In The News (40)

आज मिति २०७२ भदौ २३ गते सम्मानित सर्वाेच्च अदालतको माननिय न्यायधीश गोविन्द कुमार उपाध्यायको एकल इजलासबाट आन्दोलनमा जीवन ...

Posted by Dipendra Jha on Wednesday, September 9, 2015




आन्दोलनकारी हुन वा सुरक्षाकर्मी, मारिएको ठाउँमा श्रद्धांजली अर्पण गर्न, सम्बेदनशीलता दर्साउने, राष्ट्रीय स्थरका नेता पुग्नुपर्ने हो । यत्तिका नागरिक मरिसक्दा पनि त्यतिसम्म भएको छैन ।

Posted by Kanak Mani Dixit on Wednesday, September 9, 2015


सुरक्षा निकायको ज़्यादतीले सबै सीमा नाघेको छ । घोर असहिष्णुता अपनाएको छ । यसैको परिणाम स्वरुप आज पु:न सप्तरीको भारदहमा ए...

Posted by Jay Prakash Gupta on Wednesday, September 9, 2015


मधेसमा घोर अन्याय हुँदैछ , मानवअधिकारको रक्षाको पहल होस !!---------------------------------------------------...

Posted by Tula Narayan Shah on Wednesday, September 9, 2015




नेपालको अहिले को तिन दलिय साशकको सोच - विचारधारा ठ्याकै सद्दाम हुसैनको जस्तो छ ।।सद्दाम हुसैनले आफ्नो स्वतंत्र हक़ अधिक...

Posted by Alisha Koirala on Wednesday, September 9, 2015


तीन जना शहिद थप एक जना, जम्मा चार शहिदमहोत्तरी जलेश्वरमा प्रहरीको गोलीले चार जना शहिद, दर्जनौ घाईते

Posted by Upendra Mahato on Wednesday, September 9, 2015




मानवीय संवेदना को सम्पूर्ण सीमा नाघेका नेपाल सरकारका गुण्डाहरु ले जलेश्वरमा ताकी - ताकी टाउको मा गोली हान्ने क्रमा मा ५ जना ले शहादत प्राप्त गरिसकेका छन भने दर्जनौं घाइते छन। शहिद प्रति क्ष्रद्धा - शुमन तथा घाईतेहरु को शिघ्र स्वास्थ्य लाभ को कामना!!!


बिरोध सभा- भैरहवा

Posted by सदभावना पार्टी on Wednesday, September 9, 2015




अाज भारदह र जलेश्वरका शहीदहरू प्रति
**************************************
भूगोलमा बाडिएको जनआकांक्षा एकात्म रगतको साइनोले पनि जोडन सक्दैन ।
–जय प्रकाश गुप्ता

भूपी शेरचनले लेखेका–

"हुदैन विहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुर्इचार सपूत मरेर नगए ।"

म र म जस्ता धेरै मित्रहरूका लागि उज्यालो नदेखिने पंचायतका दिनमा यी पंक्तिहरू प्रेरणा, अन्न र जल सबै थिए । के.पी. ओली पनि धेरै पटक यी पंक्तिहरूलार्इ गुनगुणाएको हुनैपर्छ । आज एकै दिनमा देशमा पांच जना शहीद भए । यी मृत्यूहरू निश्चय पनि निरूद्देश्य हैन् । जलेश्वरमा एकोहोरो २०/२२ बर्षका कलकलाउंदो उमेरका युवाहरू गोलीका शिकार भए । यी युवाहरूको उद्देश्यसंग एकथरीको विमति हुनसक्छ, तर

के.पी. ओलीले आजै प्रतिकृया दिंदै भनेको "रूखबाट २/४ आप झर्दैमा के नै हुन्छ र ? "

यो नेपाली राजनीतिमा उब्जेको संवेदहीनताको पराकाष्ठा हो । यी शहादतहरू रूखबाट २/४ वटा आप झरे सरहका पक्कैपनि होइन । यस देशकै सपूत मरेर गएको अवस्था हो । सपनाहरूलार्इ मारिएको हो ।

अहिले त महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तो, मातृका यादव–सबै "अब मधेस प्रदेश हैन, मधेस देश चाहिन्छ" भन्न थालेका छन् ।

तीन बर्ष अघि मैले "यस्तै अवस्था रहे मधेसको राज्यसंग सम्बन्ध टुट्न सक्छ" मात्र भनेको थिए । राष्ट्रपति रामवरण यादव जीले प्र.म. लार्इ बोलाएर म उपर कारवाही गर्न भन्नु भयो । उपेन्द्र यादव जी स्वयं फोरम नेपालको डेलिकेशन लिएर मलार्इ ठेगान लाउन प्रचण्ड जी कै सम्मुख तत्कालिन प्र.म. झलनाथ जीलार्इ उक्साउनु भयो । रेणु यादव, राम सहाय यादव अहिले पनि छन् । भनिन्छ, यसैपछि झलनाथ जीले मेरो मुद्दा हेर्ने न्यायाधिश सुशीला कार्कीसंग भेटेर दवाव दिनु भयो । जे होस्, प्रसंग त्यो होइन । प्रसंग हो, हालसम्मकै विद्यमान राज्य व्यवस्थाबाट पोषित महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महत्तोहरू अब अलग देश बनाउने कुरा गर्न थालेका छन् । हो, मधेस तिर यस्ता कुरा गरेर यिनीहरू काठमांडू आर्इ फेरी वार्ता गर्न ललायित हुन्छन् । मध्यस्थकर्ताहरू गुहारी रहेका हुन्छन् । तसर्थ, राज्य यिनीसंग डराएको छैन । हो पनि, यिनीहरू सिष्टमकै सबसिष्टम हुन् । यिनीहरू कुनैपनि बेला वार्ता गरेर राज्य अनुकूल हुन सक्छन् । यसर्थ राज्यले भय नमानेको ठिकै होला । तर, राज्यले बुझ्नु पर्ने कुरो त के हो भने आज भाद्र २३ गतेसम्म राज्यले मारेका १७ जना मधेसी युवाहरू कुनैपनि मधेसी नेताका लागि ज्यान दिएका होइनन् । उनिहरू आफ्ना सपनाका स्वयं वाहक थिए । त्यस सपनाका संवाहक यी मधेसी नेताहरू नहुन सक्छन् । उनिहरू खास सपनाका लागि ज्यान दिएका हुन् ।

आज भन्दा २६ बर्ष पहिले एक जना रामबहादुर थापा नाम गरेका मगर समुदायका मानिस अंचल प्रहरी प्रमुख भै राजबिराज आएका थिए । मेरो चिनजानका भएकोले राजबिराजमा मेरो भेंट हुदां मैले सोधेको थिएः एस.पी. साब कस्तो लाग्यो मेरो जिल्ला? उनको सहज जवाफ थियो । बडो सजिलो छ, सबै जना कानून मान्ने खालका छन् । यहांका मानिसहरू आपस्तमा झै झगडा गर्छन् । मारकाट गर्छन् । फेरी तुरून्तै एकजना पंच भलादमीलार्इ पैरवीका लागि साथ लिर्इ पिडीतले भन्दा पहिले पिडक म भा ठांउमा आर्इ पुग्छन र फलानोलार्इ कारवाही गरिदिनोस् भन्छन । कारवाहीको डरले भाग्नु पर्ने मानिस स्वयं नै प्रहरी सम्मुख हाजिर हुन्छन् । यस्तो ठांउमा मलार्इ काम गर्न बडो सजिलो भएको छ भनेर एसपी थापाले मलार्इ खुशी साथ सुनाएका थिए । हो, उ बेला बी.पी. कोइरालाहरू शसस्त्र बिद्रोह नै गरेपनि मधेस तिरका रामराजा प्रसाद सिंह काठमांडू बसेर सर्वोच्च अदालतमा कानून व्यवसायी भर्इ संबैधानिक क्रांतिको कुरा गर्ने बेला थियो । उहिलेको मधेस अहिले छैन ।

म स्वयं स्कूल पढदा हाम्रो राजा हाम्रो भेष प्राण भन्दा प्यारो छ भनेर नारा लाउथें । जीवनमा पहिलो पटक पानी फोटो खिंचाउदा पाल्पाली ढाका टोपी खोजेर फोटो खिंचाएको थिए । गांउछ गीत नेपाली...ज्योतिको पंख उचाली..स्कूलमा हरेक बिहान यो गीत गाउदां स्वर माधुर्यताको चिन्ता नगरी कराएर चिच्याएर गाउथें ।

अहिले त्यो अवस्था छ र? शाह राजतन्त्रले हामीलार्इ गुलाम बनायो, महेन्द्र राष्ट्रवाद मूर्दावाद–यस बिषयमा बच्चाबच्चाले तर्क गरिरहेको हुन्छ । अब मधेसको कुनैपनि बजारको फोटो स्टुडियोमा गर्इ फोटो खिचाउन भादगांउले वा पाल्पाली टोपी खोजी माग्दा पाइन्न् । सयौं थुंगा फुलका हामी एउटै माला नेपाली..सार्वभौम भै फैलिएका मेची महाकाली...यो गीत यताका स्कूले बच्चाले गाउदैनन् । माफ गर्नु होला, मैले अतिश्योक्तिपूर्ण कुरा गरेको हैन । रधुनाथ ठाकुर र गजेन्द्र नारायणको कुरा त धेरै पुरानो भै सक्यो । त्रिसठ्ठी सालको पहिलो मधेस आन्दोलनताका जताततै जय मधेस, जय मधेस भनी सुनेका पांच बर्षे दुधे बालक अहिले पन्द्रह बर्षका लक्का जवान भै जलेश्वर र बीरगंजका सडकहरूमा बलिदान भै रहेका छन् ।

त्रिसठ्ठी सालमा उदाएका मधेसका मसीहाहरू अहिले यी क्रांतिकारीहरूका नजरमा मधेस बेचूवा र बेइमान भएका छन् । मलार्इ पनि यस्तै ठान्दो हो ।



टीकापुर, भैरहवा, बीरगंज, कलैया, गौर, जलेस्वर र भारदह लगायतका मधेसी ठामहरूमा गरिएको नृशंसतापूर्ण हत्याकांड पछिको सद्भाव रैलीको अब के काम? सुशील कोइराला वा केपी ओलीले सेना प्रमुख वा शसस्त्र प्रहरीका प्रमुखको हातबाट तलवार लिएर मधेसमा बगेको रगतको अहालबाट पूर्व राजाले मिल्काएर गएको श्रीपेच नै अठाएर आफ्नो शीरमा लगाएपनि अब मधेसीको नयां राजा हुन सक्दैन । मधेसीको दिललार्इ अहंकारी राज्यसत्ताको तलवारले चिरेको छ ।

चिन र हंगकंग दुबैमा हान समुदायको जनसंख्या ९५ प्रतिशतको हाराहारीमा छ । दुबै एउटै हुन । एउटै रक्त, एउटै बाजे बराजुका बंशहरू । अधिकांश ताइवानीहरू पनि उस्तै हुन । हंगकंगे चिनीया जस्तै । तर, एकापसमा मिल्ने चिनीया सपना हंगकंगे चिनीया र ताइवानी चिनीयाका लागि दुस्वप्न सरह भएको छ । भूगोलमा बाडिएको जनहीत, सामुदायिक स्वार्थ तथा जनआकांक्षा एकात्म रगतको साइनोले पनि जोडन सक्दैन । चीन, हंगकंग र ताइवानले दिएको सन्देश यही हो । हामीलार्इ भारतको दलाल भनेपनि मधेस र भारतको सर्वथा फरक चाहना पनि उस्तै हो । एउटै देशको नागरिक भएपनि मधेस र पहाडको स्वार्थहरू फरक रहें झै । अब बन्न लागेको नेपालको संविधानले पर्वतीय क्षेत्रका दाजुभार्इहरूको हीतको सुरक्षण गरेपनि टीकापुर, भैरहवा, बीरगंज, कलैया, गौर, जलेस्वर र भारदह लगायतका मधेसी ठामहरूमा मधेसी युवाहरूको सपनाको हत्या गर्दैछ ।

हामी यस संविधानलार्इ मान्दैनौ । यो सत्य हो । रूखबाट २/४ आप झरेको जस्तो हैन ।



****
भाद्र २३, २०७२

Comments