Tuesday, September 08, 2015

In The News (38)


Meeting Youth leaders in a Tea shop...They are doing great Job ...!!!
Posted by Sarita Giri on Tuesday, September 8, 2015




मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका १०० भन्दा बढी सभासद् बालुवाटारमा जनजाति सभासद् पनि थपिए
नेपाली कांग्रेसका शीर्ष नेताहरूले मधेसका २० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व गर्ने १०० भन्दा बढी सभासद्सँग संविधान निर्माणबारे छलफल सुरू गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा जनजाति सभासद्हरू पनि थपिएका छन्। ...... मधेसका जनताको चित्त बुझ्ने गरी प्रदेशहरूको सीमांकन गर्नुपर्ने, जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्रको संख्या सुनिश्चित गर्नु पर्ने, समानुपातिक समावेशीको सिद्धान्त लागु हुनुपर्ने, मधेसी समुदायका समस्या हल गर्न छुट्टै आयोगको गठन हुनुपर्ने र आमा वा बाबुको नामबाट नागरिकता उपलब्ध गराइनु पर्ने माग राखेका छन्। ..... असन्तुष्ट मधेसी सभासद्को नेतृत्व कांग्रेसका दुई सभासद् सिरहाका सभासद् पद्मनारायण चौधरी तथा बाराका सभासद् फर्मुला मन्सुरले गरेका छन्। यी दुवै सभासद् प्रधानमन्त्री सुशील कोइराला निकट मानिन्छन्। ...... एकातिर संविधान निर्माण प्रक्रिया अघि बढेको र अर्कोतिर मधेसमा आन्दोलन चर्किदै गएकोले मधेसी सभासद्हरूले आफुलाई चेपुवामा पारेको महसुस गरेका छन्।

कतिपय सभासद्ले पार्टीले आफ्ना माग नसुनी संविधान निर्माण प्रक्रिया अघि बढाए 'फ्लोर क्रस' गर्नुपर्ने सुझाएका छन्।

गिरिजाको शालिक तोडफोड र पार्टी कार्यालयनै जलेपछि कांग्रेसको आक्रोश
नेपाली कांग्रेसले आन्दोलनका नाममा लोकतान्त्रिक आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको शालिक तोडफोड र राजनीतिक दलहरुका कार्यालय, नेताहरुको आवास, सरकारी कार्यालयहरु लगायत आम नागरिकको निजी सम्पत्तिमा क्षति पुर्याउनु निन्दनीय र दुःखदायी घटना भएको जनाएको छ ।


शिक्षकहरुद्वारा जलेश्वरमा विशाल जुलुस प्रर्दशन
पाकिस्तानलाई चार टुक्रा बनाउने भारतीय नेताको चेतावनी
प्रधानमन्त्रीले भने- ‘तराईको समस्या समाधान नगरी संविधान जारी हुन सक्दैन्’
'मधेसवादी दलसँग तत्काल वार्ता र छलफल गरिने'
महामन्त्री कृष्णप्रसाद सिटौलाले छलफलपछि पत्रकारसँग कुरा गर्दै तराईको समस्या समाधान नगरी संविधान जारी हुन नसक्ने भएकाले मधेसवादी दलसँग तत्काल छलफल गरिने बताउनुभयो ।


संविधानसभामा संशोधन प्रस्ताव : राष्ट्रिय झण्डा परिवर्तनदेखि बुद्ध नेपालमा जन्मेका हुन् सम्म
५४ जना सभासद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए । ..... संविधानसभाभित्रै छलफल भएर विधेयक तयार गर्न पाएको भए राम्रो हुन्थ्यो ..... चार ठूला दलका नेता बसेर विज्ञको सल्लाह नलिई सङ्घीयताको खाका बनाइएकाले असन्तुष्टिका आवाज बढेको ....... एकीकृत नवलपरासीसहित बर्दियासम्मको अर्को प्रदेश बनाउन सकिएमा ..... राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तनको गर्न सोही पार्टीका सिमाकुमारी विकले

सरकारी कामकाजको भाषा परिवर्तन गरिनुपर्ने

, लोकसेवा आयोगका काम कर्तव्य, निर्वाचन आयोगको प्रमुख तथा अन्य आयुक्तको नियुक्ति गर्दा समावेशी नीति अपनाउनुपर्ने वताइन् । ......... मौलिक हकमा

आदिवासी जनजातिलाई आत्मनिर्णयको हक थप गर्न

, उनीहरुलाई नीति निर्माण तहमा समावेश गर्न छुट्टै नीति तयार गर्न, आदिवासी महिलालाई पहिचानको अधिकार थप गर्न,

नौ प्रदेशको व्यवस्था हुनुपर्ने

........ दलित जनजाति पार्टी नेपालका यशोदाकुमारी लामाले “गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने कुरालाई प्रस्तावनामा नै समावेश गर्न र राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तन गर्न संशोधन प्रस्ताव राखिन् । ..... नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले तीन दलको मिलोमतोमा संविधान बन्न लाग्नु दुःखद् भएको भन्दै

राष्ट्र भाषाको व्यवस्था परिवर्तन गर्न

संशोधनको प्रस्ताव प्रस्तुत गरे ।
बारामा १३ प्रहरी चौकी उठाइए
सीमा आसपासका यहाँका १३ प्रहरी चौकी उठाइएको छ । ती प्रहरी चौकीहरु न्जिकैको जिल्ला प्रहरी, सशस्त्र बेस क्याम्प र इलाका प्रहरीमा सारिएको छ । तराई मधेसमा तीन सातादेखि भइरहेको आन्दोलनको क्रममा हुनसक्ने आक्रमणको सम्भावनालाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सीमा आसपासका १३ चौकीलाई व्यवस्थापन गरिएको प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।....... आन्दोलन चर्किदै जाँदा गत साता सदरमुकाम कलैयामा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि

गाउँलेहरु प्रहरीलाई निशाना बनाउँदै हुलका हुल प्रहरी चौकी पुग्न थालेपछि

चौकीहरु उठाउन थालिएको हो । 'एक त आन्दोलन उग्र छ, अर्कोतिर खुल्ाा नाका छ, त्यसैले

टीकापुरको घटनाबाट सचेत हुँदै

चौकीहरु उठाइएको छ,' एक सुरक्षा अधिकारीले भने, 'हतियार लुटने र आक्रमण गर्ने योजनाको सुचनासमेत आएकाले कमजोर जनशक्ति भएका चौकीहरुलाई नजिकैको सशस्त्र र इलाका प्रहरीमा सारिएको छ ।' ......... देवापुर र कचोर्वा प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजानीसमत गरेको थियो । त्यसपछि प्रहरीहरु चाकी छाडेर जोगिदै नजिकैको इलाका प्रहरीहरुमा पुगेका थिए । जिल्लामा ४५ वटा चौकीहरु रहेकोमा अब ३२ वटामा सिमित हुन पुगेको छ । जिल्ल्ाा सुरक्षा समितिका अनुसार खुला सिमासित जोडिएका र नजिकैका कचोर्वा, लङगडा चौक, श्रीनगर बैरिया, खजानी, पिपरपाती र 'ख' वर्गका ईलाका महेन्द्र आर्दश प्रहरी चौकीहरु सिम्रौनगढ इलाका प्रहरीमा सरेका छन् । ......

आन्दोलनकारीहरुले चौकी छाड्न चेतावनी पनि दिएकाले चौकी उठाउन सुरक्षा समितिलाई बहाना मिलेको हो ।

........ प्रहरी चौकी उठेपछि अपराध बढ्ने सम्भावना उत्तिकै देखिन थालेको छ । प्रहरी चौकी उठपछि अपराधबाट पीडित भएकाहरुलाई उजुरी गर्न समस्या भएको छ । प्रशुरामपुर ३ का विनोद यादव सोमवार घरको पुजाको सामान खरिद गर्न बाइकमा सिमावर्ती बजार छौडादानो जाँदै थिए । बाटैमा नचिनेका २ जनाको हतियारधारी समुहले उनले चढेका अन टेस्ट बाइक र उनीसित भएका ७० हजार सिमा नजिकैमा पुग्दा लुटिदिए । ...... अहिले उनी उजुरी दिन र लुटेरालाई पक्राउ गर्न कता जाऊ भन्दै भौतारिन थालेका छन् । 'नजिकैको कवहीगोठ एप्रका सरेपछि उजुरी दिन समस्या भएको छ,' पीडित विनोदले भने, 'लुटेरालाई खोजतलास गर्न प्रहरीलाई आग्रह गर्दा माहौल ठीक नभएकाले बाहिर जान नसकिने भनिरहेको छ ।' यसैगरी भुलुहीमा सोमवार दुईपक्षबीच झडप भएपछि एक पक्षले छुर्रा प्रहार गर्दा घाइते भएपछि उजुरी गर्ने चौकी गण्डक उठेपछि उजुरी गर्न समस्या भएको पीडितले बताए ।
मधेसको माग सम्बोधन गर्न नेतृत्वसँग एमाओवादी मधेसी नेताको माग
आन्दोलन गलत दिशामा जाने खतरा
'यदी त्यसो नगर्ने हो हामीप्रतिको विश्वासमा मधेसमा गुम्नेछ र फेरी अरु कोही नै नेता बन्ने अवस्था आउनेछ भन्ने हाम्राे भनाई हो ।' ..... मधेसबारे धारणा बनाउने गरी एमाओवादीका काठमाडांै बाहिर रहेका मधेसी नेताहरु पनि राजधानी आउन थालेका छन् ।


वीरगञ्जको ‘कर्फ्यू’ डायरी

विगत ८ दिनदेखि आर्थिक नगरी वीरगन्जमा स्थानीय प्रशासनले अनिश्चित कफ्र्यू लगाएको छ । चलायमान सहरमा कफ्र्यू जारी भएसँगै सर्वसाधारण, व्यापारी, कामदार सबै वर्ग निस्सासिएका छन् । दैनिकी परिवर्तन गरिदिएको छ, कर्फ्यूले ।

....... भित्री सहर केही खुकुलो भए पनि मूख्य बजार क्षेत्रका बासिन्दा दिनभरि घरमै थुनिन बाध्य छन् । त्यसमाथि गर्मीमा हुने लोडसेडिङले अझ पिरोल्ने गरेको छ । मेनरोड र आदर्शनगरका अधिकांश घर बिना कम्पाउण्ड निर्माण भएका छन् । बाहिर निस्कन खोज्दा रोडमै पुग्नुपर्छ, प्रहरीले देख्नासाथ हप्काइहाल्छन् । ..... संचारकर्मीलाई प्रशासनले साँझ ४ बजेदेखि पास उपलब्ध गराउने भयो । हामी सबै कर्फ्यु पास लिन जिल्ला प्रशासन कार्यालय पुग्यौं । सुरक्षा बैठक चलिरहेको भन्दै कर्मचारीले ६ बजे मात्रै पास दिए । कर्फ्यू उल्लघंन गरेर ३ वटा प्रहरी चौकीमा आगजनी, प्रहरीको गोली लागी एक घाइते जस्ता सूचनाहरु प्रशासनको परिसरमै हुँदा आएका थिए । ..... भोलिपल्ट मगंलबार पनि कर्फ्यू उल्लघंन गरी विभिन्न ठाउँमा प्रदर्शन भए । गाउँका प्रहरी चौकी जलाइएको खबर आए । ......

सुरक्षाकर्मीले हाम्रो मात्र तस्बिर खिच्ने, ढुंगा हिर्काउनेको नखिच्ने भनेर हपार्ने भने आन्दोलनरत पक्षले समाचार राम्रो कभरेज भएन भनेर तथानाम भन्ने ।

....... केही साथीहरुलाई साँझ परेपछि पास र ज्याकेट लगाउँदा पनि सुरक्षाकर्मीले दुव्र्यहार गरेपछि कर्फ्यू लागेदेखि साँझ नपर्दै घर फर्किने दैनिकी नै बनेको छ । ..... स्थिती नियन्त्रणमा आउन थालेपछि केही दिनयतादेखि प्रशासनले विहान र साँझ केही घन्टाका लागि कर्फ्यू हटाउन थालेको छ । दैनिक उपभोग्य वस्तु, दाल चामल तरकारी, ग्यास–पेट्रोल, बैंकको एटीएममा उपभोक्ताको लाम लग्ने गरेको छ । सिमित अवधिका लागि कर्फ्यू हटाइने भएकाले सबै हतारमा देखिन्छन् । ...... कर्फ्यूका कारण ग्यारेजमा थन्किएका रिक्सा घन्टी बजाउँदै बजारमा दौडिन्छन् । ग्यारेजबाट सडकमा रिक्सा निकाल्यो कि एक सय रुपैयाँ भाँडा साहुलाई बुझाउने पर्ने भएकाले रिक्साचालकका आँखा ‘प्यासेन्जर’ खोज्न चारैतर्फ दौडिरहेका हुन्छन् । कर्फ्यू अवधि सकिन आधा घन्टा बाँकी हुँदादेखि नै प्रहरीले ‘माइकिङ’ गर्न थाल्छन् । ..... फर्किने बेला सबैको हातमा झोला हुन्छ । अघिल्लो दिनमा अपायक समयमा कर्फ्यू हटाएको गुनासो बढेपछि प्रशासनले मंगलबार विहान ९ बजेदेखि १ बजेसम्म हटाएको छ । नीजि बैंकहरु खुलेपछि मंगलबार धेरैले राहत पाए । माइस्थानमा रहेको नेशनल हेयर सैलुनले १५ दिनपछि सटर खोल्यो । कपाल र दाह्री काट्नेहरु आफ्नो नम्बर कहिल्यै आउँछ भन्दै कुरिरहेका भेटिन्थे । ......

कर्फ्यु खुलेका बेला वीरगञ्जको बजार हेर्दा लाग्छ, दसैं आइसकेको छ, मानिसहरु दसैंको किनमेलमा व्यस्त छन् ।

...... ‘प्रहरीले नाकाबाट काठमाडौं लगायतका सहरहरुमा जाने इन्धन, एलपीजी ग्यास र खाद्यान्न बोकेको सवारी मात्र स्कर्टिङ गर्छ,’ विर्ताका खुद्रा व्यापारी बालकिशोर चौरसियाले भने, ‘स्थानीय बजारमा आपूर्ति शुन्य छ ।’ ....

आन्दोलनरत दल मात्र हैन्, सर्वसाधारणमा समेत मधेसको समस्यामा राज्य गम्भीर नभएको गुनासो बढ्दो छ ।

संविधानको विधेयकमाथि अन्तिम संशोधन दर्ता गराउने समय सकिँदा पनि सहमति नभएकाले बन्द कहिले खुल्ने भन्ने अन्यौल बढेको छ ।

No comments: