Saturday, September 12, 2015

In The News (64)



सुगौली सन्धीको आज २०० औं वर्षः यस्तो थियो हाम्रो नेपाल (सन्धीको पूर्ण पाठसहित)
फास्ट ट्र्याक ठेक्का सुरुमै प्रक्रिया विपरीत
बन्दुक र सेनाको अडानमा बन्ने संविधानले गृहयुद्ध हुन्छ : डा.कोइराला
बाबुरामको चेतावनीः विग्रहको ज्वालामुखी विष्फोटन गराउने बाटोमा अघि बढ्ने हठ कोही नगर
'देशको अखण्डतालाई धरापमा नपारौं'
राष्ट्रपतिले असोज ४ गते विशेष समारोहमा नयाँ संविधान घोषणा गर्ने ! यस्तो छ कार्यतालिका
कार्यतालिका संविधानसभा अध्यक्षलाई बुझाइयो
एक सातासम्म दफावार छलफल गरी मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुने संविधानसभा सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने छ ।


​अचेल मलाई डर लाग्न थालेको छ
धेरै पछिमात्र उसलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो, तर यस बेलासम्म धेरै अबेर भैसकेको थियो। उपचार सुरु भएको एक महिना बित्न नपाउँदै उसले संसार त्याग्यो। ...... अहिले म मेरो देशलाई मेरो भाइमा लागेका रोग र डाक्टरका डाइग्नोसिससँग तुलना गर्न थालेको छु। मलाई कताकता डर लाग्न थालेको छ मेरो भाइमा भएका संक्रमणहरुको श्रृंखला देशमा सर्दै जाँदा पनि देशका चिकित्सकहरु (?) मेरो भाइलाईजस्तै बचाउन नसक्ने निकम्बा सावित हुने त होइनन् ? ......

मेरो देश पटक पटक दुखिरहेको छ, तर पनि देशका डाक्टरले मेरो देशको डाइग्नोसिस प्रभावकारी तरिकाले गर्नुपर्छ भन्ने सोचेनन्। देशमा एउटा कांग्रेस भैरहँदा २००७ साल पछि तराई काँग्रेस जन्मिँदा त्यसलाई सामान्य खोकीको रुपमा लिइयो। गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीमा रुपान्तरण हुँदा रुघा खोकीले अनुहार सुन्निएको रुपमा लिइयो। २०६३ सालमा फोरम जन्मिँदा छातीमा पानी जमेको मात्रै देखियो। त्यसपछि जयकृष्ण गोइत, ज्वाला सिंह वा सि.के राउतलाई टिबीको रोग भनेरमात्र डाइग्नोस गरिरहेका हाम्रा सम्भ्रान्त चिकित्सकहरु यो देशमा क्यान्सर लागि सकेको सोच्नै सकिरहेका छैनन्। अहिले यो देशमा मेरो भाइलाईजस्तै दाँतमा इन्फेक्सन सुरु भएको छ। तर पनि सम्भ्रान्त चिकित्सकहरु फुस्फुसाउँदैछन् : रुखबाट दुई चार आँप झर्दैछन्।

........ मलाई डर किन पनि लागिरहेको छ भने मेरो पुस्ताका युवाहरुमा चन्द्र सुर्य अंकित झण्डाप्रति गर्व छैन। सयौं थुंगा फूलको मालामा आफूलाई भेटाउन सकिरहेका छैनन्। सगरमाथाको उचाइले मेरा दौंतरीहरुको जीवनमा आत्मसन्तुष्टि र स्वाभिमानको उचाइ थप्न सकिरहेको छैन। ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गर्ने मेरा भाइबहिनीहरुमाथि आज फेरि एक पटक बिहारी र उत्तर प्रदेशबासीको ट्याग लाग्न थालेको छ। ‘गो ब्याक इन्डियन मिडिया’ ह्यास ट्याग ‘ट्रेन्डिङ्ग’को रेकर्ड बनाएका टुइटेहरु त्यही इन्डियन मिडियाको समाचारलाई आधार बनाएर एक करोड नेपालीलाई विदेशी बनाउन कत्ति पनि लाज मान्दैनन्। ........ सामान्य कुराले मलाई छुँदैन। म यसअघिका आन्दोलनहरुमा आमनेसामनेको भिडन्त पनि गरिसकेको छु। रामानन्दचोकको बम विष्फोटले पनि ममा डर थप्न सकेको थिएन। अचेल मलाई डर किन पनि लाग्न थालेको छ भने मैले इतिहासका पानाहरुमा पढेको छु, विश्व मानचित्रभित्रका रेखाहरुमा कहिले प्रत्यासित रुपमा त कहिले अप्रत्यासित रुपमा फेरबदल आउने गरेको छ। ........ नेपालको राजनीतिक इतिहास हेर्ने हो भने पनि मधेशको मूलभूत प्रवृत्ति शान्त किसिमको छ। त्यसैले थालनीमै कहिल्यै पनि आक्रामक हुँदैन मधेस। तर पनि, आन्दोलनमा होमिइसकेपछि कहिल्यै पछाडि हटेको इतिहास छैन। पछिल्लो एक दशकको आन्दोलनमा सयौंको संख्यामा सहिद बनेका छन् मधेसबाट, सबै आन्दोलन टुंगोमा पुगेका छन् र कुनै पनि आन्दोलन अकुपाइ बालुवाटार वा सिंहदरबार घेराउजस्ता दुई चार दिनमा नै तुहिने आन्दोलन बनेनन्। सबै आन्दोलनबाट अपेक्षित उपलब्धि हासिल भएका छन्। ती उपलब्धि तराई मधेसका लागिमात्र होइन कि, सिंगो नेपालका लागि उपलब्धि बनेका छन्। मधेस आन्दोलनले स्थापित गरेको संघीयताभित्र आज कर्णाली र सुदूरपश्चिम पनि रमाइरहेको छ, तमुवान र मगरातले पनि ताली पिटिरहेको छ। .......

एक महिनाअघि युवाहरुले जनकपुरको ग्रामीण बस्तीमा आयोजना गरेको भेलामा आजीवन नेपाली काँग्रेसमा बिताएका एक बृद्ध कड्किए : मधेस प्रदेश नदिए मधेस देश बनाउने छौं।’

........ उनीजस्तै मन मरेकाहरुको जमात दिन दुगुना, रात चौगुना बढिरहेको छ। ....... तराई मधेसबासीहरुले आफूलाई नेपाली भन्दा काठमाडौंले मधेसी बनायो। त्यसपछि मधेसबासीले आफूलाई मधेसी नै बनायो। फेरि मधेसीलाई धोती बनायो, मधेसीले हामी धोती नै सही भन्दै धोती जुलुस निकाल्न थाले। अहिले मधेसीलाई उत्तर प्रदेशी र बिहारीको संज्ञा दिइरहँदा मधेसीले हो, हामी बिहारी नै हौं, हामी बिहारी नै हुन चाहन्छौं भन्यो भने त्यसपछिको अवस्था के हुन्छ, काठमाडौंको खाल्डोले सोचेको छ ? ....... स्व. गिरिजाप्रसाद कोइरालाले बकपत्रमा हस्ताक्षर गरिरहँदा हेरेर बस्ने सुशील कोइराला अहिले बागडोरमा छन्, तर इतिहासमा उनीजत्तिको पंगु नेता कोही जन्मिएको देखिएन। केपी ओलीलाई त मधेसले नेता नै मान्दैन, तर छड्के किनाराका साक्षी बसेका र मधेसको मर्म बुझेका माधव नेपालको मधेसप्रतिको मौनताले पनि अनिष्ट पलहरुको संकेत गर्दछ। मधेससँग मेरो लभ पर्‍यो भन्दै रोल्पाबाट सिराहा झरेका प्रचण्डको दोधारे बोलीले पनि सफा दिनको संकेत गर्दैन। भीम रावल, शेरबहादुर र लेखराज भट्टहरुसँग त तराई मधेसको विश्वास कहिल्यै पनि छँदैछैन।
नेपालको राजनीति ‘कन्ट्रोल’ गर्न दिल्लीले खटायो ‘कमान्डर’
तराई–मधेशमा आन्दोलन जारी रहेकै बेला नेपालका लागि भारतका पूर्व राजदूत केभी राजन काठमाडौंमा आएर डेरा जमाएर बसेका छन् । सुरक्षा निकायबाट प्राप्त सूचना अनुसार राजन होटल रेडिसनमा तीन दिनदेखि बसेका छन् । ...... तराई–मधेशको आन्दोलनलाई एउटा निश्कर्षमा पु¥याउने उनको योजना रहेको स्रोत बताउँछ ।
के तिमी अन्धो छौ सरकार ? (विचार)
सरकार, थारु र मधेशीले तिम्रा प्रहरीलाई भाला रोपेको र भाटाले हिर्काएको त देख्यौ, तर तिम्रा प्रहरीले थारु र मधेशी चेलीलाई तिनका घरभित्रै पसी बेइज्जत गरेको, अपमान गरेको अनि नियन्त्रणमा लिएर गोली हिर्काएको देखेनौं । सरकार, वर्षौंसम्म तिम्रै जातका शासकहरुको कमलरी बसी असह्य पीडा भोगेका थारु चेलीको विगत बिर्सियौ ? सरकार, विश्वले पुज्ने जनक नन्दिनी जानकीको नगरीमा तिम्रो प्रहरीले नारीको कति अपमान र मानमर्दन ग¥यो, पत्ता लगायौ ? ..... अहिलेसम्म मधेश आन्दोलनमा विरगती प्राप्त गरेका मधेशीलाई श्रद्धाञ्जलीसम्म दिन नसकेको र दिन नचाहेको मेरो देशको प्रधानमन्त्री तिमी, मधेशकै माटोमा हुर्केको तिमी, मधेशीकै बिचमा रहेको तिमी, अनि मधेशी भूमिबाटै उठेर देशको प्रधानमन्त्रीसम्म बनेको तिमी, मधेशको माटोको गुण यसरी बिर्सियौ ?
काठमाडौंमा पनि र्ओल्यो मधेशीको जनसागर (फोटो फिचर)
काठमाडौंमा रहेका मधेशी बुधिजिवी, पेसाकर्मी, प्राध्यापक, वकील, डाक्टर, पत्रकार, गैरसरकारी संस्थाकर्मी, राजनीतिकर्मी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


No comments: