Monday, September 07, 2015

In The News (33)

पूर्वमा सेना अलर्ट
मधेसवादी दल र संघीय लिम्बुवान पार्टी नेपालले आन्दोलन सशक्त बनाउँदै लगेपछि सरकारले पूर्वी नेपालमा उच्च सतर्कता अपनाएको छ। ...... आन्दोलनमा प्रहरी परिचालन भएपछि थप क्षति हुन नदिन पूर्वाञ्चलका विभिन्न जिल्लामा नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको छ। कैलाली, बर्दिया, वीरगन्ज, रौतहटलगायत जिल्लामा आन्दोलन हिंसात्मक बनेपछि सेनाले पूर्वाञ्चलका १६ वटै जिल्लामा २४ घन्टे फोर्स तयारी अवस्थामा राखेको छ। ...... पूर्वाञ्चलको सुरक्षा बलियो बनाउन सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई परिचालन गर्न तयारी अवस्थामा राखिएको ...... आन्दोलन चर्कंदै गएपछि सेनाका सबै युनिटलाई उच्च सतर्कतामा राखिएको ..... पूर्वाञ्चलका १६ वटै जिल्लामा खटिनुपर्ने अवस्था आउनसक्ने भन्दै सेना तयारी अवस्थामा राखिएको ....... पूर्वी नेपालमा मधेस प्रदेश, थरुहट स्वायत्त प्रदेश र लिम्बुवान स्वायत्त राज्य माग गर्दै लगातार बन्द र हडताल भइरहेको छ। पूर्वी तराईका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा र उदयपुरमा सेनाको फोर्स तयारी अवस्थामा राखिएको छ। ...... आन्दोलनमा खटिएको प्रहरी टोलीले भीड नियन्त्रण गर्न नसक्ने बित्तिकै सम्भावित घटनालाई ध्यान दिँदै सेना खटाउन तयारी गरिएको जानकारी स्रोतले दिएको छ।स्रोतका अनुसार सेनाले विराटनगर, इनरुवा, दुहबी, राजविराज, लाहान, मिर्चैया, गाईघाटलगायत तराईका जिल्ला र लिम्बुवान पार्टीले थालेको पूर्वी नेपालका धरान, इटहरी, बिर्तामोड, दमक, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभालगायत स्थानमा निगरानी बढाएको छ।


शस्सत्र प्रहरी द्वारा आलम कुटिए
सद्भावना पार्टीका केन्द्रिय सल्लाहकार तथा मुस्लिम स्वायत परिषद्का केन्द्रिय संयोजक महमुद आलमलाई राति करिब १० बजेतिर शस्सत्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन् I घाइते अवस्थामा आलम लाई रात भर इलाका प्रहरी कार्यलय लहानमा राखिएको थियो i घाइते आलमका अनुसार मैले कोण सभामा कडा अभिवेक्ति दिएको कारण मलाई आन्दोलन चौक नजिक शस्सत्र प्रहरीको एक टोलीले मलाई दुरव्यवहार गर्दै गाली गलोज गर्न थाल्यो त्यसपछि म ‘ जयमधेश को नारा लगाई आउन थाल्दा मलाई ४/५ जना प्रहरीले बन्दुकको नालले हानि घाइते बनाएका हुन् i त्यसपछि वडा प्रहरी कार्यलयमा मलाई रात भरि राखी करिव ४ बजे बिहान मलाई घर पुर्याएका हुन् i अहिले आलमको लहान अस्पतालमा उपचार भैरहेको छ भने उपचारको क्रममा आलमको निधारमा ७ वटा टाका लगाइएको छ
राजकुमार लेखीले चुनौती दिए, “सक्छौ भने मलाई जेल हालेर देखाऊ”
आदिवासी जनजाति महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा थारु कल्याणकारिणी सभाका सचिवालय सदस्यसमेत रहेका लेखीले बुधबार गाईघाटमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शान्तिपूर्ण आन्दोलन गर्दा ‘सक्ने भए जेल हाल सुशील र वामदेव’ भन्दै चुनौती दिएका हुन् । .....

नेता लेखीले तीन हप्ता लामो आन्दोलनलाई समेत बेवास्ता गरेकाले सरकारले गृहयुद्ध चाहेको बताएका छन् ।

...... कैलालीको टिकापुर घटनापछि सरकारले आन्दोलनलाई दमन गर्न सेना परिचालन गरेर कर्फ्र्यु लगाएको भन्दै

इँटाको जवाफ पत्थरले दिने घोषणा गरेका छन् ।

...... टिकापुरामा सेना परिचालन र कर्फ्र्यु लगाएर २५ थारुको घरमा आगो लगाउने कार्यले सुशील र वामदेवले गृहयुद्ध चाहेको पुनः बताएका थिए । ....... राष्ट्रिय नागरिक पार्टी, नेपालका अध्यक्षसमेत रहेका लेखी आन्दोलनको १९औं दिन थारु कल्याणकारिणी सभा तथा आदिवासी जनजाति महासंघ उदयपुरले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न आइपुगेका हुन् । ....... आन्दोलनरत पक्षले विशाल सभा गर्ने उद्घोष गरेपछि चोक चोकमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रियुगा नगरपालिकाका विभिन्न स्थानबाट आन्दोलनकारी आउने कार्य जारी रहेको छ । ...... सशस्त्र प्रहरी बलको संख्या थप्न सिरहा र सप्तरीका विभन्न ठाउँबाट मगाइएको सुरक्षा स्रोतले बताएको छ ।


लिम्बूवान सङ्घर्ष समिति गठन, भदौ २४ र २५ गते आमहड्ताल गर्ने
समितिमा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान स्वशासित सङ्घ (एकीकृत), लिम्बूवान राज्य परिषद्, सङ्घीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल र किरात याक्थुङ चुम्लुङ छन्। .... सो सङ्घर्ष समितिले धर्म निरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलओ १६९, युएन ड्रिपलाई संस्थागत गर्ने समितिको उद्देश्य रहेको जनाएको छ।


कैलालीमा बिशाल प्रदर्शन, थारु नेतालाई ठीक पार्ने चेतावनी



आङकाजी रिहाईका लागि महन्थ ठाकुर र राजेन्द्र महतोको दबाब
मौलिक हक र मानवअधिकारको हनन् भएको सङ्घीय गठबन्धनको ठहर
सङ्घीय समाजवादी फोरम, नेपालको तिनकुनेस्थित पार्टी कार्यालयमा आइतबार वसेको बैठकले

जनताको शान्तिपूर्ण रुपले हिडडुल गर्न पाउने, अभिव्यक्ति दिन पाउने र राजनितिक विचार राख्न पाउँने संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको हनन् भएको

पनि ठहर गरेको छ ।


तनावग्रस्त जिल्लाका न्यायाधीश र कर्मचारी डरले राजधानीतिर
तराईमा बन्द, हडताल र तनाव बढदै गएपछि ती जिल्लाका न्यायाधीश तथा कर्मचारी धमाधम राजधानी आउने क्रम बढेपछि ..... श्रेष्ठले काठमाडौंमा न्यायाधीश राख्ने ‘डम्पिङ साइट’ नभएको .......

तराईका धनुषा, रौतहट र महोत्तरी जिल्लाका १२ न्यायाधीश सबभन्दा पहिला राजधानीमा आएका थिए ।

त्यसपछि तराईका अन्य जिल्लाका न्यायाधीश र कर्मचारी पनि धमाधम राजधानी आइरहेका छन् । न्यायाधीश तथा कर्मचारी गरी झण्डै १०० भन्दा बढी राजधानीमा नै रहने गरी आउन लागेपछि उनीहरुलाई व्यवस्थापन गर्न असजिलो हुने भएकाले सबैलाई बाहिर जान निर्देशन दिइएको हो ।


नेम्वाङलाई प्रचण्डले सोधे ‘अबको प्रक्रिया के हुन्छ?
नेम्वाङलाई अपराह्न एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले पनि टेलिफोन गरेर सोधे, ‘संविधानसभामा अब भोलि (मंगलबार) देखिको प्रक्रिया के हुन्छ?’ ...... नेम्वाङले जवाफ दिए, ‘भोलि संविधानको परिमार्जित विधेयकमाथि संशोधन दर्ता गराएका सभासदलाई क्रमैसँग आफ्नो प्रस्ताव अघि सार्दै धारणा राख्न समय दिइन्छ। त्यसपछि बुधबार संसदीय दलका नेताहरूलाई संविधानको परिमार्जित विधेयक र संशोधनबाहेकका केही विषयमा फरक मत राख्नुपर्ने अवस्था भए बोल्न समय दिइन्छ। त्यसपछि बोल्नका लागि नाम टिपाएका सभासदलाई समय दिइन्छ। अनि संविधान पारितको प्रक्रिया सुरु हुन्छ।’ ..... नेम्वाङलाई कांग्रेस र एमालेका प्रभावशाली र शीर्ष नेताहरूले नै यसै गरी ‘अब संविधान निर्माणको प्रक्रिया के हुन्छ? भनी भेटेर वा टेलिफोनमा सोधिरहेका छन्। ......

धेरैजसोले १६ बुँदे सहमति कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको माग सम्बोधन गर्ने कुनै बाटो छ कि? भनेर लगातार नेम्वाङसँग जिज्ञासा राखिरहेका छन्।

...... नेम्वाङको जवाफ छ, ‘अझै पनि एउटा अवसर छ। ५६ जना सभासदले राखेका संशोधन प्रस्ताव तपाईंहरूले ध्यान दिएर हेर्नुस्, कुनै न कुनैमा गच्छदारजीले अघि सारेका धारणा समावेश गर्न सकिने गरी संशोधन प्रस्ताव दर्ता भएको हुन सक्छ। त्यो प्रस्तावलाई तपाईंहरूले सहमति गरेर पारित गर्न सक्नुहुनेछ।’ ......... ‘त्यो प्रक्रियामा सहमत नभए के हुन्छ?’ नेम्वाङलाई ती दलका शीर्ष नेताको एउटै प्रश्न छ। नेम्वाङले उनीहरूलाई सोझो जवाफ दिन्छन्, ‘अहिलेदेखि नै वार्ता र छलफललाई तीव्रता दिनुस्। संविधान जारी भएको भोलिपल्टै संशोधन गरेर माग सम्बोधन गर्न सकिन्छ।’ ...... एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा सार्वभौम भएकाले कुनै न कुनै बीचको बाटो निकालेर पनि फोरम लोकतान्त्रिकको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। .......

५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन्।

तीमध्ये फिर्ता भएका ४ बाहेक अन्य संशोधनकर्ताले पालैपालो आफ्नो संशोधन प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा पेस गर्नेछन्। ......... छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिनेछन्। संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ। नभए प्रस्ताव अस्वीकृत हुनेछ। ...... भोटेले जनजाति महासंघका अध्यक्षसमेत रहेका कांग्रेस सभासद नगेन्द्र कुमालसँग संशोधन प्रस्ताव दर्ता गरेका थिए। कुमालले पनि फिर्ता लिने बताइएको भए पनि सोमबार अबेरसम्म फिर्ता लिएका थिएनन्।


कांग्रेसमा चिरैचिरा
तत्काल प्रक्रिया नरोके पार्टी निर्देशन अवज्ञा गर्ने

संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन्।

...... सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबाहेक सबैजसो नेताहरूले संविधानका कुनै न कुनै धारामा विमति राख्दै संशोधनको आग्रह गरेका छन्। नेतात्रयको संविधान विधेयकको एकोहोरो ढिपीलाई महामन्त्री कृष्णप्रसाद सिटौलाले भने साथ दिएका छन् । नेतात्रय र सिटौलाबाहेक केन्द्रीय समितिमा अरूको फरकमत देखिएको छ। ...... कतिपयले आफ्ना विमतिहरू पार्टीभित्र पेस गरेका छन् भने कतिपयले संविधानसभामै संशोधन प्रस्तावका रूपमा दर्ता गराएका छन्।

सरकारको नेतृत्व गरेको पार्टीभित्र नयाँ संविधानको विधेयकमा देखिएको यति धेरै विमतिलाई सम्बोधन गर्ने विषयमा तीनै नेता मौन छन्।

........ पार्टीभित्रका जनजाति, थारू, दलित र मधेसी सभासद्को संविधानसभामा पेस भएको विधेयक र कांग्रेस, एमाले र एमाओवादीले पेस गरेको साझा संशोधन प्रस्तावमा असहमति छ। जनजाति र दलितले आफ्ना असहमतिलाई संशोधन प्रस्ताव दर्ता गरेरै रेकर्ड गराएका छन्। ......

‘मधेस र थारू आन्दोलनलाई सम्बोधन नगर्ने हो भने हामी सबै सभासद्को घर जल्छ

, हिंसा बढ्छ’, सभासद् डिल्ली चौधरीले भने, ‘नेताहरूले मिलाउनुपर्छ, मिल्छ भन्दै आउनुभएको थियो तर तीन दलको साझा संशोधन परेपछि अब त्यो सम्भावना सकियो। मंगलबार नेताहरूसँग विस्तृत छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्छौं।’ ...... कांग्रेसका मधेसी र थारू सभासद्हरूले भने अझै पनि आफूहरूले उठाउँदै आएको माग नयाँ संविधानमा समावेश नहुने र तराईमा जारी आन्दोलनको बेवास्ता गरे संविधानसभा नै छोड्ने चेतावनी दिएका छन्। सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मधेसी र थारू सभासद्हरूको भेलामा बोल्ने अधिकांश सभासद्हरूले पार्टीले वास्तै नगर्ने हो भने राजीनामा दिनुपर्ने धारणा राखेका थिए। .......

‘संविधानसभाको प्रक्रिया अविलम्ब रोकी आन्दोलनरत समूहसँग वार्ता थाल्नुपर्ने भेलाको ठहर हो,’

सभासद् अजयकुमार चौरासियाले भने, ‘सबैलाई बाहिर राखेर संवधिान जारी गर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन, हामी यही कुरा पार्टी नेतृत्वसमक्ष राख्छौं।’ ......... कांग्रेसका नेतात्रय भने संविधानसभामा पेस भएको साझा संशोधन प्रस्तावमा तलमाथि गर्न नसकिने भन्दै सबैलाई संशोधन प्रस्ताव फिर्ता लिएर पार्टी नीतिअनुसार अघि बढ्न आग्रह गरिरहेका छन्। ‘सबैको माग सकेसम्म सम्बोधन भएको छ। तीन पार्टीबीच सम्झौता गर्नुपर्ने भएकाले कतिपय विषयहरूमा हामीले सम्झौता गर्नुपरेको हो। .....

कांग्रेसमा तीन दलले पेस गरेको संशोधन प्रसतावमा महामन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि, प्रभावशाली केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, अर्जुननरसिंह केसी, शेखर कोइराला, खुमबहादुर खड्कालगायत अधिकांश असन्तुष्ट छन्। असन्तुष्ट समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइरालालाई भेटेर तत्काल संविधानसभाको प्रक्रिया रोकेर आन्दोलनरत समूहसँग वार्ता अघि बढाउन आग्रह गर्ने भएको छ।



राज्यद्वारा गरिएको दमनको अमेरिकामा विरोध
मधेशमा जारी आन्दोलनमा राज्यले गरेको दमनको अमेरिकामा बस्ने विद्यार्थीहरुले विरोध गरेका छन् । अमेरिकाको वासिङटनस्थित व्हाइट हाउस अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


अब आर या पारको लडाई हुने : ठाकुर
मोरङ के १३ मधेशवादी दल एकसाथ कहा : अब की लडाई आर या पार की
मधेश आन्दोलन अन्तरीम संविधान में संस्थागत किए एजेन्डा को सड़क आन्दोलन से ही नयाँ संविधान में उल्लेख करवाने के लिए मोरङ में सक्रिय रहे सम्पूर्ण मधेश केन्द्रित दल एक स्थान में एक साथ खड़े हैं । ..... मधेश का हृदय पूर्व का जिला झापा , मोरङ और सुनसरी जिला को स्वायत मधेश प्रदेश के भीतर रखना होगा, मधेश आन्दोलन के बाद राज्य के द्वारा किए गए सम्झौता तथा अन्य उत्पीड़ित समुदाय का आन्दोलन के बाद हुए सम्झौता कार्यान्वयन करने के लिए मधेश केन्द्रित राजनीतिक दल तथा विभिन्न जातीय संघ संगठन एक हुए हैं मधेश बचाओ संघर्ष समिति के संयोजक उमेश यादव ने बताया । उन्होंने कहा कि मोरङ के १३ मधेशवादी दल तथा संघ संगठन एक होकर अधिकार प्राप्ति के लिए आन्दोलनरत हैं । उन्होंने कहा कि

एक होने के बाद मोरंग के मधेशी जनता अधिक उत्साहित हुए हैं और पहले से चार गुणा अधिक संख्या में उनकी उपस्थिति बढी है ।

............ संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा के साथ मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक ) मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) , नेपाल सद्भावना पार्टी, तराई मधेश राष्ट्रिय अभियान, मधेश बचाउ संघर्ष समिति, मधेशी युवा विद्यार्थी संघर्ष समिति के साथ ही बृहद मधेशी नागरिक समाज भी अब से संयुक्त रुप में एक होकर निर्णायक आन्दोलन का उद्घोष किए है । ...... संघिय समाजवादी फोरम नेपाल के मोरङ अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टी के मोरङ अध्यक्ष चन्द्र राजवंशी, मधेश बचाओ संघर्ष समिति के उपाध्यक्ष उमेश यादव, तराई मधेश सद्भावना पार्टी के जिला अध्यक्ष रमानन्द साह, फोरम गणतान्त्रिक के मालबाबु सहनी, तमरा अभियान के जफर जमाली और राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन के जिला अध्यक्ष साहव अहमद गुड्डु ,बृहद मधेशी नागरिक समाज के सुर्यनाथप्रसाद सिंह ने एक होकर आन्दोलन करने में एक्यबद्धता बताई ।
अधिकार नपाए सम्म आन्दोलन जारी रहने - उपेन्द्र यादवको चेतावनी



‘कांग्रेस, एमाले र एमाओवादीविरुद्ध विद्रोह गर्नुस्’
यो मुलुक कति मुर्ख नेताहरूले चालएका छन् ?
‘एमाले अध्यक्ष केपी ओलीले मधेशी र थारुको माग थाहा छैन भन्नुहुन्छ’, सुमनले भन्नुभयो, ‘यो देश कति मुर्ख नेताले चलाइ रहेको छ भन्ने पुष्टि हुन्छ ।’ ..... थारु र मधेशीहरूको माग सम्बोधन गर्न तदारुकता नदेखाउने कांग्रेस, एमाले र एकीकृत माओवादीमा सभासदहरूलाई बसिरहनुको कुनै अर्थ नहुने बताउनुभएको छ । ‘कांग्रेस, एमाले र एकीकृत माओवादीका सभासदहरूले अब न्यायापूर्ण विद्रोह गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अधिकार र पहिचानका लागि आफ्नै दलका नेता र सभासदले भनेको नमान्नेहरूविरुद्ध विद्रोह गरौँ ।’ .... थारु र मधेशीले अगाडि सारेका मागलाई संविधानको विधेयकमाथि प्रमख तीन दलले शनिबार राति दर्ता गराएको संशोधन प्रस्तावले नसमेटेको जनाएका मधेश केन्द्रित राजनीतिक दलले आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाउने जनाइसकेका छन् । उनीहरू सरकारलाई आन्दोलनबाट घुँडा टेकाउने अभियानमा जुटेका छन् ।
‘आर या पार’को आन्दोलन : उपेन्द्र यादव



सरकारले आन्दोलनको स्वर सुनेन : महन्थ ठाकुर
‘अठार हजार मरेपछि एमाओवादी त आए, मधेसी किन नआउने ?’
विगतमा मधेशवादीसँग भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्ने जिज्ञासामा रिजालले आफ्नो सुविधा अनुसार जसले जसरी व्याख्या गर्दा पनि हुने बताए अब पछाडि फर्किए संविधान नबन्ने खतरा रहेको प्रस्ट गरे । .....

‘संविधान बन्नका लागि मन नपरेका विषयमा त एमाओवादीले सहमति जनाएर आएभने मधेशवादी किन आउन नहुने ?’

...... संविधान निर्माणको काम निकै अगाडि बढेकोले सबै प्रक्रिया पूरा गरिसक्दा अब यो असोजको दोस्रो सातासम्म आउने सम्झावना बढेको रिजालले बताए । उनले माओवादी द्वन्द्वको उदाहरण दिदैं भने,‘अठार हजार मानिस मर्नेगरी भएको माओवादी संघर्ष त टेबुलमा आई वार्ता गरेर समाधान भयो भने मधेशको माग पनि हुनसक्छ ।’


आङकाजीको रिहाइका लागि चक्काजाम गरिँदै
पूर्व राजदूत डा. गणेश योञ्जनको संयोजकत्वमा बौद्धका स्थानीयबासीले शेर्पालाई ससम्मान रिहा गर्न माग गर्दै १ घण्टा चक्काजाम गर्ने भएको हो । साइबर क्राइमको आरोपसहित थुनामा राखिएका शेर्पाको पक्षमा बेलुकी ४ बजे देखि ५ बजेसम्म पासाङ ल्हामु चोक, चुच्चेपाटीदेखि जोरपाटी चोकसम्म चक्काजाम गरिने आयोजकहरुले जनाएका छन् । ..... चक्काजाममा सहभागी हुन सम्पुर्ण शेर्पा समुदायलगायत बौद्धबासीलाई भोलि ३ बजे चुच्चेपाटी आइपुग्न अनुरोध गरिएको शेर्पा संघका पूर्व महासचिव निमा तुण्डुप शेर्पाले जानकारी दिएका छन् । ...... निमा तुण्डुप शेर्पा भन्छ्न्, ‘आङकाजी शेर्पा शेर्पा समुदायको मात्र नभएर सम्पूर्ण जनजातिको अधिकारलाई सुनिश्चित गर्न लागिपरेका एक योद्धा हुन् । त्यसैले अहिले राज्यसत्तामा बसेकाहरुले अपहरण शैलीमा उनलाई थुनामा राखेकोमा

बौद्धबासीहरु आक्रोशित छन् ।’

मोर्चाको बैठकमा जब गच्छदार रोए…
बैठकमा उनले संविधान जसरी पनि जारी गरेर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभाुमख बाँडीचुँडी खाने दिवास्वप्नमा तीन दलका नेता डुबेको भन्दै आफूलाई अहिलेको अवस्थामा प्रधानमन्त्री दिए पनि नचाहिने बताएका थिए। .... फोरम गणतान्त्रिकका अध्यक्ष यादवले सोमबार बस्ने बैठकले भावी कार्यक्रम घोषणा गर्ने जानकारी दिए।


भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द
स्थानीय किसान भन्छन्- हाम्रा कुरा खान दिँदैनौं, गोली पनि खाँदैनौं
आन्दोलनकारीको आग्रहमा मर्चवार, लुम्बिनी लगायत क्षेत्रका किसानहरुले दूध, तरकारी लगायतका सामाग्रीहरुको बिक्री वितरण ठप्प पारेका छन् । .... ‘हिजो प्रहरीले मेरो मधेसी भाइलाई गोली हन्यो, भोली मलाई पनि गोली हान्न सक्छ,’ मोर्चाको आन्दोलनमा सहभागी भएका गोनाहाका तरकारी व्यवसायी मोहम्मद खलिल शेखले अनलाइनखबरसँग भने, ‘त्यसकारण हामी तरकारी व्यवसायीहरुले भैरहवामा तरकारी लैजान बन्द गरेका हौं । हाम्रा कुरा खान दिँदैनौं, गोली पनि खाँदैनौं।’ ...... आन्दोलनकारीले भैरहवा नगर क्षेत्रका बिभिन्न ठाउँमा छेकबार लगाएर आवत जावत बन्द गराएका छन् । रुपन्देही प्रशासनले जिल्ला सदरमुकाम भैरहवा नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको विरोधमा उनीहरुले आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका हुन् । ...... मैनैहिया ५ का दूध व्यवसायी जनार्दन यादवले आफ्नो सतिसावित्री पशु फार्म बन्द गरेर आन्दोलनमा होमिएको बताए । उनले भने,

‘भैरहवामा दूध बेच्न लैजान्नौं, बरु आन्दोलनकारी साथीहरुलाई खुवाउँछौं ।’

No comments: