In The News (119)



तमलोपाका सहमहामन्त्री सोनलको कारबाही विवादमा
सीडीओ र प्रहरी विरुद्ध बन्दीप्रत्यक्षीकरण रिट, २४ घण्टा भित्र विपक्षीलाई उपस्थित हुन आदेश
यसैबीच जाहेरी कर्ता बहुअरी १ का बृजविहारी राउत कुर्मीले दुबै नेताको आगजनी, कुटपिट र तोडफोडमा संलग्नता नभएको जिल्ला प्रशासन कार्यालयमा अवगत पत्र दर्ता गराउँदासमेत कारबाही भएको पीडितले आरोप लगाएकोले मुद्दा झन् विवादित हुन पुगेको हो ।


सात माग पूरा मधेस आन्दोलन टुंगिन्छ: झा
सिमाङ्कन , प्रदेश अधिारको सूचि, जनसंख्याको आधारमा प्रतिनिधित्व, न्यायपालिका , नागरिकता , भाषा र प्रादेशिक प्रहरी .... उनले मेचीदेखि महाकाली र भारतीय सीमादेखि चुरिया पर्वतसम्मको भूगोललाई मधेस दिएमात्रै सहमति सम्भव रहेको बताए । ..... सीमाङ्कनको ब्याख्या गर्दै उनले

मकवानपुरको फापरवारी इलाका , सिन्धुलीको मरिन खोलासम्म , उदयपुर , इलाम , दाङ र सुर्खेतको आधा भू भाग , पश्चिममा जोगवुढा इलाका र दक्षिणी नारायणघाटसहितको क्षेत्र

दिए आफुहरुलाई मान्य हुने धारणा राखे ।


थारुहट र मधेसको आन्दोलन सँगसँगै : लेखी
थरुहट/थारुवान आन्दोलनका अगुवा राजकुमार लेखीले आइतबारबाट थरुहट/थारुवान र मधेश आन्दोलन कार्यगत रुपमा एक भई सँगसँगै जाने बताएका छन् । शनिबार राजधानीमा थरुहट/थारुवान आन्दोलनका नेता र मधेशी मोर्चा अन्तरगत सद्भावनाका अध्यक्ष राजेन्द्र महतो लगायतबीच भएको सहमतिपछि आजबाट आन्दोलन सँगसँगै जाने लेखीले जानकारी दिए । .... ‘जारी आन्दोलन कुनै विदेशीको आडमा चलेको होइन । तर जायज मागमा विदेशीले समर्थन गर्दा अन्यथा लिनु हँुदैन ।’

२०४६ सालमा भारतीय नेता चन्द्रशेखर काठमाडौं आएर चाक्सीबारीमा रणनीति बनाएको नर्बिसन उनले तीनदलका नेतालाई आग्रह गरे ।

आन्दोलन जारी रहेका बेला आफूले भारतीय कुटनीतिज्ञलाई भेटेको बारे बाहिर आएको खवर एमाओवादी अध्यक्ष प्रचण्डद्वारा प्रायोजित भएको आरोप लगाउँदै लेखीले आफूले भारतीय कुटनीतिज्ञसित भेटेको पुष्टी भए राजनीतिक र सामाजिक जीवन त्याग गर्ने तथा पुष्टी गर्नेलाई पाँचलाख रुपैयाँ पुरस्कार पनि दिने बताए । उनले वार्ताको नाममा सरकारले छलछाम मात्र गरेको आरोप लगाउँदै भने, ‘अब थारु र मधेसीसँग सँगै वार्ता हुन्छ । त्यसका लागि सरकार र तीनदलले नै वातावरण बनाउनुपर्छ ।’ ........ भारतले नभई आन्दोलनकारीले काठमाडांैलाई माग सुनाउन नाकाबन्दी गरेको प्रष्टीकरण दिए । लामो बन्द हडतालका कारण बालबालिका पढ्नबाट बन्चित भएको बारे सोधिएको प्रश्नमा उनले भने, ‘०४६ साल र ०६२–६३ को आन्दोलन भईरहँदा बालबालिका पढ्न पाएका थिए ? अहिले थारु मधेसीले आन्दोलन गर्दा त्यो कुरा उठाउने ? बालबालिका विद्यालय जान नसक्नु र जनजीवन अस्तव्यस्त हुनुको जिम्मेवार हामी होइनौं, राज्य हो ।’
माग पूरा गर्ने प्रतिद्धता गरे तमलोपा वार्तामा बस्न तयार
भक्तपुर सानोठिमीस्थित तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वनमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना .... वार्तामा तमलोपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदयश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । ..... भेटपछि नेता त्रिपाठीले वार्तामा कांग्रेसले मात्रै नभई कांग्रेस, एमाले र एमाओवादी तीनवटै दलका तर्फबाट मधेसको मागलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित वार्ताको प्रस्ताव आए छलफलमा बस्न तयार रहेको जनाएका छन् ।
बाबुरामको बहिर्गमन
एमाओवादीबाट अलग्गिने उनको सोचाइ र योजना पुरानै हो, जसको पूर्वाभ्यास उनले पार्टीभित्रै समानान्तर सांगठनिक समितिहरू बनाएर गर्दै आएका हुन्। ... पुष्पकमल दाहालसँग भट्टराईको मतभेद र मनभेद कुनै नौलो विषय होइन। यसअघि २०६१ सालमा आन्तरिक वैमनस्य चर्केर सबै पदबाट खोसुवा गरेर ‘नजरबन्द’ मा राखिँदासमेत उनले पार्टी छाडेका थिएनन्। अहिले यो घडीमा आएर उनी आफ्नो राजनीतिक जीवनको सबभन्दा जोखिमपूर्ण निर्णय लिन किन अग्रसर भएका हुन् त ? .... उनी अब आफूले धेरै अघिदेखि भन्दै आएको ‘नयाँ शक्ति’ को गठनतर्फ लाग्ने देखिन्छ। उनको सम्भावित नयाँ राजनीतिक दल ‘नयाँ शक्ति’ कै रूपमा आउनेछ या त्यसले नयाँ नेताहरू मात्र लिएर आउनेछ, त्यो भने भविष्यमा प्रस्ट होला। ‘नयाँ’ रूपमा आउन चाहेका उनले झन्डै चार दशकअघि राजनीति थालेपछि विस्तारै ग्रहण गरिआएको

कम्युनिस्ट विचारधारासमेत परित्याग गर्ने संकेत दिएका छन्।

त्यो हो भने उनको सोचाइ वामवृत्तभन्दा बाहिर रहेर नयाँ शक्तिको अभीष्ट बोकेका व्यक्ति/समूहहरूलाई समेट्ने किसिमले अगाडि बढ्ने देखिन्छ। .......

भट्टराईको बहिर्गमनमा सम्भावना जति छ, चुनौती त्यसभन्दा बढी छ।

..... यदि भट्टराईले नयाँ दल बनाए र अहिले भन्ने गरेझैं थारू–मधेसीलगायत असन्तुष्ट समूहहरूसमेतको राष्ट्रिय अगुवाइ गर्ने ढंगले अगाडि बढ्न सके भने कम्तीमा त्यसले मुलुकका दुई क्षेत्रका बासिन्दाबीच बढ्न थालेको मनोवैज्ञानिक दूरी घटाउन सकारात्मक भूमिका खेल्न सक्छ।


मेरो ध्येय आर्थिक समृद्धि हो : भट्टराई
संविधान निर्माण भएपछि पुरानो सामन्तवादी युग सकिएर पुँजीवादी युग सुरु हुने, त्यसपछि समाजवादका लागि अरू लड्नुपर्छ भनेर भन्दै आएको थिएँ। ..... अब हामीलाई नयाँ बहस चाहिएको छ। त्यो नयाँ बहस पुरानो पार्टीको पुरानो संरचनाले चलाउन सक्दैन, नयाँ सन्दर्भमा चल्नुपर्छ। यसका लागि पार्टीभित्र मात्रै बहस गरेर पुग्दैन। समाजका सबैसँग खुला छलफल गर्ने सोचका साथ अघि बढ्न पार्टी परित्याग गरेको हुँ। ...... उहाँलाई पार्टी छाडेको जानकारीसहित पत्र पठाएको छु। केही प्रतिक्रिया पाएको छैन। ...... प्रचण्डजीसँग मेरो व्यक्तिगत सम्बन्ध अहिले पनि राम्रै छ। भोलि पनि मुद्दागत आधारमा हाम्रो सहकार्य हुन सक्छ। ..... अहिले मधेस र पहाडबीच जुन दूरी निर्माण भएको छ, त्यसलाई समयमा ठीक ढंगले सम्बोधन गरेनौं भने देशमा डरलाग्दो खाडल बन्न जाने छ। राष्ट्रिय स्वाधीनता र अखण्डतामै चुनौती आउन पनि सक्छ। त्यसैले मधेस, पहाड र हिमालबीच सौहार्दता ल्याउन ढिलो गर्नुहुन्न भन्ने मेरो भनाइ हो। संविधानसँग केही समुदायको असन्तुुष्टि छ। नेपाल भनेको आर्यखसको मात्रै होइन, मधेस, हिमाल सबैको हो। यसबारे सोच्नुपर्छ। ......

म सुरुमा गणतन्त्रवादी र्‍याडिकल डेमोक्रयाट थिएँ। २०३७ सालपछि मात्रै कम्युनिस्ट भएको हो।

त्यो क्रान्तिको चरण पूरा भयो, अब आर्थिक विकास र समृद्धि गरौं भन्ने हो। द्वन्द्वात्मक भौतिकवादप्रति मेरो अगाध विश्वास छ। त्यो समाजलाई वस्तुसंगत ढंगले बुझ्ने विज्ञान हो। तर समाजवादी मोडेलको प्रयोग विभिन्न देशहरूमा जसरी भयो, त्यो ठीक भएन। एक्काइसौं शताब्दीमा नेपालको प्रकृति सुहाउँदो शैली हामीलाई चाहिन्छ। त्यसका लागि माक्र्सवादलाई हाम्रै मौलिकतामा अझ विकास गर्नुपर्छ। ....... परम्परावादी अति केन्द्रीयतावादी कम्युनिस्ट धारसँग मेरो अलि पहिलेदेखि नै असहमति रह्यो। तर माक्र्सवादी दर्शनमै रहेर समाजवादको मोडल खोज्नुपर्छ भन्ने अझै लाग्छ। ......

स्वाधानीता, समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था, समृद्धि, सामाजिक न्यायका लागि समाजवाद र सदाचार।

..... विशेषगरी देशको काँचुली फेर्न लालायित युवा, देशभक्त नागरिकहरूसँग घनिभूत बहस भइरहेको छ। जस्तो, भूकम्पपछि जुन ढंगले हामी अगाडि जानुपथ्र्यो, त्यो गर्न सकिएको छैन। विपतलाई सम्बोधन गर्नेगरी हाम्रो नेतृत्वमा भिजन देखिएको छैन। मेरो अहिलेको ध्येय आर्थिक समृद्धि नै हो। ..... २००७ सालदेखिका परिवर्तनहरूमा कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण संघर्षको योगदान छ। संसारका महान परिवर्तन सशस्त्र ढंगले भएका छन्। हाम्रो समाज विश्व इतिहासभन्दा बाहिर छैन।


दीर्घायु बनाउँछ खुर्सानी र मसलेदार खानपिनले
रक्सी उपयोग नगर्ने र खानामा खुर्सानी मसला उपयोग गर्नेहरू उनीहरूलाई यसको फाइदा अझ बढी मिल्छ । यसको कारण के भनिएको छ भने शरीरमा रक्सीको कारणले हुने नोक्सान रोक्नु र खुर्सानी मसालाको फाइदा पाउनु हो ।


रातो खुर्सानी वस्तु एक फाइदा अनेक
यो भिटामिन ‘सी’ को ठूलो स्रोत मात्र नभई यसमा पाइने यौगिक क्यान्सर र आर्थराइटिस (जोर्नीमा दुखाइ वा गठिया) जस्तो रोगको रोकथाममा समेत प्रभावकारी छ । .... सुन्तला वा अन्य रसिलो फल (साइृट्रस)को दाँजोमा रातो खुर्सानीमा भिटामिन ‘सी’ तीन गुणा बढी मात्रामा पाइन्छ । यसबाहेक यसमा वनस्पति रसायन लाइकोपिन, बिटा क्यारोटिन र जिजेन्थिनजस्ता पिगमेन्टसमेत पाइन्छ । यसमा फोलिक एसिड, पोटेसियम र फलाम पनि प्रशस्त मात्रामा हुन्छ । ..... रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’ तथा बिटा क्रिप्टोजेथिन बिटा क्यारोटिन नाम गरेको एन्टिआक्सिडेन्ट गठियाको रोकथाममा सहयोगी हुन्छ । आर्थराइटिस पीडित व्यक्तिले यी यौगिक लिएपछि उनीहरूको रोगमा ४० प्रतिशतसम्म कमी देखियो । .... रातो खुर्सार्नीमा प्रचुर मात्रामा बिटा क्यारोटिन हुन्छ । यही बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामिन ‘ए’ मा परिवर्तित गर्छ । भिटामिन ‘ए’ प्रजननतन्त्रलाई बलियो बनाउनुको साथै सेक्स हार्मोन (टेस्टोस्टेरोन र प्रोजेस्ट्रोन) को निर्माणमा सहयोगी हुन्छ । .... कोलेस्ट्रोललाई मुटु रोगको जरो मानिन्छ । रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कोलेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ । यस बाहेको यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् । .... रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’ बाहेक रातो र पहेंलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । अनुसन्धान अनुसार भेडे खुर्सानी खानेहरूमा बुढेसकालमा आँखाको क्षति हुने घटना कम पाइयो ।


बुढयौली रोक्न हरियो गोलभेडा र स्याउ
स्याउमा पाइने आसौलिक एसिड र हरियो गोलभेडामा पाइने टोमेटिडाइनको यस्तो सूक्ष्म अणुको रूपमा पहिचान गरेका छन् जसले भोकको निष्क्रियताले गर्दा मांसपेशीमा हुने नोक्सानलाई रोक्न सकोस् । .... आर्सोलिक एसिड र टोमेटिडाइनलाई बढो उमेर अन्तर्गत हुने मांसपेशीको कमजोरी र क्षरणको उपचारका लागि उपयोग गर्न सकिन्छ ।

Comments