Monday, September 07, 2015

In The News (30)



पेम्बा भोटेले किन टेरेनन् एमालेलाई ?
निर्देशन नमाने कारवाही गर्ने एमालेको चेतावनी
एमाले कोटाबाट सभासद् बनेका आदिवासी जनजजाति महासंघका महासचिव पेम्बा भोटेले पार्टीको हृवीप नमानेपछि उनलाई एमालेले कडा निर्देशन दिएको छ । ..... आदिवासी जनजातिको तर्फबाट महासंघका अध्यक्षसमेत रहेका सभासद नागेन्द्र कुमालसँगै भोटेले पनि संविधान विधेयकमा संयुक्त रुपमा संशोधन दर्ता गरेपछि फिर्ता लिन एमालेले कडा निर्देशन दिएको हो । ...... एमाले नेतृत्वले पेम्बालाई सोमबार ११ बजेभित्र संशोधन फिर्ता लिन निर्देशन दिएको हो । स्रोतका अनुसार भोटेले पार्टीको निर्देशनलाई बेवास्था गरेका छन् । पार्टी निर्देशन उल्लंघन गरे कारकाही गर्नेसम्मको चेतावनी एमालेले भोटेलाई दिएको छ ।
आन्दोलन भाड्न गच्छदारको मोर्चाः महतो
प्रमुख तीन दलले आन्दोलनरत दलहरुलाई सम्बोधन नगरी संशोधन प्रस्ताव दर्ता गरेर मुलुकलाई ठूलो दुर्घटनातिर धकेलेको बताए । महतोले भने, “आन्दोलनरत संयुक्त मधेशी मोर्चाले विरोध जनाउंदै अब मुलुकमा ठूलो दुर्घना हुनसक्छ ।” “वार्ताको संभावना सकियो”, उनले भने, “तीन दलले आफुखूशी संविधान बनाउ“दा मधशी जनताको धैर्यताको बाँध फुट्छ ।”


वीरगञ्जबाट कफ्र्युको समयमा १ हजार ४ सय गाडी काठमाडौं पठाइयो



अध्यक्ष कुमालले संशोधन विधेयक बुझाए : महासचिव भोटे सकसमा
नयाँ संविधानमा आदिवासी जनजातिको अधिकारका लागि महासंघले आदिवासी जनजाति सभासदहरुबीच कयौं पटक भेला गरे पनि संशोधन विधेयक दर्ता भने सामूहिक रुपमा हुन सकेन । एमालेका एक आदिवासी जनजाति सभासदका अनुसार पार्टीको कडा अंकुशको कारण जनजाति र दलित सभासदले हाल्ने भनेको संयुक्त संशोधन विधेयक तुहिएको हो । ...... आदिवासी जनजातिको तर्फबाट संशोधन विधेयकको लागि सिंहदरबार पुगेका दिलमान पाख्रिनका अनुसार एमाले सभासदहरुको अनुपस्थितिका कारण कांग्रेसका आदिवासी जनजाति सभासद फर्किएका थिए । उनका अनुसार संशोधन विधेयक दर्ता नहुँदासम्म कांग्रेसका केही सभासदले पछ्याइरहेका थिए । कांग्रेस सभासदहरुले शुक्रबारै भेला गरी पार्टीलाई जानकारी दिने तयारी भएको कांग्रेस सभासद महेन्द्र लिम्बुले बताए । ...... सभासद पाख्रिनका अनुसार एमाले सभासद महासचिव पेम्बा भोटेले पार्टी आदेशको कारण संशोधन बुझाउन जाने क्रममा सहभागी हुन नसके पनि उनले जोखिम मोलेरै संशोधन विधेयक हस्ताक्षर गरेका छन् । भोटेलाई अप्ठेरो नहोस् भनेर कुमाल एक्लैले पार्टीको आदेशविपरीत भए पनि लोकतान्त्रिक अभ्यास भन्दै जोखिम लिएको पाख्रिनले बताए । ...... अध्यक्ष कुमालले मन्त्री परिषदबाट मनोनीतलाई पार्टी निर्देशन नलाग्ने भएकाले लोकतान्त्रिक अभ्यासका लागि कुमाल खरानी हुन पनि तयार भएर आदिवासी जनजातिको मुद्दा नछाडिने बताए । ...... विधेयमा राज्यको हरेक तह तथा निकायमा समानुपातिक समावेशी सिद्धान्त, धर्म निरपेक्षता र आदिवासी जनजाति मुद्दालाई प्राथमिकता दिएको छ । साथै राष्ट्रिय जनावरमा गाईको सट्टा एक सिंगे गैंडा प्रस्ताव गरिएको छ । ..... मानवअधिकारको विश्वव्यापी मापदण्ड, अन्तर्राष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकारको उपभोग, सुनिश्चितता र कार्यान्वयनको लागि संचालन गरिने आफ्नो जातीय, भाषिक, धार्मिक, सांस्कृतिक क्रियाकलाप र अधिकारमुखी राज्यले सकारात्मक रुपमा लिनु पर्ने संशोधन १७ पृष्ठ लामो रहेको विधेयक शाखाले जनाएको छ । ...... सभासद कुमालले सशोधन विधेयक महासचिव भोटेलाई हस्ताक्षर गराएर बुझाए पनि संशोधन विधेयक सबै जनजातिको भएको महासंघ जनाएको छ । स्रोतको अनुसार संशोधन महासंघले बृहत छलफलबाट तयार गरी बुझाएको हो ।..... संशोधन विधेयक बनाउन प्रा. कृष्ण हाछेथु, डा. चैतन्य सुब्बा, नन्द कन्दङवा, अधिवक्ता कुन्साङ लामा, पत्रकार देव सुनुवारलगायतले विषयगत प्राज्ञिक सुझाव दिएको कुमालले बताए ।
संशोधन फिर्ता लिन पेम्बा भोटेलाई एमालेको निर्देशन
नियमावली अनुसार संविधानसभामा हृवीप लाग्दैन । तर, कांग्रेस र एमालेले व्यक्तिगत संशोधन नहाल्न सभासदहरुलाई निर्देशन दिएका छन् । ..... पार्टी निर्देशन विपरित कांग्रेसका शेखर कोइराला र अर्जुननरसिंह केसीले छुट्टा-छुट्टै संशोधन गर्दा गराएका छन् । ..... नागेन्द्र कुमाल कांग्रेस र पेम्बा भोटे एमालेको सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सभासद हुन् ।


एमाओवादीसहित लिम्बुवानका ८ संगठनवीच मोर्चाबन्दी
आङकाजीलाई रिहा गर्न माग, दुईदिने हडताल घोषणा
त्यसैगरी उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमको लिम्बुवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङ समेत मोर्चामा आवद्ध भएका छन् । ..... संयुक्त संघर्ष समितिले आगामी दिनमा अन्य राजनीतिक संगठन र जनजाति संघ संस्थाहरुलाई पनि समेटेर जन आन्दोलन गर्ने घोषणा गरेको छ । ...... संघर्ष समितिले भदौ २१ र २२ गते जिल्ला वैठक र प्रचार प्रसार गर्ने, २३ गते राँके जुलुस प्रदर्शन गर्ने र २४ र २५ गते लिम्बुवान आमहड्ताल गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
कहाँबाट जम्मा गरिन् शिक्षामन्त्री चित्रालेखाले यत्रो सम्पत्ति ?



मधेसी नेता भन्छन्- सरकारले वास्ता गरेन, अब कडा आन्दोलन चर्किन्छ
मधेसी मोर्चा आन्दोलनको नयाँ रणनीति बनाउने तयारीमा
संविधानसभाको अधिकार खोसेर आयोगलाई जिम्मा लगाउनु गैर संवैधानिक हो ।’ शनिबार शवयात्रामा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष यादवले अबको आन्दोलन मधेसमा मात्रै नभई कर्णाली, खम्बुवान र लिम्बुवानमा समेत उठ्ने बताए । ..... ‘अब मोर्चाका शीर्ष नेताहरुको बैठकले कडा आन्दोलनका कार्यक्रम ल्याउँछ, यसका लागि तत्कालै मोर्चाको बैठक बस्छ ।’
नेता आङकाजी शेर्पा सम्बन्धमा संघीय गठबन्धनको प्रेस विज्ञप्ति
राजतन्त्र फर्काउन यसरी कस्सिए ज्ञानेन्द्र, भारत र चीनको समर्थन
तीन दलको संशोधन प्रस्तावले मधेसमा झनै आक्रोस : महतो
महतोले अब आन्दोलनबाटै सबै कुराको छिनोफानो हुने बताए ।
आन्दोलन कडा बनाउने चेतावनी
अहिलेको आन्दोलन केवल मधेसीको मात्र नभएर थारू, नेवार, लिम्बू, तामाङ, मगरलगायत अधिकारबाट वञ्चित सबै समुदायको भएकाले माग पूरा नहुन्जेल जारी रहने बताए। उनले माग पूरा नभई संविधान जारी भए काठमाडौंसँग नाता तोडिएको घोषणा हुने बताए। 'हामी आगो बालेर काठमाडौंसँग सम्बन्ध तोडेर फर्कनेछौं। हाम्रो आन्दोलन जारी रहनेछ' ....... मोर्चाका शीर्ष नेताहरू काठमाडौं आएलगत्तै बस्ने बैठकले आन्दोलनको नयाँ रणनीति बनाउनेछ। तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार काठमाडौं आइपुग्नेछन्।
म सडकमा आए ३ दललाई महँगो पर्नेछ: गच्छदार
उनले आफूले पहिलोपटक थारु समूदायले आयोजना गरेको सभालाई ऐक्यबद्धता जनाउन मात्र आएको बताउँदै सडकमै आन्दोलनमा सहभागी भएमा ठूला दलका नेताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। ...... 'मलाई बिजय सडकमा आयो भनेर कसैले ठानेको भए त्यो गलत हो,' उनले भने, 'म सडकमा आएको होइन्। ऐक्यबद्धता जनाउन आएको हुँ। म सडकमा आए भने ठूला तीन दलका नेताले धेरै महंगो मूल्य चुकाउनुपर्नेछ।' उनले आफू मधेसी नेता राजेन्द्र महत्तो र उपेन्द्र यादवजस्तो उग्र कुरा नगर्ने नेता भएको र राष्ट्रसँगै आम जनतको स्वार्थमा लाग्ने नेता भएको जिकिर गरे। 'यदि राजेन्द्र महत्तो र उपेन्द्र यादवजस्तै उग्र कुरा गर्थे म पनि तिनीहरुकै श्रेणीमा गनिन्थे,' उनले भने, 'तीनतिर फर्केका तीन दलका नेतालाई एक ठाउँमा ल्याएको छु। संविधानसभाबाटै संविधान बनाउनुपर्छ भन्नेमा लागेको छु।' ..... उनले संविधान जारी नगरे अपराध हुने थारु समुदायका माग पूरा नगरेमा पाप लाग्ने र अन्य जातजातिका अधिकार पूरा नगरे महापाप लाग्ने बताएका हुन्। ..... उनले संविधान नबनाउँदा माओवादी जनयुद्धमा मारिएकाको सराप पनि माओवादी नेता प्रचण्डलाई लाग्ने बताए।
आङकाजीलाई ५ वर्ष कैद ?
बुधबार पक्राउ परेका जनजाती नेता आङकाजी शेर्पालाई प्रहरीले बिद्युतीय कारोबार ऐन(साइबर क्राइम) अन्र्तगत कारबाही अघि बढाएको छ । काठमाडौं जिल्ला अदालतबाट चार दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमती प्रहरीलाई दिएको छ । ..... टिकापुर घटनालाई लिएर फेसबुकमार्फत गलत प्रचार गरेको र सामाजिक सद्भाव बिथोल्ने काम गरेरले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार‘ सामाजिक संजाल फेसबुक मार्फत सुरक्षा निकायहरु विच फाटो ल्याउने तथा बिभिन्न जातजाती, सम्प्रदायबिच सुमधुर सम्बन्धमा खलल पार्ने, बर्गिय, जातीय र क्षेत्रिय रुपमा घृणा, द्वेश, अपहेलना र सामाजिक सद्भाव बिथोल्ने नियत राखी अनर्गल, निराधार र अप्रमाणिक तथ्यहरुलाई सामाजिक संजालको दुरुपयोग गरि फेसबुक मार्फत गलत म्यासेजहरु सम्प्रेषण गरि समाजमा नकरात्मक प्रभाव पार्ने’ काम गरिएकाले उनलाई पक्राउ गरिएको हो । उग्र जनजाती नेताका रुमपा चिनिएका शेर्पाले अन्य जातीहरुविरुद्ध लामो समयदेखि सद्भाव बिग्रने गरी टिप्पणी र आलोचना गर्दै आएका छन् । बिद्युतीय कारोबार ऐन २०६३ अुनसार वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सोही सजाय माग दाबी गरी प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।


काठमाडौले थप भडकाउदै मधेश
आन्दोलनरत मधेशी मोर्चा संग सतारुढ दलहरुले वार्ता गर्नुको सटा उनीहरुलाई थप चिढाए पछि मधेशका जिल्लाहरुको आन्द्योलन पनि थप सशक्क्त बनाउने रणनितीमा मधेशी पार्टीहरु अघि वढेका छन । ...... ठाकुरले अब वार्ताको औचित्य नै समाप्त भईसकेको भन्दै .....

आन्द्योलन मधेशमा सुरु भए संगै मधेशी पार्टीका शिर्ष देखि सवै तहका नेताहरु मधेश झरीसकेका छन भने थरुहट केन्द्रित नेताहरु पनि आन्द्योलनको क्रममा पश्चिमका जिल्लाहरुमा छन ।

...... सरकारी पक्ष पेलेरै अघि वढने मनसिथ्तीमा उत्रिएको ..... चार दलले ६ प्रदेशको सिमांकन गरेको घोषणा संगै पश्चिम मधेशमा थारुहट संघर्ष समितीको व्यानरमा आन्द्योलन सुरु भयो । आन्द्योलन सुरु भएकै दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औपचारिक रुपमै निर्णय गर्दै थरुहट सर्घष समितीको अाँन्दोलन प्रति एक्वद्धता मात्रै जनाएन वरु त्यसमा सक्रिय सहभागी हुने निर्याय गरे । त्यो संगै मोर्चाले पुर्व मधेशमा पनि आन्दोलनको आब्हान गर्दैमा सुरुमा २ दिने र त्यसपछि अनिश्चितकालिन मधेश बन्दको् घोषणा गरे । बन्दको पहिलो हप्तामै सप्तरीको भारदहमा प्रहरुीको गोलीवाट १ जना प्रर्दशनकारीको मृत्यु भएपछि मधेशी भरी त्यसको कडा प्रतिक्रियाहरु व्यक्त हुन थाले । र भारदह घटनाको अर्को हप्ताको पश्चिमको कैलालीको

टिकापुरमा प्रर्दशनकारी र प्रहरुी विच भएको दाहोरो झडमा ८ जनाको प्रहरी अधिकारीहरु मारिए पछि संसारकै ध्यान तराइमधेशमा तानिए ।

......... उक्त घटनको भोली पल्ट न्युयोर्कवाट राष्टसंघका राजनितीक मामला हेर्ने उपमहासचिव जेफ्री ए फेल्टम्यानले तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग फोनमा कुराकानी गरेका थिए । जेफ्रीले ठाकुरको साथै सरकारी पक्षहरु संग समेत यसवारेमा गम्भिर चासोहरु व्यक्त गरे । राष्टसंघ सहित युरोपीयन युनियनका साथै नेपाल स्थित विभिन्न कुटतिनिज्ञहरुको चासो तराईमधेशको सन्दर्भमा यती वढयो कि आन्द्योलनको क्रममा मधेशका जिल्लाहरुमा रहेका तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अघिल्लो मंगलवार दुई दिनका लागी काठमाडौ आए ।

दुई दिने काठमाडौमा रहदा ठाकुर र यादव संग नेपालमा सकिय्र रहेको लगभग सबै कुटनितिज्ञहरुले भेटघाट गर्न भ्याए ।

नेपाल स्थित संयुक्त राष्टियसंघिय आवासीय प्रतिनिधी जेमि म्याकगोल्डरिकले ठाकुर र यादव संयुक्त रुपमै भेटेर कुराकानी गरेका थिए । त्यसैगरी युरोपियन युनियनले पनि भेटेर मधेशमा जारी आन्द्योलनवारे गम्भिर चासोहरु देखाएका थिए । ........... राजदुत रेले आफु जारी आन्द्योलनको वारेमा दुवै पक्षहरु अर्थात आन्द्योलनरत दलहरु र सरकारी पक्षहरु संग निरन्तर संवादमा रहेको जनाएको थियो । अघिल्लो हप्ता दुई दिनका लागी तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव काठमाडौ आउदा दुवै अध्यक्षहरुलाइ राजदुत रेले उनीहरुकै निवासमा गएर भेटेका थिए । मधेशी पक्षहरुले विगतको आन्द्योलनमा भारतीय पक्षहरुले दबाब दिएर आफुहरुलाई सहमती गराएको र अहिले त्यसको सम्बोधनमा उदासिनता देखाएको आरोप लगाउने गरेका छन । यसरी प्रभावशाली छिमेकीको कन्फुज मनसिथ्ती बुझेरै होला फोरम नेपालका अध्यक्ष यादवले आफना एक निकटस्त नेतालाई आज दिल्ली पठाएका छन । यादवले दिल्लीमा राजनितीक तहमा हालको अवस्थावारे कुराकानी गर्न ती नेतालाई पठाएको बुझिएको छ ।
यो राज्यसत्ताको अन्तय अब निश्चित छ - महन्थ ठाकुर
अघिल्लो साता मात्रै आन्दोलनको कार्यक्रमहरु वाट दुई दिनका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव काठमाडौ आउदा याहा हल्ला खल्ला नै मच्चियो । उनीहरु फेरी मधेश झरे । हिजो वेलुकी फेरी तमलोपा अध्यक्ष जनकपुर वाट काठमाठौ आइपुगे । उनी पर्सी देखि पश्चिम मधेश जादै छन । आन्दोलनमा दिनरात खटीरहदा ठाकुरको वुढो शरीर तंग्रीएको देखिन्थ्यो । ......... मधेशका सहर देखि गाउ सम्मका पुरै जनताहरु आन्द्योलित छन । मधेशमा रहेका सबै संघ संस्थाहरु आन्द्योलन प्रति एक्यवद्धता जनाउदै आन्दोलनमा होमिसकेको छ । सहर वा सदरमुकाममा मात्रै अव आन्द्योलन समिती छैन । तपाई गाउ गाउ जानु भयो भने जनताहरु त्याहाका सडकहरु अवरुद्ध गरेर प्रर्दशन गरीरहेको पाउनुहुन्छ । गाउ गाउमा जय मधेशको नारा गुन्जिदै छन । ....... काहा गयो निर्वाचनमा जितेका सभासदहरु । उनलाई जिताएका जनताहरु आज के भन्दै छन, एक चोटी आफनो क्षेत्रमा गएर जनता कुरा सुन्न म आग्रह गर्छु । ...... यीनीहरुले बिर्सीरहेका छन कि मधेशमा एक/दुइ हजार मान्छे मार्दै त्याहा केही हुने वाला छैन । करोडौको संख्यामा रहेका मधेशीहरु मध्ये दुई हजार मर्दैमा मधेश खाली हुदैन । तर जनता अब आफनो अधिकार नलिई छोडछ जस्तो मलाई लाग्दैन । आन्द्योलन अली लम्बिएला तर जित जनताको हुन्छ हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन । अव यो राज्य सत्ताको अन्तय निश्चित छ ।
थरुहट तराई पार्टीद्वारा पनि संविधासभा वहिस्कार
थरुहट तराई पार्टी, नेपालका अध्यक्ष भानुराम थारुले आइतवार विज्ञप्ती जारीगर्दे पहिचानका पाँच र सामथ्र्यका चार आधारमा प्रदेशको सिमाङ्कन गर्न मूल माग राखी संविधानसभामा सभासदद्धारा र सडकमा जनताद्धारा सशक्तरुपमा आवाज उठीरहेको स्थितिलाई पूर्ण ब्यवस्था गर्दै तीन दलीय सिन्दीकेटबाट जबरजस्ती संविधान जारी गर्ने प्रक्रियालाई अगाडि बढाएकोमा विरोध जनाएका छन् । ..... तराईका भुमिपुत्र थारु, मधेसी र मगरात क्षेत्रलाई क्षत विक्षत र खण्डित गर्दै पहिचान र अधिकारबाट बिमुख बनाउने काम भएको विज्ञप्तीमा उल्लेख छ । संविधानमा पहिले निक्र्यौल र सहमति भईसकेका आदिवासी थारु लगायत सम्पूर्ण आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक जाति समुदाय लगायतको पहिचान र अधिकारहरु खोजी खोजी शिर्ष नेताहरुको निर्देशनमा हटाउने, अधिकारबाट बञ्चित गराउने कार्यको भएको सो पार्टीको आरोप छ ।




विचारको राजनीतिभन्दा पहिले माटो र पहिचानको अस्तित्व आवश्यक : अध्यक्ष ठाकुर
तमलोपा अध्यक्ष ठाकुरले नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले केही महिना यता गरेको राजनीतिक अभ्यासले वर्तमान ‘राज्य’ र यसका संयन्त्रहरु एउटा समुदायप्रति मात्र समर्पित रहेको प्रष्ट भएको बताएका हुन् । ..... सरकारले रंगभेदी र विभेदकारीकारी नीति अवम्लवन गरेकाले मुुलुक विखण्डनको दिशातिर गएको टिप्पणी गर्दै उनले अब वार्ता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।


ओली मुखले बोल्दैनन्– सिके लाल
पश्चगमनको संविधान हामी मान्दैनौं–नागरिक अगुवा
विश्लेषक तथा नागरिक आन्दोलनका अगुवा सिके लालले एमाले अध्यक्ष केपी शर्मा ओली मुखबाट नभई अन्यत्रबाट बोल्ने गरेको टिप्पणी गरेका छन् । ..... उनले

प्रमुख तीन दलका अध्यक्षहरुलाई गान्धीको तीन बाँदरसँग तुलना गर्दै भने– ‘हामीलाई नकारात्मक कुरा गरेको भनेर आलोचना गर्ने गरिन्छ तर सकारात्मक कुरा सुन्नु पर्ने प्रधानमन्त्री सुशील कोइराला कान थुनेर बसेका छन् । विद्रोहबाट पैदा भएका प्रचण्ड आँखा चिम्लेर बसेका छन् र खड्ग प्रसाद ओली मुख थुनेर बसेका छन् ।

अनि इतिहासको यो घडीमा हामी नबोले को बोल्ने ?’ ...... ‘जब शब्दको अर्थ उल्ट्याउन थालिन्छ तब निरकुंशता हाबी हुँदैछ भनेर बुझ्नु पर्दछ ।

निरकुंशता ढोल बजाएर आउने होइन, त्यसको पदचाप पनि सुनिदैनन् अहिले त्यही भैरहेको छ ।’

– लालले भने । ...... खगेन्द्र संगौलाले नागरिक अहिले जनतालाई दमन गरेर संविधान ल्याउन चाहेको उल्लेख गर्दै त्यसो भएमा त्यसका विरुद्ध सबै एकजुट भएर विरोधमा उठ्नु पर्ने बताए । ...... एउटा नेपाल संविधनसभामा र अर्को नेपाल संविधानसभा बाहिर रहेको उल्लेख गरे । ‘अहिले संविधान चाहनेहरु र नचाहनेहरुको दुई नेपालमा नेपाल विभाजित भएको छ । संविधान चाहनेहरु आफूले आईपाई आएको अधिकारलाई सुनिश्चित गर्न चाहन्छ भने अर्को नेपाल आफ्नो अधिकारका लागि आवाज उठाउँदैछ ।’– संग्रौलाले भने ।


वीरगञ्जमा उर्लिएको “जनसैलाब” : संविधान कति महिनाको पाहुना हो ?
तेस्रो मधेश आन्दोलनको क्रममा मृत्युवरण गरेका पाँच जना स्थानीय सहिदको शवयात्रा तथा अन्त्येष्टिमा सहभागी भएका हुन् । .....

काठमाडौंका सञ्चारमाध्यम पल्टाएर हेर्दा शनिबार साँझसम्म मानव सागरको त्यो स्वच्छन्द बहावलाई खासै महत्व दिएको देखिएन । मिडिया आउटलेटका अधिकांश भूभाग डा. गोविन्द केसीको अनसन र प्रमुख तीन दलको वार्तासम्बन्धी समाचारले भरिएको थियो । ...... ‘मधेश आन्दोलनको सन्दर्भमा काठमाडौंकेन्द्रित मिडियाले राज्यसत्ताकै स्वभाव र चरित्रलाई प्रतिध्वनित गरिरहेको छ ।’

..... ‘यहाँ कसैले १ लाख, त कसैले डेढ लाख मानिसको छाल सडकमा पोखिएको अनुमान र दाबी गरेका छन् । तर मेरो बुझाइ के छ भने

वीरगञ्जकै इतिहासमा आजको ‘जनसैलाब’ अभूतपूर्व र ऐतिहासिक हो ।’

...... आन्दोलनकै क्रममा भदौ १४ गते १ जना र १५ गते एकै दिन चार युवा आन्दोलनकारीले पुलिसको गोली खाएर ज्यान उत्सर्ग गरे । .....

शवयात्रामा सहभागी हुन बारा र पर्साका गाउँगाउँबाट जनता आएका थिए । ...... अधिकारका लागि आउने पुस्ताले लड्नुभन्दा अहिले नै दुई तीन महिना अझ बढी संघर्ष गर्ने मनस्थितिमा मधेशका जनता रहेको



Allegations are made against India to deflect attention from real problems
you first need peace and stability in the country. A constitution acceptable to all section of society is a prerequisite for this. ...... the effort of all the parties should be directed at addressing the problems expressed in the protests not only in the Tarai but also in the hills. ...... I don't think Nepal should be bothered about whether this or that agreement is acceptable to A country or B country. The priority should be ensuring that the agreement is acceptable to the people of Nepal. ...... All we are saying is please bring peace and stability in the country. ..... We do not say you should have X or Y number of states, or you should have this delineation or that demarcation. That's not our job. The ultimate objective is peace and stability. So you devise a framework that takes everybody on board and ensures peace and stability. ...... the number and delineation of the provinces in federal Nepal is something for Nepalis to decide. ....... India's relationship is with all of Nepal. When we talk of Indo-Nepal relationship, we are talking about all of Nepal, not just about India's relationship with the Tarai. Of course, we have a strong bond with the Tarai because of the open border, the cross-border links, the familial links, so that is very much there. But India is concerned about maintaining harmonious relations with all of Nepal. ....... Whenever there are disturbances in Nepal, especially in the Tarai, voices start appearing, whispering campaigns begin, and social media starts churning, that India is behind this, or India is doing that. Or on the other hand we hear that India is not doing enough to prevent disturbances. I am worried because if a person has a disease, the diagnosis has to be correct in order to find a cure. If the diagnosis itself is incorrect, how will you find a cure? These allegations are made to deflect attention from real problems.

It's not in India's interest to have instability in Nepal in general, and especially not in Tarai.

........... In India, we have applied different criteria. Initially states were created based on language. But subsequently even these states broke up. The birth of Uttarakhand in the hill parts of Uttar Pradesh, for example. The hill parts wanted a separate state because they felt discriminated inside Uttar Pradesh. So they separated. Look at Telangana and Andhra Pradesh, which separated for various historical and other reasons. So this (federalism in India) is a work in progress. In many states we have created territorial councils, whether it is Darjeeling or in other North-Eastern states by taking into account the aspirations of certain groups living in those states. So there are lots of permutations and combinations. ........ Whether in India or Nepal, people will use whatever leverage they have to promote their interest. ....... we obviously don't want instability on our border, especially an open border ........ there have been close consultations with all political parties. India has a strong engagement with Nepal and we engage with all sections of political opinion and all political parties equally. ....... These are not law and order issues; political issues require political solutions. But for that you need to sit down and talk. ...... All the players know each other extremely well, and they are part of the same democratic process. ....... The government of India is hopeful that you will soon have a constitution that will deliver peace, stability and prosperity in Nepal. ...... In the last year and a half in particular, the frequency of political exchanges between the two countries has increased significantly. You have had two visits of our prime minister; three visits of our foreign minister; a visit by our home minister. There have been phone conversations at the highest level. So both the sides are keen to step up this engagement and cooperation. When political leaders talk to each other, there are no limitations on what is discussed. .......

Our broad strategic objective in Nepal is peace, stability and economic development.

........ One refrain I constantly hear in Nepal is that the two countries have very good political relations and it's these bureaucrats and others who spoil things. It doesn't work like that.

India has a very robust and rigorous policy-making system, so individual whims and fancies do not influence policy in Nepal.

This is what people of Nepal have to understand. It's not one individual sitting in Lainchaur who is dictating what is to be done. ......... In any country as diverse as Nepal or India, there are bound to be different interests, there are bound to be different views. But all mature democracies resolve these issues through dialogue. Look at the Indian federal system. The demand for new states has come up in order to meet the regional aspirations or linguistic aspirations. So those aspirations have to be accommodated within the larger framework of the Indian union. So

you can be a proud UP-wallah and a proud Indian at the same time

and in any democratic system you provide this cushion. We all have multiple identities but all these identities are submerged in your national identity. That is the beauty of the democratic system and that is the kind of federal model we have in India. Your slogan, like our slogan, is unity in diversity. This is the spirit in which the matter has to be approached. I understand that it's difficult to mould this diversity into unity. This is why these negotiations have been so prolonged and arduous. But you have to go through this process. ............ Disagreements are a part of the natural process; violence is not. And nobody can condone violence. .......

Of our 1,800-kilometer-plus border (with Nepal), 98 percent has already been agreed and the demarcation is more or less ready.

But there are two major outstanding points on which no agreement has been reached, one is

Narsahi-Susta and the other is Kalapani

. The agreement between the two governments (Nepal and India) is that these issues have to be resolved at a higher level than the technical survey level. So this is not a new issue. The two governments have also agreed that we will establish a committee at the level of foreign secretary to address this issue. ........

We are ready to discuss all issues, whether it's the border, or the 1950 treaty. We want to be completely transparent in our relationship and we want to explain to you the logic of our policy and where we are coming from and we expect the same from you.

...... I hope that Nepal will meet its objective of graduating from LDC status by 2022.


सीमाको विषयमा भएको बहस/विरोध स्वाभाविक हो, केही समयमा ठीक भएर जान्छ — बाबुराम भट्टराई
एमाओवादी र मेरो आफ्नै बुझाइमा नेपालमा एक प्रतिशतभन्दा बढी भाषिक र जातीय जनसंख्या भएका समुदायलाई अलग प्रदेश दिने भन्ने मान्यता स्थापित भएको थियो । त्यस अनुरूप हुन आउने १३ प्रदेश हो । अहिले पनि मेरो मान्यता सबभन्दा उपयुक्त १० प्रदेश नै हो । ..... नयाँ विचार ल्याउँदा, लेख्दा/बोल्दा जहिले पनि बहस हुनुपर्छ । सुरुमा सबैले स्वीकार गर्दैनन् । तर, वैज्ञानिक र चिन्तकले दृढतापूर्वक आफ्ना विचार अगाडि सार्नुपर्छ र समयक्रममा त्यो स्वीकृत हुँदै जान्छ । ..... अढाइ सय वर्षदेखि प्रयोगमा आइरहेको एकात्मक राज्य सत्तालाई संघीयतामा लिएर जाँदा यस प्रकारको बहस/छलफल हुनु स्वाभाविक हो । ..... म आफ्ना विचारमा दृढ हुन्छु । तर्क र तथ्यसहित कुरा राख्छु । त्यसलाई काट्न गाह्रो हुन्छ । त्यसैले मेरा कुरा खण्डन गर्न नसकेपछि विभिन्न आरोप लगाउँछन् । ......... यो राजनीतिक आन्दोलनका क्रममा भएका घटना हुन् । यसलाई राजनीतिबाट अलग्याएर विशुद्ध ल एन्ड अर्डरका रूपमा बुझियो भने बेठीक हुन्छ । त्यसैले, यसलाई राजनीतिक समस्याका रूपमा सम्बोधन गर्नुपर्छ । .... अहिले हामीले एक प्रतिशतभन्दा बढी भाषिक र जातीय जनसंख्या भएका समूहलाई गाभेर संयुक्त प्रदेश बनाइरहेका छौँ । यसो गर्दा नौ, आठ, सात, ६ हुन गएको छ । अहिले पनि मेरो मान्यता सबभन्दा उपयुक्त १० प्रदेश नै हो । त्यसो हुन सकेको भए प्रत्येक भाषिक र जातीय समुदायले स्वायत्त प्रदेश प्राप्त गर्थे । १० प्रदेशभन्दा तल ओर्लिएपछि ती संयुक्त प्रदेश हुन सक्छन् । एमाओवादीले त्यो नोट अफ डिसेन्टका रूपमा लेखिसकेको छ । ....... नेपालको राजनीतिमा पछिल्लो चरणको मात्र कुरा गर्नुहुन्छ भने पनि संविधानसभा, गणतन्त्रजस्ता मुद्दालाई पार्टीभित्र र बाहिर सर्वप्रथम बढी जोडतोडका साथ मैले नै उठाएको हुँ । अहिले त्यो स्वीकृत भएर आइसकेको छ । यस हिसाबले मलाई गर्व छ । ......

विपक्षी नेताहरू तपाईंमाथि एकदमै रुखो, अरूलाई होच्याएर बोल्ने–लेख्ने गरेको आरोप लगाउँछन्, किन होला ?

...... १२ बुँदे समझदारीदेखि बृहत् शान्ति सम्झौता, अन्तरिम संविधान हुँदै अहिले यो संविधानको अन्तिम मस्यौदासम्म आइपुग्दा एमाओवादीबाट बाबुराम भट्टराई र अर्को पक्षबाट कृष्णप्रसाद सिटौला, दुई जनाचाहिँ अन्तिम टुंगो लगाउने बेलासम्म सँगै रहने गरेका छन् । ...... अरू नेता–साथीका पनि भूमिका रहे तर सबै दस्तावेज बनाउन, अन्तिम मस्यौदा तयार गर्ने काममा चाहिँ जहिले पनि एउटा कित्ताबाट म र अर्को कित्ताबाट सिटौलाले भूमिका निर्वाह गरेको भनियो । संयोगले, अहिले संवाद समितिको सभापति म र मस्यौदा समितिको सभापति सिटौला हुनुहुन्छ । अहिले अन्तिममा पनि यिनै समितिमार्फत हामी दुई जनाले नै तयार गरिरहेका छौँ । ....... जो भिजनरी, दूरद्रष्टा, वैज्ञानिक, चिन्तक हुन्छ, उसले अरूले भन्दा अलि छिट्टो देख्छ र अरूले भन्दा अलि परसम्मको देख्छ । त्यो कुरा सुरुमा अगाडि ल्याउँदा दूरदृष्टि नभएका मान्छेले बुझ्दैनन्/देख्दैनन् । त्यसैले, सुरु–सुरुमा आलोचना गर्छन् । तर, समयक्रममा त्यो स्थापित हुँदै जान्छ । त्यो सत्यलाई सबैले स्वीकार गर्छन् । मेरो हकमा पनि त्यही हो । इतिहासमा वैज्ञानिक, चिन्तक, राजनेता, दूरद्रष्टाहरूले भोग्नुपर्ने नियति नै त्यही हो । त्यसमा गर्व गर्नुपर्छ । ......

लोकतन्त्रको विकल्प लोकतन्त्र भनेजस्तै संघीयताको विकल्प संघीयता हो ।

....... हाम्रो संघीयता भनेको पहिले अलग–अलग राज्य भएकाले अहिले एक ठाउँमा आएर बनेको होइन । पहिले एकात्मक बनेको राज्य सत्तालाई पुन:संरचना गरेर संघात्मक बनाएको हो । त्यसैले यसमा सीमा निश्चित हुँदैन । यसर्थ, सीमाको विषयलाई लिएर भएको बहस/विरोधलाई अन्यथा मान्नु हुँदैन । तर, यसलाई केही एकात्मकतावादीहरूले जसरी संघीयताको विरोधका रूपमा अथ्र्याउने गरेका छन्, त्यो सही होइन । अहिले जुन आन्दोलन भइरहेको छ, यो बिलकुल स्वाभाविक हो र केही समयमा ठीक भएर जान्छ ।


जनकपुरमा कांग्रेसको कार्यालय जलाइयो
एमाले कार्यालय जलाउने प्रयास, प्रहरीले गोली चलायो

जनकपुरमा उग्र प्रदर्शन गर्दै आएका मधेसी मोर्चाका प्रर्दशनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, स्थानीय युवा क्लबहरु, उद्योगी व्यापारी र राष्ट्रिय मुस्लिम गठबन्धनसहित हजारौंको संख्यामा सदरमुकाम जनकपुर आइपुगेका प्रर्दशनकारीले लाठी जुलुश प्रर्दशन गर्दै जनकपुर उपमहानगरपालिका–४ पियरिया माईस्थानस्थित कांग्रेसको कार्यालय जलाएका हुन् । प्रर्दशनकारीहरुले कार्यालयमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनीले कार्यालयको सरसामान खरानी भएका छन् । हजारौंको संख्यामा प्रर्दशनकारी लाठी, हथौडा र अन्य घरेलु हतियारसहित सडकमा उत्रिएपछि प्रहरीलाई सरकारी कार्यालयको सुरक्षामा खटाइएको थियो ।

प्रर्दशनकारीहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय नजिक प्रर्दशन गरेपनि सरकारी कार्यालयहरुमा प्रहरी बसेको मौका छोपी कांग्रेसको कार्यालय जलाएका हुन् । प्रर्दशनकारीले एमालेको पार्टी कार्यालय जलाउनेसमेत प्रयास गरेका छन् । प्रर्दशनकारीहरुलाई रोक्न गएका प्रहरीसँग अहिले जनकपुरको स्वर्गद्धारी समशान घाट र रामचौकमा झडप भइरहेको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ । अहिले जनकपुरको अवस्था तनावग्रस्त रहेको छ ।

यता, जनकपुरमा रहेको एमाले जिल्ला कमिटीको कार्यालयमा आगजनी गर्न गएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न रबरको गोली चलाएको थियो । प्रहरीको गोली लागेर रञ्जीत साह, रमेश चौधरी, सुनिल राउत घाइते भएका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कांग्रेस कार्यालयमा आगजनी गरेपछि प्रदर्शनकारीहरु एमाले कार्यालयमा आगजनी गर्न जाँदै थिए । प्रहरीको लाठीचार्ज र गोली प्रहारबाट घाइते २० जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अन्य तीन जनाको धनुषा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


मधेस बन्द को बेला प्रहरी बाईक चलाउँदा मधेसी जनता पैदल हिन्न लगाएको छ! Rule Is Rule..... Everyone Should Follow The Rule....


No comments: