Monday, September 07, 2015

In The News (31)

डा. भीमार्जुन आचार्य र गगन थापासंग



तराईका ६ जिल्लालाई स्वायत्त थारुवान प्रदेश नबनाए देशमा अर्को युद्ध सुरु हुने थारु नेताहरुको चेतावनी
इटहरी– मुलुकमा जारी हुन लागेको नयाँ संबिधानमा थारु जातीहरुको पहिचान नसमेटिए संबिधान जलाउने र च्यात्ने थारु नेता तथा सभाषदहरुले चेतावनी दिएका छन । ...... तराईका ६ जिल्ला सुनसरी , मोरङ्ग , झापा , उदयपुर, सिरहा, सप्तरीलाई स्वायत्त थारुवान प्रदेश नबनाए मुलुकमा अर्को युद्ध सुरु हुने चेतावनी समेत दिएका छन् ।


ह्‍वीप नमाने दल त्याग
कांग्रेस, एमाले र एमाओवादीले संविधानसभामा मत विभाजनका वेला दलीय ह्वीप नमान्ने सभासद्हरूलाई दल त्याग ऐन २०५४ अनुसार कारबाही गर्ने भएका छन् । ...... एमाओवादीले संविधानको विधेयक पारित गर्ने क्रममा पार्टी नीति विपरीत मतदान गरे सभासद्लाई कारबाही गर्ने तयारी गरेको छ । एमाओवादीले त्यसरी ह्वीप लगाउने निर्णय गरेको जानकारी संविधानसभा सचिवालयलाई समेत गराइसकेको छ, अहिलेलाई यो विषय गोप्य राख्ने आग्रहसहित । ...... १६ भदौमै संविधानसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि सभासद्हरू पार्टी नीति विपरीत जान नपाउने निर्णय गरेको छ । ...... ‘संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलहरूसँग छलफल गरी दुईतिहाइ बहुमत पु¥याउने सुनिश्चित गरेर मात्र संशोधन प्रस्ताव प्रस्तुत गराउने जिम्मेवारी पार्टी नेतृत्वलाई दिने र संशोधन प्रस्ताव प्रमुख सचेतकले पार्टी नेतृत्वको निर्देशन बमोजिम प्रस्तुत गर्ने’ बैठकको निर्णयमा उल्लेख छ । कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्का भन्छन्, “कसैले पार्टी ह्वीप उल्लंघनको रहर गर्छ भने कारबाहीको भागीदार बन्छ ।” ...... संविधानसभामा दलका नेता रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त ८ भदौमै आफ्ना सभासद्हरूलाई ‘फ्लोर क्रस’ नगर्न निर्देशन दिएका थिए । एमालेका सचिव प्रदीप ज्ञवाली निर्णायक समयमा पार्टी अनुशासन नमान्नेमाथि कठोर कारबाही हुने बताउँछन् । उनका अनुसार, त्यस्ता सभासद्लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनसम्म गरिनेछ । ......... अन्तरिम संविधान २०६३ ले सुषुप्त अवस्थामा पुर्‍याइदिएको दल त्याग ऐन २०५४ लाई तत्कालीन एमाओवादी सरकारले ल्याएको ‘गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६’ त्यसले संशोधन गर्‍यो । ७ माघ २०६६ मा संशोधन गरेर यो ऐनमा संविधानसभामा पनि व्यवस्थापिका–संसद्मा जस्तै ह्वीप लाग्ने व्यवस्था राखिएको हो । ...... तर एउटै फरक के छ भने– संविधानसभामा दलका नेताले ह्वीप जारी गर्नुपर्छ । (हे. बक्स) संसद्मा भने सचेतकको निर्देशन पालना गर्नुपर्छ । कांग्रेस, एमाले र एमाओवादीले ह्वीप लगाएपछि संविधानसभामा सजिलै दुईतिहाइ पुग्छ । ........ संविधान निर्माण अन्तिम चरणमा पुगिसकेको छ । त्यही अनुसार, भदौ मसान्तभित्र नयाँ संविधान जारी गर्ने तयारी भइरहेको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ बताउँछन् । उनका अनुसार, ढिलोमा पनि २२ भदौभित्र संविधानसभा बैठक बसिसक्नेछ । ‘अधिकार हाताहाती चाहिन्छ’ भन्नेहरूलाई सुझव दिंदै सभाध्यक्ष नेम्वाङ भन्छन्, “प्राप्त उपलब्धिहरूलाई संस्थागत नगरे चित्त नबुझेकाे विषयमा छलफल गर्न पनि नपाउने अवस्था आउन सक्छ ।” ....... विधेयकको धारा पारित गर्दा ध्वनि मत र सिंगै विधेयक पारित गर्दा मत विभाजन गर्नुपर्ने कानूनी व्यवस्था छ । १० प्रतिशत (६१ सभासद्) ले माग गरेको अवस्थामा भने धारा–धारा पारित गर्दा पनि मत विभाजन गर्नुपर्ने हुन्छ । ...... नाम उल्लेख गर्न नचाहने ती अधिकारी संविधानसभाले नै सबै काम गर्ने भएकाले राष्ट्रपतिलाई चित्त नबुझ्े पनि संविधान जारी हुने बताउँछन् । एमाले सचिव ज्ञवाली प्रक्रियागत रूपमा संविधान निर्माणमा केही अवरोध बाँकी नरहेको बताउँछन् । .....

सचिव ज्ञवालीका अनुसार, सीमांकन विनाको संविधान आउन लाग्यो भनेर बखेडा झ्क्निेहरूले नै सीमांकन ठीक भएन भनेर विरोध गर्नु जायज मागमा पर्दैनन् ।

..... मधेशी समुदायका सभासद्हरूले ‘फ्लोर क्रस’ गर्ने संभावनालाई ध्यानमा राखेर ह्वीपमा कडाइ गरिएको कांग्रेस र एमाओवादीका नेताहरू बताउँछन् । सभासद् अमरेशकुमार सिंहलाई पार्टीले कारबाही गर्न नसकेको विषयमा आलोचना भएपछि कांग्रेसले ह्वीप लगाउने विषयमा कडा रूपमा प्रस्तुत हुन लागेको हो । “जिम्मेवार सभासद्ले ह्वीप उल्लंघन गर्नुहुन्छ जस्तो लाग्दैन”, कांग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठ भन्छन्, “उल्लंघन गरिहाले दल त्याग ऐन छँदैछ ।”



जबरजस्ती संविधान जारी गरिए देशै ठप्प पार्ने माओवादी मोर्चाको चेतावनी
मोर्चाको बैठकमा बिजय कुमार गच्छदार धुरुधुरु रोएपछि
अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन् । ..... ‘तीन दलका शीर्ष नेताले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनाफर्त अघि बढ्दैछ ।’ आफूले मधेसी र थारुको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेकोे उनले बैठकमा बताएका थिए । ....... ‘अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको विधेयकमा संशोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्टङ ठूलो दुर्घटनामा पर्नेछ ।’
‘अब मधेसमा के के हुन्छ, भन्न सक्दिन ’
४७ सालको संविधानलाई गीता, बाइबल, रामायण झै ठानिएको थियो । तर त्यो पनि टिकेन । अब यी तीन दलले लादेको संविधान हामी कसरी मान्छौ ? कुनै पनि हालतमा मान्दैनौ । ..... आफ्नो माग सम्बोधन होला भनेर जनताले धैर्य गरेका थिए । तर अब हरेक नागरिक घरबाट निस्केर सडकमा आउँदा आन्दोलन कस्तो हुन्छ भन्ने यी खसवादी शासकले राम्रोसँग बुझ्ने छन् । अबको आन्दोलन कठोर र सशक्त हुनेछ । ..... अहिलेसम्मको अनुभवले सिकाएको के हो भने कुनै पनि काम नगर्नका लागि हो आयोग बनाएर नाटक गर्ने । आयोग बनाउने भन्ने बित्तिकै बुझ्नु पर्छ, काम हुनेवाला छैन । आयोगको कुरा गर्नेले अघिल्लो संविधानसभामा गठीत आयोगले तराईमा दुई प्रदेश हुनु पर्छ भनेको थियो त । किन हुँदैन त्यो कार्यान्वयन ? यसकारण आयोग बनाउनु भनेको फेरि पनि जनतालाई अधिकार नदिने षडयन्त्र गर्नु हो । ....... मधेसको भूमि पहाडसँग मिसाएर मधेसीहरुलाई विभक्त गर्ने मात्रै होइन, झापा, मोरङ, सुनसरीलाई मधेससँग अलग गरेर राज्यले मधेसी र पहाडी समुदायबीच फाटो ल्याउन खोजको छ । किनभने पूर्वका यी तीन जिल्लामा जनजाति, पहाडीहरुको संख्या उल्लेख्य छ । अव पहाडीको जनसंख्या बढी हुनेबित्तिकै उनीहरुले मधेससँग यी तीन जिल्ला अलग गरिदिए । पश्चिममा पनि थारुहरुको हकमा त्यही गरिदिए । यसको मतलव हो कि पहाडी र मधेसी एकै प्रदेशमा मिलेर नबसून भनेर तीन नेताले यस्तो निर्णय गरे । साम्प्रदायिक सोच भएका यी कोइराला, ओली र दाहाल नयाँ राजाको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् । २५० वर्षको राजसंस्था त जनताको शक्तिको अगाडि टिकेन भने यीनीहरु कसरी टिक्छन् ?


गच्छदारले मागे आठौं प्रदेश
भन्छन्, ‘चितवनदेखि कैलालीसम्मको अलग प्रदेश’
‘चितवनदेखि कैलाली सम्म ६७ प्रतिशत थारु बसोबास गर्छन्, त्यसलाई आठ प्रदेश घोषणा गर्ने हो भने संघीयता सम्भव छ । यदि त्यो सकिन्ने झापा मोरङदेखि सिरहा सम्मलाई अर्काे प्रदेश बनाउन सकिन्छ ।’ ..... ‘भूमिपुत्र थारुहरुले आफ्नो पहिचान खोजेका हुन हिंसा खोजेका होइनन् ।’ अरु जात जातिको भिडमा जनजाति र आदिवासीको पहिचान गुम्दै गएकाले पहिचान खोजेका हुन जातीय हिंसा खोजेका होइन् .....

संघीयताका ५ आधार र सामथ्र्यका ४ आधार टेकेर ८ राज्य निर्माण गरिनु पर्छ भनेर आफूले चारदलिय १४ बुदे सहमतिमा सहभागिता जनाए पनि एकाएक छ प्रदेश र ७ प्रदेश बनाउने काम भएको बताए । उनले भने, ‘छ पछि सात प्रदेश बनाउन सकिन्छ भने ८ प्रदेश बनाउन किन नमिल्ने ?’

...... तीन तिर मुख फर्काएर बसेका दललाई संविधान निर्माण प्रक्रियामा आफूले लिएर आएको बताए । उनले भने, ‘ठूला ठूला तीन बाघलाई मैले एउटै घाटमा ल्याएको छु ।’ संविधान निर्माण प्रक्रियामा आफूले मियोको काम गरिरहेको भएपनि आफ्नै माग भने तीन दलले वेवास्ता गरेको कारण सडकमा आउनु परेको बताए ।
असोज ४ गते नयाँ संविधान घोषणा गर्ने प्रस्ताव
विधेयकमाथि एक सातासम्म दफावार छलफल हुनेछ भने त्यसमा उठेमा प्रश्नमाथि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ जवाफ दिने बताइएको छ । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने सचिवालका एक अधिकारीले बताए ।


सेना परिचालनको विरोधमा अमेरिकाको गभर्नर कार्यालयमा धर्ना



सिंहदरबारमा जुँगा मस्काउँदै सभामुखले भने– ‘जे सुकै होस्, संविधान ल्याउँछु’
प्रमुख दलहरु मार्फत् आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्न आग्रह गर्ने बताउँदै संशोधन प्स्ताव मार्फत् उनीहरुको माग समावेश गर्ने पनि बताए । ...... विभिन्न पार्टीका सभासदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा उनीहरुको माग समेटीएको


CM की रेस में नीतीश आगे, लोगों की पसंद महागठबंधन
64 प्रतिशत लोगों ने नीतीश कुमार को मुख्यमंत्री के रूप में अपना सबसे पसंदीदा नेता बताया है। .... पूर्व उपमुख्यमंत्री सुशील कुमार मोदी को 24 प्रतिशत .... सर्वाधिक 53 प्रतिशत लोगों की पसंद महागठबंधन है जबकि 46 प्रतिशत लोग एनडीए के पक्ष में हैं। एक प्रतिशत लोगों की चाह वामदल है।


आन्दोलनको समर्थन गर्दै महोत्तरीमा कर्मचारीको र्‍याली

२४ औं दिन पनि महोतरीको सम्पूर्ण बजार बन्द रह्यो।



आफ्नै थारू नेताहरुलाई ठिक पार्ने चेतावनी
केन्द्रस्तरका नेताहरु कैलालीमा एक महिनादेखि चलिरहेको आन्दोलनमा सहभागी हुन नआएको आक्रोश पोख्दै उनीहरुले आफ्नै केन्द्र स्तरका नेताहरुलाई ठिक पार्ने चेतावनी दिएका हुन् । ..... थरुहट/थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न–४ कैलालीद्वारा मंगलबार मसुरियामा आयोजित विरोधलाई सम्बोधन गर्दै एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्णकुृमार चौधरी आफ्नै नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले पहिचान पक्षधर तथा थरुहट/थारुवान पक्षधरका केन्द्र स्तरका नेताहरु हालसम्म कैलालीमा नआएको भन्दै उनले कारवाही गर्ने आक्रोश व्यक्त गरे । त्यस्तै उनले शासक वर्गहरु आफ्नो लुटको स्वर्ग बचाउँन धेरै प्रकृतिका भ्रामक हल्लाहरु फैलाउँदै आएको आरोप लगाए । ..... पूर्व सभासद चौधरी आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म थरुहट आन्दोलन जारी राख्ने ठोकुवा गर्दै राज्यले आफुहरुको आन्दोलनलाई अझै दमन गर्ने रणनीति लिए

सबै थारुहरुलाई जेलमा थुनेर देखाउँन चेतावनी दिए ।

थारुहरु गोली खान तयार रहेको बताउँदै पूर्व सभासद चौधरीले आफुहरुको आन्दोलन थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश नबनाएसम्म जारी रहने पनि बताए । ....... आजसम्म आफुहरुको आन्दोलनको कुनै सम्बोधन नभएको बताउँदै आब राज्य विरुद्ध असहयोग आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । उनीहरुले राज्य विरुद्ध असहयोग कार्यक्रम, भण्डाफोर, तालाबन्दी, नागरिकता फिर्ता गर्नेलगायत आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका हुन् । ........ थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक लाहुराम चौधरी एक महिनासम्म आन्दोलन जारी रहेपनि आजसम्म राज्यले आफुरुहको जायज आन्दोलनको कुनै सुनुवाई नगरेको दुखेसो सुनाए । आफुहरुको पहिचान र अधिकारको अन्तिम आन्दोलन रहेको बताउँदै उनले राज्य विरुद्ध भण्डाफोर अभियान चलाउँने चेतावनी दिए । ...... कार्यक्रममा थारु कल्याण कारिणी सभा कैलालीका निवर्तमान सभापति प्रभात चौधरीले पनि थरुहट प्राप्त नभएसम्म आफुहरुले जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । ...... थरुहट आन्दोलनको क्रममा अखण्ड सुदूर पश्चिम पक्षधर र प्रशासनबाट पटक–पटक दमन हुदै आएको बताउँदै उनले ज्यान गएपनि थारु बाहुल्य भुगोललाई थरुहट/थारुवान प्रदेश बनाएरै छोड्ने दाबी गरे । त्यस्तै

टीकापुर घटनापाछि कैलालीको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले थारु समुदायको बड्घरहरुलाई कानूनी दायरामा ल्याउने भनी दिएको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै प्रजिअ चापागाईलाई बड्घर प्रथाबारे अध्ययन गर्ना सुझाव पनि दिए ।

...... करिब आठ हजार भन्दा वढीको संख्यामा उपस्थिति रहेको उक्त विरोध सभामा नेकपा एमाले कैलालीका तिलुराम चौधरी, थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरी, दलित संयुक्त संघर्ष समिति कैलालीका रतन सुनार, नेपाली काँग्रेस क्षेत्र न–४ कैलालीका क्षेत्रीय सभापति खेमराज चौधरी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी, आदिवासी जनजाति समन्वय समिति कैलाली अध्यक्ष तेजतरामी मगर, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयदेव चौधरी, सदभावना पार्टीका फोनीराम चौधरी, संघीय समाजवादी फोरमका सुशिला चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
मधेसी मोर्चाले गौशालामा दुई प्रहरी विटमा आगजनी गरे
नारावाजी गर्दै आएका मोर्चा आबद्ध कार्यकर्ताले गौशाला नगरपालिकामा रहेको निगौल चौकको प्रहरी विट तथा बजार सुरक्षाका लागि बजार परिसरमा रहेको प्रहरी विटमा आगजनी गरेको हो । आगजनीबाट दुवै प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएका छन् ।


यसरी जल्यो काँग्रेस कार्यालय, प्रहरीले जोगाए एमाले कार्यालय
पछिल्लो २४ दिनदेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिउँसो ३ बजे जनकपुरको जनक चोकबाट लाठी जुलुश निकाल्यो । जनक चोकबाट सुरु भएको लाठी जुलुश नाराबाजी गर्दै शिव चोक, भानु चोक, कदम चोक, जिल्ला प्रशासन हुदैँ विषहारा चोक पुगेपछि प्रदर्शनकारीमध्येको एक समूह काँग्रेस पार्टी कार्यालय रहेको पिडरीया माईस्थानतर्फ लम्किएका थिए । ..... पिडरीया माईस्थान नजिकै रहेको नेपाली काँग्रेस पार्टी कार्यालयतर्फ अगाडि बढेका प्रदर्शनकारीहरुले पेट्रोल छर्केर आगो लगाईदिए । अन्य दिन २४ घण्टै ड्यूटी गर्ने गरेको प्रहरी सोमबार कार्यालयमा आगो लागेको १० मिनेट पछि मात्रै पुगेको थियो । प्रहरीको टोली पुगेपनि कार्यालयमा दन्किरहेको आगोलाई नियन्त्रणमा लिने प्रयाससम्म गरेको देखिएन । करिब ३० मिनेटपछि पुगेको जनकपुर उपमहानगरपालिकाको वारुण यन्त्रले एक घण्टा लगाई आगो निभएको थियो । ...... आगोले कार्यालयमा रहेको महत्वपूर्ण कागजातहरु, कम्प्यूटर, टेबल, सोफा, टेलिफोन, फ्याक्सलगायत सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिसमेत केहीबेर नाराबाजी गरेका थिए । ..... काँग्रेस कार्यालयमा आगो लगाएर फर्केपछि प्रदर्शनकारीहरुको समूह एमाले पार्टी कार्यालयमा आगो लगाउन अगाडि बढेका थिए । जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउन गएका प्रदर्शनकारी र काँग्रेस कार्यालयमा आगो लागेपछि सचेत भएका प्रहरीबीच जनकपुरको समशान घाट नजिकै झडप सुरु भयो । ..... स्मशान घाटबाट सुरु भएको झडप विस्तारै राम चोक, जनक चोक, शिव चोक, भानु चोकतिर फैलिए । झडप दुईतर्फी ढुंगामुढा भएको थियो भने प्रहरीले रबरको गोली चलाएको छ । त्यस्तै दुई दर्जन भन्दा बढी अश्रुग्याँस र करिब १० राउण्ड भन्दा बढी हवाईफायर गरेको छ । जसबाट

दर्जनौँ प्रदर्शकारी घाईते भएका छन् ।

प्रहरीले भानु चोकमा करिब १० जना युवालाई नियन्त्रणमा लिई कुटपीट समेत गरेका थिए । ...... सोमबार प्रदर्शनकारीहरुको समूहले काँग्रेस पार्टी कार्यालयमा आगो लगाएपछि तनावग्रस्त बनेको जनकपुरमा प्रहरीले गोली चलाउँदा तीन जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषा धनौजीका रंजित साह, महोत्तरी बनौलीका रुपेश चौधरी, रतौलीका शोभित राउत रहेका । प्रहरी–प्रदर्शनकारीबीच झडप सुरु भएपछि प्रहरीले राम चोकबाट गोली चलाउँदा उनीहरु घाईते भएका हुन् । घाईतेहरुको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।

No comments: