In The News (15)



मधेस विद्रोहका आयाम र चुनौती
यो निरन्तरता रहदै गएमा मधेस विद्रोहले संतृप्ति विन्दु पार गरिसके पश्चात त्यो सशस्त्र संघर्षको मोड तिर लाग्ने छ । ..... आफ्नो राष्ट्रिय संप्रभुत्व भित्रका मधेसी सँस्कृति भएका नेपाली जनताले व्यक्त गरेको असन्तुष्टिलाई, उनीहरूले राखेका मागहरूलाई राज्यले संवोधन गर्नुपर्दछ । जुन राज्यले आफ्ना जनताको असन्तुष्टिलाई सुन्दैन उक्त राज्यले ति जनताहरू माथि शासन गर्ने वैधता गुमाउँछ । ........... मुलुकमा राज्यव्यवस्थाहरू परिवर्तन भए । राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था, सुधारिएको पञ्चायती व्यवस्था, वहुदलीय प्रजातन्त्र अनि लोकतान्त्रिक गणतन्त्र आए । तर, यी परिवर्तनहरूले पनि मधेसका युवाहरूमा आफू अझै पूर्ण नेपाली भइनसकेको अनुभूति भइरह्यो ।

दक्षिणको सीमा वारपारमा भारतीय प्रहरी प्रशासनबाट हुने जाँच र दुर्व्यवहार अनि आफ्नो पछौटे देशको मात्र हैन पछौटे क्षेत्रको मानसिकता र कुण्ठा बोकेर बाँच्नु पर्ने वाध्यता रह्यो युवा वर्गमा ।

उनीहरूका दृष्टिमा पहाडे बाहुल्य रहेको राज्य सत्ताका कयौं स्थानमा अवसर लिन पनि आफू नातागोतामा नपर्ने र भनसुन चाकडीले पनि काम नहुने हुँदा उनीहरू विरक्तिदै गए । ......... हुन पनि वितेका दशकहरूमा मानव विकासको सूचकको दृष्टिमा मूलतः मधेसी सँस्कृति, जनजाती र मुसलमानहरूको सघन बसोबास भएका क्षेत्रहरू पहाडका अति दुर्गम स्थानसरह नै पिछडिन पुगे जुन प्रविधि विस्तारको सुगमताको दृष्टिबाट हेर्दा पटक्कै नमिल्दा थिए । फलतः आफूलाई पाखापारिएको महसुस गरिरहेका जनताहरूले अहिले असन्तुष्टि पोखिरहेका हुन् । मधेस विद्रोहको यो मूल प्रवृत्ति हो । ....... वास्तविकरूपमा आफ्नो राष्ट्र नेपाल नचिनेका र राष्ट्रलाई केवल भूगोलकोरूपमा मात्र बुझ्ने कतिपय पहाडी जनताहरूले दसगजा पारीका सीमावर्ती क्षेत्रका भारतीयहरू सरह नै नेपाल तराई-मधेसमा बसोबास गर्ने जनतालाई हेर्ने उदेकलाग्दो भ्रमपूर्ण दृष्टिकोण पालिरहेका छन् । वर्णमा कालो हुनु, भाषा बेग्लै बोल्नु र पहिरनमा धोती लगाउनु मधेसीको परिचायकको रूपमा लिने गर्दछन् र अलिकति तल्लो दर्जामा राखेर हेर्ने गर्दछन् । जनस्तरबाट हेर्दा उनीहरूले अझै पनि विविधतामा आधारित समग्र नेपाली राष्ट्र चिनिरहेका छैनन् । ........ कृषियुगिन मौर्यकालमा साम्राज्यको उत्कर्षमा पुगेको भारत अहिले औद्योगिक वा पुजीवादी युगको मोदीकालसम्म आइपुग्दा विश्व शक्ति राष्ट्रको हैसियतमा उक्लदै दक्षिण एसियाली प्रायद्विप र यसको वरपर एक नवोदित साम्राज्यको हैसियतमा आरोहण गरिरहेको छ । ...... हुन पनि भारतको बढ्दो जनसंख्याका लागि स्वच्छ पिउनेपानी, बृहत सिचाईं योजना र विद्युत उत्पादनका लागि नेपालका नदीहरू धरातलीय हिसाबमै उपयुक्त छन् । प्राकृतिक भूगोलअनुसार स्वच्छ पानीको निर्माता पहाड वा हिमालय हुने गर्दछ र अक्सर यसको उपभोक्ता समथर भुभाग हुने हुँदा ८०० किलोमिटर लामो नेपालको हिम श्रृङ्खला भारतका निम्ति खास महत्वको क्षेत्र हो ।

Comments