Wednesday, September 02, 2015

In The News (7)

निजि सचिवसँग बाबुरामको सम्बन्ध बाउछोराको जस्तो
युद्धकालदेखि अहिलेसम्म न उनले बाबुरामलाई छोडेका छन्, न बाबुरामले उनलाई । बाबुरामले विश्वदीपलाई किशोर अवस्थादेखि नै सहयोगीका रुपमा स्वकीय सचिवालयमा राखेका हुन् । ...... मिडियाकर्मीसँग सम्बन्ध बनाउने कुराको साथै बाबुरामको सचिवालयले मिडियालाई कतिपय सन्दर्भमा सूचनाहरु इमेल गर्ने, सचिवालयको सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने काम पनि गर्छ । यो सबै कामको व्यवस्थापन विश्वदीप आफैंले गर्ने गरेका छन् । ..... विश्वदीप एमाओवादीका केन्द्रीय नेता भक्ति पाण्डेका छोरा हुन् । भक्ति पाण्डेको पार्टीभित्र सिधा र इमान्दार मान्छेको रुपमा उनको परिचय स्थापित छ । सबैले उनलाई माया र सम्मान गर्दै ‘चाचा’ भनेर बोलाउन्छन् । पाण्डे एरिया कमिटि सदस्य देखि प्रचण्ड–बाबुराम सबैका ‘चाचा’ हुन् । ..... भूमिगत बाबुरामलाई ‘फोटो खिचौं न’ भनेर हैरान पारेपछि बाबुरामले भक्ति पाण्डेलाई नै भन्नु परेको थियो । ..... बाबुरामको सचिवालय विश्वदीप नै हुन् भन्दा हुन्छ । .... भेटघाटको समय मिलाउने, राजनीतिज्ञदेखि आवश्यकताअनुसार विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई बोलाउने लगायतका बाबुरामको सबै कार्यक्रम र समयको व्यवस्थापन उनैले गर्ने गरेका छन् । ..... बाबुराम प्रधानमन्त्री भएका बेलामा समेत विश्वदीप कुनै विवादमा तानिएनन् ....... उनको भूमिकाको विषयमा बाबुराम अर्थमन्त्री भएका बेला अर्थसचिव रहेका रामेश्वर खनाल र बाबुराम प्रधानमन्त्री भएका बेला मुख्य सचिव रहेका लिलामणि पौड्यालले पनि प्रशंसा गरेका थिए । ........ बाबुरामसँग नियमित १२ वर्षदेखि सँगै रहेको, प्रचण्ड–बाबुराम स“गस“गै रोल्पा–रुकुमदेखि विभिन्न स्थानमा हिँडेको, शान्ति प्रक्रियादेखि अहिलेसम्म सँगै रहेको यही त हो मेरो अनुभव ........

पहिलो पटक प्रचण्डसँग भेट भएर पनि नचिनेको र पछि गइसकेपछि मात्रै थाहा पाएका

......... युद्धकालमा नै बाबुरामलाई पार्टीले कारबाही गर्दा उनी निकै रोएका थिए । ...... आफ्नो निर्वाचन क्षेत्रमा जाने, संविधान निर्माणमा केन्द्रित रहने, राजनीतिज्ञ भन्दा बाहिरका अन्य विषयका विज्ञहरुसँग छलफल गर्ने देखि कार्यकर्ता भेटघाटसम्मको समय सचिवालयले मिलाइराखेको देखिन्छ । यी सबैको पृष्ठभूमिमा विश्वदीपकै व्यवस्थापन क्षमताले काम गरेको छ । ...... यसो हेर्दा भट्टराई र विश्वदीपको सम्वन्ध नेता र कार्यकर्ताजस्तो होइन कि बाबुछोराको जस्तो छ । ...... पहिले उनी मिडियामा फरक ढंगले समाचार आउँदा अलि बढी आत्तिन्थे, सधैं बाबुरामसँगै हुने भएकाले पनि वास्तविक तथ्य उनैले बुझेका हुन्थे । तर अहिले अभ्यस्त भएछन् । मिडियाको प्रवृत्ति पनि राम्रैसँग बुझेछन् क्यार । ...... अगाडि नेपाल प्रहरीको, बीचमा बाबुराम चढेको गाडी र पछाडि सशस्त्र प्रहरीको गाडि गेटबाट बाहिर निस्कियो ।


गिरफ्तार गरिएको विरोधमा कैलालीमा सशस्त्र क्याम्प घेराउ, टीकापुर दोहोरिने खतरा
मानिसहरु गाउँगाउँबाट भेला हुँदै
बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्ने देखिएको हो । ...... आइतबार थापापुरको नवलपुर भन्ने ठाउँमा थारुहरुले सद्भाव र्याली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर राती गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका छन् । ..... गएराती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै

सयौं महिलाहरु अहिले रिहाईको लागि वेशक्याक्पमा घेरा हालेर बसिरहेका छन् ।

...... प्रहरीले तत्काल उनीहरुलाई नछोडे र सशस्त्र क्याम्प घेरिरहेका महिलामाथि दमन गरिए प्रतिरोध गर्ने तयारी स्वरुप गाउँगाउँबाट घरेलु हतियार लिएर थारु समुदाय टोलटोलमा बसिरहेको र तत्काल सचेतता नअपनाए टिकापुरको घटना दोहोरिन सक्ने स्थिति रहेको ..... प्रहरी तथा सरकारले सचेतता अपनाएन र भिडन्तको स्थितिलाई टारेन भने फेरी ठुलो दूर्घटना हुनसक्छ । उनका अनुसार स्थानीय थारु समुदाय घटनाको उच्चस्तरिय छानविन बिना मानिसहरु पक्रनु र थुन्न नहुने पक्षमा छन् । दोषीमाथि कारवाही गरिनुपर्ने तर

निदोर्षहरुलाई अनावश्यक दुःख दिनुनहुने माग उनीहरुको छ ।



महोत्तरीमा प्रर्दशनकारीद्धारा प्रहरी बिटमा आगजनी
मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वर जिरोमाइल स्थित नेपाल प्रहरी बिटमा बुधबार आगजनी गरेका छन् । ...... परिकौली, पिपरा , सहोडवा , सुगा ,पिगौनाबाट आएका बन्दकर्ताहरुले प्रहरीलाई ढुंगामुढा गर्दै बिटमा आगजनी गरेका हुन्। सो क्रममा झडप हुँदा जिरोमाइल केही समय तनावग्रस्त भएको बताइएको छ । प्रर्दशनकारीहरुले प्रहरी बिट कब्जा गरी पेट्रोल छर्केर आगो लगाइदिएका हुन्। .....

प्रर्दशनकारीहरुको भिड सदरमुकाम जलेश्वरमा आउने क्रम जारी छ। जुलुस प्रर्दशनको क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै जलेश्वर नगरभरि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित बाक्लो पारिएको छ।



असन्तुष्ट पक्षलाई यसरी जोड्दैछन् प्रचण्ड/बाबुराम
असन्तुष्ट पक्षलाई समेट्न कांग्रेस सकारात्मक रहेपनि एमालेले अटेर गरेको ठहर
एमाओवादीले असन्तुष्ट दल र सरकारबीच मध्यस्थता गर्न सुरु गरेको छ । ..... मुद्दामा आफू निकट भएका असन्तुष्ट दल र प्रक्रियामा निकट रहेको प्रमुख चार शक्तिबीच सहजीकरण गरी संविधान जारी गर्न पहल गर्ने ..... एमाओवादीको सोही प्रयत्नपछि महन्थ ठाकुर र उपेन्द्र यादव आन्दोलन छोडेर मंगलबार काठमाडौं आएको स्रोतका दाबी छ । मधेसको भन्दा पनि थारुहरुको माग मुख्य भएको आन्तरिक बुझाईमा रहेका मधेसवादी दल पनि अब आन्दोलनभन्दा सहमति गरेर जानुपर्ने पक्षमा छन् । ..... प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जायज माग तत्काल सम्बोधन हुनेगरी अघि बढ्नुपर्ने नभए आन्दोलन सबैतिर सल्कने भन्दै ....

कैलालीपछि मध्य तराई, लिम्बुवान, तमुवान, र मगरातमा समेत आन्दोलन उठ्न सक्ने

..... पूर्वका मोरङ, सुनसरी र पश्चिमका बर्दिया, कैलाली कंचनपुरका थारुलाई अधिकार सम्पन्न गराउने गरी पुनः सीमाकंन गर्ने वा नयाँ सहमति गररे जानुपर्ने पक्षमा एमाओवादी छ । ...... मधेसीले भने अनुसार नै मध्य तराईको प्रदेश बने पनि पश्चिम र पूर्वी तराईका थारु बाहुल्य क्षत्रलाई कसरी सम्बोधन गर्ने भन्ने मुख्य समस्या छ । थारु बहुल कैलालीलाई सुदुरपश्चिममा मिसाइएको भन्दै मुख्य असन्नुष्टी छ । .... बाँके, बर्दिया, कैलाली, कंचनपुरजस्ता थारु बाहुल्य जिल्लालाई थरुहट बनाउनुपर्ने माग असन्तुष्ट थारु समूहको छ । तर, पश्चिमका नेता शेरबहादुर देउवा, भीम रावल कुनै पनि हालतमा तराईको जिल्लालाई मात्र समेटेर थरुहट प्रदेश बनाउन सहमत छैनन् । तर, थारुका लागि अधिकार दिने, विशेष संरचना बनाउन भने उनीहरु तयार छन् । पूर्वमा झापा पहाडतिर राख्नमा एमाओवादी र फोरक लोकतान्त्रिकका नेता विजयकुमार गच्छदार सहमत छन् । तर,

मोरङ, सुनसरीलाई सप्तरीदेखि पर्सासम्मको प्रदेशमा जोड्नुपर्ने

माग पनि छ ।
विघटनबाट जोगिन खोज्दै कांग्रेस
गुटगट आधारमा लम्बिदै महाधिवेशन नै नहुने अवस्था आई संवैधानिक संकट आउन लागेपछि ..... तर, सत्तारुढ दल एमालेले संविधान संसोधन गरी फेरि ६ महिना थप्ने प्रस्तावलाई कांग्रेसको सरकार नछोड्ने, संविधान निर्माणमा ढिलाई गर्ने योजनाको रुपमा बुझेको छ । ...... सोही कारण कांग्रेसले दुई हप्ता अघि नै संविधान संसोधनका लागि एमाले र एमाओवादीसँग छलफल गरेर संसोधन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि दुबै दलले खासै रुची देखाएका छैनन् । तर, पनि कांग्रेसले प्रयत्न छोडेको छैन् । ..... सभापति सुशील कोइराला अहिलेनै महाविधेशन गर्दा आफू पराजित हुनुपर्ने मानसिकतामा रहेकोले ढिलाई भएको देउवा पक्षको बुझाई छ । ..... संस्थापनमा पदाधिकारीका आकांक्षी धैरै हुनुले उनीहरुलाई तत्काल नै मिलाउन सक्ने अवस्थामा नहुँदा तत्काल महाधिवेशनमा गए त्यसैको असन्तुष्टी र विरोधले देउवा हावी हुने बुझाईमा कोइराला छन् । सोही महाधिवेशनका केही कार्यक्रम सुरु गर्ने, संविधान ससोधन गर्ने जस्ता विकल्पबाट ६ महिनासम्म महाधिवेशन धकेल्ने योजनामा उनी छन् ।

No comments: