In The News (124)

मधेसी मोर्चा र तीनदलको वार्ता सकारात्मक
आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, सेनालाई ब्यारेक फर्काउनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने .... सङ्घीय प्रदेशको सीमा, नागरिकता, समानुपातिक तथा समावेशिता
संकटको पृष्ठभूमी र समाधानका सुत्र
मुलुक अपठ्यारोमा छ। ‘राष्ट्र’ त यो अझै बनिनसकेकै अवस्था हो। ..... क्षणिक उतेजनाले हामीलाई राप र ताप त दिन्छ तर दिर्घकालिन प्रकाश दिँदैन। दिने भए, आज हामी एसियामा अफगानिस्तान पछि दोस्रो गरिब हुने थिएनौं। .... आज जे जस्ता परिस्थिति उत्पन्न भएका छन्- ती एकै रातमा, एकै छाकमा र एउटै जय शंकरका वा पराजय शंकरका कारण उम्रिएका होइनन्। .... नेपाल-भारत सम्बन्ध यती बहुआयामिक छन्, कुनै एउटा सरकार वा दुबै सरकारले मिलेर पनि सम्बन्धको समग्रतामा एक हदभन्दा बढ्ताको नोक्सान पुर्‍याउन सक्दैनन्। ..... ‘नेपालको मूल समस्या संविधान हुँदै होइन विजय। मूल समस्या अन्तै छ। संविधान निर्माण गर्ने भनेको रुख रोप्ने हो। फर्निचर ल्याएर कोठामा सजाउने होइन। जसरी रुख विकसित हुँदै जान्छ, संविधान पनि विकसित हुँदै जान्छ। हाम्रो आचरण, निष्ठा र ईमान्दारीको मलजल पायो भने मात्र संविधान हुर्कन्छ। होइन भने कागजको खोस्टामा परिणत हुन्छ। पहिला पहिला भएको त्यही हो विजय! अब नेपालमा हुने पनि त्यही हो।’ .....

नेपाल भारत सम्बन्धमा पारदर्शीता र स्पष्टता नआएसम्म जतिवटा संविधान फेरेपनि केही हुन्न।

..... ‘संविधान भनेको जीवन्त रूख हो, मृत काठको फर्निचर होइन। रूख हो, राम्रो हेरचार पाए बढ्छ, होइन भने मर्छ।’ .... छैठीको दिनमा कुनै पण्डितले भविष्यवाणि गरेको भरमा कुनै बालख स्कुल नै नगइकन डाक्टर, ईन्जिनियर वा वकिल हुनसक्छ? ....

संविधानको स्वीकारोक्तिको दायरा फराकिलो पार्न चाही अनिवार्य देखिएको छ।

..... ‘नेपालमा राजनीतिक क्रान्तिको लक्ष्य मात्र पुरा भएको छ। सामाजिक र आर्थिक क्रान्ति बाँकी नै छ। सामाजिक सन्तुलन र आर्थिक विकासको अभावमा राजनीतिक क्रान्तिलाई धेर बेर अड्न गारो हुन्छ। शासन चलाउँदा, धेरै प्रकारले सामाजिक विविधता र जातजातिको सन्तुलन मिलाउँनैपर्छ। ६ वटा राजदूत बनाउँदा सबका सब ब्राम्हण किन बनाइए भनेर बिरोध गर्दा मलाई ब्राम्हण बिरोधी भनेर प्रचारित गरियो। मेरो जीवन पनि अजिबै रह्यो विजय। जवान छँदा काठमाडौंका केही नेवार साथीहरूले-बाहुनको मुतमा बगेर गणेशमान खतम भयो भने–तिनका इसारा अरू कोहि नभएर कोइरालाजी (बीपी) थिए। आज बुढेशकालमा आएर मलाई ब्राम्हण बिरोधी भनियो। म भाषा मिलाएर भन्न जान्दिनँ। तर, सामाजिक सन्तुलन मिलाउँनै पर्छ। आखिर राजनीति पनि हामीले सबैको शान्ति र विकासका निम्ति न गरेका हौ।’ ...... उनको कुनै सरकारी पद थिएन। तर पनि अमेरिका जाँदा अमेरिकी राष्ट्रपति जर्ज बुशले उनको स्वागत ‘ह्वाइट हाउस’ को ‘ओभल अफिसमा’ गरे। ....... उनी पछि कयौं नेपाली प्रधानमन्त्री राष्ट्रसंघमा भाग लिन अमेरिका पुगे। तर, ह्वाइट हाउसको ओभल अफिसमा स्वागत पाउने सपना पनि देख्न सकेनन्, विपनाको त कुरै छाडौं। .... असंख्य प्रधानमन्त्री न्युयोर्क गए, महासभामा भाग लिन आएका एक हुल राष्ट्राध्यक्ष वा सरकार प्रमुखसँग अमेरिकी राष्ट्रपतिले हात मिलाउँदाको फोटो खिचाए, फर्केर आए। .... नेपालका प्रायः सबै भूभाग खुसी भएको अवस्था भए कति सुन्दर हुन्थ्यो होला जीवन। ..... ‘हामीले बनाएको संविधानको मस्यौदामा कतिपय यस्ता प्रावधान छन् जो एक वा अर्को दृष्टिकोणबाट हेर्दा, कसै न कसैलाई आपित्तजनक लाग्न सक्छन्। हामीले स्वीकार गर्न सक्नुपर्छ- दोष र अवगुणहरू हाम्रो देशको वर्तमान अवस्थामा मात्र होइन अपितु जनता स्वयं भित्र पनि रहेकाछन्। यदि जनताले योग्य नैतिकवान मानिसहरूलाई चुनेर पठायो भने त्यस्ता जनप्रतिनिधीले एक ‘दोषयुक्त’ संविधान अन्तर्गत रहेर पनि उत्कृष्ट नतिजा दिनेछन्। तर, यी गुणहरूको अभावमा जस्तोसुकै संविधानले पनि राष्ट्रलाई कुनै मद्दत गर्न सक्ने छैन। आखिर, संविधान एउटा मेसिन झै निर्जिव बस्तु हो। इमान्दार र योग्य मानिसले त्यसलाई सञ्चालन गरे मात्र संविधानले जीवन्त हुने मौका पाउँछ।’ .......

बडा संवेदनशिल सन्तुलनको खाँचो छ। उखान टुक्का र दोहरी गीतको समय होइन।

...... त्यसैले दसकौदेखि ‘मिलेर’ बसेका भनिएकाहरू नै उठेर भन्न थालेका छन् ‘हाम्रो अघिल्लो पुस्ता तिमीहरू सित मिलेर बसेको थिएन। हामी तिमीहरूलाई सहेर मात्र बसेको थियौं। अब पनि हामी मिलेरै बस्न चाहन्छौं। तर अबको मेलमिलाप पुरानै थिति अनुसार हुन सक्दैन।’ ....

संविधान घोषणा गर्न त्यति हतारो किन भयो?

...... त्यसपछिका दिनमा झारा टार्ने शैलीमा दुई दिनको समय सीमा थपियो। संविधानसभामा आन्दोलरत अन्य दल त आएनन् नै, लामो समयदेखि साथ दिएका विजय गच्छदार पनि बैठकबाट रूँदै बाहिरिए। तराई मधेशसँग बिग्रिएको सम्बन्धका उनी अन्तिम त्यान्द्रो थिए। एउटा स्थानमा जम्मा दुई शब्द थप्न चाहन्थे उनी सम्झौतामा। दुई शब्द थिए–तराई र मधेश। ... विग्रहको जब ईतिहास लेखिएला, त्यो बैठकको उपस्थित ती नेताहरूले उन्मुक्ति पाउने छैनन्, जसले त्यो दिन, ती दुई शब्द पनि थप्न दिएनन्। ..... प्रधानमन्त्री सुशील कोइराला कै निकटस्थ एक मन्त्रीले मलाई भने– ‘यो कुरा ईतिहासले मात्र निर्णय गर्ला कि त्यसदिन दुई शब्द पनि थप्न नमान्ने नेताहरुको नियत असल थियो या खराब?’ .....

संविधान ल्याउनु अघि महिना दिनदेखि तराई मधेस क्षेत्रमा कर्फ्युको सन्नाटा थियो। एकचालिस जनाले ज्यान गुमाइसकेका थिए। प्रहरीले ज्यान हत्केलामा राखेर गरेको इस्कर्टिङको बलमा प्राप्त पेट्रोल हालेर काठमाडौं केही नभए झै गरेर कानमा तेल हालेर सुतेको थियो।

....... ‘औलाको नङ जत्रो टुक्रा माग्दा पनि दिएनन्। त्यसपछि मधेसीले रिसाएर पहाडी नेतालाई अब आन्दोलन गरेर कुनै दिन तपाईँको औंला नै लिएर जान्छु हेर्दैगर्नू भने। त्यसपछि भारतले आएर औंला मात्र किन, हातै काटेर दिउँला भनि धाप दियो।’ ..... दमननाथ ढुंगानाले भने-‘नयाँ संविधान आयो तर समाधान आएन।’ ..... नयाँ वानेश्वरमा आतिशबाजी गर्न, भोज खान कतै हामीले हतारो त गरेनौ? ..... भारत नेपालको लागि एक यथार्थ हो। .... नेपाल भारत सम्बन्ध किताबी राजनीतिक यथार्थ मात्र होइनन्। आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक यथार्थको बलमा पनि टिकेका छन्। ...... किशुनजीले गहिरो अर्थ राख्ने ठ्टटामा भनेको शब्द- ‘नेपाल भारत समबन्धलाई एक हदभन्दा बढी तताउन सकिन्नँ। निल्नै नसकिने तातो पिँडालु भएर आउँछ यो। सानो नेपालले मात्र होइन विशालकाय घाँटी भएको भारतले पनि, त्यो ताँतो पिँडालु निल्नै सक्दैन। जिब्रो मात्रै पोल्छ, दुबैको।’ ..... नेपालमा न भारतको अघोषित नाकाबन्दी धेरै दिन टिक्न सक्छ न साइकल राष्ट्रवादका गफहरू। नयाँ पुस्ताका साथीहरू शायद थाहा नहोला,

साइकल राष्ट्रवाद

को यो गफ पहिलो पटक आएको होइन। ..... आफ्ना सन्तानलाई विदेशमा पढाए। अरूका सन्तानलाई साइकल राष्ट्रवाद सिकाए। असली जीवनमा मोटर चढेर जे गरे पनि, नाटकमा केहि दिन साइकल चढेरै देखाए। ..... तपाईँले साइकल चढेको देखेर हामी पनि त केहि छिन रमाइलो गरौं कमरेड। दुई दिनको जिन्दगीमा मरीलानु के पो छ र! ..... आफ्ना मधेशी दिदीबहिनी र दाजुभाइसँग आत्मआलोचना गर्नैपर्छ। .....

अचानक मलाई मधेशको याद आयो।.... विचराहरू महिना दिनदेखि कर्फ्युको छायाँमा बसेका थिए। चालिसौं मृत्युपछि पनि काठमाडौं संवेदनहिन थियो। म आफू लगायत हाम्रो मिडियाको ठूलो अंश हुनुपर्ने मात्रामा संवेदशिल हुन नसकेकै हो।

..... जुन दिनदेखि भारत अघोषित नाकाबन्दीको बुट बजार्दै सिनमा आयो – कुम्भकर्णको निद्रामा सुतेको काठमाडौं जागा भयो। २००७ देखि अहिलेसम्मको ईतिहास हेर्दाको कटु सत्य– ‘नेपालको स्थापना पक्षसँग विद्रोह गर्ने शक्तिलाई जब जब दिल्लीले धाप दिन्छ तबतब ढिलोचाँडो काठमाडौंमा खेला बदलिन्छ।’ ...... नेपाल भित्रका लगभग हर पक्ष मनमनै चाहन्छन्–‘भारतले नेपालको आन्तरिक राजनीतिमा खेलोस् तर आफ्नो पक्षलाई सहयोग हुने गरि मात्र खेलोस्। गोल हान्ने बाटोमा आवश्यक पर्दा भारतले ‘फल’ हानेपनि हुन्छ। तर‘फल’ आफ्नो विपक्षीलाई मात्र हानोस्।’ .....

२०४६ मा भारतले नाकाबन्दी गर्दा सुशील’दा र ओलीजीको नजरमा ‘नैतिक समर्थन’ थियो आज २०७२ मा आएर ‘फल’ भएको छ।

...... वीपीले भनेझैं ‘राष्ट्र’ त यो अझै बनि सकेकै छैन। बन्ने प्रकृयामा छ। ...... पहिलो, मधेश र पहाडबीचको समबन्धलाई बढी समतामुलक ढंगले सञ्चालित हुन सघाउ पुग्नेछ। दोस्रो, नेपाल भारत सम्बन्धलाई भावनात्मक उत्तेजनाको युगबाट वैश्य युगका ‘बिजनेस लाइक’ धरातल तर्फ लैजान सघाउ पुग्ने छ। ...... निधीजी हमेशा धोतीकुर्ता लगाएर हिड्थे। र, त्यो लगाए बापत बेला बखत काठमाडौंमा ठट्टा र अपमानका पात्र पनि बनाइन्थ्यो उनलाई। तर त्यसका बाबजुद हमेशा अविचलित रहे। ...... माइक अगाडि देख्ने वित्तिकै चर्का रमाइला उखानटुक्का गर्ने बानी भएपनि ओलीजी


तीन सर्त पुरा भएपछि मात्र सरकारसँग वार्ताः राजेन्द्र महतो

सेना फिर्ता, मृतकहरुलाई सहिद घोषणा र विगतमा भएका सम्झौता संविधानमा लेख्ने सुनिश्चितता

..... नेता महतोले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानमा हस्ताक्षर गरेको प्रायश्चित गर्न पार्टी र संसदबाट राजीनामा दिएकोमा उनलाई धन्यवाद दिए। तीन दलका अन्य सांसदले पनि भट्टराईले जस्तै राजीनामा दिएर आएमा मधेसी जनाताले माफ गरिदिने अन्यथा कारवाही गर्ने बताए। .... उनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस आन्दोलनलाई बदनाम गर्न भारतसँग जोडेर झुठो राष्ट्रवादी बन्न खोजेको आरोप लगाए। उनले आफू बसेको भूमि देखाउदै प्रश्न गरे ‘हामी धर्ना बसेको यो भूमि नेपाल होइन?’
बाबुरामको असुहाउँदो आचरण
द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा पार्टी बाहिरको भन्दा भित्रकै शक्तिसँग निरन्तर लड्नुपरेको बाबुरामको कठोर इतिहास हामीमाझ प्रस्टै छ। उनका विचार पार्टीभित्र सधैं छायामा परिरहनु र उनले सहायक पात्रका रूपमा भूमिका खेल्नुपर्ने स्थिति सिर्जना हुनु राजनीतिमा विश्वास गरेर अघि बढ्न चाहनेका लागि सुनियोजित रोकावट नै थियो। यस्तो प्रवृत्तिलाई संस्थापन पक्षले विधि र पद्दतिमार्फत हल गर्ने कोशिस कहिल्यै गरेन। अन्ततः चरम गुटबन्दी गरेर बाबुरामलाई विस्थापित गराउन चाहनेको जित एमाओवादीको साधारण सदस्य त्यागसँगै बाबुरामले सुनिश्चित गरिदिए। ...... बैठकमा अध्यक्ष दाहालले भट्टराईद्वारा उठाइएका विषयवस्तुबारे जवाफ दिँदै उनका क्रियाकलापले पार्टी अन्तरसंघर्षलाई वर्गसंघर्षको स्वरुप दिने खतरा उत्पन्न हुँदै गएको ठहर गरेका थिए। तर, त्यो मूलतः बाबुरामको विचारलाई राजनीतिक घेराबन्दी गर्ने, पेल्ने र उनलाई गतिविहीन बनाउने प्रचण्डपथको सुनियोजित रणनीति मात्र थियो। .... द्वन्द्वकालमै पार्टीका सहयोद्धाबाट चरम घेराबन्दी, असहयोग र आशंका ब्यहोर्नुपरेको भट्टराईलाई समानान्तर हेडक्वार्टर चलाएको, पार्टीभित्रको अन्तरविरोध तथा पार्टीका मूल्य–मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर दक्षिणपन्थी विसर्जनवादीको पदचिह्न पछ्याएकोजस्ता दर्जनौं आरोप थोपरिएको थियो। उनलाई ६ महिना निलम्बनसम्म गरियो। ..... आफ्नै लडाकुहरूबाट नजरबन्दमा बस्नु बाबुरामको सबभन्दा तीतो अनुभव हुन सक्छ। ..... शान्ति प्रक्रियापछि भने उनको लोकप्रियता चुलियो। बुद्धिजीवि वर्गलाई ‘कन्भिन्स’ गर्न सक्ने उनको खुबी माइनस गर्ने तागत पार्टीभित्र थिएन। त्यसैले, उनलाई दिग्भ्रमित बनाउने प्रयास हुन थाले। प्रधानमन्त्रीका रूपमा भारतसँग असमान बिपा सम्झौता गरेको भनेर उनले पार्टीकै कार्यकर्ताबाट कालो झन्डाको सामना गर्नुप¥यो। सुकुम्बासीका घरटहरामाथि डोजर चलाएकोमा पनि उनको खुबै विरोध भयो।

थुप्रै असन्तुष्टिका बाबजुद उनले सेना समायोजनको काम सके, जसलाई कतिपयले सेना विघटन पनि भन्ने गर्छन्।

....... पार्टी फुट्नुमा पनि बाबुरामको भूमिका रह्यो। वरिष्ठ नेता मोहन वैद्यलाई पार्टीबाहिर राख्न सकियो भने मुलुक र आफ्नो हित हुने उनको सोच थियो। ...... बाबुरामको अडान एकहोरो थियो– चुनाव, चुनाव, चुनाव। अलिकति पहल गरेर पहिलो संविधानसभा जोगाउन सकेको भए अहिलेसम्म एमाओवादीको वरियताक्रम पहिलो नै हुन्थ्यो। ..... नमच्चिने पिङको सय झट्का भनेझैं पार्टी छाडेर नयाँ शक्ति पनि नबनाउने, पुरानै पार्टी निर्माणमा पनि खासै ध्यान नदिने तर गुट–उपगुटको जन्मलाई जीवन्तता प्रदान गर्ने बाबुरामको दोहोरो चरित्रका कारण पार्टीका अडान कहिल्यै बलियो हुन सकेनन्। यसले दोस्रो संविधानसभा निर्वाचनपछि पार्टीको स्थान तेस्रोमा झरे पनि संविधानसभामा उपस्थित हुनुको अर्को विकल्प एमाओवादीसँग थिएन। त्यसमाथि बाबुरामले ‘विवादित समस्या समाधान गर्ने समितिको सभापति मै हुन्छु, मलाई सबै थाहा छ’ भने तर विवाद समाधान गर्न भन्दा झनै बल्झाइदिने काम भयो र यो बालहठको नमूना बन्यो। .......

हर्षबढाइँको समय नआएको उनको भनाइ थियो, मानौं समयको घन्टी उनको हातको घडीमा झुन्डिरहेको छ।

..... संविधान जारी गर्दा पनि बाबुरामले ‘आधा गिलास मात्र भरिएको, आधा खालि रहेको’ भन्दै आलोचना गरे। प्रमुख दलहरूले नयाँ संविधानको स्वागत कार्यक्रम आयोजना गरेको दिन दिउँसो उनी बिरामी परे, तर त्यसै दिन साँझ हाँस्य कलाकारहरूसँग बसेर ‘वडा नम्बर ६’ हेर्न भ्याए। ..... उनले त उल्टै सामाजिक सञ्जालमार्फत कहिले थारु आन्दोलनलाई उचाल्ने त कहिले मधेसवादी आन्दोलनलाई समर्थन गर्ने दोहोरो चरित्र प्रदर्शन गरे। कतिसम्म भने, बडो खुसी र आत्मसम्मानका साथ उनले फलाना माग पूरा नगरे देश टुक्रिन सक्ने चेतावनी दिँदै सिमा तोकेर ‘अल्टिमेटम’ समेत दिए। .... राजनीति भनेको कार्यशैलि हो, ‘लिसो’ होइन जहाँ जनता चराजस्तै टाँसिएर बस्न सकून्। बाबुरामले आफूलाई लिसो सम्झिनु दिवा स्वप्नबाहेक अरू हुन सक्दैन।


महतो रातभर सीमाको धर्नामा

प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका पूर्ण ठप्प छ।

मधेसमा 'स्पेस' खोज्दै बाबुराम
उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेका हुन् । .... मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ ।
मधेसका माग सम्बोधन गर्न संविधान संशोधनको तयारी

लोकतन्त्रमा निषेधको राजनीतिको ठाऊँ हुँदैन् । आन्दोलनमा इमान्दार मित्रको सँख्या थप्नु एकप्रकारले शक्ति आर्जन गर्नु हो । त...
Posted by Tula Narayan Shah on Monday, September 28, 2015


In April and May, the Facebook community donated over $15 million to support Nepal Earthquake survivors. We'd like to share an update on how your donations are helping International Medical Corps and the people of Nepal rebuild.
Posted by Facebook on Monday, September 28, 2015

Comments