, September 12, 2015



Nepal ko Fake media Kantipur Television Networkल हेर्नुस तपाइलाई रातारात करोडपति बनाउन सक्ने कान्तिपुर को एम्बुलेन्सको...
Posted by Condition of Janakpur Dham on Saturday, September 12, 2015


संविधान जारी हुने दिन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय दबाब थपिँदै
मधेसीले वार्ता बेवास्ता गरेपछि प्रमुख तीन दल अघि बढे
काग्रेसका मधेशी सभासदहरुले भोली सभामुखलाई प्रक्रियामा भाग नलिने वारे औपचारिक जानकारी गराउदै ।
संयुक्त राष्टिय संघिय प्रतिनिधी देखि नेपालमा रहेका भारतीय राजुदत, अमेरिकन राजदुत, युरोपियन युनियन सहितका राजदुतहरुलाई पत्र लेखेर सरकार मधेशमा अत्यद्यीक वल प्रयोग गरिरहेको भन्दै राष्ट संघ मार्फत हस्तक्षेप गर्न आग्रह गरेका छन । यस अघि मधेशी मोर्चाका एक घटक फोरम नेपालले पनि संयुक्त राष्ट संघलाई पत्र लेखेर मधेशमा अत्यद्यीक प्रहरी दमन भईरहेको भन्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए ।


महोतरीका मधेशी नेताहरु भारत तिर पलायन । भारतमा शरणर्थी भएर आनदोलन चलाउने
प्रहरी अधिकारीको मृत्यू भएसंगै प्रहरीहरुले गाउ गाउ पसेर आम नागरिकलाई तर्साउनुको साथै स्थानिय नेताहरुको पछि गर्न थाले पछि स्थिती भयावह बन्दै गएको नेताहरुले बताएका छन । महोतरीको प्रायजसो सबै मधेशी पार्टीहरुका अगुवाहरु लगभग ३५ देखि ४० जना सम्म जलेश्वरको सिमावर्ती भारतीय सहर मधवापुरमा गएर दुई यता बस्न थालेका छन । संघिय फोरम नेपालका महोतरी अध्यक्ष राम नरेश रायले मधवापुरवाट टेलिफोनमा दलानसंग कुरा गर्दै भने, हामीलाइ प्रहरी प्रशासनले अत्यद्यिक रुपमा परेशान गर्न थाले पछि हामी याहा आएर बसेका छौ । राय भन्छन, दुई चार दिन भित्रै वातावरण सहज नभए आफुहरु भारत सरकार संग शरणर्थी बनाउन माग गर्ने छौ । रायका अनुसार महोतरीको जलेश्वर नजिक गाउहरुमा प्रहरीहरुले अत्यद्यिब वातावरण असहज बनाइ दिएका छन । उनका अनुसार एक दुई दिन भित्रै प्रहरीले आफनो क्रियाकलापमा सुधार नगरे गाउ गाउ मानिसहरु भारत पस्ने वारेमा छलफल गरीरहेका छन । राय भन्छन, हामी अझै विभिन्न माध्यमवाट प्रशासनलाई वातावरण सहज बनाई दिन भनिरहेका छौ, तर आज विहान सम्म पनि प्रशासन आफनो अडान वाट तल झरेको छैन, हामीले गाउलेहरुले थामथुम पारीरहेका छौ, त्यो धेरै दिन गर्न सकिदैन, दुई चार दिन भित्र प्रहरीको व्यहवारमा सुधार नआए जलेश्वर आसपासका हजारौ मानिसहरु भारत पस्ने कुराकानी भईरहेको छ । ..... राय संगै अहिले भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत ३५ नेताहरु छन् ।
पारीको स्थानिय स्तरको सहयोगमा प्रमुख नाकाहरु ठप्प ।
जारी आन्द्योलनको प्रभाव वढाउनका लागी मधेशी मोर्चाको स्थानिय नेताहरु सिमापारीको स्थानिय स्तरमा समन्यन गरेर नाकालाई पुर्ण बन्द गराउन थालेका छन । नाका भएको क्षेत्रमा सरकारी पक्षले उच्च सुरक्षा वल प्रयोग गरेर राती राती मालसमानहरु काठमाडौ ल्याईरहेका थिए । जसका कारण आन्द्योलन प्रभाव काठमाडौमा कम देखिएको निष्कर्ष मधेशी मोर्चाले निकाले पछि मधेशी नेताहरुले यस्तो उपाय निकालेका छन । अधिकांश प्रमुख नाका गएको दुई दिन देखि पुर्ण रुपमा ठप्प छन । हालै विरगंजको सिमावर्ती सहर रक्सौल, सुनौली नाकाको सिमावर्ती सहर गोरखपुर सहितका प्रमुख नाका पर्ने भारतीय सहरमा मधेशी मोर्चाका केही नेताहरु पुगेर उता तर्फ समन्य गर्न थालेका छन । गएको २६ दिन देखि मधेशको पुर्व देखि पश्चिम सम्म पुर्ण रुपमा आन्द्योलिन रहदा पनि काठमाडौमा देखिएको उदासिनताका कारण मधेशमा थप आक्रोशहरु देखिन थालेका छन । ....... विरगंजमा पनि प्रहरी र स्थानिय प्रर्दशनकारीहरु विच नाकावाट राती राती समानहरु पास गरे पछि तनाव सुरु भएको थियो । अहिले भारतीय भुभागमै समानहरु थन्किाइ दिए पछि विरगंज नाका पनि पुर्णरुपमा टप्प हुन पुगेका छन । त्यसैगरी भैरहवामा स्थानिय प्रशासनले प्रतिकार समुहको नाउमा प्रर्दशनकारीहरु माथी पनि नाका सुचारु गर्नकै लागी केही समय अघि दंगाको वातावरण सिर्जना गराइ दिएका थिए । जसमा ४ जना मधेशी प्रर्दशनकारीहरुको मृत्यू भएको थियो । जुन घटना पश्चात स्थानिय प्रशासनले उक्त नाका सुचारु गराएका थिए । पछिल्लो तीन दिन देखि उक्त नाका पनि पारीको स्थानियको सहयोगमा ठप्प पारिएको छ ।
नेपाल में उग्र हुआ मधेसी आंदोलन
नेपाल में जारी मधेसी आंदोलन अब जनविद्रोह में तब्दील होने लगा है। करो या मरो के हालात बनते जा रहे हैं। शहर से लेकर गांवों तक आंदोलन तेज होने लगा है। ...... भिट्ठामोड़ में नेपाली प्रहरी को खदेड़ा।


समस्याको जड: पहाडीया अहंकारबाद
खासमा हामी खस ब्राम्हणहरु भारतका कन्नौज, कर्नाटक, कुमाउ आदिबाट आएका रहेछौं, मधेशी समुदाय चाँही नेपालकै तराईमा सदियौंदेखी बस्ने आदिबासी धर्ती पुत्र रहेछन् भन्ने कुरा इतिहासको अध्ययनपछि मात्र बुझीयो । मैले आफुलाई ‘वास्तविक नेपाली’ भनेर धाक धक्कु लगाए पनि खासमा मेरा पुर्खाभन्दा पहिले नै यहाँ मधेशी, थारु, जनजातीहरु बसोबास गर्दारहेछन् । उनीहरु नै यहाँका धर्ती पुत्र रहेछन् । तैपनि मेरो समुदाय अर्थात पहाडे समुदायले ति मधेशीलाई ‘भारतीय’ भन्दै हेप्दै आइरहेको रहेछ, उनीहरुलाई शासनसत्ताको पहुँचबाट पर राख्दै आइरहेको रहेछ, लामो समयसम्म मधेशीलाई काठमाडौं प्रवेशका लागि भिसा प्रणाली लागू गरेर उनीहरुमाथि गैर नेपालीको व्यवहार गर्दै आइरहेको रहेछ । ........ समतलाल र मेरो जोडी जम्थ्यो । त्यो दोस्तीमा कतै पनि पहाडे र मधेशीको भेद थिएन । किनकी, ममा त्यसबेला पहाडे अहंकारबादको बोध पसीसकेको थिएन ।एक दिन समतलालले मलाई भन्यो ‘अरे कुसुमवा, तिमी त चावल र सब्जी खान्छ, हामी त भुजा (मुरइ) र प्याज मात्र खान्छ बे ।’ कहिलेकाँही खेतमा मुसा मारेर त्यसलाई पोलेर खाने गरेको पनि उ बताउँथ्यो ।मलाइ बडा नमज्जा लाग्यो । ........ समतलालको बुबा छोटुलेसुख्खा रोटी र नुनको भरमा भैरहवाको त्यो प्रचण्ड गर्मीमा भुल्लो गम्छाले पसीना पुछ्दै खाली गोडा रिक्साको पाइडल चलाइरहेको ...... २०३६ देखी २०४६ सालअघिसम्मको त्यो कालखन्डमा मैले भैरहवामा मन्डले राष्ट्रवादको उग्र नमुना देख्ने मौका पाएँ । तिनताक भैरहवामा मन्डलेहरुको जगजगी नै थियो । हुन त त्यसबेला मन्डलेहरुको दादागीरी आम जनतामाथि नै चलीरहेको थियो । त्यसमा पनि मधेशी दाजुभाई दिदी बहीनीमाथि उनीहरु बडा हेपाहा ब्यवहार गर्थे ।एक दिन मैले बर्मेलीटोलमा एउटा बडा नमिठो दृश्य देखें । समतलालको बुबा छोटुमाथि तिनजना पहाडीया केटाहरुले लात्ती र मुक्काप्रहार गरीरहेका थिए । छोटु भन्दैथिए, ‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’छोटुको नाथ्री फुटीसकेको थियो । मुखमा पनि रातै डाम थियो । सिक्री झुन्डयाइएको जिन्स पाइन्ट र झुलजस्तो प्वालै प्वाल भएकोटिसर्ट लगाएको एउटा केटोले तिनताक मन्डलेहरुले बोक्ने नाइनचाकु (बु्रसलीको प्रभाव परेर होला) बोकेका थिए । त्यो युवाले छोटुमाथि नाइन चाकु घुमाउदै बेस्सरी बजा¥यो । छोटुको टाउकोमा लाग्यो र रगत बग्न थालीहाल्यो । उनी डाकोद छाडेर रुन थाले ।मैले एउटा पुरुष त्यसरी डाको छोडेर रोएको जिवनमै पहिलो पटक देखेको थिएँ ।भोलीपल्ट समतलाललाई सोधें, ‘तेरो बुबालाई किन पिटेको बे दादा (गुन्डा)हरुले ?’समतलालले मलाई बताए अनुसार ति तिनजना केटाहरु महापञ्च निरंजन थापाका कार्यकता रहेछन् । चौराहाबाट समतलालको बाबु छोटुकै रिक्सा चढेर बर्मेलीटोलसम्म आएका रहेछन् । छोटुको अपराध थियो–उनीहरुसँग भाडा माग्नु । बस ।‘साला धोती भाडा माग्छस् ?’, तिन दादामध्ये एउटाले त्यसो भन्दै दुई मुक्का हानेपछि समतलालको बाबुले रुँदै भनेका रहेछन्, ‘‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।............. मधेशी समुदायका दाजु भाईलाई ‘साला धोती’, ‘देशी’ आदि भन्दै हेपेको मैले धेरै पटक देखें । म कहिलेकाँही आमासँग आवा अफीसनजिकैको हाट बजार जान्थें । त्यहाँ कुनै मधेशीले परवर वा प्याज बेच्न राखेका हुन्थे । पहाडे मुलका अधिकांश मानिसको मुल्य सोध्ने ढंग हुन्थ्यो, ‘ए देशी, परवर कति रुपैयाँ केजी ?’ परवर बेच्न बसेका मधेशी भाई भन्थे, ‘हुजुर चार रुपैयाँ किलो ।’ अनी ग्राहक महानुभाव हेपाहा स्वर उराल्दै भन्थे, ‘दुई रुपैयाँको परवरलाई चार रुपैयाँ भन्छस् साला ठग धोती ?’मुल्य चित्त नबुझे शिष्ट भाषामा पनि बार्गेनिङ गर्न सकिन्थ्यो होला । तर गाली नै गर्नुपर्ने कुनै अपराध त उनले गरेका थिएनन् ।

मलाई अचम्म लाग्थ्यो, कालो अनुहार, पातलो शरीर, ख्याउटे अनुहार भएको मधेशी दाजु भाईलाई देख्नासाथ पहाडे मुलका तराईबासीको पारो किन चढ्छ ? उनीहरुलाई हेप्नैपर्ने किन ? त्यो खासमा पहाडे अहंकारबाद रहेछ भन्ने कुरा मैले धेरैपछि मात्रबुझें ।

.......... अरुको कुरा छोडौं । खुद ममा त्यो संस्कारले जरो गाडेछ, नजानीदो ढंगले । मेरो समुदाय, मेरो परिवेश र संस्कारले मलाई के सिकाएछ भने मधेशी भनेका भारतीय हुन्, उनीहरु नेपाली हैनन् । बर्माबाट भागेर आएका, भुटानबाट लखेटीएका, दार्जीलिङ, आसाम, सिक्कीमतीरबाट आएका नेपाली भाषी भारतीयप्रति नरम व्यवहार राखीन्थ्यो । नागरिकता समेत दिइन्थ्यो । जबकी तराईमा सदियौं बर्षदेखी बस्दै आएका मधेशी समुदायलाई भने ‘भारतीय’ भनेर गैर नेपालीकोजस्तो व्यवहार गर्ने संस्कार थियो ।त्यो संस्कारले मलाई पनि गाँजेको रहेछ ।त्यसबारेमा एउटा घटना सम्झन्छु । कुरा कक्षा ६ मा पढ्दाको हो । हामी गर्मीको विदामा कपिलवस्तुको पिपरा भन्ने गाउँमा जान्थ्यौं । राजमार्गको छेउमा हजुर बुबा, हजुर आमा र काका–काकी बस्नुहुन्थ्यो । त्यहाँ हाम्रो खेत थियो । खेतमा काम गर्नएकजना मधेशी दाई थिए, जसको वास्तविक नाम मैले कहिल्यै थाहा पाइन र सोधीन पनि । उनलाई सबैले ‘बड्का’ ‘बड्का’ भन्थे । हाम्रोखेतमा काम गरेबापत उनी केही धान पाउँथे । चाड पर्व, रुद्री, लाख बत्ती, ब्रतबन्ध आदि अनुष्ठान हुँदा बडकाकी पत्नी ‘छोटकी’लाई भाँडा माझ्न लगाइन्थ्यो । मानिसहरु मिठा मिठा परिकार खाइरहेका हुन्थे, छोटकी भने भाँडा माझीरहेकी हुन्थीन् । अझ, समयमै भाँडा नमाझेको, राम्ररी नमाझेको भन्दै उनलाई हपार्नेहरु धेरै हुन्थे ।एक दिन मैले बड्कालाई मेवा टिपीदिन आग्रह गरें । बड्काले भने, ‘नाई बाबु, आँबोई (हजुर आमा) कराइल, हमउ पर मार परल ।’आफुलाई मेवा नटिपीदिएको झोंकमा मेरो मुखबाट फुत्त निस्कीयो, ‘साला देसी, अब हामीले भनेको पनि नटेर्ने भयो ।’त्यसको धेरै वर्षपछि पिपरा जाँदा बड्का सिकिस्त विरामी भएको देखें । उनी दुब्लाएर किराले खाएको कदमको मुढोजस्तो देखिन्थे । अगाडीका दुईवटा दाँत झरीसकेका थिए । मलाई देखेर पुरानै सम्मान र आदरभाव दर्शाउँदै उनले भने, ‘कुसुम बाबु, पढलिखकर बडे आदमी बनना । हमउ त अब नाही रहल ।’पुरै जिवन अरुको हरवा चरवा भएर बुढेशकालमा राम्ररी उपचार पनि नपाई बडका मृत्यु शैयामा छटपटाइरहेको देखेर मेरो मनमा नमिठो कम्पन उत्पन्न भयो । के बड्काले भाग्यमै त्यस्तो जिवन लेखेर आएका हुन त ?........ फर्केर घर आउँदा काका तमाखु तानेर भन्दैथिए, ‘त्यो साला बड्का काम गर्नुपर्छ भनेर विरामी भएको बहाना गरीरहेको छ ।’ काकाको त्यो अभिव्यक्ति पहाडीया अहंकारले भरीएको अनी सामन्ती सोचले ओतप्रोत अभिव्यक्ति थियो, जुनकुरा म अहिले आएर मात्र बुझ्दैछु ।उमेरले चालिस टेक्दासम्म पनि मैले मधेशका आफ्नै दाजुभाईलाई चिन्न नसकेको रहेछु । आफन्ै नेपाली दाजु–भाई दिदी बहीनीलाई मैले भारतीय ठान्दै आएको रहेछु र उनीहरुलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उठ्दा मेरो पहाडे अहंकारबाद जुर्मुराएर जाग्दोरहेछ ।न त बड्का भारतीय थियो, न त समतलाल र उसको बाबु छोटु ।

नेपाल र भारत भन्ने देश बन्नुअघि पनि उनीहरु सदियौंदेखी त्यही भुभागमा थिए । नेपाल–भारत सीमा कोरिएपछि एउटै भाषा, संस्कृती, भेष, भुषा, रहन सहन, इतिहास र परम्परा बोकेको समुदायमध्ये कोही भारततीर परे, कोही नेपालतीर ।

............. यही कारण तराईका २० जिल्लाका सीमावर्ती क्षेत्रहरुमा दुबै मुलुकवीच रोटी र बेटीको सम्बन्ध रहँदै आएको छ ।इतिहासका विविध कालखन्डमा मधेशीमाथि शोषण भएको पाइन्छ ।

मल्ल राज्यमा रहेर आफुलाई किर्तिपुरको लडाईमा पटक पटक हराइदिने तिरहुतीया फौज (मैथील सेनाहरु)लाई पछि पृथ्वीनारायण शाहले तराईतीर नै धपाइदिएका थिए । त्यसबेलादेखी सेनामा मधेशी भर्ती बन्द गरिएको इतिहास रहेछ ।

...... राणाजीहरुले तराईको जंगल फाँडेर काठ तस्करी गरेका थिए र जंगल फाँडेर बनेको भूमि आफन आइते, ब्याइते, ल्याइतेका सन्तानलाई बिर्ता दिएर पठाए । ति जमीनदारको घरमा त्यहाँका आदिबासी मधेशी, थारुहरु हरवा, चरवा बन्न बाध्य भए, उनीहरुको नाममा एक टुक्रा जमीन भएन । जमीन भएका मधेशीलाई पनि त्यो जमीन बेच्न र किन्न नागरिकता चाहिन्थ्यो, जुन उनीहरुका लागि आकाशको फल आँखा तरी मर सरह हुन्थ्यो ।तराईको जंगल फाँडेर एकातिर त्यहाँको जैविक विविधता नास गर्न थालीयो भने जंगल मासेर बचेको जमीनमा पहाडीयालाई योजनाबद्ध ढंगले पुनर्वास योजना अन्तर्गत बस्ती बसाइएको देखिन्छ । मधेशका आदिवासी धर्ती पुत्रहरुको रहन सहन, भाषा, भेषभुषा, संस्कृतीआदिलाई तुहाउने काम भयो । राजा महेन्द्रले विकासको नारा दिएर पुर्व पश्चिम राजमार्ग बनाए पनि त्यसको मारमा मधेशी समुदाय नै परेका रहेछन् । हुलाकी मार्गलाई राजमार्ग बनाएको भए मधेशी समुदाय बढी लाभान्वीत हुन्थे, अहिलेको ठाउँमा राजमार्ग बनाउँदा अनावश्यक रुपमा जंगल फडानी भयो । राजमार्ग छेउछाउ पहाडीयालाई ल्याएर बसाइयो । भूपी सैनिकका लागि मधेशमा पुनर्वास योजना नै ल्याइयो । त्यो सबै मन्डले राष्ट्रवादको नमुना थियो । २०४० सालतीर हर्क गुरुङको बसाइ सराइसम्बन्धी एक प्रतिबेदन आयो । त्यो प्रतिबेदनले तराईका मधेशीलाई ‘भारतीय’ भन्दै उनीहरुलाई देश निकाला गर्नुपर्नेसम्मको सुझाव दिएको थियो । नेपालमाजनसंख्या बढनुको कारण तिनै ‘मधेशी भारतीय’ रहेको दलील पेश गरिएपछि मधेशी समुदायमा आक्रोशको आगो सल्कीन थाल्यो । ....... भलै तराई काँग्रेसका नेता बेदानन्द झा राजाको मन्त्री खान दौरा सुरुवाल लगाएर दरबार पसेका किन नहुन्, भलै गजेन्द्र बाबु पनि पछि दौरा सुरुवाल लगाएर मन्त्री खान किन नगएका हुन्, तर मधेशमा आान्दोलन रोकिएन । चलीरह्यो । माओवादी जनयुद्धपछि मधेशी समुदायमा चेतनाको नयाँ आलोक जाग्यो । सद्भावनादेखी मधेशी फोरमसम्मले आन्दोलन चलाइरहे। यसवीचमा सत्तालोलुप नेताहरु देखा परे पनि, मधेशी शक्ति सत्ताकै लागि तेह« टुक्रामा विभाजीत भए पनि मधेशको एजेन्डा बिचलीत भएको थिएन । मधेशी समुदायको सेन्टीमेन्ट ओझेलमा परेको थिएन, एजेन्डा कमजोर थिएन । शाषकहरुले मधेशलाई राम्ररी बुझ्ननसक्नुको परिणाम हो, अहिलेको अवस्था ।हर्क गुरुङको त्यो प्रतिबेदनले मधेशीलाई गैर नेपालीको संज्ञा दिएको इतिहास जसले पढेको छैन, जसले त्यो प्रतिबेदनको खिलाफमा गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीहरुको संघर्ष र जेल जिवनको इतिहास पढेको छैन, जसले मधेशका किसानहरुको संघर्षको गाथा पढेको छैन, जसले नागरीकताका लागि भएको संघर्षको लामो सिलसिला बुझेको छैन, जसले जनयुद्धमा मधेशमा भएका संघर्षको इतिहासबुझेको छैन र जसले शान्ति प्रकृया सुरु भइसकेपछि मधेशमा पटक–पटक भएका विद्रोह र राज्य र विद्रोही पक्षवीच भएका सम्झौताकोगहिरो अध्ययन गरेको छैन, उसले राजधानीका पत्रिका पसलहरुमा उभिएर मधेशीलाई गाली गर्नुको कुनै तुक छैन ।जसले मधेशको समस्याको चुरो बुझेको छ, उ यतिबेला चिन्तीत छ । एमाओवादीभित्र डा. बाबुराम भट्टराई चिन्तीत छन् । ............ जतीसक्दो चाँडो मधेश आन्दोलनको यथोचित समाधान नखोजिए त्यसले बिखन्डन निम्त्याउने खतरा औंल्याउँदै उनी त्यसका लागि पहाडे अहंकारबादलाई नै मुल कारण बताइरहेका छन् ।नेपाली काँग्रेसका बयोबृद्ध नेता रामहरी जोशीको धारणा पनि यस्तै छ । जोशी सर्लाहीका पुराना अनी त्यागी नेता हुन । रामहरी जोशीकै कारण मधेशमा काँग्रेसको सँगठन कुनैबेलासम्म निकै मजबुत थियो । काँडाघारी टाउन प्लानीङ छाडेर अचेल ललितपुरमा बस्न थालेका नेता जोशीले अस्तीमात्र मलाई भने,

‘मधेशमा अन्याय भएकै हो । मधेशको मागको सम्बोधन भएन भने परिस्थिति हाम्रो हातबाट फुत्कीनसक्छ भनेर मैले शुसील कोइरालादेखी रामवरण यादवसम्मलाई भनीसकें । तर अचेल हाम्रो कुरै सुन्दैनन ।’

............. समस्याको गाँठो के हो भने मुलुकका ठुला दलमा केही मठाधीश नेता छन् । केपी ओलीको राष्ट्रवाद यतिबेला झापामा संकुचीत भएको छ । मानौं उनी झापाका त्यो पनि आफ्नो निर्वाचन क्षेत्रका मात्र नेता हुन् । कृष्ण सिटौला पनि त्यही झापामा खुम्चीएका छन् । भीम रावल र शेरबहादुर सुदुर पश्चिमतीर खुम्चीएका छन् । लेखराज भट्टलाई अखन्ड सुुदुर पश्चिमको ज्वरो आएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, शुसीलआदिलाई जसोतसो एक थान संविधान जारी गर्नुप¥या छ । जुन अपेक्षित बर्ग र समुदायको लागि संघीयता चाहिएको हो, उसलाई नै रुवाएर संविधान जारी गर्दा त्यसले थप अस्थीरता निम्त्याउनसक्छ भन्ने दुरदर्शीता यी नेताहरुमा पटक्कै देखिएन ।.......... ‘प्रदेशबाट अधिकार भएन भने देशका लागि लडने’ मानसीकताको बिजारोपण सिके राउतमा मात्र हैन, मधेशका अधिकांश नेताहरुमा भइसकेको छ । सिके राउत र जयकृष्ण गोइतबाहेकका नेताहरु सकेसम्म नेपालभित्रै तराईमा दुई प्रदेश (स्वायत्त मधेश र थरुहट) होस् भन्नेमा स्पष्ट छन् । उनीहरु मनैदेखी बिखन्डनका पक्षमा छैनन्। ......

डा. बाबुरामले यही खतरा औंल्याएका हुन् । तर उनलाई नै मधेशीलाई भड्काएकोआरोप लागीरहेको छ । मधेशलाई अधिकार दिनुपर्छ भन्नु उनीहरुलाई भडकाएको ठहरीन्छ भने भडकाएकै सही भनेर उनले पनि हाकाहाकी भनीरहकै छन् ।

...... मधेशमा बिखन्डनको बिउ मधेशी आन्दोलनकारीले भन्दा पनि केपी ओली, कृष्ण सिटौला, भीमरावल, देउवा आदिले रोप्न खोजेको मान्नुपर्ने हुन्छ । संघीयता भएमा बिखन्डन हुने हैन बरु, सँघीयता जसलाई चाहिएको हो उसले खोजे अनुसारको संघीयता भएन भने पो बिखन्डन हुने अवस्था आउनसक्छ । ...... सच्चा राष्ट्रवादी, लोकतन्त्रबादी, गणतन्त्रबादी, संघीयताबादी आदि जनताले राज्य पक्षलाई शसक्त दबाब दिनुपर्ने बेला आएको छ । र भन्नुपरेको छ, यो देश कुनै नेताको बाउको बिर्ता हैन । मधेशी, जनजाती, थारु, मुश्लीम, महिला, उपेक्षित क्षेत्र र समुदायको हित सुनीश्चीत गरेर संविधान जारी गर्ने हो भने अहिले भइरहेको संविधान निर्माण प्रकृया स्थगीत गर्नु र वार्ताको पहल थाल्नु नै निकासको प्रस्थानबिन्दु हो ।पान्डवले पाँच गाउँ माग्दा नदिनेहरुले कालान्तरमा पुरै हस्तीनापुर गुमाउनुपरेको कथा पढौं, पहाडे अहंकारबाद त्यागौं र मधेश आन्दोलनलाई सम्हाल्ने, समाधान गर्ने र मुलुक बचाउने दिशामा लागौं भनेर म मुलुकका मठाधिश नेताहरुलाई आग्रह गर्न चाहन्छु
रौतहटमा एमालेमा पहिरो, कार्यकर्ता घोषित रुपमा मोर्चाको आन्दोलनमा सरिक
नेकपा एमाले रौतहटका कार्यकर्ताहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा घोषित आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् । पार्टीको निर्णय विरुद्ध एमालेका पुर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रेवन्त झाको नेतृत्वमा रहेको दर्जनौं कार्यकर्ताहरुले अधिकार प्राप्तिका लागि भइरहेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका हुन् ।...... २७ जना कार्यकर्ताले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा राजा हटाउनको लागि भएको आन्दोलनमा १९ दिन बन्द हँुदा अधिकार प्राप्त भएको स्मरण गर्दै जनताले पठाएका प्रतिनिधिहरुले २९ दिनसम्म बन्द हँुदा पनि कुनै चासो नदेखाएको उल्लेख गरिएको छ । त्यसैले निरंकुश राजा भन्दा पनि बढी हामी जनताले चुनेर पठाएका प्रतिनिधिहरु तानाशाह भएको विज्ञप्तिमा ठहर गरिएको छ ।

Comments