Tuesday, September 29, 2015

In The News (126)

भारतीय च्यानलको प्रसारण नरोक्न निर्देशन
प्रसारण रोकिएकोमा स्पष्टिकरण माग





नाकाबन्दीले तनहुँमा पेट्रोलियम र ग्याँस अभाव
व्यास–१ स्थित सुगम आयाल सप्लायर्सका संचालक महेश बतासले पेट्रोलियम अभाव भएपनि प्रत्येक दिन सवारीसाधनहरुको भिड लाग्ने गरेको बताए । यस अघि ७ गते बिहिबार आफ्नो पेट्रोल पम्पमा डिजेल र पेट्रोल झरे पनि तुरुन्तै सकिएको र त्यसपछि पेट्रोलियम माग गर्दा पनि प्राप्त गर्न नसकेको उनले जानकारी दिए । अधिकांश ग्राहकले फोन गरेर पेट्रोलियम भए नभएको सोध्ने गरेको उनले बताए । ...... पेट्रोलियम आउने आशामा प्रत्येक दिन दमौलीमा रहेका सुगम आयाल सप्लायर्स र जोशी आयाल स्टोर्समा मोटरसाईकल र सवारीसाधनको भिड लाग्ने गरेको छ । जिल्लाका अन्य पेट्रोल पम्पहरुमा समेत पेट्रोलियम पदार्थ सकिएको उनले बताए । ..... दमौलीमा खाना पकाउने ग्याँसको समेत अभाव भएको छ । ग्याँसको अभाव भएपछि दमौलीवासी विकल्पमा जुट्न थालेका छन् । सदरमुकाम दमौलीकी ग्याँस विक्रेता सरु श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्याँस अभाव भएको बताइन् । आफूहरुबाट मासिक करिव ५ सय वटा ग्याँसका सिलिण्डर विक्रि हुँदै आएपनि असोज लागेपछि जम्मा ६० वटा मात्र सिलिण्डर विक्रि गरेको उनले बताइन् । .....

घरमा खाना पकाउने ग्याँस सकिएपछि भुसबाट खाना पकाउने चुल्हो किनेर खाना पकाउन सुरु गरेको

व्यास ११ की राममाया गुरुङले बताइन् । खाना पकाउन केही झन्जट र ढिलो हुने गरेपनि ग्याँसको विकल्प खोज्नु परेको उनले सुनाइन् । ‘ग्याँस सकिएपछि किन्नलाई अर्को सिलिण्डर पाइएन,’ उनले भनिन्, ‘त्यसैले १२/१५ दिनदेखि भुसको चुल्होमा खाना पकाउँदै आएकी छु ।’ .....

‘ग्याँसको अभाव अहिले मुलुकभर नै देखिएको छ,’

उनले भने, ‘ग्याँसको अभावलाई छिट्टै समाधान गर्नुपर्छ भनेर हामी जुटी रहेका छौं । तत्कालका लागि ग्याँसको विकल्पमा लाग्न हामी सबैमा अनुरोध गर्छौ ।’
गच्छदार र ठाकुर भेट, नाकाबन्दी हाम्रो कारणले होइन : गच्छदार
हवाइ इन्धनको कारण देखाउँदै चाइना साउदर्नले गर्‍यो उडान रद्द

Dear agents and passengers ,We are sorry to inform you all due to aircraft Fuel problem in Nepal , China Southern...

Posted by China Southern Airline Kathmandu on Monday, September 28, 2015


धनगढीमा इन्धनको कोटा प्रणाली लागू
प्रत्येक दिन निजी कारलाई १० लिटर, मिनीबसलाई २० लिटर, ट्याक्सीलाई १० लिटर, ट्रयाक्टरलाई १५ लिटर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पाउने गरी कोटा निर्धारण गरिएको छ ।
महामहिम ज्यू यो संविधान ख्यालठट्टा हैन : ओली
उप-राष्ट्रपतिको विज्ञप्तिप्रति ओलीको आक्रोश
संविधान पुनर्लेखन हुँदैन
ओलीले भारतले नेपालको संविधानलाई स्वागत नगर्नु उचित नभएको टिप्पणी गरे । उनले भने,

'भारतजस्तो मित्र राष्ट्रले संविधान बनेकोमा स्वागत गरेन । नोटिस मात्रै लिएको भन्यो । उसका व्यवहारहरु अरु प्रकारका पनि देखिन थालेका छन् ।

भारतजस्तो लोकतान्त्रिक मानिएको देश यस्ता कुरामा अल्झिनु नसुहाउने र अनुचित काम हो ।'...... उनले संविधान जारी भएकोमा खुशीयाली मनाउनु पर्नेमा मधेसवादी नेताहरु धेरै भावनामा भडकिएको बताए । ..... ओलीले अहिले केही नेताले संविधान पुनर्लेखन गर्नुपर्ने माग गरेको र उक्त कार्य हुनै नसक्ने बताए । उनले भने, 'कसैकसैले संविधान पुनर्लेखन गर्नुपर्छ भनेको पनि सुनेको छु । संविधानसभा सक्किसक्यो । संविधान जारी भैसक्यो। जिद्दिको पनि हद हुन्छ नी । असंवैधानिकताको पनि हद हुन्छ नी ।

पुनर्लेखन हुँदैन ।'

...... एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु भएको हो। देशभरका ६ सय अगुवा नेता छन् । भेला संविधानमा भएका विशेषता र संविधान निर्माणमा पार्टीले खेलको भूमिका र अब के गर्ने विषयमा केन्द्रित छ । ..... यो भेलापछि अगुवा कार्यकर्ता संविधानको विषयलाई प्रचारप्रसार र कार्यान्वय प्रयोजनको लागि देशव्यापी परिचालित हुनेछन् ।


नेपाली राजनीतिमा सक्रिय भाले
डाक्टरसँग बिदा मागेर श्रीमान् श्रीमती कोठाबाट निस्किनै लाग्दा ढोकाबाट श्रीमान् डाक्टरकहाँ पुगेर सोधेछन्,‘डाक्टरसाब भालेले केही पनि गर्दैन भनेर मैले त कुरो बुझेँ । तर, त्यो भालेलेचैं कुरो बुझ्यो कि बुझेन होला ?’ ...... अरु त अरु तराई र मधेसबाट प्रतिनिधित्व गर्ने दलका साना भालेहरु पनि संविधानमा तपाईंहरुका यी–यी मुद्दाहरु समेटिएका छन् भनेर आफ्ना मतदाता समक्ष जान सकिरहेका छैनन् । ..... छिमेकी भारत नेपालमा संविधान जारी भएको ‘जानकारीमा आएको’ भन्दै आफ्नो संलग्नता खोज्दैछ । अझ नेपालमा संविधान जारी भएसँगै सीमामा हिंसात्मक गतिविधि बढेकाले उसले त्यहाँ कडाइ गर्दै अघोषित नाकाबन्दी लगाइसकेको छ । .... भाई फुटे गँवार लुटेको अवस्थामा मुलुक पुग्न लागिसकेको छ । अथवा

ठूलै अनिष्ठ सन्निकट छ भन्ने कुराको भेउ जनजनले पाइसके ।

..... काठमाडौमा रहेको भाले तराई–मधेस शब्द पनि सम्झौतामा राख्न चाहन्न । दशगजामा उभिएर स्वदेसी सुरक्षाकर्मीलाई ढुङ्गा हान्ने भाले पनि छिमेकीको सहारामा देशवासीमाथि नाकाबन्दी गराएर माग पूरा गराउने ध्याउन्नमा छ ।
नेपाली भाषाका च्यानल निषेध गरिने
निर्णय नसच्चयाए मधेश क्षेत्रमा नेपाली भाषाका हरेक संचारमाध्यममा यहाँका जनताले प्रतिबन्ध लगाउने यादवले जनाए । 'काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि सञ्चालनमा रहेका भारतीय च्यानल पुनसूचारु नगराए हामी कडा कदमको लागि बाध्य हुन्छौं,' उनले भने, 'त्यस पछि नेपाली भाषाका सम्पुर्ण टेलीभिजन च्यानल र चलचित्र मधेशमा रोक लगाइने छ ।'
वार्तामा शीघ्रता आवश्यक
यस्ता प्रयासबाट अपेक्षित परिणाम निस्कने छाँट नदेखिनु अहिले चिन्ताको विषय बनेको छ । .... तराई–मधेसको जनजीवन झन्डै दुई महिनादेखिको आन्दोलन र अशान्तिले अस्तव्यस्त पारिरहेकै छ । ..... मधेसमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउने गरी भारतले सीमामा गरेको अघोषित नाकाबन्दीको असर राजधानीमा महसुस हुन थालेको छ । ....

कतिपय आन्दोलनकारी दल/नेताहरूले संविधानकै पुन:लेखन गरिए मात्र मान्य हुने कुरा गर्न थालेका छन् ।

.... जिल्ला–जिल्लामा तैनाथ गरिएको सैन्य टुकडी सरकारले फिर्ता गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकलाई दस–दस लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिने घोषणा गरेको छ । .... यसबीच लगाइएका मुद्दाहरू फिर्ता लिने, घाइतेहरूको उपचार गर्ने, पक्राउ परेकालाई रिहा गर्नेजस्ता उनीहरूका पूर्वसर्त पूरा गरेर सरकारले औपचारिक वार्ताको वातावरण बनाउनुपर्छ । आन्दोलनकारी दलहरूले पनि आफ्ना खास माग केके हुन्, त्यसलाई ठोस रूपमा ल्याउनुपर्छ । .... आन्दोलनकारीका प्राय: कुनै माग नयाँ छैनन्
‘नयाँ शक्ति’ गठनका व्यावहारिक प्रश्न
सबैजसो निर्णायक नेता सुशील कोइराला, केपी ओली, प्रचण्ड, वामदेव गौतम, कृष्ण सिटौला, माधव नेपाल, शेरबहादुर देउवा तराईको मतबाट विजयी भएका हुन्। ....... तर उनीहरूको विजयभूमिमै यो दङ्गाफसाद, हत्या, रक्तपात, अशान्ति, असुरक्षा र जनजीवन ठप्पको अवस्था कसरी पैदा भयो? .... यो जागरुकता न्यायको लागि विद्रोह हो कि फगत सत्ताको लागि जंगबहादुर बन्ने महत्त्वाकांक्षा? वा सहज चेतनाका नाममा अस्वाभाविक उत्तेजना? नेताका नाममा जनताका आँखामा आँसु हुँदो हो त शुभ मानिन्थ्यो, तर भइरहेछ– नेताका कारणले जनताका आँखामा आँसु। ..... कार्यसम्पादनका दृष्टिले मान्छे चार प्रकारका हुन्छन्– जान्दछ–गर्छ, जान्दछ–गर्दैन, जान्दैन–गर्छ र जान्दैन–गर्दैन। .... ‘हामी नयाँ शक्तिको संस्थापक वा नेता भयौं, अब सबै कार्यकर्ता हुन आओ’ भन्ने खालको आह्वानमा आधारित शक्ति बनाउन खोजियो भने त्यस्तो शक्तिको भविष्य हुँदैन।


हे एन आर एन आ ई सि सी !भारतले लगाएको अघोसित नाकबन्दी बिरुद्ध केही त बोल ! कमसेकम पिडामा परेका हाम्रा नेपाली दाजु भाई ,द...

Posted by Bijaya Poudel on Tuesday, September 29, 2015

बि.स. ०४७ सालमा तत्कालिन माओवादीले संसदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाँउ भने जस्तै अहिले जारी भएको संविधान ...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले पूर्व प्र.म. र बरिष्ट नेता डा. बाबुराम भट्टराईसंग भेट गरि मधेस आगमनम...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा तमरा अभियानका संयोजक जय प्रकाश गुप्ताले पूर्व प्र.म. र बरिष्ट नेता डा. बाबुराम भट्टराईसंग भेट गरि मधेस आगमनम...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

तिम्रो पो रङ मिल्छ भाषा मिल्छ अनि दिल पनि मिले जस्तो भएको होला । तिम्रो पो माईति मावली र ससुराली त्यतै छ त्यसैले यो मा...

Posted by Bijaya Poudel on Tuesday, September 29, 2015

ईन्डियाको टेलिविजन बन्द गर्नेहरु, ईण्डियन कम्पनीबाट् किनेका सबै मोटार साइकलहरु जलाउ, पहिले अफ्नै घरको मोटर् साइकल्बाट् सुरु गर्यौ अनि बल्ल इन्दिया ले पनि थाहा पाउने छ। यस्तो पो हुनुपर्छ बिरोध् प्रोग्राम

Posted by Mahabir Chaudhari on Tuesday, September 29, 2015

अहिले रातीको १० बजे लहानमा प्रहरीले तमरा अभियानका संगठन विभाग सदस्य राम शंकर साहलाई बिना पुर्जी निजको घरबाट गिरफ्तार गरे...

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

आज जनकपुरमा गंगा आरतीको १ बर्ष १२२ औं दिवस । जनकपुरमा अध्यात्म, शांति र पर्यटनको नयाँ केन्द्र । सुखद अनुभूतिको क्षण ।

Posted by Jay Prakash Gupta on Tuesday, September 29, 2015

नेपालमा सबै जनता बीचको एकताको सबै भन्दा ठूलो शत्रु यहाँ को मेन स्ट्रीम मिडिया हो ,टी भी र एफ एम विशेष गरी । काठमांडौ र...

Posted by Sarita Giri on Monday, September 28, 2015

India receives more from Nepal in remittance n trade, not to talk about Nepali blood to defend its borders.

Posted by Dinesh Prasain on Monday, September 28, 2015

राजेन्द्र महतो कारागारमा......बिरगंजको कारागारमा बन्द रहेका आन्दोलनकारी तमलोपा का महामन्त्री श्री जितेन्द्र सोनल र नवल...

Posted by सदभावना पार्टी on Tuesday, September 29, 2015

No comments: