Friday, September 04, 2015

In The News (16)



प्रक्रिया अघि बढे गच्छदार मोर्चा संविधान निर्माणबाट अलग हुने
सहमति कार्यान्वयन सुनिश्चित नभई आन्दोलन टुंगिन्न : केसी



अस्तव्यस्त अर्थतन्त्र
ठूला र बहुराष्ट्रिय कम्पनीको उत्पादन ठप्प छ । भएको उत्पादन पनि सम्बन्धित क्षेत्रमा पुर्‍याउन नसकिएकाले खेर गइरहेको छ । .... अधिकांश जिल्ला सदरमुकामलाई निषेधित र दंगाग्रस्त क्षेत्र घोषणा गरिएका छन् । बजारमा खरिद बिक्री छैन । उत्पादन रोकिएको छ । सर्वसाधारण अत्यावश्यक वस्तु खरिद गर्नबाट वञ्चित छन् । .... बल्लतल्ल रोपाइँ गरेका किसान मल अभावले पिरोलिएका छन् । आपूर्तिका लागि गोदाममा राखिएको मल गाउँगाउँमा पुर्‍याउन सकिएको छैन । कर्फ्यु र निषेधाज्ञाले किसान सदरमुकाम आउन सकेका छैनन् । ..... तराई ठप्प भएपछि मध्य र पश्चिम पहाडी जिल्लामा खाद्यान्न सामग्री आपूर्ति रोकिएको छ । चितवन र मकवानपुरमा भने आंशिक प्रभाव परेकाले यहाँबाट पहाडी जिल्लामा आपूर्ति भइरहेको छ । तर रुपन्देहीको भैरहवाबाट खाद्यान्न आपूर्ति गर्न नसकिएकाले लुम्बिनी अञ्चलका पहाडी जिल्लामा अभाव सुरु भएको छ । ..... ठाउँठाउँमा खाद्यान्न र ग्यास अभाव भएको छ । सर्वसाधारणले २४ सै घण्टा घरभित्र खुम्चिएर बस्नुपरेको छ । सधै चहलपहल हुने बजार सुनसान छन् । ..... तीन साता देखिको बन्द र ३ दिन यताको कर्फ्युले पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले दैनिक ६० करोड रुपैयाँ बराबरको नोक्सान बेहोरिरहेका छन् । .... ‘बैंक ब्याज, भन्सार डिमान्ड शुल्क, मजदुर खर्च, बिजुली बिल आदि जोड्दा कम्तीमा दैनिक यति रकम घाटा भइरहेको हो,’ उनले भने, ‘बैंक ब्याज तिर्न नसकेका कतिपय उद्योगले दैनिक २० लाखसम्म घाटा बेहोरिरहेका छन् ।’ ...... करिडोरका उद्योगमा ५० हजारभन्दा बढी मजदुर कार्यरत रहेको अनुमान संघको छ । उद्योग बन्द हुँदा मजदुर कामविहीन हुने र उद्योगलाई काम नभएको समयमा पनि मजदुरलाई तलब दिनुपर्ने अतिरिक्त भार बढछ । बन्दले रुपन्देहीको लुम्बिनी करिडोरका सबै र भैरहवा–परासी खण्डमा सञ्चालित उद्योग प्रभावित भएका छन् । ..... लुम्बिनी करिडोरमा १ दर्जन सिमेन्ट उद्योग र त्यति नै संख्यामा रहेको अन्य ठूला उद्योग सञ्चालित छन् । ..... त्यसैगरी मध्य तराईमा पनि छर्ने बेलामा रासायनिक मल आपूर्ति हुन सकेको छैन । कृषि सामग्री कम्पनीले आयात गरेको मल जिल्लामा आपूर्ति सम्भव भएको छैन । किसान भौंतारिन बाध्य छन् । मध्य तराईका बारा, पर्सा, रौतहट र सर्लाहीमा चर्को अभाव सिर्जना भएको छ । कृषक दिनहुँ जिल्लास्थित कृषि सामग्रीको कार्यालय धाउने गरेका छन् । ...... मौका छोपेर तस्करले भारतबाट ल्याएको गुणस्तरहीन मल चर्को मूल्यमा बिक्री भइरहेको छ । ‘प्रतिबोरा १ हजार ६ सयका दरले किनेर ल्यायौं,’ चन्द्रनिगाहपुरका किसान रामप्रसाद तिमल्सिनाले भने, ‘नभएपछि काम चलाउनैपर्‍यो ।’ ....... लामो बन्द, निषेधित क्षेत्र, कर्फ्यु र दंगाग्रस्त क्षेत्र घोषणा लगायतले मुलुकमै धेरै राजस्व संकलन गर्ने व्यस्त भन्सार सुनसान बनेको छ । ..... भदौ महिनामा यो भन्सारले ८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको छ । यो भन्सारले सामान्य दिनमा २५ देखि ३५ करोड रुपैयाँसम्म पनि राजस्व संकलन गर्छ । ..... सोमबारसम्म भन्सारले ३३ करोड ४ लाख रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । यो मासिक राजस्व असुली लक्ष्यको जम्मा २१ दशमलव ७४ प्रतिशत मात्र हो । ...... बिहीबार मध्याह्नसम्म गरी बन्दरगाहमा तेस्रो मुलुकबाट मालवस्तु बोकेर आएका ४ सय २५ कन्टेनर थन्किएका छन् । ........ बन्दका कारण पछिल्ला दिनमा भैरहवा भन्सार हुँदै आयातमा कमी आएको छ । भन्सार प्रमुख लावण्य ढकालले भन्सारमा दिनभर सामानको क्लियरिङ हुने र साँझमा सुरक्षाकर्मीको एस्कर्टिङमा ढुवानी गर्ने कार्य भइरहेको छ ।
सञ्जय साह काठमाडौँ सारिए

पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको बताइएको छ ।

साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो ।

No comments: