Monday, September 07, 2015

In The News (32)



कसले बुझ्ने राउत परिवारको पीडा (रिपोर्ट)
आइतबार बिहान तराई मधेसका अन्य क्षेत्रमा जस्तै भारदहमा पनि श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी चल्दै थियो । सबैका घरमा पूजा मन्दिर बनाइएको थिए । तर, भारदहकै राजीव राउतको घर सुनसान थियो । ...... बाजागाजाका साथ स्थानीय रमझम गरिरहँदा राजीवकी श्रीमती निलमको गहका आँसु ओभाएका थिएनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा चलिरहेको मधेस आन्दोलनको तेस्रो दिन भारदहमा प्रहरीको गोली लागेर ढलेका राजीव उठेनन् । आइतबार राजीवको घरमा पुग्दा राजीवका बुबा भीमे गाईगोठबाट दुवै हात जोड्दै बाहिर निस्किए । तर, छोराको निधनको पीडाले राम्ररी बोल्न सकेनन् । ‘म घरमै थिएँ । ऊ कतै निस्कियो, केही समयपछि गोलीको आवाज आयो, उसलाई लागेछ,’ उनी भावुक बने, ‘ऊ गोली लागेर मर्‍यो,

मैले यो आन्दोलन मधेस प्रदेशभन्दा अरू बुझेको छैन ।’

.......... उनले मधुरो स्वरमा थपे, ‘यो घर हेर्नुहुन्छ ? यो घरमा हरेक वर्ष मूर्ति बनाएर कृष्णाष्टमी पर्व मनाउथेँ । तर, भगवानले मेरो छोरालाई लिएर गए । भगवानले छोरालाई नलगेको भए अरू घरमाझैँ मेरो घरमा पनि रमझम हुन्थ्यो ।’राजीवको घरको आँगनमा पुग्दा उनकी आमा मदियादेवी भान्छाबाट निस्किइन् । ‘मेरो छोरा मर्‍यो, अब के गरेर बस्नु ? उनी भावुक बनिन् । हातमा दूधे बालक लिएकी निलम भने बोल्न सकिनन् । उनी तीनमहिने छोरी समातेर उभिएकी थिइन्, उनको १८ महिने छोरालाई दाजुले समातेका थिए । .......

१ भदौमा २४ वर्षीय राजीव राउतको ज्यान गएका थियो । रावतको निधनसँगै सप्तरीमा मधेस आन्दोलन चर्कंदै गएको छ ।

अहिले सदरमुकाम राजविराज, भारदह, रुपनी, कल्याणपुर, हनुमाननगर, नारदह, कठौनालगायतका केन्द्रमा आन्दोलन चर्कंदै गएको छ । उनीहरूले ती ठाउँमा

दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

........ प्रदर्शन र विरोधले २३औँ दिनसमेत सप्तरीको प्रमुख बजार ठप्प छन् । सामुदायिक तथा संस्थागत सबै विद्यालय पूर्ण रूपमा ठप्प छन् । पूर्वपश्चिम लोकमार्गमा २३ दिनदेखि दिनभर लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । राति भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगाएर लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने गरिएको छ । लगातारको बन्दले भएका कलकारखाना चलेका छैनन् भने बजारमा दैनिक उपभोगका सामग्री अभाव हुन थालेको छ । ........ पूर्व–पश्चिम लोकमार्गमा नेपाली सेना खटिने गरेको छ ..... भारदहमा झन्डै पााच सय बिघामा केराखेती गरिएको छ । त्यसबाट कम्तीमा दैनिक पााच ट्रक केरा उत्पादन हुन्छ । तर, अहिले केरा बोटमै कुहिरहेको छ । .... खाद्यान्नको संकट हुँदैन । मलको पनि खासै समस्या छैन । हामीले अत्यावश्यक सामग्रीको आपूर्ति गरेका छौँ । .... आन्दोलनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ । यहाँका अन्य दल सामाजिक संघसंस्था सबै शान्तिपूर्ण आन्दोलनको समर्थनमा छन् । हामीले खोजेको पहिचान र अधिकार हो । २०६३ मा मधेसीसँग गिरिजाप्रसाद कोइरालाले गर्नुभएको सम्झौता कार्यान्वयन भए हामीलाई पुग्छ । अब आन्दोलनको स्वरूप परिवर्तन गर्छौँ । अबको आन्दोलन राज्यको गतिविधिमा भर पर्छ । दमन भए प्रतिरोध अवश्य हुन्छ ।


मधेश आन्दोलनमा विवेकशील नेपालीको समर्थन
विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले आईतबार प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको पत्रमा संविधान निर्माणका दौरान उठेका विरोध र मागलाई सुनुवाई नै नगरी दमनको विकल्प रोज्नु लोकतान्त्रिक मूल्य मान्यताको विपरित रहेको बताएका छन् ।
सावधान मधेशी ! एमालेले खटायो युवा संघ
मधेशमा जारी आन्दोलनले अब साम्प्रदायिक रुप लिने पक्का भएको छ । यसअघि सम्म अधिकारका लागि लडिरहेका मधेशीहरुको आन्दोलन गृहमन्त्री बामदेव गौतमले प्रहरी र सेना लगाएर रोक्न नसकेपछि अब एमाले अध्यक्ष केपी ओलीले युवा संघलाई मधेशको आन्दोलनलाई प्रतिकार गर्न फिल्डमा खटाएका छन् । ..... यस अघिसम्म मधेशीको आन्दोलनलाई हिंसात्मक र साम्प्रदायिक भन्दै आएको एमाले पार्टीले आफ्नो कार्यकर्तालाई परिआए भिडन्त गर्नु भन्ने सम्मको निर्देशन दिएको छ । ..... मधेशको सडकमा मधेशी दलका नेता कार्यकर्ता भन्दा बढी सर्वसाधारण जनता रहेका छन् । ती जनताविरुद्ध एमाले पार्टीले आफ्ना तालिमप्राप्त युवा संघका लडाकु परिचालन गरेको छ । यसले जारी आन्दोलनमा युवा संघका कार्यकर्ता र मधेशी जनताबिच मुठभेड हुने, रक्तपात हुने र सिंगो मधेश आन्दोलन नै बदनाम हुनसक्ने डर पनि छ । ..... एमालेको युवा संघ पहिलेदेखि नै अराजक गतिविधि गर्न बदनाम संगठन हो । यसका नेताहरु पनि समय समयमा ठूलो विवादमा आइरहन्छन् । युवा संघले राजनीतिक भन्दा पनि गुण्डागर्दी र हिंसात्मक झडप तथा भिडन्तका कामहरु गर्दै आएको प्रशस्त उदाहरण छ । ...... एमाले पार्टीकै नेताहरुले एमाले भ्रातगठन युवा संघलाई गुण्डागर्दी गर्ने संगठनका रुपमा भन्दै आएका छन् । ...... युवा संघले मधेश आन्दोलनमा उत्रिने आन्दोलनकारीमाथि प्रहार गर्नु, आन्दोलनमा भिजिलान्ते बन्नु र आन्दोलनलाई साम्प्रदायिक तथा हिंसात्मक रुप दिन सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । ...... सडकमा रहेको प्रतिपक्षीविरुद्ध सत्तापक्षले आफ्ना कार्यकर्ता सडकमा उतार्नु घोर अराजनीतिक कदम हो । ...... मधेशी नेता तथा आन्दोलनरत मधेशी जनता युवा संघका कार्यकर्ता र आन्दोलनमा आउने घुसपैठिया तथा भिजिलान्तेबाट सतर्क रहन जरुरी छ ।
तीन दलले धोका दिए : गच्छदार
गच्छदारले तीन दललका नेताले आफूलाई मात्र नभई सम्पूर्ण जनतालाई धोका दिइएको र त्यसको बदला जनताले लिने बताएका छन् । .... गच्छदारले मेचीदेखि महाकालीसम्मका मधेशका जनताको आन्दोलनको एजेन्डा सम्बोधन नभएसम्म संविधान निर्माणको प्रक्रियामा नजाने पनि दोहर्याएका छन् । ..... उनले थारु आदिवासी जनताको माग सम्वोधन नभएसम्म संविधान निर्माणमको प्रक्रियमा नजाने र दबाब मुलुक कार्यक्रम गर्न बताए । तीन दलका ठूला नेताहरु मुलुकमा द्वन्द्व सिर्जना गर्ने किसिमको संविधान निर्माण गर्नेतर्फ अग्रसर भएको आरोपसमेत लगाए ।

No comments: