Monday, September 21, 2015

In The News (104)



लो तुम्हारा संबिधान तुम्हें मुवारक, हमे स्विकार्य नही है, जला दीया....कर्फ़्यू तोडदै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले बिरगंजमा मधेशी, आदिवासी जनजाती, मुस्लिम, थारू, महिला लगायत बिरोधी संबिधान जलाउनु भयो।
Posted by Upendra Mahato on Sunday, September 20, 2015


संविधान जारी हुँदा राष्ट्रपतिको घरमै अँध्यारो
जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन । कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो । राष्ट्रपति छेउमै रहेका उमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन । यसै क्रममा मोर्चाले ग्रामीण क्षेत्रमा संविधान जारी भएको खुसीयाली कसैले मनायने र आइतबार राति घरमा बत्ती बाल्यो भने ५ हजार १ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने उर्दी जारी गरेको थियो ।

मैले जनजाती आदिवासी मधेसी थारु महिलाहरुको समर्थनमा लेखदा मात्र त केहि साथीहरुले मलाई गाली गर्छन् ,अश्लील अभद्र टिपण्णी ग...
Posted by Alisha Koirala on Sunday, September 20, 2015


संविधानको दिपावली पार्टीका कार्यकर्ता बाहेक कसैले मनाउँने छैनन्ः डा भीमार्जुन आचार्य


Nepal-India ties 101: Both Nepali Congress and Maoists actively sought Indian support during their struggles. The...
Posted by Prashant Jha on Sunday, September 20, 2015

जनविरोधी संबिधान बहिस्कार कार्यक्रम बृहत रुपमा सम्मपन्न !संबिधान च्यातियो |नेपालमा भएको १० बर्षे जनयुध्द, मधेश आन्दोलन...
Posted by Man Rana-Magar on Sunday, September 20, 2015




मधेसी जनताले अाफनो हक माग्दा प्रहरीले गोली हानेर मार्दै छ । यो भिडियो लाई सक्दो सेयर गर्नु
Posted by Condition of Janakpur Dham on Sunday, September 20, 2015

न्यू योर्कमा नेपालको नयाँ संबिधान च्यातियो...'Anti-People's Constitution Boycott Program' hosted in New York jointly by...
Posted by Pradeep Thapa on Sunday, September 20, 2015



यसरी च्यातियो नयाँ संविधान लण्डनको केन्द्र विन्दु टफाल्गर स्क्वारमा ।
Posted by Nepali Samachar on Sunday, September 20, 2015

३०,००० सहयोग र शुभकामनाले न्यु योर्कमा खुशियाली मनाए । असोज ३, २०७२ । नेपाल अधिराज्यको जनताद्वारा लेखिएको संबिधान २०७२...
Posted by Arjun Prasad Mainali on Sunday, September 20, 2015


बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा संविधानको विरोध गर्दै सो को प्रति जलाईदै, असोज ३ | #NotMyConstitutionतस्वीर साभार: रामज्ञान यादव जी
Posted by Madhesi Community on Sunday, September 20, 2015


संविधान ने ही बिभाजित किया नेपाल को, एक तरफ खुन की होली दुसरी तरफ दिवाली : कैलास दास



जनकपुरमा बिहानैदेखि प्रदर्शन
दिउँसो १ बजे विरोध सभा
संविधान घोषणा लगत्तै सप्तरीमा जलाईयो
कालो दिनको रुपमा हजारौको सहभागितामा जनसागर सडकमा ओर्लियो



केपी ओलीको अनुहारमा ज्ञानेन्द्रको झझल्को
इतिहास साक्षी छ, त्यही मैमत्त अहंकारले ज्ञानेन्द्रको सिंहासनलाई खाइदियो । र, लागे उनी झिटीगुन्टा बोकेर रुँदै नागार्जुन वनबासतिर । इहलोकका मूर्खहरु अहंकारीहरुको दुर्गति देखेर केही सिक्दैनन् । नसिक्नेहरुको रोलमा अहिले केपी शर्मा ओली खडा भएका छन् । प्रधानमन्त्री बन्ने उखर्माउलो रहर लागेका केपीलाई लाग्दो हो— एकबारको जुनीमा म राजै हुने भएँ । हुन्छु र साला देखाइदिन्छु । अहिले केपीका भुइँमा खुट्टा छैनन् । .......

केपी चर्का महेन्द्रीय राष्ट्रवादी हुन् । उनका नजरमा मधेशीहरु बिदेशी हुन्, मस्र्या हुन्, धोती हुन्, काले हुन् ।

त्यसैले ती अदेशभक्त हुन् । त्यसैले राष्ट्रवादको प्रश्नमा तिनको कुनै भर छैन । त्यसैले पहाड–तराई छुट्याएर संघीयतामा जानु हुँदैन । गए मधेशीहरुले देश टुक्राउँछन् । यो केपीको अटल विश्वास हो । केपीका दृष्टिमा जनजातिहरु जातिवादी हुन् । तिनलाई पहिचान दिँदा जातिवादले मुन्टो उठाउँछ । सामाजिक सद्भाव खलबलिन्छ । सामाजिक मानचित्रमा रगतको खोलो बग्छ । र, देश धरापमा पर्छ । त्यसैले पहिचान–सहिचान गोली मार्दो । यो केपीको चर्को अडान हो । उसो त केपी समावेशी राज्यको पक्षमा पनि छैनन् । उनलाई भूगोलको उही महेन्द्रीय रेखाङ्कन प्यारो छ । उनलाई उही महेन्द्रीय विधि–व्यवस्था राम्रो लाग्छ । उनलाई मधेशीमाथि पहाडीको रजगज, जनजातिमाथि तागाधारीको हैकम र दतिलमाथि बिष्टबराजुको मनपरी मनपर्छ । केपीको संघीयताको चित्र यही हो । केपीको संघीयताको चरित्र यही हो । ....... भैगो, संविधान बन्ला । तर त्यो संविधान लागु गर्ने त आखिर जनतामाझ नै होला । मधेशीलाई अदेशभक्त मान्ने संविधानलाई मधेशीले पूजा गर्लान् कि च्यात्लान् ? पहिचान माग्ने जनजातिका निधारमा जातिवादीको छाप ठोक्ने संविधानलाई जनजातिले म्वाइ खालान् कि जलाउलान् ? अनि महिलाले ? अनि मुस्लिमले ? अनि दलितले ? अनि सीमान्त जनहरुले ? अनि मुक्तिकामी सकल उत्पीडित समूहहरुले ? यी सब कुराको केपी ओलीलाई न हेक्का छ न पर्वाह छ । .......

सिंहासनबाट खसेर ज्ञानेन्द्र त वनबास गएका थिए, ज्ञानेन्द्र पथका पथिक केपीचाहिँ कहाँ जालान् ?

युद्धको तयारीमा केपी ओली
चालु राजनीतिमा मलाई मनपर्ने पात्र दुईजना छन् । कमल थापा र केपी ओली । मलाई यी दुई पात्र नकारात्मक कोणबाट धुमधाम मन पर्छन् । ....... सोचाइ, बोलाइ र गराइमा केपी र कमल दुबैजना खास्सा दक्षिणपन्थी हुन् । यस अर्थमा यी एकअर्काका परम् मित्र हुन् । यी दुई भाइ जगत्लाई ढाँट्दैनन् । आफ्नो दक्षिणपन्थी ब्रह्मले जे देख्यो, ट्याक्क यी त्यही बोल्छन् । जे बोल्छन्, यी खसोखास त्यही गर्छन् । यिनका राख्ने र फार्ने कुरा छैनन् । त्यसैले त दोहोरा कुरा नगर्ने यी दुई गोर्खे मलाई खूबै मन पर्छन् । ........ यिनी पहिले कम्युनिस्ट थिए, पछि राजावादी भए । सडकमा जब गणतन्त्रका नारा घन्किए तब केपीले निर्वस्त्र भई राजावादी औतार धारण गरे । गणतन्त्रवादी युवाहरुलाई गिज्याउँदै यिनले भने— गणतन्त्रको नारा लाउनु भनेको गोरुगाडा चढेर मङ्गल ग्रह जानुजस्तै मूर्खतापूर्ण कुरा हो । असम्भव † तर केपी महोदयको असम्भव सम्भव भयो । उनलाई मनपर्ने राजतन्त्र सिंहासनबाट लडेर फुस्स मर्‍यो । ....... जे परिवर्तमुखी छ, केपीलाई त्यो मन पर्दैन । जे प्रगतिशील छ, केपीलाई त्योसँग झोँक चल्छ । र जे सुन्दर छ, त्यो देख्दा रिसले केपीका टुप्पीबाट धुवाँ छुट्छ । यिनलाई संघीयता मन पर्दैन । र नै अस्तिताक यिनले चित्तको कुरा नलुकाइकन प्वाक्क भने— संघीयता हाम्रो माग थिएन । आमाको नाममा सन्तानलाई नागरिकता दिने कुरा यिनलाई मन पर्दैन । र नै यो मागलाई बदर गर्न यिनी लिट्टी कसेर लागिपरेका छन् । सबै धर्म बराबरी हुने धर्मनिरपेक्षता यिनलाई मन पर्दैन । त्यसैले धर्मनिरपेक्षतामाथि आक्रमण हुँदा यिनी ओठ जाम गर्छन् । बराबरी अधिकारको दावी गर्ने मधेशी यिनलाई मन पर्दैन । र नै यिनी मधेश नामक सभ्यताको अस्तित्वमाथि नै हाकाहाकी आशंका गर्छन् । यिनलाई जनजाति मद पर्दैन । र नै यिनी उत्पीडित जनजातिको पहिचान खोज्ने आकांक्षाको उछित्तो काड्छन् । आखिर ओली महोदयलाई मनपर्ने जिनिस के हुन् ? म फेरि भनूँ, यिनलाई मनपर्ने जिनिस राजतन्त्र हो । यिनलाई मनपर्ने जिनिस महेन्द्रीय अन्धराष्ट्रवाद हो । यिनलाई मनपर्ने जिनिस मधेशीहरुप्रतिको घृणा हो । यिनलाई मनपर्ने जिनिस जनजातिप्रतिको द्वेष हो । र, सारमा यिनलाई मनपर्ने जिनिस खाइपाइ आएकाहरुको भूस्वर्गको रक्षा गने यथास्थितिवाद हो । त्यसैले त केपी महोदय आफूलाई मनपर्ने जिनिसहरुका पक्षमा जोडतोडका साथ लडिरहेका छन् । ............. उनी राजाविहीन राजमा राजाको जस्तो अभिनय गर्दै युद्धको तयारीमा छन् । महिला र दलितसँग युद्ध । जनजाति र मधेशीसँग युद्ध । वहिष्कृत र सीमान्त नागरिकसँग युद्ध । जो जो शोषित र पीडित हुन्, ती सबैसँग युद्ध, युद्ध र केवल युद्ध ।
नयाँ संविधानको विरोधमा मधेशका एफएमहरुले शोक धुन बजाउने
सांसद भण्डारीको घरमा आगजनी
वीरगञ्जमा आन्दोलनले विद्रोहको रुप लिन सक्छ
आज नयाँ संविधान घोषणाको दिन । तर सम्पूर्ण तराई मधेश आन्दोलित छ । यसै क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएर वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । मृतकको आँखामा गोली लागेर पछाडिबाट निस्किएको थियो । ...... प्रहरीको गोली लागेर एक दर्जनभन्दा बढी घाइते छन् । उनीमध्ये तीन जनाको अवस्था अत्यन्तै गम्भीर छ । तीमध्ये अधिकांशको छातीमा गोली लागेको छ । दुई जनालाई काठमाडौं रेफर गरिएको छ । ......... वीरगञ्जबाट वरिष्ठ पत्रकार चन्द्रकिशोरले दिएको जानकारीअनुसार

वीरगञ्जमा कफ्र्यूका साथै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय प्रशासनको निर्णयअनुसार सेना परिचालनको अवस्था पनि यथावत छ । कफ्र्यू र निषेधित क्षेत्रको वास्तै नगरी हातमा कालो झण्डा लिएर २५ हजारभन्दा बढी मानिस आसपासका गाउँगाउँबाट बिहानैदेखि वीरगञ्ज प्रदेश गर्न थालेका हुन् ।

.......... स्थानीय प्रशासनले सुरक्षाकर्मीको उपस्थिति हिजोअस्तिभन्दा तीन गुणा बढाएको थियो । त्यसको कुनै पर्वाह नगरी वीरगञ्जका विभिन्न नाकाबाट गाउँगाउँबाट आएका मान्छेले वीरगञ्ज बजार कब्जा गर्न खोज्दा

प्रहरीसँग दर्जनौं ठाउँमा झडप भएको थियो ।

...... अवस्था अनियन्त्रित हुन थालेपछि संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा सभासद् मोहमद लालबाबु राउतले पत्रकार चन्द्रकिशोरलाई फोन गरेका थिए । त्यसलगत्तै चन्द्रकिशोरले काठमाडौंमा रहेका तुलानारायण साहलगायतका अधिकारकर्मीलाई फोन गरी स्थिति नियन्त्रणमा लिनका लागि विभिन्न निकायमा पहल गरि दिन आग्रह गरेका थिए । .....

गाउँगाउँबाट कालो झण्डा बोकेर आन्दोलनकारी आज बिहानैदेखि वीरगञ्ज पसेका थिए । उनीहरुको हातमा लाठी पनि थियो । कोही पैदलै त कोही साइकल र मोटरसाइकलमा आएका थिए ।

...... उनीहरुले सरकारी कार्यालय तथा नेताहरुको घरमा कालो झण्डा गाड्ने अभियानै चलाएका छन् । त्यसअन्तर्गत उनीहरुले वीरगञ्ज उपमहानगरपालिकास्थित एमाले सभासद् राजकुमार गुप्ताको घर र पोखरिया नगरपालिकास्थित कांग्रेस सभासद् सुरेन्द्र चौधरीको घरमा कालो झण्डा गाडेका छन् । ती सभासद्का घरमा प्रदर्शनकारीहरुले तोडफोड पनि गरेको बताइएको छ । ........ उनले गाउँगाउँबाट वीरगञ्ज आएका आजको भीडको मनस्थिति र उपस्थितिमा आफूले अर्को विद्रोहको झलक देखेको बताए । मधेशी जनतामा राज्यसत्ताविरुद्ध आक्रोश बढ्दै गएको र त्यो आक्रोश अनियन्त्रित भएर नरोकिने सम्भावित खतरा पनि आफूले महसुस गरेको ..... यस पटकको मधेश आन्दोलनको नयाँ विशेषता के छ भने

गाउँगाउँसम्मका जनता आन्दोलित छन् ।

यो संविधान हाम्रो लागि नभई पहाडे समुदायका केही खास जाति, वर्ग र व्यक्तिका लागि बनिरहेको बोध गरिरहेका छन् ।

No comments: