In The News (47)





के सरकार गंभीर नभएकै हो? अहिलेको सिकिस्त समयमा पत्याउनै मन नलाग्ने समाचार सुनियो - प्रधानमंत्रीको लामो विदेश यात्रा। भएन,निर्णय परिवर्तन गर।
Posted by Nilamber C. Acharya on Wednesday, September 9, 2015


कांग्रेसका सभासदहरुले पनि दिए संविधानसभा छोडेर आन्दोलनमा जाने चेतावनी
‘हामीलाई भोट दिएका जनता दिनदिनै मारिएका छन् । ..... यसलाई नरोक्ने र हाम्रा माग सम्बोधन नगर्ने हो भने हामी संविधानसभामा सहभागी हुन सक्दैनौं ,’ प्रधानमन्त्रीलाई भेटेपछि सभासद् सुरेन्द्रप्रसाद चौधरीले भने,‘नरसंहार गरेर संविधान ल्याउने हो भने हामी कुन मुखले संविधानसभामा सहभागी हुन सक्छौं रु संविधानसभामा बस्ने नैतिकता हामीमा हुँदैन ।’
कांग्रेसमा विद्रोह
किचलो निम्त्याउने संघीय खाका
नेपालको इतिहासमा साउन–भदौ महिनामा लामा र सशक्त आन्दोलनहरू भएको पाइँदैन, किनभने यसबेला धेरै जनता खेतीपातीमा व्यस्त हुन्छन्। तर यसपालि तराई–मधेसमा आन्दोलनहरू सुरु भएको तीन हप्ता नाघिसक्यो। मगरात, लिम्बुवान, किरात आदि प्रदेशको मागसहित पहाडमा पनि आन्दोलनहरू बढ्दैछन्। केही ठूला दलको असफल बनाउने प्रयासका बाबजुद पनि आन्दोलनहरू सशक्त भएका छन्। प्रतिकूल वातावरणलाई चिर्दै सशक्त भएका यी आन्दोलनहरूले सीमान्तकृत समुदायहरू संविधानको मस्यौदा र प्रस्ताव गरिएका संघीय खाकाप्रति कति असन्तुष्ट र आक्रोशित छन् भनेर प्रस्ट पार्छ। ..... सीमान्तकृत मधेसी र आदिवासीहरूको आन्दोलन बर्खाको समयमा पनि उठ्नुको निकट कारण संघीयताको खाका हो। ८ र ६ प्रदेश हुँदै सात प्रदेश प्रस्तावित गरिएको संघीयताको खाकाले सीमान्तकृत समुदायहरूको पहिचान अस्वीकार गरेको छ। पहिचान नपाएकोले कुनै रूपमा प्रदेश पाएका मधेसीहरू पनि आन्दोलनमा उत्रिए। प्रदेश पनि, पहिचान पनि नपाएका सीमान्तकृत आदिवासीहरू (थारू, मगर, लिम्बु, राई आदि) सांगठनिक शक्तिअनुसार आन्दोलनमा नउत्रने कुरै भएन। ...... एकै भूगोलमा रहेका मगरहरूलाई तीन प्रदेशमा विभाजित गरेपछि उनीहरू राजनीतिक रूपमा तीनै प्रदेशमा कमजोर हुनेछन् र आफ्नो समुदाय, भाषा, संस्कृति आदिको रक्षा, जर्गेना र बढुवा गर्ने स्थितिमा रहने छैनन्। एकै क्षेत्रमा रहेका थारूहरूलाई दुई प्रदेशमा विभाजित गर्नुको साथै अन्य समुदायहरू थोपरेर थारूहरूको शक्ति कमजोर बनाइएको थारूहरूले नबुझ्ने कुरै भएन। त्यस्तै राई, लिम्बु र अन्य समुदायलाई मिसाएपछि ती दुवै समुदायको जनसंख्या जोड्दा पनि अल्पमतमा पर्छन् भने खस–आर्य लगभग दोब्बरले ठूला हुन्छन्। ...... थारूहरू र मधेसीको आन्दोलन पहिचानसहितको अखण्ड थरुहट र मधेसका लागि हो, मगर र लिम्बुहरूको माग अखण्ड मगरात र लिम्बुवानको लागि हो। पहिचान नस्वीकारिएको र अधिकार नदिने संघीय खाकाले आज–भोलिमात्र होइन, दीर्घकालीन असन्तुष्टि र अशान्ति निम्त्याउनेछ। मधेसी आन्दोलन अरूभन्दा सशक्त भएको लामो राजनीतिक जागरण र आन्दोलनको अनुभव र इतिहासले गर्दा पनि हो। यसले के इंगित गर्छ भने समस्याहरू सम्बोधन नगरिएमा भविष्यमा अन्य समुदायका आन्दोलनहरू पनि सशक्त हुँदै जानेछन्। ....... मगरात, लिम्बुवान आदि जातीय प्रदेश होइनन्, किनभने त्यहाँ ती जातिहरू बहुमतमा रहँदैनन् र चाहे पनि मनपरी गर्न सक्दैनन्। त्यस्ता प्रदेशमा उनीहरूको उपस्थिति उल्लेखनीय भई नीति–निर्माणमा सामुदायिक आवाज सशक्त रूपमा पुर्‍याउन सक्ने परिस्थितिमात्र बन्छ। ...... ती सबै प्रदेशहरूमा खस–आर्यको जनसंख्या थातथलोवाला जातिको जति नै रहन्छ। त्यसैले खस–आर्यको हक–अधिकार कुण्ठित हुने सम्भावना रहँदैन। अझ केन्द्रमा पनि खस–आर्यको बाहुल्य र प्रभाव बढिरहने भएकोले उनीहरूको समान हक–अधिकार केन्द्रबाट पनि थप सुरक्षित हुन्छ। नेपालमा यस्तो दोहोरो सुरक्षा अन्य कुनै पनि समुदायले पाउँदैन। ....... एउटा जातिले प्राय: सबै प्रदेशमा बहुमत खोज्नु भनेको अन्य सबै जातजातिलाई आफ्नो विरुद्धमा एकै ठाउँमा धकेल्नु हो। मधेसी र आदिवासीहरू एकत्रित हुने प्रक्रिया सुरु भइसक्यो। केही वर्ष अगाडिसम्म मात्र आगो र पानीजस्तो शत्रु रहेका मधेसी र थारूलाई पहिचान र अधिकारविहीन हुने अवस्थाले एक ठाउँमा ल्याइसक्यो। जति अधिकारबाट बन्देज गरिन्छ, सीमान्तकृतहरूको एकत्रित हुने प्रक्रियाले त्यति नै गति लिन्छ।


मधेसबारे जेपी गुप्ताको विश्लेषण : आन्दोलन शान्तिपूर्ण बनाऔं, गच्छदारहरुलाई पनि समेटौं
पहिलो मधेस आन्दोलनका बेला उपेन्द्र यादव र विजय गच्छदारलाई मिलाएर ‘थिंक ट्यांक’को भूमिका खेलेका पूर्वमन्त्री

जयप्रकाशप्रसाद गुप्ता अहिले फेरि मधेसका सबै दललाई एकै ठाउँमा ल्याउने अभियानमा लागेका छन् ।

..... जति प्रयास गर्दा पनि फिल्डमा के देखिएको छ भने राज्य एकदमै असहिष्णु छ र ‘प्रभोकेटिभ’ छ । तैपनि हामी शान्तिपूर्णरुपमा जनतालाई सडकमा उतारौं भन्ने काममा लागेका छौं । ..... मैले वीरगञ्ज, बारा सप्तरीमा आफ्नै आँखाले देखेको हुँ, राज्य एकदमै ‘जिरो टोलरेन्स’मा छ । राज्य एकदम असहिष्णु भयो । त्यसले गर्दा आन्दोलनकारीले गरेको भन्दा बढी आन्दोलनकारीले दोष भोग्नुपरेको छ । तर, मोर्चाले जानजान हिंसा भड्कायो भन्ने होइन । यसको सही तथ्य जब स्वतन्त्र निकायले छानविन गरेपछि नै आउँला । ..... पूर्वमा अस्तिसम्म १२/१ बजे स्कर्टिङ गरेर गाडीहरु पास गराइन्थ्यो । त्यहाँ हिजो ११/१२ बजे दिउँसो पार गराइयो । जहाँ हजारौं जनता सडकमा थिए । स्कर्टिङ त १२/१५ दिनदेखि भइरहेको थियो । तर, प्रदर्शनकारी नभएका बेलामा ४/५ सय गाडीविना कफ्र्यू स्कर्टिङ गरेर ल्याएकै अवस्था थियो । ..... जलेश्वरमा हिजो महेन्द्र चोकमा गोली चल्यो । गोली महेन्द्र चोकमा चलेको छ तर, सीडीओको भनाइ छ कि न्यायाधीशको घरमा आक्रमण गर्‍यो । न्यायाधीशको निवास महेन्द्र चोकमा छैन । ...... सेना र पुलिस नाराजुलुस रोक्न र बाटो खुलाउन गइदिएनन् भने घटना केही हुँदैन । वार्ता सुरु हुन्छ । तर, सरकारले वार्ता नचाहेको देखियो । ..... सरकारको तर्फबाट वार्ताका लागि कुनै पृष्ठभूमि नै निर्माण भएन । खाली एकोहोरो वार्तामा आउनुस् मात्र भनिएको छ । ...... हिजोको वक्तव्यमा अन्तिमपटक वार्ताका लागि आहृवान गरिएको भनेको छ । सरकारले ढोका बन्द गरेर वातावरणलाई बिगार्दैछ । ...... आन्दोलनकारीले पनि वार्तामा बस्दै बस्दिँन भन्न हुँदैन । किनभने उसले त्यसो भन्यो भने यिनीहरुले जबरजस्ती संविधान ल्याउँछन् र आन्दोलनकारीसँग त्यो संविधान नमान्ने भन्दा अर्को विकल्प रहँदैन । ..... अनुरोध गरेको छु कि एउटा निर्णय गरेर सबै (गच्छदार, मात्रिका यादव, अनिल झा आदि) लाई समेट्नुस् । यसले आन्दोलनलाई बल पुर्‍याउँछ ।
‘नेपाली’ बन्ने चाहना
एकातिर तेस्रो मधेस आन्दोलन गाउँसम्म पुगिसकेको जनाउ दिइराखेको थियो भने अर्कोतिर मधेसको आन्दोलनलाई उपेक्षा गरेर बढ्ने मुख्य तीन दलको हठलाई सूचित गरिराखेको थियो। ...... नेपाली कांग्रेस, एमाले र एमाओवादीभित्रका मधेसी सभासद तथा आ–आफ्नो दलको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने मधेसी नेतृत्व पंक्तिले आ–आफ्नो दलभित्र मधेसी मुद्दाको सवालमा दबाब सुरु गरेका छन्। यसको मुख्य कारण क्षेत्र–जिल्लामा भइरहेको आन्दोलनमा यी दल विशेषका कार्यकर्ताहरूको सहभागिता बाक्लो हुँदै जानु हो। ..... लामो बन्दपश्चात् पनि आफ्नो मागप्रति सुनवाइ नहुँदा बढ्दै गएको समर्थनले हौसिएका मधेसी आन्दोलनकारी दलहरू सरकारी कामकाज ठप्प, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध तथा काठमाडौंमा तराईको बाटो भई आपूर्ति हुने नाका बन्द गर्ने जस्ता कडा कार्यक्रम ल्याई राज्यमाथि प्रत्यक्ष दबाब दिने योजनामा रहेको बुझिन्छ। यिनीहरूले कोच–संथाल, थारू, मुस्लिम, दलित र अन्य बहिष्करणमा परेका समुदायहरूका सड्डठनसँंग समन्वय गरी आन्दोलनलाई नयाँ रूप दिने तरखरमा छन्। ....... त्यसैगरी आफ्ना जायज मागका लागि भइराखेको आन्दोलनमा आफैंसँंग बस्ने पहाडी समुदायलाई पनि कसरी जोड्ने र यो आन्दोलनलाई समग्र मधेसको अभिव्यक्तिको आन्दोलन कसरी बनाउने भन्ने दबाबमा पनि छन्। ...... सीमांकन होस् वा जनसङ्ख्याको आधारमा प्रतिनिधित्वको माग काठमाडौं झस्किने गर्छ। .....

भुइँतहमा बढ्दै गएको दबाबले मुख्य तीन दलभित्रको राजनीतिमा आउने केही समयभित्र नै उथलपुथल ल्याइदिन सक्छ। ..... मधेसी नेताहरू वार्ताको टेबुलमा सफल देखिएका छैनन्। त्यसैले आफ्ना यी कमजोरीबाट अवगत केही नेताहरू आफ्ना केही मागबारे थोकमै घोषणा सुन्न चाहन्छन्।

कैलालीमा थारुहट पक्षधरको विरोध सभा
सदभाव कायम राख्दै थरुहट आन्दोलन अघि बढाउने
प्रक्रिया रोक्न कांग्रेस सकारात्मक
कोइरालाले भने, ‘वार्ताबाट समाधान खोजेनौं भने राष्ट्र विखण्डनतिर जान्छ।’ केसीले मधेसबाट कांग्रेसलाई समाप्त पार्ने खेल भइरहेको कुरा बुझ्न नेतृत्वसंँग आग्रह गरे। ‘मधेसले जित्दा कांग्रेस सिंहदरबारमा गएको छ। मधेसले हार्दा प्रतिपक्षमा बसेको छ,’ केसीले भने, ‘पचास प्रतिशतभन्दा बढी जनसंख्या रहेको तराई–मधेसलाई बाहिर राखेर समाधान हुँदैन।’
प्रमुख दलका पनि मधेसी सभासद् भड्किए
प्रमुख तीन दलका मधेसी–थारू सभासद्ले आन्दोलनकारीको माग वार्ताबाट समाधान नगरे संविधानसभा छोड्न सक्ने चेतावनी दिएका छन् । तराई मधेसमा आन्दोलनरत पक्षसँग तत्काल वार्तामा बस्न आफ्ना पार्टीका शीर्ष नेतालाई सभासद्हरूले दबाब दिएका हुन् । ..... छिटो संविधान जारी गर्ने कि मधेसको आन्दोलनलाई समर्थन गरेर जाने भन्नेमा एमालेका थारू–मधेसी सभासद् दुई भागमा विभाजन भएका छन् । ..... केही दिनभित्रै माग सम्बोधन नभए अर्को निर्णय गर्न बाध्य हुने सभासद् प्रभु साहले बताए । मधेसमा माग पूरा नगरीकन संविधान जारी गर्न खोजे संविधानसभाबाट बाहिरिने संकेत उनको थियो । ...... प्रमुख तीन पार्टीका झन्डै ६० सभासद् आन्दोलनकारीका माग वार्ताबाट समाधान गरेर अघि बढ्नुपर्ने पक्षमा उभिएको एक नेताले बताए । यसअघि संघीय समाजवादी फोरमका १५, फोरम लोकतान्त्रिकका १४, तमलोपाका ११, सद्भावनाका ६ सभासद्ले संविधानसभा छाडिसकेका छन् । मधेस समाजवादीका तीन, तराई–मधेस सद्भावनाका तीन, थरुहट तराई पार्टीका दुई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, फोरम गणतान्त्रिक, संघीय सद्भावनाका एक–एक गरी ५७ र स्वतन्त्र सभासद् झन्द्रेश्वर झा पनि संविधानसभाको जारी प्रक्रियाबाट बाहिरिएका छन् । राप्रपा नेपालका २५ सभासद्ले पनि संविधानसभाको जारी सबै प्रक्रियाबाट बाहिरिने निर्णय गरेको छ ।
आन्दोलनकारीले यसरी जलाए बैंक, करोडौं सम्पत्ती क्षणभरमा खरानी
हिंसाको बीचमा राष्ट्रपतिले नयाँ संविधान जारी नगर्ने तयारी



मधेशी मोर्चाको बैठक सकियो : ‘शर्त पुरा नगरे सम्म वार्तामा नबस्ने निर्णय’
बिहीबार भैरहवामा बसेको बैठकले वार्ताको पुर्व शर्तहरु पुरा नगरे सम्म सरकार सँग कुनै पनि वार्ता नगर्ने निर्णय गरेको छ । यो निर्णय पछि अब सरकार र आन्दोलनरत मधेशी मोर्चा बीच वार्ताको सम्भावना लगभग समाप्त भएको छ ।
संविधान निर्माण प्रक्रिया स्थगन गरौं !
मेरो ३७ वर्ष लामो पत्रकारिता जीवनमा हिजोआजका जस्ता पीडादायक क्षण कहिल्यै आएन, जब नेपाली–नेपालीबीच साम्प्रदायिक र क्षेत्रीयताको ध्रुवीकरण यति धेरै बढेको होस्। विजय गच्छदारको फोरम लोकतान्त्रिकसमेत संविधानसभाबाट बाहिरिएपछि स्थितिमा निर्णायक परिवर्तन भएको छ। .....

प्रश्न फोरम लोकतान्त्रिकका १४ सभासद संविधानसभाबाट बाहिरिए भन्ने होइन। खतरा त मधेसवादी दलको बेन्च पूरै खाली हुँदै गयो भन्ने हो। यो अनिष्टकारी ध्रुवीकरणको संकेत हो। ....... म जति विनम्रतापूर्वक नेतात्रयलाई सादर अनुरोध गर्दै छु, त्यत्तिकै दृढतापूर्वक नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका सभासद मित्रहरूलाई पनि विनित अनुरोध गर्न चाहन्छु– परिणाम देख्दादेख्दै नेतात्रय अनिष्ठकारी चक्रव्यूहमा देशलाई फसाउन चाहन्छन् भने तिनलाई आफ्नो मताधिकार प्रयोगले दृढतापूर्वक रोक्नु तपाईंहरूको राष्ट्रधर्म हो।

..... यहाँ सन्तोषको त कुरै छाडौं, मंगल धुनको कल्पनै नगरौं, मलामीहरूको शोकधुनबीच हामीले कस्तो र कसका लागि संविधान जारी गर्न खोजेका हौं? ...... ‘जो घिस्रिन जन्मेको हो, त्यो कहिल्यै उड्न सक्दैन’ भन्ने रुसी लेखक म्याक्सिम गोर्कीको कथन कतै हामीमाथि पनि लागू हुने त होइन भन्ने भयले मलाई समेत सताउन थालेको छ। ...... यो नेपाल भन्ने देश सुगौली सन्धिपछि न कहिले उदायो न अस्तायो ! यो रही मात्र रह्यो। यो नेपाल भनेकै रहिरहने मात्र हो जस्तो लाग्छ। ऐनकेन सर्भाइभ मात्र हुने हाम्रो नियति हो कि जस्तो लाग्छ ...... ‘नेपालमा कुद्ने र सुत्ने एकै समयमा पुग्छन्। यहाँ चाहिनेभन्दा छिटो हिँडेर कतै पुगिन्न। यहाँ चाहिनेभन्दा छिटो जो जो हिँडे, ती सबका सब लडे, विजयबाबु ! ’ ..... आज मलाई डर लाग्दै छ, आज टकरावको दुर्भाग्यशाली इतिहास दोहोरिने खतरा उत्पन्न भएको छ। त्यसको मूल्य यसपटक २०१७ सालको भन्दा कयौं गुणा चर्को हुनसक्छ। २०१७ सालमा त द्वन्द्व दुईपक्षीय मात्र थियो। सेनासहितका राजा र जनमतसहितका बिपीबीचको द्वन्द्व। ...... आजको द्वन्द्व बहुपक्षीय छ। ....

यो खेलाँची गर्ने बखत होइन। उखानटुक्का र दोहोरी गीतको समय होइन। हिजो सबै मिलेर बसेका थियौं, आज यस्तो के भयो भन्ने नोस्टाल्जियाको डुंगामा बहेर यो भवसागर पार हुनेवाला छैन।

...... ‘को हो साम्प्रदायिक’ शीर्षकको एक स्थानमा उनी लेख्छन्– ‘पहिला थारु र मधेसी, पहाडी दाजुभाइसँग मिलेर बसेका होइनन्। ज्ञान, क्षमता र हिम्मतको कमी थियो तिनीहरूमा, त्यसैले चुप लागेर सहेर बसेका मात्र थिए। मौनता भनेको मिल्नु होइन। असली सद्भावको प्रक्रिया त बल्ल पो सुरु भएको छ। हामीलाई बोल्न दिनुहोस्, हाम्रा पीडा पोख्न दिनुहोस्। रोए–कराएपछि चित्त सफा हुन्छ। त्यसपछि समताको जगमा सद्भावको खम्बा खडा गरौंला। पहिला हाम्रा मनमस्तिष्कमा रहेका गुम्सिएका भावना अभिव्यक्त गर्न दिनुस्। ’ ........ भूकम्पग्रस्त सिन्धुपाल्चोक र दोलखामा निस्वार्थ सेवा गर्न आएका दर्जनौं मधेसी युवालाई गाउँहरूमा देख्ने मेरा आँखा अझै फुटेका छैनन्। .... पीडा र अपमानकै कुरा गर्ने हो भने मधेसीको मात्र होइन, गरिब पहाडीका पीडा पनि कसैभन्दा कम छैनन्। जसका मातापिताले जीवनमा लसुन–प्याजसमेत कहिल्यै छोएनन्, हो तिनै उपाध्याय बाहुनका छोराछोरी आज खाडीका एयरपोर्टमा संसारभरिका ‘विधर्मी’हरूले प्रयोग गर्ने शौचालय सोहोर्न बाध्य छन्। जसको भान्छामा मांसाहारको उपस्थिति कल्पनासम्म गर्न सकिन्नथ्यो, तिनै कुमाइ ब्राह्मणहरू ज्यान पाल्न विदेशमा गाईको मासु प्याक गर्न बाध्य छन्। ...... अपमान तपाईंको मात्र भएको छैन दिपेन्द्र भाइ, कुनै न कुनै बेला अपमान नभएको र विभेदमा नपारिएको कोही छैन। हामी आफूलाई जेसुकै ठानौं, हाम्रा पर्वतहरू जतिसुकै विशाल किन नहोऊन्, हाम्रो देश भने गरिबी र दरिद्रताको ‘डेड सी’ खाल्डो भएको छ। ....... ‘अवस्था यस्तो पनि आउँछ, जब सबैलाई छर्लंग भइसक्छ– अब लक्ष्यमा पुग्न सकिन्न। त्यस्तो अवस्थामा पनि लक्ष्य परिवर्तन नगर, पाइतालाको गति परिवर्तन गर।’
मधेसीले नेपाल सरकारको शासन नमान्ने, काठमाण्डौमा दानापानी बन्दको चेतावनी
प्रहरीलाई डेरा नदिन आन्दोलनकारीको उर्दी
Concerned by ongoing political violence in Nepal, UN rights office urges peaceful resolution to crisis
Voicing concern over continuing political violence and killing of protestors in Nepal, the United Nations human rights office today called on the authorities to respect dissenting voices and seek a peaceful solution with demonstrators. ..... “The rights to freedom of expression, association and assembly are essential elements in the promotion of democracy and human rights” .....

While urging the Government to create a climate where minority or dissenting views are respected, the human rights office said that security forces should only employ force as a last resort and in full accordance with the standards laid out under international law for maintaining public order, including detailed guidelines governing the use of live ammunition.

अब संविधानसभा बहिस्कार गर, नभए हामी बहिस्कार गर्छौं : आफ्ना शीर्ष नेतालाई एमाओवादीका मधेशी नेताको आग्रह
‘आन्दोलनरत मधेशी र थारु समुदायका माग सम्बोधन गरेर संविधान निर्माण गर्न नसकिए दुई तिहाइको बलमा संविधान निर्माण गर्ने जिम्मा कांग्रेस र एमालेलाई नै छाडेर मधेश र थरुहटमा जारी आन्दोलनमा सहभागी हुन हामीले पार्टीका शीर्ष नेतृत्वलाई भनेका छौं’
Stanford scholar casts new light on Hindu-Muslim relations
the heyday of Muslim rule in India from the 16th to 18th centuries was, in fact, one of "tremendous cross-cultural respect and fertilization," not religious or cultural conflict. ..... Her research paints a far different picture than common perceptions, which assume that the Muslim presence has always been hostile to Indian languages, religions and culture. A leading scholar of South Asian cultural and intellectual history, Truschke argues that this more divisive interpretation actually developed during the colonial period from 1757 to 1947. ....... "The British benefited from pitting Hindus and Muslims against one another and portrayed themselves as neutral saviors who could keep ancient religious conflicts at bay," she says. "While colonialism ended in the 1940s, the modern Hindu right has found tremendous political value in continuing to proclaim and create endemic Hindu-Muslim conflict." ..... erroneously "erases Mughal history and writes religious conflict into Indian history where there was none, thereby fueling and justifying modern religious intolerance." ........

the Muslim impulse in India was not aimed at dominating Indian culture or Hinduism

...... high-level contact between learned Muslims and Hindus was marked by collaborative encounters across linguistic and religious lines. ..... her research overturns the assumption that the Mughals were hostile to traditional Indian literature or knowledge systems. In fact, her findings reveal how Mughals supported and engaged with Indian thinkers and ideas. ...... Early modern-era Muslims were in fact "deeply interested in traditional Indian learning, which is largely housed in Sanskrit ..... the Mughal courts in fact sought to engage with Indian culture ..... upper-caste Hindus known as Brahmins and members of the Jain tradition – one of India's most ancient religions – became influential members of the Mughal court, composed Sanskrit works for Mughal readers and wrote about their imperial experiences. ..... The empire her research uncovers was not intent on turning India into an Islamic state.
सशस्त्रका डीआइजी खडानन्द चौधरीलाई कारवाही
भारदहका ६० वर्षे रामकिसुन यसरी मारिए
काठमाडौंले पढोस् भारदह गोलीकाण्डको कथा
आज मधेसी दलको भैरहवामा शक्ति प्रदर्शन
सिधा गोली हान्ने आदेश सहित, राजमार्ग क्षेत्रमा आन्दोलन गर्न निषेधाज्ञा
बिहानै देखि मोर्चाका कार्यकर्ता सडकमा, ठाँउ ठाँउमा विरोध (फोटो फिचर सहित)
जनकपुरमा एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार



किन मिल्दैनन् बिजय गच्छदार र उपेन्द्र यादव ?
मोर्चामा गच्छदार थपिँदा तेस्रो धोका हुने दाबी
जतिखेर विजयकुमार गच्छदार बालुवाटारमा आयोजित चारदलको बैठकबाट बाहिरिएर आन्दोलनमा जाने बताइरहेका थिए, त्यसको २४ घण्टा नबित्दै उपेन्द्र यादवले गच्छदार आन्दोलन भाँड्न परिचालित हुन लागेको आशंका सार्वजनिकरुपमै व्यक्त गरे । ..... अहिले चारदलको बैठक मात्रै होइन, गच्छदारले संविधानसभाको प्रक्रियासमेत छाडिसकेका छन् । तर, मधेसमा आन्दोलन गरिरहेका चारदल सम्मिलित मधेसी मोर्चाका नेताहरु भने गच्छदारलाई सहजै आफ्नो टिममा भित्र्याउन तयार भइरहेका छैनन् । विशेषतः उपेन्द्र यादव आफ्नो मोर्चामा गच्छदारलाई भित्र्याउन चाहँदैनन् । ...... उपेन्द्र यादवले धेरैपटक गच्छदारबाट धोका खाइसकेकाले अब उनी गच्छदारविनै मधेस आन्दोलन अघि बढाउने पक्षमा छन् । ......

मधेसको मामिलामा उपेन्द्र यादव इमान्दार नेता हुन्

..... जतिखेर मधेस आन्दोलन सकिएको थियो र पहिलो संविधानसभाको मनोनयन दर्ता गर्ने बेला हुनै लाग्दा नेपाली कांग्रेस छाडेर विजय गच्छदार उपेन्द्र यादवको पार्टीमा प्रवेश गरे । ....... गच्छदार रातारात मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुका पछाडि तीनवटा कारण थिए । प्रथमतः उनी कांग्रेसको ब्यानरबाट चुनाव लड्दा जितिँदैन भन्ने निश्कर्षमा पुगेका थिए । दोस्रो, गच्छदारलाई उपेन्द्र यादवसँग मिलाउने र चुनावमा मधेसवादी शक्तिलाई बलियो बनाउने योजनाअनुसार जयप्रकाश प्रसाद गुप्ताले बनाए । .......

गच्छदार र यादवलाई राम्रोसँग जान्ने मधेसी नेताका अनुसार उपेन्द्र यादवको ‘जीन’मा संघर्ष छ भने गच्छदारको ‘जीन’मा सत्ता छ । दुई नेताको ‘केमेष्टी’ नै मिल्दैन ।

...... उपेन्द्र यादवले आफू निकटहरुलाई बताउने गरेका छन् कि विजयकुमार गच्छदारले दिएको पहिलो धोका भनेको मधेसी जनअधिकार फोरमको विभाजन हो । ...... ‘तत्कालीन प्रधानमन्त्री प्रचण्डले रुक्माङगद कटवाललाई प्रधानसनेापतिबाट हटाउने निर्णय गर्दा उपेन्द्र यादवले प्रचण्डलाई साथ दिए । तर, भारतीय सहयोगमा राष्ट्रपतिले कटवाललाई पुनस्थापित गराए । दूतावासले गच्छदारलाई प्रयोग गरेर उपेन्द्र यादवको पार्टी फुटाइदियो ।’ ...... उपेन्द्रले विजय गच्छदारलाई फोरममा ल्याउनु नै गल्ती भएको महसुस गरेको ...... पहिलो संविधानसभाको चुनावपछि उपेन्द्रले आफू पार्टीको अध्यक्षमा रहेर गच्छदारलाई संसदीय दलको नेता बनाएका थिए । तर, गच्छदारले फोरमलाई फुटाएर तहस नहस बनाइदिए । गच्छदारलाई उपेन्द्रसँग मिलाउने जेपी गुप्ताले पनि जेलबाट छुटेपछि उपेन्द्र यादवको साथ छाडे । ...... मधेस आन्दोलनबाट जन्मिएको राजनीतिक शक्तिलाई पछि प्रवेश गरेकाहरुले फुटाएपछि गच्छदारसँग उपेन्द्र यादवको मोह भंग भएको ...... ‘तर, विजय गच्छदार हरेक सर्वदलीय बैठकमा मोर्चाको संयोजक भन्दै सहभागी हुन थाले, मिडियाले पनि उनैलाई मोर्चाका संयोजक भनेर लेख्न थाले ।’ ....... गच्छदारले आफूलाई मधेसी मोर्चाको स्वघोािषत संयोजक बनाएर १६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो रिसाए । त्यसपछि गच्छदारलाई तत्काले मोर्चाबाट हटाइयो र चारदलीय मधेसी मोर्चा आन्दोलनमा होमियो । ...... उपेन्द्र यादव र महन्थ ठाकुरहरुले आफ्ना निकटस्थहरुलाई बताउने गरेका छन् कि मधेसी मोर्चाको संयोजक भन्दे गच्छदारले १६ बुँदे सहमतिमा हस्ताक्षर गर्नु फोरमलाई फुटाएजस्तै प्रकृतिको दोस्रो धोका हो । ....... संविधानसभाको प्रक्रियाबाट बाहिरिएर आन्दोलनमा आउँछु भनिरहेका गच्छदारलाई अब फेरि मधेसी मोर्चामा ल्याउँदा के हुन्छ ? यसबारे मोर्चानिकट एक नेता भन्छन्-

‘मोर्चामा ल्याउने हो भने गच्छदारले फेरि संयोजक हुँ भन्दै काठमाडौंमा बसेर कांग्रेस एमालेसँग सहमतिमा हस्ताक्षर गर्छन् र वार्ताका नाममा फेरि पनि मधेस आन्दोलनलाई तुहाउने काम गर्छन् ।

र, यो उनको तेस्रो धोका हुन सक्छ मधेसका लागि ।’

Comments