Tuesday, September 01, 2015

In The News (2)



ग्रामीण क्षेत्रका मधेशीहरु पनि आन्दोलनमा जुट्दै
आन्दोलनमा विभिन्न पार्टीहरुले समर्थन जनाएपछि यहाका जनता जारी आन्दोलनलाई दोस्रो मधेश आन्दोलनको रुपमा लिन थालेका छन् । आन्दोलनमा गाउ गाउबाट सहभागि हुनेहरुको संख्या समेत बढ्दै गएको छ । ....... आईतवार कनपट्टी, कुर्था लगायतका गाउहरुबाट सयौको संख्यामा मधेशी जनता सरकार विरोधी नारा लगाउदै जनकपुरमा विरोध जुलुस प्रदर्शन गरेको छ । उनीहरुले संघिय प्रदेशको सिमांकन सच्चयाउनु पर्ने, नागरिकता सम्बन्धी प्रवधान सच्चयाउनु पर्ने माग अघि सार्दै आन्दोलनमा होमिएका छन् । यसैबिच, एकिकृत नेकपा माओवादीका भातृ संगठन राष्ट्रिय मधेशी मोर्चाले समेत आन्दोलनलाई समर्थन गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ । ......

जारी आन्दोलनमा मधेशी जनताको सहभागिता बढे केन्द्रमा माओवादी पार्टी दवाव दिन तयारी अवस्थामा रहेको छ।



गच्छदारले बनाए मधेशी थरुहट मोर्चा
देउवाको ‘गोहीको आँसु’ले बगाउला त बाबुरामलाई?
२०५२ सालमा तत्कालीन माओवादीले सरकारलाई ४० बुँदे मागपत्र बुझाएको थियो । बुझाउने थिए नेता बाबुराम भट्टराई, त्यसलाई रद्दीको टोकरीमा फाल्ने पात्र थिए तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा । त्यसपछि १० वर्ष मुलुक द्वन्द्वमा फस्यो । हजारौं मारिए । ...... १६ बुँदे सहमति बन्यो । जनतामा उत्साह बढ्यो । नेप्से ह्वात्तै बढ्यो । ..... तर सीमित भूगोलभन्दा माथि उठ्न नसक्ने केही छोटे राजाहरुको मनोबल ह्वात्तै गिर्यो । उनीहरु अखण्डको नारा लिएर मैदान उत्रिए । यो अभियानको नेतृत्व गरे तिनै देउवा ...... ०५२ सालमा माओवादी आन्दोलनलाई बेवास्ता गर्ने शेरबहादुरहरु ०५७ सालसम्म संविधानसभासम्म पुगेको माओवादीको नारालाई स्वीकार्न तयार भएनन् । जतिबेला १५ सय नेपालीको मात्र ज्यान गएको थियो । त्यही संविधानसभाको नारा स्वीकार्न १५ सयबाट १५ हजार नेपालीको जीवनमूल्य माग गरे र खर्चिए संसदवादी दलहरुले । ...... १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनको राप र तापपछि संविधानसभालाई स्वीकारियो । तर संघीयतालाई अझै स्वीकारिएन । ...... परिवर्तनको एजेन्डालाई पहिलो संविधानसभामा जनताले एमाओवादीलाई उचित मत दिएर सम्मान गरे । तर माओवादीले जनमतलाई सम्मान गर्न सकेन । कथित क्रान्तिकारी बन्ने नाउँमा विद्रोहको आत्मरितमा रमाएर शान्ति र संविधानको घोषित नारालाई कुठाराघात गरियो । अगाडि जाने बाटोको अन्यौलमा रहेको एमाओवादीमा जनमतलाई स्वीकार गर्ने लाइन अल्पमतमा पर्यो । त्यसपछिका अहिलेभन्दा सापेक्षित उत्तम संविधान बनाउने अवसरहरुमा एमाओवादीले गोल गर्न सकेन । ......

जतिबेला माओवादी बलियो थियो, संविधान बनाउन दिइएन, एक्लै बनाउन माओवादीले सक्दैन थियो, मुख्य दलका शिर्ष नेताहरु, राष्ट्रपति, अदालतदेखि सेनापतिसम्म सबैले आ–आफ्नै पोजिसन देखाए ।

...... जसलाई गणतन्त्र स्वीकार्नै गाह्रो थियो, जनआन्दोलन नै केटाकेटी खेल लाग्थ्यो, उनीहरु गणतन्त्र र परिवर्तनका अन्य उपलब्धिहरुलाई संस्थागत गर्ने मुख्य भूमिकामा आइपुगे पछि के होला ? ...... पुराना शक्तिहरु नजिकिएर परिस्थिति १५ वर्ष अगाडिको राजनीतिक सन्तुलनतिर पुर्याउनसक्ने कमजोर सम्भावनाले आकार लिइरहेको छ । ...... यहाँनेर चित्रबहादुरजस्ता ‘आदर्श’ संघीयता विरोधीहरुभन्दा हजार गुणा खतरनाक भूमिकामा शेरबहादुर, भीम रावल र लेखराजहरु देखिएका छन् । एमाले उपाध्यक्ष तथा गृहमन्त्री

वामदेव गौतमले त सदनमै बोले, ‘संघीयतामा गएर गल्ती गरिएछ ।’

....... संघीयता जिन्दावाद भन्दै सीमांकनमा जाँदा अखण्डको कुरा गर्दछन् । यो राजनीतिक पाखण्ड नै अहिलेको हिंसाका पछाडि मुख्य रुपमा जिम्मेवार छ । एकाथरी मानिस छन्, जसले हिजो संविधानसभा माग्नेलाई पनि आतंकवादी भनेकै हुन् । आज उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगलाई अधिकार दिनुपर्छ भन्दा पनि आतंकवादी नै भन्छन् । ......

बाबुरामले जब थारुलाई पनि अधिकार दिनुपर्छ भन्छन्, शेरबहादुर पत्रकार सम्मेलन गरेर भन्छन्, बाबुरामले हिंसा भड्कायो । अनि थारुलाई रौं पनि दिन्न भनेको ताजा अतित बिर्सिएझैं गरेर कैलाली घटनाप्रति दुःख व्यक्त गर्दै गोहीको आँसु खसाउँछन् ।

..... जीवनभर कम्लहरी र कमैया बनेर मालिकको सेवा गरेर बसेकाहरुलाई मालिकहरुले जब परिवर्तित सन्दर्भ बिर्सिएर दासकै व्यवहार गर्छन्, तब परिस्थिति के हुन्छ ?


सेना परिचालन गरी जारी गरिने संविधान दिगो हुँदैन– थापा
संविधान जारी हुँदा जनतामा उत्साह र उमङ्ग हुनुपर्नेमा विभिन्न स्थानमा द्वन्द्व, हत्या र हिंसाका घटना हुनु दुःखदायी रहेको
बीरगंजमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरी चौकीहरुमा आगजनी



कलैयामा पनि गोली चल्यो
नेपालमा रहेका एक करोड भारतीयलाई संरक्षण गर्नुपर्छ : भारतीय गृहमन्त्री
इण्डिया टुडे लेख्छ- मधेसको आन्दोलनमा आदित्यको 'लजिस्टिक सपोर्ट' छ
एमाओवादीका नेताले भने– ‘थारुलाई प्रदेश नदिए टिकापुर घट्ना फेरि दोहोरिन सक्छ’
एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणी पोखरेलले ७ बाट ८ प्रदेश बनाएर भए पनि थारुहरुका लागि छुट्टै प्रदेशको माग गरेका छन् ।


हामी कसरी बिखण्डनकारी, कसरी आतंककारी?
यो पंक्तिकारले २०६९ सालमा प्रकाशित आफ्नो पुस्तक ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ को भूमिकामा उल्लेख गरेका थिए- ‘अहिले भविश्यबाणी गरिँदैछ कि नेपालको सुदूरपश्चिम तराई कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम सामन्ती डोट्याली प्रदेश (राज्य) अथवा सेती-महाकाली प्रदेश स्थापना गरियो भने निकट भविष्यमा मधेस बिद्रोहपछि अर्को थरुहट/थारुवान बिद्रोह उठ्छ। विगतका सामन्त खस शासकहरुको अहंकारपूर्ण प्रवृत्ति, शोषण र दमनकारी तथा हेपाहा मनोवृत्ति र डोट्याली राज्यका पक्षपोषकहरुका कारण राज्यपुरसंरचना अन्तरगत थारु समुदायको बसोबास, थारु भाषा संस्कृतिको र ऐतिहासिक निरन्तरताको आधारमा अब बन्ने ‘थारु–अबध–लुम्बीनी प्रदेश’ लाई तोडेर थारु समुदायलाई उनीहरुको प्रदेशमा कहिलपनि नेतृत्वमा आउन नदिनेगरी, सधैँ राज्यसत्ता भन्दा टाढा राख्न, भाषा, संस्कृति र थारु समुदायको स्वशासित प्रदेश बन्न नदिन र चौतर्फी विकास हुन नदिई सदैव सामन्ती शासकहरुको कमैया, कमलहरी, हली र सुकुम्बासी दासझैँ बनाइराख्न र उनीहरुलाई उनीहरुको थात-थलोबाट बिस्थापित गर्न ‘अखण्ड सुदूरपश्चिम’ अथवा ‘सेती-महाकाली डोट्याली सामन्ती राज्य’ पुनर्स्थापना गर्न खोज्ने खस सामन्त शासकहरुको योजनाविरुद्ध यो बिष्फोट ढिलो चाँडो उठ्नेछ भनेर थरुहट/थारुवान क्षेत्रका बासिन्दाहरुले भनिरहेका छन्। ‘Making of Modern Nepal‘का लेखक इतिहासविद डा. रामनिवास पाण्डेका अनुसार-

‘पछिल्लो महाभारत काल अथवा महाजनपद कालमा नेपाल तराईमा दुईवटा सभ्यता विद्यमान थियो। नारायणी नदी पूर्व मिथिला सभ्यता र नारायणी नदी पश्चिम लुम्बीनी सभ्यता। शाक्य गणराज्य थारुहरुको गणराज्य हो। यो गणराज्यमा पूर्व नारायणी नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको थियो। जसमा दाङ–देउखुरी र सुर्खेत उत्यकाहरु समेत यसमा समावेश थिए।’



‘बेवास्ता गरे सिंहदरबार कब्जा गर्ने चेतावनी’
यदि पहिचान सहितको थरुहट हुन्न भने एक महिनाभित्र थारुले थरुहट, मगरले मगरात, लिम्बुले लिम्बुवान कब्जा गर्नेछ। अनि लाखौको संख्यामा मार्चपास गर्दै सिंहदरबार प्रर्बेश गर्ने र सिंहदरबार पनि कब्जा गरेर पहिचानसहितको संघीय संबिधान घोषणा गर्ने बताए। ..... थारुहरुलाई मात्र संकट र दङ्गा क्षेत्र घोषणा गरी प्रशासनकै आडमा अखण्ड पक्षधरहरुसंग मिलि थारुहरुको घर खोजी खोजी जलाएको आरोप लगाइन्। उनले नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुरका थारुलाई एउटा रौं पनि नदिने अभिव्यक्तिको विरोध गर्दै

आफूहरु कैलाली कञ्चनपुरको एक इन्च जमिन पनि नछोड्ने चेतावनी दिइन्।

कांग्रेसको महाधिवेशन अनिश्चितकालका लागि स्थगित



कोइराला सरकारका ९ बदनाम मन्त्री – त्रिपाल पचाउनेदेखि लोक लजाउनेसम्म
सम्पत्तिको नाममा दुई वटा मोबाइल मात्रै रहेको सार्वजनिक भएको महिना नबित्दै आफ्नै बेडबाट १२ लाख हराएको समाचार आयो । ...... उनले आफूलाई धर्मनिरपेक्षता घोषणा भएको बारे थाहा नभएको अभिव्यक्ती दिएर लोक हँसाए । सोही अभिव्यक्ति पछि कोइरालालाई ‘हुस्सु’ प्रधानमन्त्रीको रुपमा समेत ब्याख्या गर्न थालियो । ....... वामदेव गौतम अमर्यादित व्यबहार .... भूकम्पपीडितलाई आएको राहतको जस्तापाता पीए रमेश महतले बेचविखन गर्न खोजेपछि ...... त्यस्तैगरि राहतको रकम भागबण्डामा करोडौं कुम्ल्याएको भन्दै कांग्रेसभित्र उनीमाथि प्रश्न उठ्ने गरेको छ । महतले राहत वितरण क्षेत्र निर्धारण गर्दा विभेद गरेको आरोप उनीमाथि छ । उनले भूकम्पका कारण सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकलाई भन्दा आफ्नो गृह जिल्ला नुवाकोटलाई धेरै रकम छुट्याएका थिए । ...... एमाले वृतमा उर्जामन्त्री राधा ज्ञवालीलाई धनी मन्त्रीको रुपमा लिइने गरिन्छ । हाइड्रोपावरको लाइसेन्स वितरणमा आर्थिक स्वार्थमा फसेको तथा जलविद्युत आयोजनामा मनपरी गरेर करोडौंको भ्रष्टाचार गरेको उनीमाथी आरोप छ । जलविद्युत आयोजना प्रमुख नियुक्ती तथा विभिन्न राजनीतिक नियुक्तीहरुमा मोटो रकम लिने गरेको ज्ञवालीमाथि आरोप छ । उनी सरकारी मन्त्रीहरुमध्ये सबैभन्दा बढी विवादमा आइरहने मन्त्री हुन् । ......... रिजाल एक औपचारिक कार्यक्रममा कट्टु लगाएर पुग्दा हाँसोको पात्र बने । ... कृषि मन्त्री हरिप्रसाद पराजुली .. असार १५ मा धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा महिलामाथि अश्लिल हर्कत गरेको ..... सहरी विकासमन्त्री नारायण खड्का .. भूकम्पपीडितका लागि राहतको त्रिपाल खरिदमा घोटाला गरेको आरोप ..... उद्योग मन्त्री महेश बस्नेत मन्त्री बन्नु अघि नै निकै विवादीत व्यक्ति हुन् । गुण्डा नाइकेहरुको संरक्षण गरेको आरोप लागेका बस्नेतले उद्योग मन्त्रीमा नियुक्त भएको केही दिनमै युवा संघकै वरिष्ठ उपाध्यक्ष दिलुपन्त माथि अमर्यादीत व्यवहार गरेका थिए ।


छिट्टै वार्ता नभए मधेस आन्दोलन नेतृत्व विहिन हुने खतरा
आन्दोलनको राजनीतिक उपचार खोजिनु पर्ने
मधेसी नेताहरुले आन्दोलनको नेतृत्व गुमाउने ..... ‘मधेसका अधिकांश मागहरु सम्बोधन भैसकेका छन्, त्यसलाई वार्ता मार्फत लिपिबद्ध गरिएन भने म मधेसको आन्दोलन राजनीतिक दलको नेतृत्वबाट उम्कने सम्भावना देख्दैछु । त्यसका लागि सरकार र आन्दोलनकारी दलहरु दुबै जिम्मेवार हुनुपर्छ ।’– अधिवक्ता तथा मधेस आन्दोलनलाई नजिकदेखि नियाली रहेका जितेन्द्र झाले खबरडबलीसँग भने । ....... प्रमुख राजनीतिक दलहरुले प्रदेशको सिमांकन गरे लगत्तै शुरु भएको विरोधमा अहिलेसम्म ९ आन्दोलनकारी, नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मी तथा एक नावालक गरी कुल

१७

जनाले ज्यान गुमाई सकेका छन् । ....... ढिलो गरी वार्ता हुदा मधेस आन्दोलनले झनै ठुलो रुप लिनसक्ने ..... मधेस आन्दोलनले थप हिंसात्म रुप लिँदै जाँदा प्रहरी पोष्ट जलाउने तथा प्रहरी तर्फ लक्षित गरी सांघातिक हमला हुने क्रम बढेको छ भने मधेसमा रहेका सत्ताधारी दलका पार्टी कार्यालयहरु पनि बारम्बार आन्दोलनकारीको निशाना बन्ने गरेका छन् । ......

नेपाली कांग्रेसका दिवंगत नेता गिरीजाप्रसाद कोइरालाको सालिकमा तोडफोड भएको छ



विघटनबाट जोगिन खोज्दै कांग्रेस
असोज ५ पछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न उठिरहेका बेला कांग्रेसले सविधान संसोधन विकल्पबाट वैधानिक हुने बाटो खोेजेको थियो । तर, संविधानमा ५ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानमा ६ महिना थप गर्ने गरी अन्तरिक संविधान संसोधनको छलफल पनि गरिरहेको छ । तर, सत्तारुढ दल एमालेले संविधान संसोधन गरी फेरि ६ महिना थप्ने प्रस्तावलाई कांग्रेसको सरकार नछोड्ने, संविधान निर्माणमा ढिलाई गर्ने योजनाको रुपमा बुझेको छ । सोही कारण

कांग्रेसले दुई हप्ता अघि नै संविधान संसोधनका लागि एमाले र एमाओवादीसँग छलफल गरेर संसोधन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि दुबै दलले खासै रुची देखाएका छैनन् ।

तर, पनि कांग्रेसले प्रयत्न छोडेको छैन् । ......... कांग्रेसले संविधान निर्माणमा लाग्नुपरेकोले महाधिवेशनमा लाग्न नसकेको बताउँदै आएको छ । तर, पनि भित्री कारण भने यस्तो नभएको नेताहरु नै बताउँछन् । सभापति सुशील कोइराला अहिलेनै महाविधेशन गर्दा आफू पराजित हुनुपर्ने मानसिकतामा रहेकोले ढिलाई भएको देउवा पक्षको बुझाई छ । ...... संस्थापनमा पदाधिकारीका आकांक्षी धैरै हुनुले उनीहरुलाई तत्काल नै मिलाउन सक्ने अवस्थामा नहुँदा तत्काल महाधिवेशनमा गए त्यसैको असन्तुष्टी र विरोधले देउवा हावी हुने बुझाईमा कोइराला छन् । सोही महाधिवेशनका केही कार्यक्रम सुरु गर्ने, संविधान ससोधन गर्ने जस्ता विकल्पबाट ६ महिनासम्म महाधिवेशन धकेल्ने योजनामा उनी छन् ।


विराटनगरमा मोर्चाले बन्दलाई अझै शसक्त बनाए
सङ्घीय समाजवादी फोरम नेपाल मोरङका सदस्य जीतेन्द्र यादवले कूटनीतिक निकायका गाडी, एम्बुलेन्स, फोहर सङ्कलनका गाडी, शववाहन, दूधका गाडी र पत्रकारका गाडी निर्वाध रुपमा चल्न दिने र यसबाहेकका गाडीलाई चल्न नदिने जानकारी गराउनुभयो । ... लगातार

१८औँ

दिनदेखि बन्द जारी

No comments: