Wednesday, September 09, 2015

In The News (42)

Chandra Haang Yakthumba चन्द्र जी, एउटा सूचना अनुसार खस नेताहरुले पहाडी इलाकामा जनजाती आन्दोलन लाई दबाउन बिशेस प्रयासरत...

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015




एमाले देश द्रोहि, आतन्कारी, बाहुनबाद्, ज्यानमारा बिचार भएका हरु को दल भएकोले नेपाल लाई दुइ भाग मा विभाजन गर्न लागिपरेका छन ।

Posted by Mahesh Yadav Adhikari on Wednesday, September 9, 2015


Spoke to one of my friends in Mahottari, 9 people have been killed by terrorists of Nepali state in Jaleswar. The reason...

Posted by S Kumar Thakur on Wednesday, September 9, 2015


जनजातीहरुले दौरा सुरवाल खुबै अपनाएको देखिए पनि, दौरा सुरवाल जनजातिको नेटिभ पहिरन होइन. वर्षौ अघि नेपाली भाषा जस्तै दौरा सुरवाल पनि जनजाती माथि थोपरिएको हो.

Posted by Subhash Chandra Shah on Wednesday, September 9, 2015






राष्ट्रवादी ओली सरहरु, के मधेश छुट्टियोस् नै भन्न खोजेको हो र ?
तर त्यो आन्दोलनप्रति पहाडी आर्य–खस जातिवादी दम्भले भरिएको नेपाली राज्यसत्ताको कठोरता, तिनै जातिवादीहरुको हालीमुहाली रहेको कथित मूलधारका मिडियाको उदासीनता अथवा नकारात्मकता तथा ‘नेपाली’ मानवअधिकारवादीहरुको चुप्पी देख्दा लाग्छ, मधेशीहरु ‘नेपाली’ नै होइनन् र उनीहरुले ‘नेपाली सद्भाव’ भडकाउन आतंक मात्र मच्चाइरहेका छन् ! ......

मधेशको अस्तव्यस्तता र कष्टमा यी चरम ‘जातिवादी राष्ट्रवादी’ सत्ता, मिडिया र मानवअधिकारवादीले आफ्नो सरोकार कतै देख्दैनन् ।.... मधेश आन्दोलनको क्रममा २५ दिनमा एउटा पनि पहाडीमाथि आक्रमण भएको घटना मैले सुनेको छैन

...... उल्टो, संविधानभूखी श्री केपी ओलीले आफ्ना कार्यकर्तालाई आन्दोलनको प्रतिकार गर्न अह्राएका छन् । यो जनतालाई जनतासँग लडाउने प्रपञ्च हो र अधिकारको आन्दोलनलाई साम्प्रदायिक रंग दिने दुष्चेष्टा हो । ......

मधेशीहरुको शोषितबाट स्व–शासित हुने उत्कट चाहनालाई कुल्चिने दाउको खोजीमा रहेका ‘जातिवादी’ शासकहरु

..... कर्णाली, सुर्खेत, अखण्ड सुदूरपश्चिम तथा बाग्लुङको आन्दोलन कयौं दिनसम्म यिनै मिडियाको मुख्य समाचार बनिरह्यो र तिनको मागको खुलेआम वकालत नै गर्न पनि भ्याइयो । तर मधेश आन्दोलनलाई भने ‘सदभाव’ भड्काउन तथा विखण्डन गर्न घुसपैठियाको सहमा सञ्चालित आतंकको रुपमा चित्रित गरिँदैछ । ...... काठमाण्डुका ‘जातीय (मानव)अधिकारवादी’लाई त झन् २०६२/६३ सालको आन्दोलनमा दिउँसभर राज्यद्वारा घाइते र समातिएका आन्दोलनकारीको संख्या गन्न, साँझ तिनको उपचार र रिहाइको माग गर्दै विज्ञप्ति निकाल्दैमा फुर्सद थिएन । तर अहिले मधेश–थरुहटमा आन्दोलन भएको २५ दिन भइसक्यो, तर कुनै मानवअधिकारवादी मधेशमा जानु त परको कुरा, काठमाण्डुबाटै भए पनि सरकारी दमन र हत्याविरुद्ध कुनै विज्ञप्ति जारी गरेको सुन्नमा आएको छैन । राज्यसत्ताद्वारा २० जनाभन्दा बढी मधेशी आन्दोलनकारीको हत्या भइसक्दा पनि यी मानवअधिकारवादी चुप छन् । बरु कतै चियर्स गर्दै रमाइरहेका होलान् ! यिनले त मधेशी मारिएको देख्दैनन् र सुन्दैनन् । किन ? ‘मनु मखु, मर्स्या’ भएर हो कि ? ....... पहाडी आर्य–खस राष्ट्रवादी अहंकारमा चूर नेपाली राज्यसत्ताले जनकपुरको जानकी मन्दिर नेपालको हो, तर जनकपुरका जनता बाहिरिया (भारतीय) अथवा अनागरिक हुन् भन्ठान्छ । नेपाली जातिवादी सत्ताले जहिले पनि तराई–मधेशको भूभागलाई बिर्ता ठान्छ, तर त्यहाँका जनतालाई कहिल्यै अँगीकार गर्दैन । त्यहाँको भूमि नेपालको कब्जामा हुनुपर्ने, तर जनताचाहिँ नेपालको नहुने ! नेपाली सत्ताले र यसद्वारा संरक्षित जातीय तथा वर्गीय तप्काले मधेशलाई विजित भूमि र मधेशीलाई दासको रुपमा व्यवहार गर्दै आएका छन् ।


अनिश्चितकालीन आमहड्तालको २६औं दिन सप्तरीमा जे देखियो : फोटोकथा
तीन दलका नेताहरुले मधेसी तथा थारु समुदायको माग बेवास्ता गर्दै संविधान निर्माण प्रक्रिया अघि बढाएपछि सर्वसाधारण मधेसी तथा थारुहरुले ‘अपमानित’ महसुस गर्दै अन्तिम लडाइँ भन्दै आन्दोलनमा उल्लेखनीय संख्यामा सहभागी हुन थालेका छन् । ..... मधेसी तथा थारु नेताहरुले वार्ताका वातावरण बनाउन आग्रह गरिरहँदा सेना तथा प्रहरीको वलमा ‘तह’ लगाउने मनसायले वार्ता नगर्ने र जसरी पनि राति खाद्यान्न, पेट्रोलियम पदार्थ र केही सवारी साधन स्कटिङ गरेर लैजाने क्रम जारी थियो । .... तर मंगलबार सप्तरीको भारदहमा आन्दोलनकारीहरुले राजमार्ग पूर्ण रुपमा बन्द नगरेसम्म काठमाडौंमा बसेका ३ दलका नेताहरुलाई माग सम्बोधन गर्न बाध्य पार्न नसकिने ठहर गर्दै राजमार्ग कब्जा गर्ने रणनीति तय गर्यो । ....... भारदह नजिकैका सहभागीहरु घरबाटै खाना खाएर राजमार्ग कब्जा गर्न आएका थिए भने गाउँबाट सहभागी हुन आएकाहरुलाई सडकमै खाना बनाएर खुवाउने प्रबन्ध गरिएकोे थियो । ..... गाउँबाट आएका सहभागीलाई तीन दिनसम्म लाग्ने खाना खर्च सद्भावनाका नेता तथा संविधानसभा निर्वाचनमा प्रत्यासी उम्मेदबार रामबाबु साहले जिम्मेवारी लिएका थिए । मोर्चाका नेता कार्यकर्ताहरुले मंगलबार राति इलाका प्रहरी कार्यालय भारदहदेखि ५० मिटरपूर्व र २ सय मिटर पश्चिम गरी तीन वटा रुखहरु ढालेका थिए । .......

आन्दोलनकारीको योजनाअनुसार मंगलबार राति करिब ५ हजार सर्वसाधारणले राजमार्ग कब्जा गरेपछि प्रहरीले स्कटिङ गरेन । यता पूर्वबाट आएका गाडी सुनसरीको झुम्कामा करिब ५ सय संख्यामा जम्मा भइसकेको थियो ।

..... अश्रुग्याँसबाट निस्सासिएर अर्धचेत भएकाको सख्या सयौं रहेको छ ..... भारदहमा प्रहरीले चलाएको गोलीबाट थप एक जनाको मृत्यु भएको खबर सार्वजनिक भएलगत्तै कंचनपुर बेरियरस्थित ट्राफिक प्रहरीको ३ कोठे बिट आन्दोलनकारीले जलाएका छन् । प्रहरी बिट पूर्ण रुपले जलेर नष्ट भएको छ । ...... कंचनपुरमा आन्दोलनकारीहरुले लाठी जुलुस प्रर्दशन गरेका छन् । भने कदमाहामा थारु कल्याणकारी सभाका नेता तथा कार्यकर्ताहरु राजमार्ग कब्जा गरेर बसेका छन् । सप्तरीको दर्जनौं ठाउँमा आन्दोलनकारीहरुले रुख ढालेर राजमार्ग अवरुद्ध गरेका छन् । ....... गाउँगाउँबाट आएका सर्वसाधारण मधेसीहरु प्रहरीको गोलीको पर्वाह नगरी प्रदर्शनमा उत्रिएका छन् ।
एकपक्षीय समाचार प्रसारण गरेको भन्दै बिबिसी नेपाली सेवालाई खेद प्रस्ताव
बिबिसी नेपाली सेवाले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमको समाचार निष्पक्ष रुपमा सम्प्रेषण नगरेको भन्दै आदिवासी जनजाति महासंघ युकेले चेतावनी दिएको छ । ....... एकपक्षीय समाचार प्रसारण गरेको भन्दै आदिवासी जनजाति महासंघ युकेको बैठकले बिबिसी नेपाली सेवाप्रति खेद प्रस्ताव समेत पारित गर्दै महासचिव कमासिंह (कर्मा पहाडी) शेर्पाको संयोजकत्वमा विज्ञहरुको एक कार्यदल गठन गरेको छ । ........ बेलायतको आस्फोर्डमा सम्पन्न सो बैठकले गठन गरेको सो कार्यदलले बिबिसी नेपाली सेवाको हेडक्वार्टरमा हस्ताक्षरसहितको विरोधपत्र बुझाउने संयोजक शेर्पाले जानकारी गराएको छ । ....... बिबिसी नेपाली सेवाले गलत तथा भ्रामक समाचारहरु सम्प्रेषण गरी जातीय हिंसा मच्चाउने काम गर्दै आएको हुनाले बेलायत सरकार र मानवअधिकारको कार्यालयमा पनि सो विरोधपत्र बुझाउने छन् ।

No comments: