Sunday, September 27, 2015

In The News (120)

बाबुरामलाई मधेशको आश, मधेशबाट गर्दैछन् नयाँ शक्तिको घोषणा
उनले आफ्ना निकट मधेशी नेताहरुलाई मधेशका जिल्लाहरुमा मधेश आन्दोलन समिति गठन गर्ने निर्देशन पनि गरिसकेका छन् । त्यसको तयारी धमाधम भइरहेको मधेशी नेताहरुले बताएका छन् । ....... ... बाबुराम जनकपुर नगएको भोलिपल्ट एमाओवादीका भातृ संगठन रहेका राष्ट्रिय मधेश मुक्ति मोर्चा (क्रान्तकारी) को बैठक जनकपुरमा बसेको थियो । बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीबाट राजिनामा दिएर तराई मधेशको आन्दोलनलाई नेतृत्व गर्न सुझाव दिएका थिए । त्यस्तो सुझाव लगतै नेता भट्टराई त्यसको भोलीपल्ट अथार्थ असोज ९ गते पार्टी परित्यागको घोषणा गरे । पार्टी परित्यागको घोषणा गरे लगतै मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्मा र महासचिव रामरिझन यादवले विज्ञप्ति निकालेर स्वागत गरे । त्यति मात्र होइन जनकपुर आउनबाट रोक्न लगाउने मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लालले पनि विज्ञप्ति जारी गरेर स्वागत गरे । ...... मधेशमा जारी आन्दोलनलाई ‘क्यास’ गर्न सकिन्छ भन्दै मुक्ति मोर्चाका नेताहरुले असोज १२ गते जनकपुरमा आमसभा आयोजना गर्ने भएका छन् । सोही दिन जनकपुरमा मधेशमा आन्दोलनरत पक्ष मधेशी मोर्चाका नेताहरुसँग आन्दोलनको बारेमा छलफल गरिने बुझिएको छ । ..... नेता डा.बाबुराम भट्टराईले पार्टीका सबै मधेशी नेताहरुले साथ देला भनि आँकलन गरेका थिए तर त्यस्तो रहेनछ । अहिले पनि पार्टी केन्द्रीय समितिका आधाभन्दा बढी मधेशी नेताहरु प्रचण्ड पक्षमै लागेका छन् । उनीहरुले बाबुरामको एजेण्डा सही भएपनि चालिएका कदम सही नभएको भनिरहेका छन् भने बाबुरामको पक्षमा लागेका मधेशी नेताहरुले मधेशको हक अधिकार सविधानमा उल्लेख गराउन प्रचण्डले नसकेको, मधेशीलाई धोका दिएको भन्दै बाबुरामलाई खुलेर समर्थन गरिरहेका छन् । ...... बाबुरामको पक्षमा अहिले रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव, चिनक कुर्मी, उपेन्द्र प्रसाद साह, र भरत साह रहेका छन् । यता प्रचण्डको पक्षमा विश्वनाथ साह, हरिनारायण चौधरी, अविनाश, उमेश यादव, शिवकुमार मण्डल, शिवकुमार मण्डल, अमर मण्डल, सुरेन्द्र जयसवाल, रामचन्द्र मण्डल, वोधमाया यादव र हँकिकुला खाँ रहेका छन् । ..... अरु थुप्रै नेताहरुले विद्रोह गरेर बाबुरामको नयाँ शक्तिमा आउने दावी गरे । १२ गते जनकपुरमा हुने कार्यक्रममा नयाँ शक्तिको बारेमा घोषणा हुने त्यसपछि काँग्रेस, एमाले तथा एमाओवादीलगायतका दलहरुका थुप्रै युवा नेताहरु नयाँ शक्तिमा आउने उनले बताए । उनी १२ गतेको तयारी र जिल्ला जिल्लामा मधेश आन्दोलन समिति गठनका लािग जनकपुरमा छन् । आज उनले महोत्तरीमा आन्दोलन समिति गठन गराएका छन् ।


उपेन्द्र यादव सीमानाकामा धर्ना बस्न खोज्दा प्रहरी हस्तक्षेप, भारतीय सुरक्षाकर्मी तैनाथ
उक्त क्षेत्रमा तनाव बढेपछि भारतीय सीमा सुरक्षा बल एसएबीको बाक्लो उपस्थिति रहेको छ ।दशगजामा तनाब बढेपछि भारतीय प्रहरीले अहिले बोर्डर सिल गरेको छ । संयूक्त मधेशी मोचाको पुर्वघोषीत कार्यक्रम अनुसार आइतबार संघिय समाजबादी फोरम नेपालका अध्यक्ष आफ्नो कार्यकर्ता सहित नेपाल भारतको नाका रानी भन्सारमा धर्नामा बसेको केहि घण्टामै प्रहरीले हस्तक्षेप गरेको थियो । ..... मोर्चाले आफ्ना माग पुरा नभए सम्म राजमार्ग र भन्सार केन्द्रीत आन्दोलनलाइ निरन्तरता दिइने बताएको छ ।


तीन दलका नेतालाई मधेश आउन राजेन्द्र महतोको चुनौती
उनले भने,

‘बोलीको गोली ठोक्ने ओली लगायत तीनै दलका नेताको हिम्मत छ भने मधेस आउन म चुनौती दिन्छु, आएर देखाउ, छैन भने मधेसका आफ्ना सभासदलाई पठाऊ, मधेसी जनता खोजिरहेका छन् ।’

..... उनले भारत नेपालबीचको सम्बन्ध प्राकृतिक र अद्धितीय भएको बताउँदै त्यसलाई तोड्ने वा खलल पार्न खोज्ने आफैं समाप्त भएर जाने दाबी गरे । .... मधेस आन्दोलन र नाकाबन्दीलाई अझ सशक्त बनाउन थारू र सबै मधशी दलहरू बीच बृहद मोर्चाको त्यारी भइरहेको बताउँदै साझा अवधारणा बनाएर छिटै एक साथ हुने नेता महतोको भनाइ रहेको थियो । ...... संविधान मधेशी, थारू र जनजाती विरोधी भएको दावी गर्दै तीन दलका नेताहरू संविधानलाई मधेसमा लागू गराएर देखाउन चुनौती समेत दिए ।


उपेन्द्र र गच्छदार नेतृत्वको मोर्चाबीच हुने भयो कार्यगत एकता
उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाबीच कार्यगत एकता हुने भएको छ । .... एजेण्डा मिल्ने र राजनीतिक उद्देश्य एउटै भएको पार्टीसँग कार्यगत एकता गर्ने सहमति भएको ..... आन्दोलनसम्मका लागि मात्र कार्यगत एकता हुने भएको जानकारी दिँदै आन्दोलन भएपछि के गर्ने नगर्ने बारेमा पछि छलफल हुने र अहिलेलाई यी दुई मोर्चाबीच कार्यगत एकता मात्र हुने बताए । ....

दुई मोर्चाका शीर्षस्थ नेताबीच पनि गोप्य ठाउँमा छलफल भएको बताइन्छ ।



बाबुरामले पार्टी छाडेपछि छोरी मानुषीले भनिन् – ‘एल दि बेस्ट’ बुवा
काठमाडौंमा उहाँले पत्रकार सम्मेलन आयोजना गर्नुपूर्व झन्डै एक घण्टा अगाडि मलाई फोन गर्नुभएको थियो । ‘तिमीलाई मेरो निर्णय अरु च्यानलबाट सुन्दा नराम्रो लाग्ला भनेर फोन गरेको हुँ’ भन्नुभएको थियो । लामो कुरा भएन, उहाँले भन्नुभएको थियो, ‘म पार्टी र संसदबाट राजीनामा गर्दैछु । .... मैले बुवालाई ‘अल द वेस्ट, म तपाईसँगै छु’ भने । पत्रकार सम्मेलनपछि भने उहाँसँग कुरा भएको छैन । मैले युट्युवमा भिडियो हेरेँ । भिडियोबाट बुवाका सवै कुरा सुनेँ । त्यसपछि कसैसँग कुरा भएको छैन् । पार्टीभित्र अनेकौ अन्तरसंघर्ष हुन्थे । ..... त्यस्तो बेला हामी निराश भएको बेला पनि बुवाले आशा जगाउनुहुन्थ्यो । यसरी हेर्दा उहाँले जे निर्णय गर्नुभयो, मलाई लाग्छ भावना नभएर विवेकपूर्ण निर्णयका आधारमा हो । मलाई लाग्छ उहाँले आफुले सोचेको काम राम्रोसँग गर्नुहुनेछ । केही दिनमै म काठमाडौं आउदै छु, त्यसपछि उहाँसँग भावी योजनावारे कुराकानी होला ।


एमाओवादी स्थायी समिति वैठक : बाबुराम ठुलो डिजाइनमा फसे (को नेताले के भने ? )
वैठकको शुरुमा प्रचण्ड बोले । उनले

‘बाबुरामले भनेको सही मान्ने हो भने सवै मान्छेले राजीनामा दिएर हिडनुप¥यो’

भन्दै बाबुरामको कदम ठिक नभएको बताए । प्रचण्डले ‘बाबुराम कम्युनिष्ट पाटीका सदस्य नै नरहेपछि उहाँमा बर्गप्रतिको निष्ठा पनि रहेन ।’ भन्दै भट्टराईपथ गलत भएको बताए । ...... उहाँको बाटोमा लाग्ने हो भने पार्टी नै विघटन हुन्छ । ...... बाबुरामनिकट मानिने नेता टोपबहादुर रायमाझीले बाबुरामको कदम गलत समयमा आएको बताए । ‘बाबुरामले जे गर्नुभयो , गल्ती गरे । न समय मिल्यो , न सन्र्भद मिल्यो । परिघटना केही पनि मिलेन । साइत पनि मिलेन ।’ उनले भने, ‘उहाँसँगै बसेर हामीले कुरा उठायौँ । एकबचन पनि कुरा नगरि यस्तो गर्नुभयो । १५ मिनेट अगाडि फोन गर्नुभएको थियो । सरपराइज गर्नुभयो । ...... उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा धेरै अध्यक्ष भएको भन्दै अन्य नेतातर्फ व्यङ्ग प्रहार गरे । ‘बाबुरामजीसँग पनि मेरो बेला बेलामा कुरा हरन्थ्यो । सवै अध्यक्ष छन् । प्रचण्डमात्र होइन, अरु पनि अध्यक्ष छन् । पार्टीमा धेरै अध्यक्ष भएपछि यस्तो भयो । नयाँ ढंगको पार्टी बनाएर जानुपर्छ ।’ ..... भट्टराई निकट अर्का नेता देवेन्द्र पौडेलले अहिले नै बाबुरामको नेतृत्वमा अर्को पार्टी नबन्ने आफुले देखेको बताए । ‘उहाँले चालेको तरिका ठिक भएन । पहिला पनि उहाँले नयाँ तरिकाले जाने भनेकै हो । सूचना दिनुभएको हो । उहाँले पार्टी बनाउँदिन भन्नुभएको छ । अहिले उहाँको पार्टी बन्दैन होला । ’ उनले भने । ....... नेता हरिवोल गजुरेलले बाबुराम ठुलो डिजाइनमा फसेको बताए । ‘यो पुरै डिजाइन हो । राम्रो भन्नै सकिन्नँ ।

राष्ट्रिय, अन्तराष्ट्रिय र क्षेत्रीय डिजाइनमा राजीनामा आएको हो । कम्युनिष्ट आन्दोलन सिद्धाउने डिजाइन हो ।

यो गलत हो । राम्रो कसरी मान्न सकिन्छ ? ’ ......

जनार्दन शर्माले बाबुराम अव एमाओवादीमा फर्केर नआउने ठोकुवा गरे । ‘सरपराइज भयो । उनी अव फर्केर आउँदैनन् । नयाँ पार्टी बनाउँछन् । तर, कम्युनिष्ट पार्टी बनाउँदैनन् । लेखेर राखे हुन्छ उनी घर फर्कदैनन् ।’

..... माओवादी आन्दोलनलाई समाप्त पार्ने गुरुयोजना अन्तर्गत आयो ।’
एमाओवादी केन्द्रीय समिति बैठक : प्रचण्डले अगाडि सारे बाबुरामलाई घर फर्काउने सुत्र
तराई–मधेशमा आन्दोलन तत्काल वार्ताबाट समाधान गर्न ..... वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गर्नु आकस्मिक र असाधारण परिघटना भएको ..... उनले भट्टराईले पार्टी छाडेको घोषणा गरेको अघिल्लो दिनमात्रै पनि पार्टीलाई बलियो बनाएर लैजाने विषयमा छलफल भएका स्मरण गर्दै प्रचण्डले डा. भट्टराईले भोलिपल्टै एकाएक राजीनामा घोषणा गर्नु आश्चर्यजनक कुरा भएको बताए ।

‘८ गते बाबुरामजीसँग पार्टी निर्माणबारे दुई घण्टा कुरा भएको थियो’

केन्द्रीय समिति बैठकमा प्रचण्डले भने, ‘पार्टी परित्यागको घोषणा एकाएक सुन्दा अनौठो मात्रै लागेको छैन, असाधारण र आकस्मिक परिघटना हो ।’ ....... बाबुरामबारे बोलिरहँदा पटकपटक भावुक भएका प्रचण्ड .... उनले मधेस आन्दोलन भारतीय सहयोग रहेको संकेत गर्दै भने, ‘नाकापारीबाट नारा ल्याउँदै आन्दोलन गर्ने अनि यता र उतातिरका दुबै मिलाएर ट्यांकर रोक्ने कुरा बढो बिचित्रको छ ।’ .... उनले आन्दोलनरत पक्षलाई बन्द हड्ताल रोक्न आफूले पटक पटक आग्रह गर्दा त्यो सम्भव नरहेको भन्दै बरु बाबुराम उत्तेजित भएर संविधान रोक्ने खेलतिर लागेको समेत उनले बैठकमा धारणा राखे । .....

बेला बेला दिमाग खराव गराउनुहुन्थ्यो ।

...... यसै फर्कनुस् भन्दा त गाह्रो हुन्छ उहाँलाई, राजीनामा गरिहाल्नु भयो । सबै माओवादी एक ठाँउमा बसौँ भन्दा राम्रो हुन्छ । मधेशका साथीहरु पनि आउँछन् । बाबुरामजीलाई पनि आउन बाटो खुल्छ । .....

संविधानको बाटो सकियो । जे मिलेन मिलेन । अब चाँही पार्टीहरुको भेला गर्ने र बृहत्तर कम्युनिष्ट केन्द्र बनाउनेतिर सोचेको हो ।

कसरी जाँदा नयाँ शक्ति बन्ला भन्ने छ । ......

अव गरि छाडछौँ, अनुशासन मान्छौँ भन्ने संकल्प बनाएर कार्यक्रम बनाएर गयौँ भने सवै माअ‍ोवादीसँग एकता हुन्छ । सवै एक ठाँउ आउन सकिन्छ । गुमेको प्रतिष्ठा प्राप्त हुन्छ ।

नत्र हुँदैन । ...... बाबुरामजीले सपना त देख्नुभएको छ । बाहिर निस्कन्छु नयाँ मान्छे खोजेर पार्टी बनाउछु भन्नुभएको होला । तर, आफुसँग संगठन, शक्ति नभईकन कसैसँग गएर केही हुनेवाला छैन ।

तपाई राम्रो त भन्छन्, सहयोग गर्दैनन्, केही आउनेवाला छैन ।

पार्टीकै संगठनलाई शक्तिशाली बनाएर मात्र अरुलाई समेटन सकिन्छ । यसो नगरे आफ्नो घर भत्कन्छ । अरु पनि आउँदैनन् । ...... तातोपानीको नाका के हुन्छ ? भनेर सोधेको थिए । यो पनि एक महिना लाग्छ रे । बरु रसुवागढीको बाटो पाँच दिनमा खुल्छ ।


बाबुरामले पार्टी त्याग्दा हिसिलासमेत तीनछक !
बाबुराम भट्टराईले आफ्नी श्रीमती हिसिला यमीलाई समेत पार्टी परित्यागबारे जानकारी नगराएको बुझिएको छ । केही दिनअघि मात्रै युरो एसियाली महिला समाजको निमन्त्रणमा रुस पुगेकी यमी अहिले पनि रुसमै छिन् । ...... एनआरएन रुसका एक सदस्यका अनुसार बाबुरामले पार्टी त्यागेको खबर यमीले अनलाइनमार्फत थाहा पाएकी थिइन् । अनलाइनमार्फत बाबुरामको पार्टी परित्यागको खबर पाएकी यमीले खबर पाएलगत्तै आश्चर्य व्यक्त गरेकी थिइन् । यमीले बाबुरामले सल्लाह नै नगरी पार्टी त्याग्ने कदम चालेको भन्दै उनले असन्तुष्टि जनाएको मस्कोमा रहेका एक एनआरएन सदस्यले बताए ।

‘बाबुरामको कुरा के हो बुझ्नै सकिँदैन । जहिले पनि आफ्नै पारामा हुन्छन् । अहिले पार्टी छाडेर के गरेका होलान्?’

....... आफ्ना गोप्य कुरा हतपत्त नखोल्ने बाबुरामको स्वभावका कारण यमीले बेलाबेला बाबुरामको बानीप्रति गुनासो गर्ने गरेकी छन् । केही दिनअघि रुस जाने कार्यक्रम अन्तिममा आएर बाबुरामले रद्द गरेपछि एयरपोर्टबाटै हिसिलाले रातोपाटीसँग भनेकी थिइन्,‘अकस्मात रुपमा टिकट क्यान्सिल गर्नु भो । उहाँले के गर्नुहुन्छ मैले नै पत्तो पाउन छाडिसकेँ’
भट्टराईले यसरी बुझाए प्रचण्डलाई राजीनामापत्र
स्टिच खोलेर

पत्र पढेपछि दाहाल छाँगाबाट खसेझैँ भए।

भट्टराईले पत्रमा ‘पार्टी परित्याग गरेको’ व्यहोरा उल्लेख गरेका थिए। ...... भट्टराईको अप्रत्याशित राजीनामा आएपछि एकछिन त दाहालले केही सोच्नै सकेनन्। आफू, पार्टी र देशसमेत एकैचोटि भयंकर संकटमा परेका बेला बाबुरामले नमज्जासँग धोका दिएको महसुस गरे। जबकि यतिबेला उनले भट्टराईको सबैभन्दा बढी सहयोग अपेक्षा गरेका थिए। पत्रबारे दाहालले न भट्टराईलाई फोन गरेर बुझ्न सके, न त सहयोगीसँग सल्लाह नै गर्न भ्याए। ...... केहीबेरमै भट्टराईले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरिदिए । देश–विदेशमा समाचार फैलिएपछि लगातार दाहाललाई फोन आउन थाल्यो। तर,

अचानक के भइरहेको छ भन्ने उनले नै ठम्याउन सकेनन् ।

..... आइतबारदेखि केन्द्रीय समिति बैठक बोलाउने भट्टराईकै प्रस्ताव थियो, त्यसको अघिल्लो दिन अचानक राजीनामा घोषणा गरिदिए। ...... संविधान निर्माणपछिको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा लाजिम्पाटस्थित दाहालको छतमा दुई घन्टा दुवै नेताबीच गम्भीर छलफलसमेत भएको थियो। छलफलमा पार्टीलाई नयाँ ढंगले लैजान माओवादी शक्तिलाई एकै ठाउँमा ल्याउने र नयाँ कार्यदिशा विकास गरेर अघि बढ्नेसम्मका कुराकानी भएको थियो। ...... ‘वैद्य, विप्लव, मातृका र मणि थापा सबैलाई एकैठाउँमा ल्याउने र नयाँ शक्ति बनाएर अघि जाने भन्नेसम्मको कुराकानी भएको थियो । तर आज अचानक राजीनामा आयो, छक्कै परियो’ ....... भट्टराईले पहिलो संविधानसभा विघटन भएयता तीनपटक अध्यक्ष दाहाललाई राजीनामा दिइसकेका थिए तर कुनै स्वीकृत भएको थिएन। तर, शनिबार पहिलेभन्दा फरक भयो, उनले राजीनामा बुझाएर पत्रकार सम्मेलनबाट घोषणा गरिदिए। ...... खासमा भट्टराई संविधान निर्माणक्रममा ६ वटा प्रदेश बनाउने प्रमुख दलबीच सहमति हुदाँसम्म अध्यक्ष दाहालको साथमा कटिबद्ध थिए। उक्त सहमतिलगत्तै भट्टराईमा परिवर्तन देखा पर्न थाल्यो। उनले अध्यक्ष दाहाललाई असहयोग मात्रै गरेनन्, संविधान निर्माणलाई तिव्रता दिन लागिपरेका दाहाललाई रोक्न भरमग्दुर प्रयास पनि गरे। संविधान निर्माण प्रक्रिया नरोके राजीनामा दिनेसम्मका धम्की अध्यक्ष दाहाललाई दिन थाले तर दाहालले उनको कुरा सुन्दै सुनेनन्। ......

भारतीय राजदूत रन्जित रेको क्रियाशीलता बढेपछि उनी झन् उग्ररुपमा प्रक्रिया रोक्न लागि परे भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ एस. जयशंकर आएपछि उनी पूरै संविधान निर्माणको प्रक्रियाको विपक्षमा उभिए। भट्टराईमा आएको यो परिवर्तनलाई बुझ्न दाहाललाई कुनै गाह्रो थिएन तैपनि संविधान निर्माण प्रक्रिया भने रोकेनन्।

राष्ट्रपति र सभामुखको चयन कसरी गर्ने भन्नेमा संविधानमा अन्यौल
नयाँ संविधानमा राष्ट्रपतिको चयन कसरी गर्ने र उनले कसलाई राजीनामा दिने भन्ने विषयमा कही कतै पनि प्रष्ट व्यवस्था नभएका कारण थप समस्या पौदा भएको छ । ..... राष्ट्रपतिले कसलाई र कहाँ राजीनामा दिने भन्ने विषयमा प्रष्ट व्यवस्था नभएको भन्दै नेपाली काँग्रेसका तर्फबाट डा रामवरण यादवलाई नै नयाँ राष्ट्रपति बनाउनुपर्ने आशयका सार्वजनिक अभिव्यक्ति आउन थालेको छ । काँग्रेस नेता अर्जुननरसिंह केसीले त डा यादवलाई नै नयाँ राष्ट्रपति बनाउनुपर्ने भाषण नै गर्न भ्याएका छन् । ...... संविधानको धारा २९७ अनुसार संसदको अधिवेशन बोलाइएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिनेछ । भने धारा २९९ अनुसार संसद्को अधिवेशन बोलाइएको बिस दिन भित्र सभामुख, उपसभामुखको निर्वाचन गर्नुपर्छ ।


यस्ता थिए एमाओवादीभित्रका पछिल्ला संगठनात्मक विवाद, जसले बाबुरामलाई पदत्याग गर्ने ठाँउमा पुर्‍यायो

No comments: