In The News (117)

माओवादीको स्तम्भ भाँचियो : गगन थापा
पार्टीलाई एकताबद्ध राख्ने मेरो प्रयास असफल भयो : नारायणकाजी
संविधानमा हस्ताक्षर गर्ने सभासद् मधेश पसे खुट्टा भाँचिन्छ : महतो
‘म कुनै वार्ता गर्नका लागि काठमाडौं आएका होइन । बिराटनगरबाट वीरगन्ज जानका लागि चाँडो हुन्छ भनेर काठमाडौं आएको हुँ ।’ उनले शनिबार सद्भावना पार्टीले वीरगंज नाकामा धर्ना गर्ने कार्यक्रम भएकाले त्यहाँ चाँडो पुग्न काठमाडौं आउनुपरेको बताए । ..... अहिलेको याथस्थितिमा कुनै पनि हालतमा सरकरसँग वार्ता नहुने बताए । वार्ताका लागि सरकारले नै वातावरण बनाउनुपर्ने बताउँदै उनले आफ्ना सर्तहरु नमानेसम्म वार्तामा नबस्ने बताए । ‘सर्तहरु त आन्दोलनकारीहरुले राख्ने हो, सरकारले होइन । हामीले त भनेकै छौं, हाम्रो सर्त पूरा गर हामी वार्तामा बस्छौं ।’ ..... यो तेस्रो चरणको आन्दोलन अब चौंथो चरणमा जाँदैन । अब यहीँबाट वार कि पार हुन्छ । उधारोमा सम्झौता हुँदैन ।’ उनले ४० जनाभन्दा बढीले ज्यान गुमाउँदा पनि सरकारले आन्दोलनको माग नसुने आफूहरु शरणार्थी जीवन बिताउने समेत बताए । ..... ‘संविधानमा खुरुखुरु हस्ताक्षर गर्ने अनि मधेशसँग मेरो समर्थन छ पनि भन्ने ? यस्तो दुई अर्थी कुरा गरेर हुँदैन । संविधानमा हस्ताक्षर गर्नेहरुको त मधेशी जनताले खुट्टा भाँचिहाल्छ नी,’ उनले भने । ‘खुब जनमत छ हाम्रो मधेशमा भन्छन् शीर्ष तीन दल । गए भयो नि मधेश त्यति नै मधेशमा जनमत भए । खै मधेशमा जित्ने सभासद् मधेश आएका ?,’ उनले चुनौती समेत दिए, ‘यहाँका जनता आक्रोशित छन् । हामीले भोट दिने अनि कुरा सुशील र केपीका सुन्ने ?’ ..... मधेशी जनताको आन्दोलन मधेशमा भएका पहाडे समूदायलाई खेद्न नभएको बताए ।
यो हो बाबुरामको राजनीतिक डायरी
२०२६ सालको एसएलसीमा बोर्ड फस्र्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाडौं आए । त्यतिबेला सरकारले जम्मा एक सय रुपैयाँ छात्रवृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरि चलाउन कठिन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक ५० रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । ...... शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भर्खरै गठन भएको थियो । ..... विद्यार्थीहरू अखिल र नेविसंघ भनेर चुनाव लड्थे । अमृत क्याम्पसमा भने प्यानलसहित चुनाव हुन्थ्यो । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्रविरोधी मात्रै थियो । कांग्रेस वा कम्युनिस्ट थिएन । ..... २०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु ग¥यो । त्यतिबेला उनकी जेठी आमाका दाजु अर्थात् उनका मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । रातोपाटी बाबुराम त्यतिबेला ६–७ वर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्रविरोधी कुराहरू गरिरहने, के के थरी पर्चाहरू लेखिरहने गर्थे । त्यसबाट राजतन्त्रविरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले ‘राजा महेन्द्रका अपराधहरू’ भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामामार्फत उनले पढ्न पाए । ..... राजा भनेको त बदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । ..... स्कुले जीवनमा जागेको राजतन्त्रविरोधी भावना अमृत क्याम्पसमा पढ्दा झनै बलियो हुँदै गयो । त्यतिबेला स्नातकतर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लडेका रामराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई शपथग्रहण गर्न दिइएन । उनी राजतन्त्रविरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । रातोपाटी सिंहको गिरफ्तारी र उनलाई शपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा बाबुराम सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागिता थियो । ...... बाबुराम गणेशमान पुत्र प्रदीपमान सिंह, मनमोहनका छोरा प्रकाश अधिकारीसँगै पढ्थे । अमिक शेरचनका भाइ प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियु सभापति उम्मेदवार थिए र उनले जितेका थिए । बाबुराम यतिबेला आफ्नो ज्ञान बढाउन राजनीतिक नेताहरूसँग भेटघाट गरिरहन्थे ।

एसएलसी बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सबैले चिन्थे ।

रातोपाटी उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय लगायतसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्यका लागि भने होइन । काठमाडौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो । ..... एसएलसी र आइएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ पढन चण्डीगढ गए । चण्डीगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै होइन, स्वअध्ययन पनि गरे ।

हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उतिबेला चण्डीगढमा पढाउँथे ।

...... कार्लमाक्र्सको कम्युनिस्ट घोषणापत्र त कोर्समा नै थियो । त्यसबाहेक

बाबुरामले एकपटक विश्वका सबै चर्चित व्यक्तित्वहरूको जीवनी पढिभ्याउने अठोटै गरे । गान्धीदेखि चे ग्वेभारासम्मका जीवनी पढ्दा उनलाई सबैभन्दा बढी चेको जीवनीले प्रभावित पा¥यो ।

रातोपाटी उनी दिनभरि नै पन्जाब विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको सुरुआतमा विश्वभरिका युवामा चेको क्रेज अत्यधिक थियो । उनी चेप्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो, वैचारिक ढंगले उनी कम्युनिस्ट विचारप्रति आकर्षित भइसकेका थिए । दोस्रो,

भारतमा कुल्लीको काम गर्ने लाखौँ नेपालीको अवस्था नाजुक थियो ।

बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुन सक्छ भनेर सोचिरहेका थिए । उनी चेको सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी–गरिबहरूको बाटो हो भन्ने निष्कर्षमा पुगिसकेका थिए । ....... भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डीगढमा २०३३ सालमा बाबुरामकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुरामले त्यो संगठनलाई भारतव्यापी बनाउने तयारी गरे । ..... ०३४ मा इन्जिनियरिङगमा ग्राजुयट गरिसकेपछि पोस्ट ग्राजुयट गर्न दिल्ली गए । डिएनएन बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डीगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरूमा पहिलो थियो । यसले पहिलोपटक ‘फागुन ७’ को औचित्य भन्ने विचार गोष्ठीको आयोजना ग¥यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुँदैन भन्ने विषयमा बाबुरामले आफ्ना खुला विचार राखे । ...... जब सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरूलाई उनले संगठित बनाएर नेपालको राजतन्त्रविरुद्धको संघर्षमा लामबद्ध बनाउन थाले, तब उनीविरुद्ध षड्यन्त्र र आरोपको शृंखला सुरु भयो । नेपालबारे केही गर्नुपर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि विषय पढ्ने विद्यार्थीलाई समेट्दै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्रविरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । ...... अघिल्लो साल बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कंदा गिरफ्तार भएका थिए । ..... त्यहीबेला बाबुरामले नेपाली विद्यार्थीहरूको साझा संगठनका अध्यक्षका हैसियतले बिपी कोइरालाको उपचार हुनुपर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारतस्थित नेपाली दूतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । बिपीको स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खबरपछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुँदै आयो । ...... दूतावासले दिल्ली युनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि यसले हलचल नै मच्यायो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारतस्थित नेपाली दूतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेलाई कारबाही गरियो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि भयो । उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरूको साझा संगठनका रूपमा झन् स्थापित भयो । ...... नेपाली कांग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालीन चौम लगायतका दलहरूले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । .... त्यति नै बेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो । बाबुरामकै नेतृत्वमा प्रत्येक वर्ष नेपालका वरिष्ठ व्यक्तित्वहरू र राजनीतिक दलका प्रतिनिधिहरू बोलाएर भारतमा सेमिनारहरू आयोजना हुन थाले । ...... नेपालमा प्रतिबन्धित कांग्रेस, कम्युनिस्ट सबै पार्टीहरूसँग उत्तिकै सम्पर्क भए पनि बाबुराम वामपन्थीतिर नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुवैसँग समदुरीमा रहे । उनी यसअघिको दुई वर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो । ....... उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरू विश्वविद्यालयमा भर्ना भए । .....

माओको देहान्तपछि प्रतिक्रान्ति भयो भन्ने विचार चौमसँग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंहमार्फत त्यो पार्टीको सदस्यता नै लिए ।

बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरूका बीचमा राजनीतिक काममै खटे । ..... अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए । मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउँथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएका बेला उनलाई कालोझन्डा देखाउँदा बाबुराम आफ्नो जीवनमा पहिलोपटक गिरफ्तारीमा परे । ...... २०४२ सालमा बाबुराम काठमाडौं फर्के । काठमाडौं फर्कनुअघि नै उनले निर्णय गरिसकेका थिए, पूर्णकालीन राजनीति गर्नेबारे । उनी मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्युरो सदस्य भएर कम्युनिस्ट राजनीतिमा सक्रिय भए । ...... उनी नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले लैजानुपर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहनविक्रमसँग मतभेद बढ्यो । तर, उनी सधैँ क्रान्तिकारी पार्टीहरू बीचको एकतामा जोड दिन थाले । रातो पाटी त्यतिबेला दूधकाण्ड, रंगशाला काण्ड, मेघालयका शरणार्थी विषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पञ्चायत शासनविरुद्धको आन्दोलनमा सरिक भए । ..... २०४६ सालको जनआन्दोलनताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको नेपाल बन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । त्यो दिनको उत्कर्षले नै पञ्चायती व्यवस्थाको अन्त गर्यो । ..... २०४६ को परिवर्तनपछि नयाँ प्रक्रियामा जानका लागि उनले पार्टी एकताको पहल गर्न थाले । ..... एकता केन्द्र २०४७ मंसिरमा बन्यो । .... संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तिका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरूले एकता केन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा नौ वटा सिटमा विजय हासिल ग¥यो र तेस्रो ठूलो दल भयो । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रि«यता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोसाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ वैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो । ..... २०४६ को जनआन्दोलनबाट प्राप्त सीमित अधिकारबाट मात्र पुग्दैन, जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ मा जनयुद्ध सुरु ग¥यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारसँग राखेर सशस्त्र युद्धमा जाने घोषणा ग¥यो । र व्यवस्थित युद्धमा उनीहरू सामेल भए ।

२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दाबाहेक सबै समय भूमिगत बसे ।



प्रचण्ड र बाबुरामवीच दरबारिया र भारतीयको त्यो सनसनीपूर्ण आरोप प्रत्यारोप
०६१ वैशाखमा मैसुरमा भएको पोलिटब्युरो बैठकमा निकै असहज स्थिति देखापर्‍यो । मूल राजनीतिक एजन्डामा पूर्ण सहमति भएर पनि कतिपय नेताले प्रचण्डका केही कार्यशैलीगत कमजोरीको आलोचना गरे । पार्टीभित्रका समस्या छरपष्टसँग उजागर भए त्यहाँ । राति अबेरसम्म बहस भयो । तर कुनै संश्लेषणविना बैठक स्थगित भयो । जसका कारण नेताहरुबीच शङ्का बढ्यो र नमिठोपन महसुस गरे । पोलिटव्युरो बैठक लगत्तैपछि ऋइच्क्ष्: का प्रतिनिधिसँग भेट गर्न जाने क्रममा प्रचण्ड, लालध्वज र राहुलबीच बैङ्लोरमा समीक्षात्मक अन्तरक्रिया भयो । अन्त्यमा विद्यमान समस्यालाई मूलभूत तीन बुँदामा संश्लेषण गरे उनीहरुले । ....... मुख्यत: प्रचण्ड र लालध्वजका केही स्वाभावजन्य र मनोवैज्ञानिक समस्याको वस्तुनिष्ठ पहिचान र निराकरण हुनुपर्ने । ..... पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसँग हुने कि भारतसँग भन्ने विषयमा पार्टीभित्रै बहस चर्कन थाल्यो ।

प्रचण्डले मुख्य अन्तरविरोध भारतसँग रहेको भन्दै सुरुङयुद्ध घोषणा गरे

भने बाबुरामले भारतसँग भन्दा निरङ्कुश बन्दै गएको ‘राजतन्त्र’सँग मुख्य अन्तरविरोध रहेको मत अघि सारे । विवाद चर्कंदै जाँदा बाबुराम पक्षधरले प्रचण्डलाई ‘दरबारपरस्त’ र प्रचण्ड पक्षधरले बाबुरामलाई ‘भारतपरस्त’को आरोप लगाए । ....... त्यसपछि पार्टी केन्द्रमा मुख्य समस्या लालध्वज रहेको नयाँ विषय उठाइयो र सोहीअनुसार विभिन्न क्षेत्रमा सम्प्रेषण गरिएको बताइन्छ । ..... ०६१ असार दोस्रो साता प्रचण्ड, लालध्वज, दिवाकर, राहुललगायतका नेताहरु एकैसाथ देशभित्र प्रवेश गरे । बाटोमा सामान्य कुराकानी गरे, तर शीर्षस्थ नेतृत्व पङ्क्तिबीचमा सम्बन्ध अरु चिसिएको अनुभूति गरे नेताहरुले । रोल्पा पुगिसकेपछि मात्र प्रचण्डले लालध्वजमाथि गम्भीर शङ्का गरेको र दिल्लीमा बादल, पथिकलगायतका नेताहरुलाई हेडक्वार्टरविरुद्ध जान उक्साएको र प्रकारान्तरले हेडक्वार्टर नै कब्जा गर्ने ‘ग्रान्ड डिजाइन’ बनाउन खोजेको गम्भीर आरोप लगाउने प्रयत्न गरे । अध्यक्षको सङ्केत त्यस्तो रहेको बताइन्छ । प्रचण्ड गम्भीर मनोगतवादमा फस्न खोजेको लालध्वजको विश्लेषण थियो । उनले तथ्य–सत्य सहित आरोप पुष्टि गर्न चुनौती नै दिएका थिए । प्रचण्डसँगको पटक पटकको भेट र पछि दिवाकरसँगको कुराकानीमा समेत लालध्वजले स्थितिलाई जटिल र अस्वस्थ नबनाउन आग्रह गरे । प्रचण्डका मूलभूत सबल र सकारात्मक पक्षको साथमा केही दुर्बल र नकारात्मक पक्षलाई समेत ध्यान दिन र सच्याउन अनुरोध गरेका थिए लालध्वजले ।

प्रचण्ड आफैँले स्वीकार गर्दै आइरहेको अस्थिर र सानो कुरामा पनि तुरुन्तै तरङ्गित र सशङ्कित बन्ने प्रवृत्ति, मदिरा पिउने र लुजटक गर्ने बानी, र उनकी श्रीमती सीताले बेलाबखत जिम्मेवार नेताहरुको मानमर्दन गर्नेगरी बोल्दा र हैसियतभन्दा बढी प्रस्तुत हुन खोज्दा नियन्त्रण गर्न नसक्नु प्रचण्डका दुर्बलपक्ष रहेको लालध्वजले बताएका थिए ।

विगतमा यीबारे पटक–पटक सङ्केत र आग्रह गर्दा पनि प्रचण्डले प्रभावकारी ढङ्गले सुधारात्मक कदम नचालेकाले लालध्वज वाक्कदिक्क भएका थिए । त्यसैकारण उनले दिल्लीमा कतिपय नेताबाट प्रचण्डको विरोधमा टिकाटिप्पणी भइरहँदा पनि त्यसको प्रतिरोध गरेका थिएनन् । उदासीन बनेर बसेको लालध्वज स्वयम् स्विकारेका थिए । तर, त्यसैलाई अतिरञ्जित गरेर लालध्वजले प्रचण्डविरुद्ध नै ‘ग्रान्ड डिजाइन’ गर्न खोजेको आरोप लगाउन खोज्नु मनोगतवादको पराकाष्ठा र गलत तथा हानिकारक हुने भनाइ थियो लालध्वजको । अझ बादल पूर्वबाट आएर प्रचण्डसँग बसेर लालध्वजलाई भेट्दै नभेटी प्रस्तावित केन्द्रीय समिति बैठक स्थलतिर लागेपछि आसन्न बैठकमा सम्पूर्ण आक्रमण आफमाथि केन्द्रित हुने पूर्वानुमान थियो लालध्वजको । .........

पार्टी, सेना र मोर्चाको नेतृत्वलाई एकै व्यक्तिमा केन्द्रित गर्ने प्रस्ताव आयो प्रचण्डबाट ।

लालध्वजले त्यसमा असहमति राखे । उनले आफूले मोर्चाको संयोजकको पद परित्याग गर्ने, तर त्यसलाई कोही उपयुक्त तेस्रो व्यक्तिमा स्थानान्तरित गर्ने सुझावसमेत दिए । ....... बैठकमा कैयौँ दिनसम्म लगातार रुपमा लालध्वजमाथि आक्रमण केन्द्रित भइरहेपछि र कतिपय सापेक्ष रुपमा बढी इमानदार र सन्तुलित देखिँदै आएका नेताहरुसमेत भ्रमित हुँदै गइरहेको देखेपछि लालध्वजले नैतिकताका आधारमा स्थायी समिति र मोर्चाको संयोजक तथा सदस्यबाट राजीनामा प्रस्तुत गरे । दिनभरिको बहसकक्रममा सबैले युद्धको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर राजीनामा फिर्ता लिन आग्रह गरेपछि र बैठक हलबाहिरको कुराकानीमा प्रचण्डले अहिले विचार संश्लेषण र नेतृत्व केन्द्रीकरणको प्रश्नमा सामान्य सैद्धान्तिक सहमति मात्र कायम गरेर जाने र ठोस निर्णय पछि गर्ने बताएपछि लालध्वजलेआफूले गरेको राजीनामा केन्द्रीय कार्यालयमा अभिलेखका रुपमा सुरक्षित राख्ने आग्रहका साथ फिर्ता लिएको घोषणा गरेका थिए । .... अन्तिममा वैठकको अन्त्यमा ‘एकता र विजय’ को बैठक भनेर संश्लेषण गरिए पनि भित्री मनले कोही पनि पूर्ण रुपले सन्तुष्ट रहेका थिएनन् । ...... केन्द्रीय समिति बैठकपछि विभिन्न कमान्ड र क्षेत्रका बैठक र प्रशिक्षण भेलाहरु भए । त्यहाँ स्थिति सामान्य भएन र केन्द्रको अन्तरसङ्घर्ष अस्वस्थ ढङ्गले तलसम्म प्रवाहित भएको पुष्टि भयो । मुख्यत: पश्चिम कमान्डअन्तर्गतको प्रशिक्षण भेलामा केन्द्रीय समितिको निर्णयको भावविपरीत र अहिलेसम्मका सबै स्वीकृत पार्टी पद्धतिविपरीत सुदर्शनलगायतका नेताहरुबाट लालध्वज, बादल, गोपाल खम्बू (साइँला) आदि को नामै किटेर भन्डाफोर गरेका थिए । गण्डक क्षेत्रको प्रशिक्षण भेलामा पनि वरुणले मन्चबाटै पूर्ववक्ता स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यबाट व्यक्त विचारहरुको सबैले बुझ्ने भाषामा खण्डन गरेका थिए । महिला मोर्चा लगायत विभिन्न मोचाका बैठक र भेलामा पनि माथिका अन्तरसङ्घर्ष अस्वस्थ रुपमा तलसम्म प्रवाहित भएको सङ्केत आएको थियो । आमपार्टी पङ्क्तिमा केन्द्रीय समिति बैठकले अन्तरसङ्घर्ष ठीकसँग हल नगरेको अनुभूति थियो नै । विधिसम्मत यथार्थ जानकारीको माग तथा अन्तरविरोध ठीकसँग सञ्चालनको आग्रह पनि भएको थियो । कतिपय पत्रपत्रिकामा समेत पार्टीका अन्तरसङ्घर्षहरुको चर्चा गरेका थिए । ...... यसैबीच ०६१ कात्तिक २३ गते बाबुराम भट्टराईले केन्द्रीय स्कुल विभाग र प्रचार तथा प्रकाशन विभागबाट राजीनामा दिनुका साथै चारबँुदे असहमतिपत्र बुझाए । त्यसलगत्तै मङ्सिर १५ मा पनि उनले १३बुँदे राजनीतिक बहसका विषय प्रचण्डलाई बुझाए ।

यसैलाई मुख्य आधार बनाएर बाबुराममा ‘विचलन’ आएको निष्कर्षमा पुग्यो हेडक्वार्टर ।

०६१ माघमा रुकुमको लावाङमा बसेको पोलिटव्युरो बैठकले बाबुरामलाई पार्टीको जिम्मेवारीबाट निष्कासन गर्‍यो । उनीसँगै नेतृ हिसिला यमी र नेता दीनानाथ शर्मा पनि कारबाहीमा परे । बाबुरामलाई कारबाही गर्नुपर्ने कारण दस्तावेजमा उल्लेख छ, ‘पार्टी अन्तरसङ्घर्षलाई वर्गसङ्घर्षको शत्रुतापूर्ण स्वरूप खतरा उत्पन्न हुँदै गएको छ । भट्टराईमाथि समानान्तर हेडक्वार्टर सञ्चालन गरेको, अन्तरविरोध तथा मूल्य–मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा विगतमा पार्टीबाट निष्कासित दक्षिणपन्थी विसर्जनवादलाई पछ्याएको आरोप छ ।’ ........ ०६१ साउनमा सम्पन्न केन्द्रीय समितिको अर्को बैठकपछि माओवादीले जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गर्‍यो । .....

बाबुराम राजनीतिक वृत्तमा चर्चित हुादै गर्दा अध्यक्ष प्रचण्ड नेतृत्व केन्द्रीकरण गर्ने पक्षमा थिए ।

उनले लावाङ बैठकभन्दा धेरै पहिलेदेखि नै यो प्रयास सुरु गरेका थिए । नेताहरू भारतमा छादा यो विवाद माओवादीभित्र गुपचुप थियो । तर, जब ०६१ मा माओवादीका नेताहरू प्रचण्ड र बाबुराम नेपाल आए, तब विवाद छताछुल्ल बन्दै गयो । ०६१ भदौमा रोल्पाको थवाङस्थित फुन्टिवाङमा बसेको माओवादी केन्द्रीय समितिको बैठकपछि विवाद पोखिन थाल्यो । बाबुराम नेतृत्वको संयुक्त क्रान्तिकारी जनपरिषद् र प्रचण्ड नेतृत्वको पार्टी समानान्तरजस्तै भएकोमा प्रचण्डलाई आपत्ति थियो । वक्तव्य जारी गर्दा समेत प्रचण्ड र बाबुरामले संयुक्त रूपमा हस्ताक्षर गर्ने भएकाले मूल नेतृत्वबारेमा भ्रम पैदा भएको आवाज पार्टीभित्रै उठिरहेको थियो । त्यहीबेला पार्टी, सेना र मोर्चाको नेतृत्व अध्यक्षमा केन्द्रीकरण गर्नुपर्छ भन्ने प्रचण्डको प्रस्तावमा बाबुरामले पार्टी, सेना र मोर्चाको एकल नेतृत्व कायम गर्नु सैद्धान्तिक कमजोरी हुन्छ भन्ने आफ्नो विचार राखे । यदि यो विचारलाई स्वीकार नगरिए राजीनामा दिने भन्दै बाबुरामले ........ पार्टी, सेना र मोर्चाको प्रमुखमा एउटै व्यक्ति रहनुपर्ने र विचारको केन्द्र प्रचण्ड हुनुपर्ने विषयमा विवाद थियो । पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसाग हुने कि भारतसाग भन्ने विषयमा पार्टीभित्रै अन्तरविरोध चर्कियो त्यति नै बेला । ...... ०६१ माघमा रुकुमको लावाङमा सम्पन्न माओवादी पोलिटव्युरो बैठकले माओवादी नेता बाबुराम भट्टराईलाई पार्टीको साधारण सदस्यमात्र रहनेगरी स्थायी र केन्द्रीय कमिटीबाट समेत निलम्बन गर्‍यो । पोलिटव्युरो बैठकले भट्टराईलाई मात्र कारबाही गरेन, उनकी श्रीमती हिसिला यमीलाई पनि केन्द्रीय कमिटीबाट निलम्बन गर्‍यो । पोलिटव्युरो बैठकमा बाबुरामको पक्षमा रहेका अर्का नेता दीनानाथ शर्मा पनि राजीनामा दिन बाध्य भए । ..... कारबाहीपछि बाबुराम र प्रचण्ड पक्षले एक–अर्कालाई नङ्ग्याउन कुनै कुरा बााकी राखेनन् । बाबुराम कारबाहीमा परेकाले नङ्ग्याउने कुरामा प्रचण्ड पक्ष बढी सफल भयो । बाबुरामलाई कारबाही गरेपछि सबैभन्दा बढी चिन्ता प्रचण्डलाई लागेको थियो । बाबुरामलाई कारबाही गरे पनि उनको अभावमा काम गर्न कठिन भएका कारण प्रचण्ड खुसी थिएनन् । बाबुराममाथि कारबाही गरेर गडबड भयो भन्ने चिन्ता प्रचण्डमा बढी भयो । ..... प्रचण्ड केही समयपछि आउने र बाबुरामले पहिले गएर वार्ताका लागि तयारी गर्ने सल्लाह भए पनि बाबुराम भारत जान एकाएक हच्किए । एकातिर भारतपरस्तको आरोप लागेकाले पहिले जाादा केही गडबड भइहाल्यो भने भारतपरस्तको आरोप पुष्टि होला भनेर बाबुराम हच्किन पुगे । बाबुरामले प्रचण्डसमक्ष दुवै सागै जाने प्रस्ताव राख्न पनि खोजेका थिए । तर, परिस्थिति अनुकूल नभएको भन्दै प्रचण्डले अस्वीकार गरे । यही चिन्ताका कारण बाबुरामलाई राति दुइ बजेपछि निद्रा नलाग्नेसमेत भयो । किरणको अभाव महसुससागै दुवै नेताले नयाा ढङ्गले अघि बढ्ने अन्तिम निर्णय गरे । त्यसपछि सात दलसागको छलफल र भारतसागको वार्ताका लागि बाबुराम भारततर्फ लागे । तर, बाहिर बाबुरामको कुरा पार्टीको लाइन हो कि होइन भनेर शङ्का फैलियो । बाबुरामले अघिसारेको लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव प्रचण्डले मान्ने हो कि होइन भनेर शङ्का फैलियो । बाबुरामले सात दलसाग कुरा गर्दा पनि उनीहरूले पनि प्रचण्डको सहमतिबारेमा प्रश्न उठाउन थाले । पार्टीकै लाइन भएको कुरा प्रचण्डकै मुखबाट नसुनेसम्म शङ्का बनेको थियो । ....... माओवादीले आफूभित्र चलिरहेको वैचारिक बहसलाई सार्वजनिक गरेपछि माओवादीभित्र तरङ्ग पैदा भयो । ..... माओवादीभित्र चलिरहेको बहसमा आमजनसमुदायलाई समेत सहभागी गराउने ध्येयले विषयलाई बाहिर ल्याइएको बताइएको थियो । एउटा युद्धरत पार्टीमा यस किमिसको जनवादको अभ्यास हुनु बिल्कुलै नयाँ थियो भन्दा पनि हुन्छ । बीसौा शताब्दीमा क्रान्ति र प्रतिक्रान्तिका तीता–मीठा अनुभवबाट सिकेर २१औा शताब्दीको पहिलो क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने महफ्वपूर्ण दायित्व आफ्नो काँधमा आएको ठम्याइ रहेको माओवादी नेताहरूभित्र माक्र्सवाद–लेनिनवाद–माओवादलाई समृद्ध नगरी २१आौ शताब्दीमा क्रान्ति गर्न र त्यसलाई रोक्न सम्भव छैन भन्ने कुरा आमसहमति जस्तै थियो । माओवादीले केही समयपहिले २१औा शताब्दीको जनवाद विकाससम्बन्धी प्रस्ताव पारित गरेर विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ आयाम थपेको बताएको थियो । ..... बाबुरामको चर्को विरोध गर्नेमा थिए– रवीन्द्र श्रेष्ठ ... उनको जोड पार्टीभित्र भिन्नमतलाई समाप्त पार्नुपर्छ, भौतिक रूपमै समाप्त पार्नुपर्छ भन्नेमै रह्यो । यो उनको व्यक्तिगत कमजोरी, सनक वा चरित्रगत विशेषता थियो या प्रायोजित अभिव्यक्ति थियो, त्यसको छानबिन हुँंदै छ । बाबुरामसमेतलाई कारबाही गर्ने सन्दर्भमा पनि उनी त्यसैप्रकारको फासिस्ट, आत्मकेन्द्रित, सन्की र विवादास्पद अतिका रूपमा प्रकट भएका थिए,’ दीनानाथ शर्माले रवीन्द्रले भनेको उद्धृत गर्दै भनेका छन् ।
पार्टी छाड्दाछाड्दै बाबुरामले उठाएका १२ विषय
अहिले भारतको हवाला दिएर आफ्नो स्वार्थपुर्ति गर्ने तर थारु र मधेशीको जायज मागलाई कुल्चने प्रयत्न हुँदैछ यो दुःःखद छ । .... आगामी दिनदेखी कुनै पनि नेतहरुले चुनावी खर्च माग्न अथवा सांसद खरिद विक्री गर्न विदेशी दुतावासमा रकम माग्ने काम रोकिनेछ । ..... हामी मध्ये कुनै पनि नेताले पद पाउन दुतावास धाउने प्रचलनको अन्त्य हुनेछ । र आफन थर्ड डिभिजन ल्याउने छोराका निम्ती विदेशी दूतावासमा गएर छात्रवृत्ति माग्ने र विरामी पर्दा विदेशीबाट करोडौंको खर्च पास गराउने प्रवृत्तिको पनि अन्त्य हुनेछ । हामी आफ्नै दुतावासमा बस्न छाडेर विदेशीको आतिथ्यता लिएर फाईभस्टार र सेभेनस्टार होटलमा बस्ने परम्परकोको पनि अन्त्य हुन सकेमा हाम्रो राष्ट्रवाद बलियो हुने अपेक्षा गर्छु । .... हामिले खुल्ला मंचमा उसका विरुद्ध कड्किने अनि राती गएर लत्रक्क लत्रँदै उसका पाखुरा समात्ने नक्कली राष्ट्रवाद एउटा हुन्छ । .... अर्को सुगौली सन्धिदेखिको कुरा बुझेर यथार्थतालाई मध्यनगर गर्दै

सवै जनतालाई एक बनाएर राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने अर्को राष्ट्रवाद हुन्छ ।

........ टुकी बाल्ने, साइकल चढ्ने राष्ट्रवाद कि विद्युतिय गाडी चढ्ने राष्ट्रवाद प्रगतिशील राष्ट्रवाद ? पश्न यहाँनेर हो । अब हामीले कुन राष्ट्रवाद को चयन गर्ने ।

म विजुलीबाट मोटर चल्ने राष्ट्रवादको पक्षमा छु ।

...... ०४६ सालको आन्दोलनको क्रममा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’को रुपमा हामी एकदमै सानो शक्ति भएपनि हामीले संविधानसभाको कुरा उठायौं । प्रवक्ताको हैसियतले मैले नै त्यतिवेला दश सुत्रिय माग प्रस्तुत गर्दै संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने माग प्रस्तुत गरेको थिएँ । तर दुःखका साथ भन्नुपर्छ

हाम्रै मोर्चाको एक घटक मोटो मशाल जसको महासचिव प्रचण्ड हुनुहुन्थ्यो, उहाँले त्यसको घोषित रुपमा विरोध गर्नुभो ।

उहाँले लेख लेखेर संशोधनबादी नारा भने, त्यहि कारण हाम्रो ‘संयुक्त राष्ट्रिय जनआन्दोलन विगठन समेत हुन पुग्यो, त्यो पार्टिको आधिकारीक धारणा बन्न सकेन । तर पनि हामीले त्यो नारा निरन्तर उठाइरह्यौं । ........ मैले ‘लोकतान्त्रिक गणतन्त्र’ लाई तत्कालिन माग बनाउनुपर्छ भन्ने माग पार्टी भित्र राखेँ । त्यसबेला पनि मलाई पार्टीभित्र संशोधनवादी/सुधारवादी भन्ने ठहर गरियो । ..... ०६० साल पुसमा मैले कान्तिपुर दैनिकमा त्यहि आशयको लेख लेखेबापत मलाई त्यसै सालको मागमा कमरेड प्रचण्ड लगायतका केही साथिहरुले कारवाही गर्नुभो । पछी राजा ज्ञानेन्द्रले ‘कु’ गरेर सत्ता हत्याए लगत्तै मैले अगाडि सारेको ‘लोकतान्त्रिक गणतन्त्र’ धारणा नै सही रहेछ भन्ने बोध भएर पार्टीको चर्चित चुनवाङ बैठकले लोकतान्त्रीक गणतन्त्रको नारा स्विकार गर्यो । त्यसकै आधारमा हामीले ०६२ मंसिर ७ गते १२ बुँदे समझदारी गर्यौं । त्यसमा पहिलोपटक नेपाली इतिहाँसमा ०१४ सालपछी पहिलोपटक चार दल र माओवादीको तर्फवाट संविधानसभाको नारा स्विकार गरियो । त्यसकै आधारमा ०६२÷६३ को आन्दोलन र शान्ति संझौता मार्फत हामीले विधीवत संविधानसभालाइ संस्थागत गर्यौं । त्यसकै आधारमा अन्तरिम संविधान हुँदै दोस्रो संविधानसभाले संविधान घोषणा गर्यो । ...... ०७२ असोज ३ गते नेपाली जनताले झण्डै सत्तरी बर्षअघी देखेको सपना पुरा भएको छ । जनताले चुनेको संविधानसभामार्फत संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको छ । गणतन्त्र संघियता धर्मनिरपेक्षता समावेशी,समानुपातीक लोकतन्त्र संस्थागत भएको छ । .... गएको ०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको दिन पहिलो अविस्मरणीय दिन थियो दोस्रो संविधान घोषणा भएको दिन अविस्मरणीय दिन हो । .... हामी भन्दा अघिल्लो पुस्ताले २००७ सालदेखीनै यो कुरा उठाउँदै आएको थियो । ०१४ सालमा राजा महेन्द्रले त्यसलाई अपहरण गरे । हाम्रो युगका एक महान नेता विपी कोइरालाले समेत त्यसलाई थेग्न सक्नुभएन् । ०१७ सालमा नेपाक कम्युनिष्ट पार्टीले तत्कालिन दरभंगा प्लेनममा संविधानसभाको नारा उठायो त्यसलाई फेरी अगाडी बढाउन सकेन, त्यहाँ केशरजंग रायमाझीहरु पैदा भए । उनी अन्ध राष्ट्रवादको नाममा फेरी दरबारको सेवामा गएर संविधानसभालाई तुहाइदिए । .....

संविधान जारी हुने दिन तराई मधेशका अधिकांश ठाउँहरुमा कफर्यु लाग्यो । जनताले बत्ति समेत बालन पाएनन् । त्यस्तो खुसिका क्षणमा पनि आधा नेपालले दिपावली मनायो आधा नेपाल अन्धकारमा रहँदा मलाई थोरै दाँतमा ढुंगा लागेजस्तो भयो ।

..... संविधानमा धेरै कुरा प्रगतिशील छन् । तैपनि कुरा छुट्न पुगे । खासगरी थारु बाहुल्य क्षेत्रमा उनीहरुले आफ्नै प्रदेशको माग पुरा गर्न नसक्नु हाम्रो ठुलो कमजोरी रह्यो । त्यसैगरी कत्तिपय जाती जनजाती र मधेशका केही भागहरुलाइ समेटेर प्रदेश निर्माणका क्रममा त्रुटि रहेको छ । समाुनपतिकको सवाल पहिले स्वीकार गरिएपनि पछी हटेको छ । महिला र दलितका केही माग छुटेका छन् । ...... मुख्य रुपमा शासकिय प्रणाली जुन ९० प्रतिशत जनताले सुझाव दिएको प्रत्यक्ष निर्वाचित कार्यकारीको मागलाई समावेश गर्न नसक्नु ठुलो कमजोरी बन्न गएको छ । त्यसैले यो संविधानले पनि सरकार बनाउने र गिराउने खेलमा मात्र सहयोगी हुन्छ की भन्ने आशंका छ । तराइ मधेशको एउटा हिस्सा आन्दोलनमा भएकाले उनिहरुलाइ बार्तामा ल्याएर संविधान कार्यान्वयन गर्न सकेमा राम्रो हुनेछ । तर अहिलेको विडम्वना के छ भने, हिजो संघियता धर्मनिरपेक्षताको विरोध गर्नेहरु आध धेरै नाचगान गरिरहेका छन् । तर आन्दोलनबाट आएका शक्तिहरु चैं पुरै खुसी हुन सकेका छैनन् । यो विडम्वनापुर्ण अवस्था हो । इतिहास्मा यस्तै हुनेगरेको छ, बाली एउटाले लगाउने फल अर्काले लैजाने कुरा इतिहासमा हुँदै आएको छ । ....... शुरुमा मलाई कांग्रेस कम्युनिष्ट थाहा थिएन् । राजतन्त्रको अन्त्य हुनुपर्छ भन्ने मात्रै लग्थ्यो । पछी म कम्युनिष्ट पार्टीमा आवद्ध भएर यहाँसम्म आएँ । तर यहाँ आएपछी नेपालले एउटा युग पुरा गरेको छ अब अर्को युगमा नेपाल प्रवेश गरेको हुनाले अब पार्टीहरु साधान हुन् साध्य होइनन् । अबका साध्य जनता हुन् । अब तरकाी काट्ने चक्कु काम छैन, खसि काट्ने खुकुरी चाहिन्छ । त्यसैले अब पुरानो ढंगका पार्टिहरुको काम छैन । नयाँ ढंगको शक्ति निर्माण गरेर जानुपर्छ । त्यसो भएको हुनाले, सवैसँग ब्यापक छलफल गर्नेगरी एनेकपा माओवादीको साधारण सदस्य समेत त्यागेको घोषणा गर्न चाहन्छु । अव म एक नेपाली नागरिक मात्र हुनेछु ।


रोक्नुहुन्छ भनेर बाबुरामजीले मलाई १५ मिनेट अगाडि मात्र भन्नुभयो : टोपबहादुर

Comments