In The News (115)

तराईलाई जोड्ने तन्तू
हाम्रो परम्परागत राजनीतिक शक्ति सन्तुलनमा तराई–मधेसको खास गुञ्जायस थिएन, अन्तरिम संविधान नबनुञ्जेल। सद्भावना पार्टी सात दलीय गठबन्धनको एक घटकका रूपमा दोस्रो जनआन्दोलन हुँदै पुनर्स्थापित प्रतिनिधिसभाले बनाएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सर्वदलीय सरकारमा सामेल थियो तर उसका क्षेत्रीय मुद्दाको सुनुवाई हुनुपर्ने राजनीतिक तागत थिएन। रातारात जारी गरिएको अन्तरिम संविधानले माओवादीलाई मूलधारमा वैधानिकरूपमा ल्याई संविधानसभा निर्वाचन गर्नेमात्र उद्देश्य राख्दा मधेस जुर्मुरायो। ..... ६०१ सदस्यीय संविधानसभामा तराई–मधेस मूलका एक तिहाईभन्दा बढी ३५ प्रतिशत अर्थात् २०८ जना कायम रहन सफल भए। त्यसकै जोडमा राष्ट्रपति र उपराष्ट्रपति समेत मधेसी निर्वाचित हुनपुग्ने शक्ति तराई–मधेसले आर्जन गरेको ऐतिहासिक उपलब्धी थियो। दोस्रो संविधानसभा निर्वाचनमा केही खस्किए पनि ३१ प्रतिशत कायम रह्यो। ..... देशको आधा जनसंख्या बसोबास गर्ने भूगोल अशान्त, जीवनशैली ठप्प, राष्ट्रिय राजनीतिमा अवरोध र भारतसँग देशको सम्बन्ध तनावमय हुन पुगेको छ। ..... पहिलो संविधानसभाले संविधान बनाउन सकेको भए यी विषय सम्बोधन हुनेवाला थिए। तर मधेसी दलहरूमा तराईमा दुईभन्दा बढी प्रदेश बन्न र घुस्न नहुने अव्यावहारिक र अदूरदर्शी हठ् व्याप्त हुन पुग्दा र उनीहरूलाई अनावश्यक रूपमा भारतीय संस्थापनबाट ढाप मारिँदा उनीहरूको मित्रशक्ति माओवादी पार्टी भनेकै अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री रहेका बाबुराम भट्टराई दायित्वविमुख हुन पुगे। ...... उनीहरूलाई लाग्यो एमाओवादी नेतृत्वको मधेसी मोर्चासहितको विपक्षी गठबन्धनको आन्दोलन थेग्न गाह्रो पर्ने भएकाले कि एमाओवादी कि मधेसीलाई साथ लिन जरूरी छ। .... दोस्रो निर्वाचनमा पार्टीको शर्मनाक पराजय र

आफैँलाई समेत कुन चालबाजीबाट राज्य संयन्त्रले सिरहामा जिताइदिएको महसूस गरेर

अध्यक्ष दाहाल भित्रभित्रै बदलिँदै थिए। तर मधेसी मोर्चासँगको विपक्षी गठबन्धनको यात्रामा उनले चाल पाउँदै गए– आन्दोलन चर्काउने क्रममा तराई–मधेसमा त्यस्ता अभियान ल्याउने जुन उनले ‘जनयुद्व’ ताका गर्ने गर्थे। तराई–मधेसमा राज्यका निकायहरू कब्जा गर्ने, जनकारवाही थाल्ने जस्ता हथकण्डा अपनाउने प्रस्ताव गठबन्धनभित्र आउन थालेपछि उनी झस्किए– दश वर्षे सशस्त्र संघर्षलाई कुन मुश्किलले अवतरण गराउन सकेँ, त्यसकै पुनरावृत्ति गर्दा म फेरि कुन भूमरीमा पर्नेछु। ..... त्यसै पनि एमाओवादी पार्टी भित्रभित्रै खिईँदै गएको, केही चोइटा परिसकेको र वरिष्ठ सहकर्मीहरूसँगको आन्तरिक संघर्ष चुलिँदै गएको हिसाब गरेपछि दाहालले आफ्नो राजनीतिक भविष्य आफूभन्दा ठूलो वामपन्थी दलसँग सहकार्यमा देख्न पुगेन। एमाले र एमाओवादी, दुई ठूला वाम शक्तिको समानान्तर अस्तित्व असम्भव बुझेका उनले झन्झन् जाग्दै आएको एमाले र त्यसका चतुर, वाचाल अध्यक्ष केपी शर्मा ओलीसँग घनिष्ठ पाउन थाले। आखिर दुई वामबीच सैद्वान्तिक मतभेदको रौँचिरा विश्लेषण हुन छाडिसकेको थियो। कुन काग, कुन कोइली भेद मेटिइसकेको थियो। ..... उपेन्द्र यादवको फोरम र राजेन्द्र महतोको सद्भावनाबीच मधेसमा को ठूलो हुने होड कति गहिरो थियो भने तिनले सजिलै कुनै पनि सहमतिको साहस गर्न सक्ने थिएनन्। महतोलाई लाग्थ्यो सद्भावनाकै मुद्दामा फोरम जाग्यो, यादवलाई लाग्थ्यो सद्भावनासँग जनताको तागतै छैन। दुईबीचको संघर्ष अहिले पनि जारी छ, को बढी क्रान्तिकारी बन्ने प्रतिस्पर्धाले उनीहरू काठमाडौंमा वार्ताकै लागि समेत तत्पर हुने गर्दैनन्। महन्त ठाकुरको तमलोपा उनीहरूको संयोजन गर्ने दाउमा हुन्छ तर निकासको नेतृत्व लिने ल्याकत राख्दैन। ...... प्रायः निरुपाय रहने प्रधानमन्त्री सुशील कोइरालालाई समेत घानमा पारेर दुई ठूला वाम नेता ओली र दाहालले जुन चट्टानी अडान अनवरत जारी राखे त्यसले संविधानसभाको रीत त पूरा गर्‍यो तर संविधान निर्माण जस्तो सर्वोच्च अभ्यास गर्दा आवश्यक राष्ट्रिय वातावरणको अवमूल्यन गरियो। देशको आधा निर्वाचन क्षेत्र माग गर्ने, आधा जनसंख्या बसोबास गर्ने र संघीयता तथा समानुपातिक प्रतिनिधित्वसहितको आमूल परिवर्तन ल्याएको जसमा बाँचेका मधेसी पक्षलाई आन्दोलनको लू मच्चाउन डिलबाहिरै एकत्रित रहन प्रेरित गरियो।

तीन दलले दीपावली गरे तर तराई–मधेस शोकमग्न रह्यो। एउटा ऐतिहासिक अवसर गुम्यो।

....... तराईमा तनाव घट्ने गुञ्जायस छैन। संविधान निर्माताहरू संविधानका प्रति लिएर देश डुल्न जानसक्ने स्थिति छैन। तिक्तता व्याप्त छ। तराईमा पिल्सिएको जनसमुदायप्रति काठमाडौंको राष्ट्रिय जीवन वेखबरजस्तै वेपर्वाह देखिन्छ। यत्ति हो, हिजोआज भारतले नाकाबन्दी गरिदिने त्रासले पेट्रोलपम्पअगाडि उधूमको लाइन अहोरात्र बढ्दैछ। ...... अति देखिएपछि पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले घट्लाग्दो ट्वीट गरे, ‘विदेशीको चासो सम्बोधन गर्ने परराष्ट्र नीतिले हो, संविधानले होइन।’ ..... बाह्र बुँदे गराएर नेपालमा शान्ति स्थापनाको मध्यस्थकर्ताको श्रेय लिने भारतले मधेसी दलहरूसँग सम्झौताको सहजकर्ता बनिदिएर संविधानसभा निर्वाचन गराएको र दोस्रो निर्वाचनको प्रवन्ध मिलाइदिएको समेत हो भनेर सर्काछन् हाम्रा नेताहरू। ..... मधेसी दलका मागलाई आफ्नो प्रतिष्ठाको विषय बनाउन पुग्दा भारत यतिबेला आफैँ असफलताले हिस्स हुन पुगेको देखिन्छ। ..... राजदूत रञ्जित रे दिल्ली धाउँदै, फर्किँदै गर्दा आफ्नो उद्दारका लागि ल्याएका विदेश सचिव जयशंकर समेत भाइसरायको भूमिकामा प्रकट हुन पुगे। खुला चुनौती नै दिएछन्, हामीले स्वागत नगरे तपाईँहरूले बनाइरहेको संविधानको के अर्थ हुन्छ?

एमाओ अध्यक्ष दाहाललाई घुर्क्याएछन्, हिजो जंगलबाट शान्ति प्रक्रियामा ल्याइदिएको हाम्रो गून किन विर्सनुभयो?

...... हाम्रा नेताहरू साइकलमा सवारीको साहस गर्न सक्दैनन्। जनता जनार्दन पेट्रोल भर्न घण्टौँ लाइनमै छन्। काठमाडौंमा साइकल यात्री बढेका छैनन् र साइकल मार्ग सजिलै बन्नेवाला पनि छैन। हाम्रा नेताहरूको हुती आफ्नो अस्तित्व रक्षा र स्वार्थको रसायन विकासमा लिप्त हुने गर्छ। राष्ट्रिय चरित्र, राष्ट्रिय भावना, राष्ट्रिय सुझबुझ र राष्ट्रिय दृष्टिबोधको अभावमा उनीहरूका अभिव्यक्ति सिर्फ प्रतिक्रियामा मात्र सीमित हुन पुग्छन्। ......

राष्ट्रिय नेताहरूले राष्ट्रिय चरित्र विकास गर्न संविधानसभाको प्रक्रियाले निम्त्याएको संकट समाधानको पहल गर्ने हो।

..... चाहे हाम्रो भावी संसद होओस् वा प्रदेश सभा वा निजामती सेवा। नेपाली राज्यका ऐनाहरूमा हाम्रो विविधिताको यथोचित अनुहारको झलक स्थापित हुने व्यवस्था गर्न किन कञ्जुस्याईँ गरेको हो? जानाजान कि यसरी द्वन्द्व राखिरहेको हो? हाम्रो राष्ट्रिय एकता कसरी विकास हुन्छ र कसरी संवैधानिक स्थायीत्व आउँछ भन्ने कतिपल्ट अब संविधान संशोधनको वाचा गर्दै हिँडेर पूरा गर्ने हो? ..... ०४७ सालको संविधानले देशमा बदलिने शक्ति सन्तुलनलाई सम्बोधन गर्न पाएन किनभने नेताहरूले भन्ने गरिरहे– एउटा धारा पनि संशोधन गर्न सकिँदैन। यसपटकको संविधानको सकारात्मक पाटो भनेकै यसका निर्माताहरूले सुरूबाटै भन्न थालेका छन्, संशोधन गरेरै जान सकिन्छ।


मधेसी आन्दोलनकारीलाई भारतीयद्वारा खानाको व्यवस्था
रक्सौलका उद्योगपति महेश अग्रवाललाई शुक्रबार भ्याई नभ्याई थियो। उनी स्थानीयहरूको सहयोगमा रातिको खानाको लागि चाहिने समानहरुको जोहो मिलाउँदै थिए। समय समयमा नेपालका आन्दोलनकारीहरू खाना खान नछुटुन् भनेर सूचित पनि गर्दै थिए। नेपालमा भूकम्प आएको बेला भारतीय सीमा सुरक्षा बलले रक्सौलमा चलाएको शिविरमै बिहिबारदेखि रक्सौलका स्थानीयले आन्दोलनकारीहरूको लागि खानाको मेस चलाएका हुन्। प्रमुख आयात निर्यात केन्द्र वीरगञ्ज नाका ठप्प पार्न दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताका लागि भारतीयहरूले खानाको मेस सञ्चालन गरेका छन्। ..... रक्सौलका बासिन्दाले चन्दा उठाएर मेस चलाएका हुन्। बिहीबार साँझ मितेरी पुलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि वीरगञ्ज फर्किन लागेका मोर्चाका कार्यकर्तालाई प्रहरीले शंकराचार्यद्धारमा कुटपिट गर्न थालेपछि रक्सौलका बासिन्दाले मेस चलाउन सुरु गरेको आन्दोलनकारीहरुले बताए। मधेस आन्दोलनप्रति सीमावर्ती भारतीय जनताको पूर्ण सहयोग रहेको अग्रवालले बताए। उनले भने, 'आन्दोलनमा हामीहरुको पूर्ण समर्थन छ।' .... सीमावर्ती क्षेत्रमा रोटीबेटीको सम्बन्ध भएको स्मरण गराउँदै आफूकहाँ आएका पाहुनाहरुलाई सेवा गरेको अग्रवालले बताए। सीमामा आन्दोलन चलेसम्म मेस चलाइराख्ने अग्रवालको भनाइ रहेको थियो। सो मेसमा आन्दोलनकारी नेता कार्यकर्ता सबैले सँगै खाने गरेका छन्। बिहिबार राति तीन सय आन्दोलकारीले त्यहा खाना खाएका थिए भने शुक्रबार दिन भरी मेस चलेको थियो।
हाम्रो सार्वभौमिकतामाथि प्रश्न नउठाउन ओलीको भारतलाई चेतावनी
विकल्प खोज्दै भट्टराई

गरिब र सानो मुलुकको बिरुद्ध छिमेकिको नाममा भारतले जुन नाङ्गो नाच देखायो अनि हाम्रो राष्ट्रिय अस्मिता माथि धावा बोल्यो ...

Posted by Bijaya Poudel on Friday, September 25, 2015

मेरो फेसबुक......! एकात्मवादी राज्य व्यवस्थाको पद चिन्हमा चल्ने उसैको पृष्ठपोषक हुन पुगेका नेपाली प्रेसको (केही अपवाद ...

Posted by Jay Prakash Gupta on Thursday, September 24, 2015

Nepal-India ties 101: Both Nepali Congress and Maoists actively sought Indian support during their struggles. The...

Posted by Prashant Jha on Sunday, September 20, 2015

इनरवा, सुनसरीमा बिशाल बिरोध सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Friday, September 25, 2015

क्या दिन क्या रातआन्दोलन जारी है। सदभावना पार्टी के सह महासचिव श्री राज कुमार गुप्ता लगायत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता सिरहाको लहानमा राजमार्ग ठप्प पार्दै।

Posted by Upendra Mahato on Friday, September 25, 2015

All is not well with our leadership. प्राज्ञिक जिम्मेवारीको पदहरूमा दलीय भागबण्डाको निर्लज्ज प्रदर्शन र भ्रष्टाचारलाई रा...

Posted by Deepak K Khadka on Friday, September 25, 2015

नाका बन्द गर्नु रहर होईन बाथ्याता हो । मधेसी पहादी सबैले आ-आफ्नो थाउ बात सरकार लाई दबाब दिउ मधेसिको जायज माङ लाई पुरा गर...

Posted by Mahesh Yadav Adhikari on Friday, September 25, 2015

संयूक्त राष्ट्र संधको ७०औं माहासभामा नेपाल सरकारको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै माननिय उप प्रधान मन्त्रि प्रकाश मान स...

Posted by Pramod Sitaula on Thursday, September 24, 2015

Nepalese protesting against Nepal Gov and new constitution at UN Headquarters, New York. The event was organized by...

Posted by Pradeep Thapa on Friday, September 25, 2015


Apply Panchsheel on Nepal
नेपालभरि लागू हुने संविधान चाहियो : दमननाथ ढुंगाना



मधेसको आन्दोलनमा एमाओवादी मोर्चाको ऐक्यवद्धता
केन्द्रीय समिति बैठकमा भाग नलिने निर्णय
एमाओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउने औपचारिक निर्णय गरेको छ । मोर्चाले झापादेखि बाँकेसम्म संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । ...... जनकपुरमा एमाओवादीका केन्द्रीय नेताहरुको उपस्थितिमा शुक्रबार सम्पन्न बैठकले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउने औपचारिक निर्णय गरेको हो । मोर्चाले

मधेसमा रहेका सम्पूर्ण माओवादी नेता कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

...... मोर्चामा रहेका एमाओवादी केन्द्रीय समितिका नेताहरुले आइतबार काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णयसमेत गरेको छ । १० गते बोलाइएको बैठकलाई ‘विश्वासघाती प्रचण्डको चालबाजी’ को संज्ञा दिँदै बैठकमा सहभागी नहुन मधेसका पोलिटब्यूरो सदस्य एवं केन्द्रीय सदस्यहरुलाई मोर्चाले आग्रहसमेत गरेको छ ।’ ..... शुक्रबारको बैठकले असोज १२ गते जनकपुरका मिथिला-मधेसको भेला आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै १३ गते वीरगञ्ज, १४ गते भैरहवा, १५ गते नेपालगञ्ज र १७ गते बिराटनगरमा भेलाको आयोजना गर्ने मधेसी मोर्चाले निर्णय गरेको छ । ..... रामकुमार शर्माले यसअघि नै लाजिम्पाटस्थित प्रचण्ड निवासमा राजीनामा बुझाइसकेका छन् । ........ त्यस्तै रामरिझन यादवले पनि पार्टी छाडेको जानकारी लाजिम्पाटलाई गराइसकेका छन् । .... तर, रामचन्द्र झा, महेन्द्र पासवान लगायतका नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट भए पनि अहिलेसम्म पार्टी छाडेको घोषणा गरेका छैनन् ।
प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण भारतले रोकेको खुलासा



भारतलाई घुँडा टेकाउने मौका यहि हो
'अन्तर्राष्ट्रिय अदालतमा भारतलाई उभ्याउनुपर्छ'
प्रखर राष्ट्रवादी धारका लेखक हुन् सौरभ । राजनीतिदेखि कूटनीतिसम्म, विज्ञानदेखि अध्यात्मसम्म सौरभको ज्ञानले नभेटेका क्षेत्र सायदै होलान् । यद्यपि उनी कमै लेख्छन् । जब लेख्छन्, एक किसिमको तरंग ल्याइदिन्छन् । खोला कतातिर बगेको छ भन्नेतिर चासो दिँदैनन् । आफू त्यतै बग्छन्, जता उनलाई बग्नु छ । ..... भारतविरोधी भनेर चिनिने सौरभ .... सत्प्रतिशत गैरकूटनीतिक र तुच्छ व्यवहार हो यो । कुनै पनि देशले संविधान बनाउँदा आफ्नो राष्ट्रिय हित र अखण्डतालाई विचार गर्छ । आफ्नो स्वविवेक, स्वनिर्णयमा संविधान बनाउने हो । संविधान यस्तो बनाउ, उस्तो बनाउ, फलानोसित वार्ता गर, ढिस्कानोलाई सहमतिमा ल्याउ भनेर आदेशको शैलीमा बोलिरहनु भारतको हेपाहा प्रवृत्ती हो ।

भारतको संविधान बन्दा नेपाल एक स्वतन्त्र देश थियो । तर, नयाँ बनिरहेको भारत नामक देशको संविधानमा यस्तो हुनुपर्छ र यस्तो हुँदैन भनेर नेपालले भनेको थियो र ?

...... भारतले तराईमा बस्ने भारतीय मूलका नागरिकको चिन्ता लिएकोभन्दा पनि तराईंको उर्बर जमीनमा आँखा गाडेको हो जस्तो लाग्छ । चुरेभन्दा तलको भूभागमा आफ्नो वर्चश्व जमाउने उसको पहिलेदेखिकै मनशाय हो । नाम नेपालको भए पनि यस क्षेत्रमा नियन्त्रण आफ्नो होस् र त्यसमार्फत चुरेभन्दा माथिको भागलाई पनि अँचेटीराख्न सकियोस् भन्ने उसको अभिष्ट छर्लङ्गै छ । तराईको भूभागमा भारतले आँखा गाड्नुका धेरै कारण छन् । त्यहाँ पानी छ, रोडा, बालुवा छ । खेतियोग्य जमीन छ । पेट्रोलको सम्भावना छ । तराईमा खनिज पदार्थको सम्भावना केके छन् हामीलाई भन्दा उसलाई धेरै ज्ञान छ । उसित प्रविधि छ, पैसा छ । यो सबै उसलाई भोग गर्नुछ । ....... उसको सबैभन्दा ठूलो स्वार्थ संघीयता नै हो । नेपालमा संघीयता भित्र्याउने नै भारत हो । त्यतिबेला गिरिजाप्रसादले साना पार्टीसित तीन रामहरु (रामवरण, रामचन्द्र र रामशरण)लाई छलफल गर्न लगाएका थिए । त्यो छलफलमा अहिलेका राष्ट्रपति राववरणले नै खुलासा गरेका थिए, भारतले संघीयताका लागि थाम्नै नसक्ने दबाव दिइरहेको छ भन्ने कुरा । ....... भारतले नेपाललाई संघीयतामा जान दबाव दिनुको मूल उद्देश्य तराईलाई स्वायत्त बनाउनु थियो । सप्तरीदेखि पर्सासम्मको क्षेत्रलाई स्वायत्त मधेस प्रदेश बनाउने र त्यहाँ आफ्नो पूर्ण वर्चश्व कायम गर्ने उसको योजना पूरा भएन । संविधानमा उसले चाहेको जस्तो संघीयता आइदिएन । त्यसैको झट्का लागेको होला भन्ने लाग्छ मलाई । उसको पहिलो विज्ञप्तिमै आशय प्रष्ट थियो । तर, नेपालीले बुझेनन् भनेर होला दोस्रो विज्ञप्ति जारी गरेर बुझ्ने भाषामा भनिदियो । ........ प्रष्टै छ, अत्यावश्यक वस्तुहरुमा नाकाबन्दी गर्न सक्छ । उसले नाकाबन्दी घोषित रुपमा होइन, अघोषित रुपमा गर्ने छ । बिहारमा दुई-तीन हप्ताको चुनाव छ । चुनावको बेला नेपालको तर्फबाट अशान्ति हुन सक्छ भनेर बहाना बनाइरहेको त्यसैका लागि हो । जबसम्म नेपालले घुँडा टेकेर उसका कुरा मान्दैन, संविधानमा संशोधन गर्दैन, तबसम्म नाकाबन्दी जारी राख्न सक्छ । ............ दोस्रो कुरा, अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक पहुँच र उपस्थिति असाध्य कमजोर छ । यसको फाइदा उठाउँदै भारतले विश्वव्पापी रुपमा ‘डिप्लोम्याटिक म्यानुपुलेसन’ गरेर नेपाल नै अर्घेलो हो भन्ने दुष्प्रचार गर्न सक्छ । त्यसको डिफेन्स गर्न सक्ने शशक्त च्यानल नेपालसित छैन् । पाकिस्तानलाई त अप्ठेरो पारिरहेको छ । ...... इन्डियाले कूटनीति खेलेर खाना पकाउने ग्यासमा नेपाललाई आफूमाथि डिपेन्डेन्ट गरायो । नेपालमा जलविद्युत विकास गर्न नदिने पनि इन्डिया नै हो । तर, यसको अर्थ नाकाबन्दी गर्‍यो भने हामी बाच्दैनौं भन्ने होइन ।

सोलारले पकाउँछौं वा केले पकाउछौं हामी खाना पकाएरै खान्छौं । साइकल चढ्छौं वा पैदल हिँड्छौं हामी आफ्नो यात्रा जारी राख्छौं । पेट्रोल त हर्कुलस प्लेनमा हालेर बंगलादेशबाट ल्याउन पनि सकिन्छ । हर्कुलस प्लेनमा हालेर अमेरिकाले अलास्कामा पेट्रोल पुर्‍याउँछ ।

जून देशमा हिमाल छ, १३ वटा मौसम छ, साहसिक पर्यटनको यत्रो स्कोप छ भने, त्यो देशले आफैं बाँच्न किन सक्दैन ? ......

१९८९ मा पनि हामी दुई महिना अडेको भए इन्डियाले घुँडा टेक्ने स्थिति थियो ।

...... केहि दिन, केहि महिना र केहि वर्ष दुःख हुन सक्छ । दुःख झेल्नुपर्छ । त्यसपछि हामी स्वाबलम्बि बन्नेतर्फ लम्किन्छौं । विकल्पहरु खोज्छौं । देशभित्रै उद्योगधन्दाहरु निर्माण हुन्छन् । रोजगारी सिर्जना हुन्छन् । विदेशमा मजदुरी गर्न गएका नेपाली फर्किन्छन् । १० वर्ष, २० वर्षमा हामी त्यो ठाउँमा पुग्छौं कि भारतले हामीलाई हेर्न टाउको माथि उठाउनुपर्छ । म त भन्छु,

नेपाली नेताहरुले अब आइन्दा विश्वको नक्शामा भारत भन्ने देशै छैन भनेर सम्झिए समस्या समाधान हुन्छ ।

....... नेपाल र भारतबीचको बोर्डर सँधैका लागि सिल गर्नुपर्छ । ........ हिजोको दिनसम्म डुमिनिकल रिपब्लिकका ५० हजार मान्छे सिजनमा हाइटीमा उखु काट्न जान्थे । तर, हाइटी र डुमिनिकाको बोर्डर बन्द छैन र ? अहिले नर्थ अफ्रिकाको सहारामा साल्ट रुट भन्ने छ । .... त्यो साल्ट रुट माथि नाइजरदेखि सुरु भएर मोरक्को ट्यूनिसियामा आएर टुंगिन्छ । कयौं देश पार गरेर त्यहाँ नूनका ढिक्का ल्याउँछन् । तर, मोरटानीया, मोरक्को, ट्यूनिशीया, लिबियाको बोर्डर बन्द छैन र ? सहारा मरुभूमिमा पनि बोर्डर बन्द छ । मंगोलिया पुरै मरुभूमि छ तर चीनबाट कति सामान लिएर जान्छ ? तर

मंगोलिया र चाइनाको बोर्डर बन्द छैन र ?

......... संसारमा सीमा जोडिएका मुलुक नेपाल र भारत मात्रै हुन् त ? अरु कसैलाई खुला सीमा आवश्यक नपर्ने, हामीलाई मात्रै आवश्यक पर्ने किन ?

यो त नेहरुले ‘इम्पोज’ गरेको न बोर्डर हो ।

बोर्डर बन्द गर्न नसक्नु नेपालको कमजोरी छ । उनीहरुलाई त खुला हुँदैमा स्वर्ग छ नी । तराईमा राज गर्न पाएका छन् । तर, नेपाललाई यसले हानी मात्रै गरेको छ । ......... जहाँसम्म रोटीबेटीको सम्वन्धको कुरा छ, यो पनि भारतले जबरजस्ती थोपरेको हो । भौगोलिक रुपमा नजिक र संस्कृति पनि मिल्ने भएकाले बिहेबारी हुनु स्वभाविकै हो । तर समग्र भारतीय जनता नेपाली जनताप्रति सद्भावना राख्दैनन् ।

सीमाक्षेत्रका भारतीयको व्यवहार हेर्दा त नेपालीलाई दुःख दिनलाई नै जन्मेका हुन् कि भन्ने पनि लाग्छ ।

म फेरि पनि भन्छु, बोर्डर बन्द गरेको दिन नेपालका आधा समस्या हल हुन्छन् । विगतमा भारत र बंगलादेशको सिमाना खुला थियो । दुई देशबीच गोली हानाहान भएपछि काँढेतार लागेको हो । ........

भारतसित एक न एक दिन हामीले लडेरै जानुपर्छ । त्यो लडाई लड्का लागि अहिले उपयुक्त मौका छ ।

...... रुस र जर्मनीले पोल्याण्डलाई काटाकाट गरेर बाँडेर लिए । आफ्नो भूभाग दिन्न भनेर सातपल्ट मुर्छा परे पोल्याण्डका प्रधानमन्त्री । आठौं पटकमा पानी छ्यापेर सहि गर्न लगाइयो । पछि पोल्याण्ड यसरी म्यापमा फर्केर आयो कि पहिले जर्मन एकिकरण गर्ने बेलामा सिलेसियन पार्टमा दावी गर्दिन भनेर कबुल गरेपछि मात्र पश्चिम जर्मनी पूर्वी जर्मनीसित मिल्न पायो । ....... नेपाल यूएनको सदस्य र यत्रो इतिहास भएको देश हो ।

विश्वकै पुरानो झण्डा भएको देश हो । इन्डिया त अस्ति भर्खर जन्मेको नेपालको कान्छो भाई होइन र ?

उसित कति झुक्ने ? कति हेपिने ? कति लत्रिने ? ....... हाम्रा पुर्खाहरुले ठूला महाशक्तिहरुसित लडेर जोगाएको देशलाई हामीले यति सजिलै इन्डियाको पाउमा चढाउनु हुँदैन ।

आवश्यक पयो भने भौतिक लडाई पनि लड्नु पर्छ ।

भारतजस्तो सहमतिमा बनेको देश होइन हाम्रो । हामी त लडेरै बनेको देश हो । लडेर जोगाएको देश हो । .......

मोदी भनेको पनि एक भारतीय नै हुन् । उनी नेपाल आउँदाको भाषण भनेको पाठोको ज्यान लिन ब्वाँसोले मिठो बोली गरेजस्तो मात्रै हो ।

........ प्रधानमन्त्री आज यूएन जानुपर्थ्यो र त्यहाँको मञ्च प्रयोग गरेर अन्तर्राष्ट्रिय समुदायको अगाडि भारतलाई नंग्याउनु पर्थ्यो । ...... १० प्रतिशत स्वतस्फुर्त र ९० प्रतिशत प्रायोजित आन्दोलन हो । तराई आन्दोलनको नेतृत्व नै पारीबाट आएका मान्छेले गरिरहेका छन् । राजेन्द्र महतोले २०२७ सालमा र उनका बाबुले २८ सालमा नेपाली नागरिकता लिएका हुन् कि होइनन् ? उनलाई कति नेपाली मान्ने ? उनले खुलेरै आफूलाई भारतवादी भन्ने गरेका छन् । भारतीय गृहमन्त्रीले सार्वजनिक रुपमै भने नेपालमा १ करोड भारतीय छन् । ...... खुल्ला बोर्डरबाट छिर्ने र नेपालको नागरिकता किन्ने अनि ठूलो मान्छे बन्नेहरु धेरै छन् । किनकी बिहारमा उनीहरुलाई कसैले गन्दैनन् ।

भारतमै भएको भए राजेन्द्र महतो बढिमा एउटा अड्डाको चप्रासी हुन्थे होला ।

नेपालमा इन्डियाको आड लिएर अवसर लुटेका छन्, पैसा कमाएका छन्, धाकधम्की गरेका छन् ।

मैले के सुनेको छु भने हिजो तस्करी गर्न नदिने प्रहरीलाई अहिले तराईमा छानिछानि मारिएको छ ।

व्यक्तिगत दागा धरेर गरिने हिंसा पनि कुनै आन्दोलन हो ? मेरो दृष्टिमा त यो आन्दोलन होइन अपराध मात्रै हो । ........ खुला सीमाले गर्दा तराईमा को वारीको र को पारीको चिन्नै नसकिने अवस्था छ । इन्डियाले बोर्डर खुला राखेर चिन्नै दिँदैन । यसको बेफाइदा मधेसी जनतालाई नै भइरहेको छ । उनीहरुलाई पहिचानको संकट परेको पनि खुला सीमाले गर्दा नै हो । तर

मधेसी दलहरु सीमा बन्द गरिदेउ भनेर कहिल्यै भन्दैनन् ।

यदी सीमा बन्द गरिदियो भने १० वर्षपछि तराईमा बसेका नागरिक सबै मुलधारमा मिसिन्छन् । उनीहरुलाई कसैले पनि भारतीय ठान्दैनन् । सबै नेपाली एकनास हुन्छन् । ..... खुला सीमाबाट हजारौं भारतीयहरु नेपालभित्र पसेर मधेसी आवरण उपद्रव मच्चाइरहेका छन् । ..... विजय गच्छेदारको पार्टीभित्र जितेन्द्र देवलाई यसै घुसाइएको थिएन । तराईको विखण्डनको एकजना आर्किटेक्ट उनी हुन् । ..... सद्भावना पार्टीको झण्डा हेर्नुस्, ठ्याक्कै भारतको राष्ट्रिय झण्डा जस्तो छ । यस्तो कुनै राष्ट्रवादी नेपालीले पचाउन सक्छ ? भारतको झण्डा बोकेर नेपालमा राजनीति गर्ने ? ..... झापादेखि कञ्चनपूरसम्म एक मधेस नदिएर दलहरुले राम्रो गरेका छन् । यसबाट पछि हट्नै हुँदैन । राडीमा पिठो नमुछ्नु मुछेपछि खान नहिच्किचाउनु भनेजस्तै हो । पाकिसकेको संविधान खान हिच्किचाए भने अहिलेको नेतृत्वपंक्ति रहँदैन् ।

थारुहरु पनि त थरुहट मागेका थिए । तर, बिस्तारै चित्त बुझाइरहेका छन् । मधेसी जनतालाई सम्झाउनुपर्‍यो ।

आयातितहरुलाई लखेट्नुपर्‍यो । ...... प्रहरीले शान्ति कायम गर्न सकेन भने सिडिओले सेना परिचालन गर्न पाउछ । यो माओवादीको युद्धमा परिचालन गरिएको जस्तो होइन । ..... अलि दिन, रिसाउला, फन्किएला तर, अन्तमा खुइयय गर्दै मित्रताको हात लम्काउन बाध्य हुनेछ । वाध्य पार्नुपर्छ । क्यूवा जति ओरालो लागे पनि अमेरिका र क्यूवाको दौत्य सम्वन्ध बराबरीकै आधारमा हुने हो । नर्थ कोरिया र अमेरिकाको जति झगडा परे पनि अमेरिकाले यूएन जान लागेको नर्थ कोरियन डेलिगेसनलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार नै सानफ्रान्सिस्कोमा ओराल्ने हो । ....... भारतको दवावमा आफ्नो सल्लाहरकारलाई राजीनामा दिन लगाउने, भारतले विज्ञप्ति जारी गर्नासाथ दौडेर महन्थ ठाकुरकहाँ पुग्ने सुशील कोइरालाबाट चाहिँ केहि आशा छैन । ....... ओली .. दाइने गोडामा छिर्के हान्न माधव नेपाल तयार छन्, देब्रेमा छिर्के हान्न देउवा तयार छन् । त्यसकारण सम्भावना कम देख्छु । ..... नेताहरु मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री हुनलाई पनि विदेशी शक्तिकहाँ धाउँछन् । नेताहरुलाई मात्रै के भन्ने, मुख्यसिचिव, सचिव हुँदै सिडिओ, एसपी, डिएसपी, प्राध्यापक, डिपार्टमेन्ट चिफ हुन समेत भारतको गुलामी गर्नेहरु छन् । ..... कुन देशका राष्ट्रपति साँझ बिहान बिदेशी कूटनीतिज्ञहरुबाट घेरिएर बस्छन् बताइदिनुस् त ? भारतबाट आएको एउटा उपसचिव स्तरको कर्मचारी सोझै शीतल निवास छिर्छ र राष्ट्रपतिलाई आदेश दिन्छ । राष्ट्रपति आदेश शिरोपर गर्दै तुरुन्त वक्तव्य जारी गर्छन् । जब राष्ट्रपति नै दास मानसिकतामा छन् भने अरुले के गरुन् ? ..... बरु राजतन्त्रकालमा भारत एउटा सीमामा बस्थ्यो । भारतीय राजदूत सोझै नारायणहिटी छिरेर राजालाई हप्काउने हिम्मत गर्दैनथे । अहिले त तराई मुलको राष्ट्रपति भारतलाई घरकी मुर्गी दाल बराबर भएको छ । राष्ट्रपति आफ्नो हैसियतमा बसेको भए यसरी हेप्न सक्ने थिएन ।


नेपालमा भइरहेको आलोचनाको वास्ता नगरौं : पूर्वभारतीय राजदूत
चाइना कार्डदेखि बाबुरामसम्मको चर्चा
‘कांग्रेस, एमाले र एमाओवादीले बहुमतको आडमा गलत दस्तावेज बनाएका छन्, मधेसी, जनजाति र दलितसँग गरिएको लिखित प्रतिवद्धतालाई बेवास्ता गरिएको छ ।’ .....

तराईमा ६० हजार सैनिक परिचालन गरिएको, जुन सेनाको आधा हो

भन्दै पूर्वराजदूत मुखर्जीले यो कुनै आतंकवादविरुद्ध गरिएको सेना तैनाथीभन्दा बढी भएको बताएका छन् । .... अघिल्लो साता भारतीय भ्रमणमा रहेका एमाले नेता प्रदीप ज्ञवालीलाई पनि भारतीयहरुले तराईमा ६० हजार सेना परिचालन गरिएको बारे प्रश्न गरेका थिए । ज्ञवालीले त्यो झूठो हल्ला भन्दै भ्रम त्याग्न भारतीयलाई आग्रह गरेका थिए । ..... सात प्रदेशको सीमांकनले २० जिल्लाको मधेसलाई १२ मा झारेको र यही नै आक्रोसको मुख्य कारण भएको मुखर्जीले लेखेका छन् । नयाँ संविधानले पुरानै बाहुन क्षेत्रीको प्रभुत्वलाई संवैधानिकता दिएको भन्दै उनले लेखेका छन्, ‘नेपालमा सबैलाई थाहा छ कि केही नेताले पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरमा आफ्नो पकेट निर्वाचन क्षेत्र गुमाउन चाहेका छैनन् ।’ ........ पूर्वराजदूत मुखर्जीले लोकतन्त्रको लडाइका बेला भारतले दिएको साथ स्मरण गराएका छन् । भारतले ठण्डा व्यक्तव्य दिएर संविधानमा असन्तुष्टि जनाउने, नभए नेपाली नेताहरुसँग भारतले दिँदै आएको सहयोग, ऋण र प्रोजेक्टतर्फ ध्यानाकर्षण गराउनुपर्ने उनले संकेत गरे । ..... प्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्क भ्रमण रद्द गरेको र बाबुारम भट्टराईले गल्तीहरु औंल्याएको चर्चा गर्दै मुखर्जी आफ्नो लेखमा भन्छन्-‘शायद आन्दोलन र भारतको सैद्धान्तिक स्थितिले फल प्राप्त गर्दैछ ? निश्चिरुपले कोर्समा अडिनुपर्छ ।’
News analysis: India should ignore criticism of its Nepal policy, continue what it's doing

Comments