Thursday, September 10, 2015

In The News (48)

प्रक्रिया रोकेर भए पनि वार्ता गराैं : एमाअाेवादी
असन्तुष्ट कांग्रेस सभासदले कूटनीतिक नियोग गुहारे
सभासद चौधरीले लेखेको पत्रमा भने एउटा खास 'इन्ट्रेस्ट' समूहले 'सिन्डिकेट' को पारामा आम जनतालाई सहभागी नगराई जनभावना र मर्मविपरीत संविधान निर्माण प्रक्रिया टुंगोमा पुर्‍याउन लागेको उल्लेख छ । ..... '१० वर्षे माओवादी द्वन्द्व कुनै जनयुद्ध थिएन । तर अहिलेको दलका केही इलिटको सिन्डिकेटले त्यस्तो द्वन्द्व सृजना हुने देखिएको छ । मुलुकलाई गृहयुद्धमा लैजान उनीहरू उद्यत छन् ।' ...... चौधरीले उक्त पत्र इमेलमार्फत र पि्रन्ट कपी नै राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, युरोपेली युनियनलगायत दूतावासमा बुझाएका हुन् । ..... मधेस, थारू, जनजाति अन्य अल्पसंख्यक सबै सडकमा छन् । यसबाट मुठभेड सृजना भएर घटना घटेको छ । यसलाई सामान्य नठानियोस् ।'
राष्ट्रपति-दाहाल भेट
असन्तुष्ट पक्षप्रति लचिलो बन्न दबाब
साथै यादवले संविधानसभाले नयाँ संविधानका सन्दर्भमा गर्ने हरेक निर्णय आफूलाई स्वीकार्य हुने धारणासमेत राखेका थिए ।
राष्ट्रसंघ फिर्ता जाऊ : मधेसी अधिकारकर्मी
अनुभव अजित, दीपेन्द्र झा, तुलानारायण साह, सिताराम अग्रहरिलगायत ७० अधिकारकर्मीले बिहीबार मधेसमा राज्यको हिंसा बन्द हुनुपर्ने, बढ्दो सामाजिक द्वन्द्वप्रति राष्ट्रसंघले चासो देखाउनुपर्ने, राज्यले मधेससँग विगतमा गरेका सम्झौता पालन हुनुपर्नेजस्ता माग राखेर एक घण्टा धर्ना र प्रदर्शन गरेका हुन् ।


जनकपुरमा भोलिदेखि अनिश्चितकालीन कर्फ्यु
सशस्त्र एसपीमाथि पेट्रोल बम प्रहार

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार जनकपुरमा वृहत सभा गर्नेभएपछि स्थानीय प्रशासनले भोलि(शुक्रबार) बिहान ६ बजेबाट अनश्चितकालका लागि कर्फ्यु घोषणा गरेको छ । मोर्चाले 'चलु जनकपुर भरु' अर्थात जनकपुर भरौं भन्न नारा लगाएर ठूलो जनसमूदाय ल्याउने तयारी गरेपछि प्रशासन आत्तिएको हो ।

..... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेको अगुवाईमा बिहीवार २६ औ दिनपनि जनकपुर बाजार बन्द रहे । मोर्चा सम्बद्ध नेता कार्यकर्ताहरुले विहानैदेखि चोक चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । अपरान्ह महिलाहरुले झाडु जुलुस प्रदर्शन गरेका थिए । विहान नगरको शान्ति सुरक्षाको अवस्था बुझ्न जाँदै गरेका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरमाथि भानुचौकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेका थिए । ...... एसपी ठाकुरले आफू चढेको गाडीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएपनि गाडीको सीसा बन्द रहेकोले सुरक्षित बाँचेको बताएका छन् । बम गाडी बाहिर खसेको थियो । बम प्रहार गर्ने व्यक्ति फरार भएको एसपी ठाकुरले जानकारी दिए ।
बाँकेमा थरुहट संघर्ष समितिको नेतृत्व फेरियो
एमाले बाँकेका सचिवालय सदस्य चन्द्रबहादुर चौधरी थरुहट संयुक्त संर्घष समितिको संयोजक पदबाट पछि हटेपछि त्यसको जिम्मेवारी फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष फूलाराम थारुले लिएका छन् ।

No comments: