In The News (45)

संयुक्त लोकतांत्रिक मधेशी मोर्चा का ध्यानाकृष्ट हो ।************************************************१) संयुक्त लोकतांत...

Posted by Jay Prakash Gupta on Wednesday, September 9, 2015


संयुक्त लोकतांत्रिक मधेशी मोर्चा की बैठक आज सुबह ९:३० बजे से भैरहवा के रेड सन होटल में होने जा रही है।

Posted by Upendra Mahato on Wednesday, September 9, 2015

कुछ कर गुजरने की तैयारी है आन्दोलन अभी भी जारी है।

Posted by Upendra Mahato on Wednesday, September 9, 2015




८० के दशक में जब पंजाब हिंसा में झुलस रहा था , उस समय भारत के राष्ट्रपति ज्ञानी जैल सिंह थे , पंजाब में हो रहे हिंसक झड़प...

Posted by S Kumar Thakur on Wednesday, September 9, 2015




जब जब कोङ्रेश सरकारमा आउछ मुलुक मा नया नया हिन्सात्मक राजनीति को जन्म हुन्छ । होईन र ?

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


मानबअधिकार कर्मी र संचार कर्मी लाई खुल्ला प्रश्न - के यिनी नेपाली होईनन ? २ जना अपराधी काठमाडौं मा मारिदा ताहल्का मचाउने...

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


नैतिकता नभएका , सरकारमा जान जुनसुकै दल को पाउ पुजा गर्ने र परिबार भन्दा बाहिर न निस्किने मधेशी मुलका केहि राजनितिक ठग को...

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


मधेश माथी को राज्य आतन्क का बिरुध न बोल्ने हरु भोली हुने प्रतिबाद का मुख्य दोषी हुन । मधेश बाट कोङ्रेस र एमाले यसरि नै सिधिन्छ । ति लाश र घाउ हरु ले बषौ पिडा दि रह्ने छ । बुझी राखौ ।

Posted by Rajesh Ahiraj on Wednesday, September 9, 2015


राष्ट्रियताको वहसः केही घर्षणहरु
खासखास विशेषता भएको उत्पीडित जातिविशेषको पहिचानको सम्मानार्थ जातिको नामबाट प्रदेशको नाम राखिनुको तात्पर्य जातीय सङ्घीयतामा जानु किमार्थ होइन ...... मधेसी, किराँती, लिम्बू, तमु, तामाङ, मगर, थारु, मुसलमान, इसाई आदि इत्यादि समुदाय आ–आफ्नो आदि पहिचानसहित नेपाली पहिचानमा विस्तारित हुन चाहन्छन् ...... सङ्घीयताको आकाङक्षालाई उपेक्षा गर्दै सार्वजनिक गरिएको अन्तरिम संविधान च्यातेर उठेको मधेस आन्दोलन उत्कर्षतिर पुग्न लाग्दा नागरिक आन्दोलनको टोली मधेस दौडाहामा निस्क्यो । टोलीको पहिलो बास नवलपुरमा भयो । आन्दोलनको प्रकृति र प्रवृत्तिबारे चर्चा चल्दा

एक बृद्ध ब्राह्मणले बडो खिन्न स्वरमा भनेथे— ‘हैकम चलाउन भनेर पहाडबाट झरिया थ्यो, यी: यस्तो गति भो !’

........ श्री ३ को हैकमभरि मधेस–तराईका बासिन्दाले शिवरात्रिको मेला भर्न काठमाडौँ आउँदा फिमफेदीमा राहदानी लिनुपथ्र्यो । मेला सकिएपछि राजधानीलाई बिटुल्याउलान् भनेर प्रहरीले तिनलाई खोजीखोजी पक्रेर उपत्यकाबाट बाहिर लखेट्थ्यो । ऊबेला उर्बर मधेस–तराई त नेपालै थियो तर त्यो माटोका बासिन्दा भने अनेपाली एवं अनागरिक परचक्री थिए । अभिव्यक्तिको रुप फेरिए पनि मधेसी–तराइबासीलाई हेर्ने त्यो दृष्टिकोणमा अझै तात्विक अन्तर आएको छैन । ..... नवलपुरका बृद्ध बाको दुखेसोमा उत्पीडनको तृष्णा अझै तृप्त नभएको छनक पाइन्छ । र, मधेसी–तराईबासीको हुङ्कारमा उत्पीडनको पीडा र मुक्तिको आकाङ्क्षा गुन्जिन्छ । राष्ट्रियताको बहसमा यो तृष्णा र यो आकाङ्क्षाबीच कतै प्रस्ट र कतै प्रतीकात्मक रुपले द्वन्द्व भइरह्यो । ....... एकजना विद्वान्को बिछट्टको कथन मेरा कानमा अझै गुन्जिरहेछ । मधेसी राष्ट्रपति रामवरण यादवले दौरा–सुरुवाल लगाउनु हुने, बाँकी मधेसीहरुले चाइने किन लगाउनु नहुने ? ....... चाखलाग्दो कुरा के भने लगभग सवा सय सहभागी भएको त्यो कार्यक्रममा एकजना दौरा–सुरुवालप्रेमीले पनि दौरा–सुरुवाल लगाउने लेठो गरेको थिएन । ....... सहजकर्ता र संयोजकको आसनबाट गुरुगम्भीर मुद्रा रं विनम्र लबजमा मैले निवेदन गरेँ— बन्धु † मधेस–तराईका बासिन्दामाथि दौरा–सुरुवाल थोपेरर के तिनलाई गर्मी याममा सेकुवा बनाउन खोजिएको हो ? अनपेक्षित प्रश्न सुनेर बहसकक्ष स्तव्ध भयो । र, मौका छोपेर मैले ठट्टा गरेँ— दौरा–सुरुवालधारीमात्र राष्ट्रवादी तत्व हुने भए यहाँ भएका हामी सबै के हौँ ? सबका सब अराष्ट्रिय तत्व ? ....... अति जाडो हुने हिमाली भेगका बख्खु, दोचा र भुवादार टोपी, ठिक्क जाडो हुने पहाडी भेगका हिजोका भोटो–सुरुवाल वा दौरा–सुरुवाल वा भोटो–कछाड र उखर्माउलो गर्मी हुने मधेस–तराई भेगका पातला र खुकुला धोती–कुर्ता हाम्रा सामु छन् । पोशाक मर्यादा राख्ने र जाडो–गर्मीबाट जोगिने साधन मात्र नभई पहिचानसूचक संस्कृतिको अवयव पनि हो । ........

बहुभेषयुक्त नेपालमा कुनै एउटा पोशाक अन्य पोशाकधारीहरुमाथि थोपर्नु विविधताको सम्मान गर्नु हो कि विविधताको हुर्मत लिनु हो ? यो मेलमिलापको द्योतक हो कि द्वन्द्वका लागि जोरी खोजाइ हो ?

........ सदाबहार राष्ट्रवादी र पदीय राष्ट्रवादी । पूर्व महापञ्च सूर्यबहादुर थापा सदारबहार राष्ट्रवादी हुन् र शेरबहादुर देउवा हुन् करिबन सदावहार राष्ट्रवादी । रामवरण यादव, माधवकुमार नेपाल र झलनाथ खनाल पदीय राष्ट्रवादी हुन् । यी मानव पद पाए दौरा–सुरुवाल धारण गर्छन्, नपाए सर्ट–प्यान्ट वा धोती–कुर्ता हल्लाउँछन् । ......... जातिभन्दा माथि, क्षेत्रभन्दा माथि, वर्गभन्दा माथि र लिङ्गभन्दामाथि उठेर राष्ट्रिय अखण्डता र राष्ट्रिय गौरवको रक्षा गर । यो अर्ती बिर्तामोडभरि छताछुल्ल हुने गरी अभिव्यक्त भयो ।

महामहिम राष्ट्रपति रामवरण यादवको यो अति प्रिय अर्ती हो ।

त्यसैले त उनी जाति, क्षेत्र, वर्ग र लिङ्गभन्दा माथि उठ्ने अर्ती दिएर कहिल्यै थाक्दैनन् । माथि उठ्नुपर्ने यो आग्रहको अभिप्राय हो, राष्ट्रियताका सन्दर्भमा जे वर्चस्वशाली छ त्यसलाई नि:सर्त स्वीकार गर, जे छैन त्यसको लागि किचलो नगर ।

अर्थात् चलनचल्तीको नेपाली राष्ट्रियतालाई खुरुखुरु मानेर जुवामुनि नारिएको बूढो गोरुझैँ लुरुलुरु हिँड ।

यो आग्रहमा साँघुरो मानिएको नेपाली राष्ट्रिय पहिचानको पेटभित्र मुलुकका बाँकी यावत् राष्ट्रिय पहिचानहरुलाई कोच्ने र नेपाली समाजलाई अन्यायपूर्ण यथास्थितिको कैदी बनाइराख्ने जिद्दी ध्वनित हुन्छ । ..........

जसरी आफ्नै हातले आफ्ना कान समातेर कोही पनि हावामा उठ्न सक्दैन त्यसैगरी जाति, क्षेत्र, वर्ग र लिङ्गको यथार्थभन्दा माथि कोही पनि उठ्न सक्दैन । उठ भन्नु बकबास हो ।

......... विद्यापति र तिनका सन्ततिहरुको सांस्कृतिक अस्मितालाई तिरस्कार गर्दै तिनका शिरमाथि बलात् भानुभक्त थोपरिए ........ जनकपुर ओरपरका बहसहरुमा भानुभक्तको सालिकको कारुणिक कथा दोहोरिइरह्यो । कथा यस्तो छ । अन्धराष्ट्रवादी शाही पञ्चायतको पछिल्लो कालमा जनकपुर नगरीको नाभिस्थलमा नेपालीभाषी कवि भानुभक्तको सालिक खडा गर्ने यत्न गरिएछ । मिथिला सभ्यताका विभूति विद्यापतिका सांस्कृतिक सन्ततिहरुले त्यसको विरोध गरेछन् । र, कफ्र्यू लगाएर सङ्गीनको बलले विरोधलाई निरस्त तुल्याउँदै भानुभक्तको सालिक खडा गरिएछ । पछि ६२–६३ को आन्दोलनकालमा कफ्र्यूकै बीचमा त्यो सालिक ढालिएछ । यसरी कफ्र्यूदेखि कफ्र्यूसम्मको वीभत्स कथामा भानुभक्तको सालिक शेष भएछ । .......... सनातनी राष्ट्रवादको चश्मा लगाएर नेपालीभाषी कोणबाट हेर्दा भानुभक्तको सालिकको विनाश जघन्य ज्यादती हो । तर, हेर्ने कोण अर्को पनि त छ । ....... दमनको जबाफ प्रतिकार भयो । ...... जनजातिहरुका संस्कृतिका प्रतीक, गाथा र विभूतिहरु अङ्कित भएका खोलानाला, पाटीपौवा र चौतारी–देउरालीका नामको संस्कृतकरण गरी तिनको सांस्कृतिक अस्तित्व नै नामेट पार्न खोजिएको कथा झनै भयावह छ । ......... साझा राष्ट्रियताले तबमात्र सारभूत रुप धारण गर्छ जब राज्य र र सरकारप्रति आम नागरिकमा अपनत्व, ममत्व एवं समर्पण भाव जागृत हुन्छ । ....... मधेस–तराई भाषागत, जातीय र सांस्कृतिक दृष्टिले एक प्रदेश होइन, बहुप्रदेश हो । ....... केन्द्रीकृत र एकात्मक राज्यको विकल्प पुन: केन्द्रीकृत र एकात्मक राज्यै कसरी हुनसक्छ ? ..... लोकतान्त्रिक निर्वाचनको परिणामले प्रादेशिक सरकारको नेतृत्वको निरुपण गर्छ । अनि निर्वाचन र अग्राधिकारको तालमेल कसरी हुन्छ ? .......

राष्ट्रियताको बहसभरि व्याप्त दुई विपरित दृष्टिकोणबीचको द्वन्द्वको सारभूत कुरो यही हो । ‘मेरा आँखाले हेर’ भन्ने आग्रहमा बाँकीहरुका पहिचानलाई मेटेर तिनलाई आफ्नै अहंको सङ्कीर्ण प्रतिरुपमा ढाल्ने सनातनी हठ छ । उता ‘हेर्ने आँखा मेरा पनि छन्’ भन्ने आग्रहमा आफ्नो पृथक् पहिचान र अस्मिताको जब्बर दाबी छ । यी दुई आग्रहबीचको द्वन्द्वको चरित्र हेर्दा लाग्छ, साझा राष्ट्रियताको निर्माण हुनुअघि नेपाली समाजले थप द्वन्द्व र रक्तपात बेहोर्न बाँकी नै छ ।

आज जनकपुर मा बिहानै देखी पुलिस र जनता बिच झड्प सुरु भएका छ न ।

Posted by Condition of Janakpur Dham on Wednesday, September 9, 2015
नेपाल पुलिस की कुंठित मानसिकता, मधेशी के ऊपर दमन करने की सनक इस कदर बढ गई है कि अब घरों में घुस कर महिलाओं और बुजुर्गों को भी वहशी की तरह पीट रहे हैं। वो भी सिर्फ इसलिए कि उनके घरों के आगे से आन्दोलनकारियों का जुलुस निकला या उनके घर के बाहर किसी ने टायर जला दिया। नेपाल पुलिस और सशस्त्र प्रहरी के द्वारा विराटनगर में मधेशी जनता के घर में घुस कर किए गए महाअत्याचार की कुछ तस्वीरें

Comments