Thursday, September 24, 2015

यो संविधान संसोधन गर्न मिलने किसिमको छैन

यो संविधान संसोधन गर्न मिलने किसिमको छैन। यो एउटा fundamentally गलत संविधान आएको छ। देशव्यापी क्रांति गरेर, काठमाण्डु छोपेर यो सरकार र यो संविधान फाल्नु पर्ने छ। नया अंतरिम संविधान, क्रांतिकारी अंतरिम सरकार, क्रांतिकारी सीमांकन र नामांकन। यो एक नंबर, दुई नंबर भनेको के? प्रदेश भनेका कैदी हुन? थारु एक समय मा राजा हो। अब फेरि राजा बन्छ। न प्रेस स्वतंत्रता छ, न धर्म निरपेक्षता। वालिग मताधिकार चाहिँ किन छोडेको? त्यो पनि चिलिम पारे हुन्थ्यो।

The Final Countdown
मधेस का बुहारी

मलाई त जनकपुर, बीरगंज र विराटनगर ले पुग्ने जस्तो लाग्या थ्यो। होइन रहेछ। ल अब काठमाण्डु पनि छोप्ने।

काठमाण्डु का १५ लाख बढ़ी मधेसी जनजाति जागनु पर्यो

दशैं अगाडि नै असत्य माथि सत्य को विजय भइसक्नु पर्छ। लंका काँग्रेस एमाले सभासद को घर होइन। लंका त सिंह दरबार हो।

मधेस मा सुनामी आइसक्यो




वीरगन्जबाट इन्धन ढुवानी ठप्प
नाकामा दिनभर तनाव
मधेसी मोर्चाका कार्यकर्ताद्वारा जोगवनी नाकामा धर्ना
भारतमै रोकिए मालबाहक ट्रक र ट्याङकर
जब भारतीय राजदूतसँग प्रधानमन्त्री जंगिए...
अघिल्लो राति बैठकमा नै राजदूत रायले गलत सूचना प्रवाह गरेकै कारण भारतसँग असमझदारी बढेको निष्कर्ष तीन दलका शीर्ष नेतृत्वले निकालेका थिए । ..... बुधबार बिहान त्रिभुवन विमानस्थल ओर्लिनासाथ राजदुत राय प्रधानमन्त्री कोइरालालाई भेट्न सिधै बालुवाटार पुगे । उनलाई देख्नासाथ प्रधानमन्त्री कोइराला जंगिए । उनले गलत सूचनाकै कारण दुई देश बीचको सम्बन्धमा कटुता ल्याउने काम भएको भन्दै राजदूत रायसँग असन्तुष्टी पोखे । ...

कोइरालाले भारतको सात बूँदे सर्त भनेर सार्वजनिक भएको बिषयमा पनि अधिकांश संविधानले सम्वोधन गरीसकेको भन्दै गलत सूचना दिएर असमझदारी बढाउने काम भएको बताएका थिए ।

मन्त्री निधीसहित सभासद् घरमा कालो झण्डा र धर्ना
जनजाति महासंघका अध्यक्ष र महासचिवको राजीनामा माग
तराई/मधेस, थारुवान/थरुहट, मगरात, लिम्बुवान, तमुवान, शेर्पा प्रदेश आन्दोलित रहेको उल्लेख गर्दै ऐक्यवद्धता जनाएका छन् ।
भारतविरुद्ध नकारात्मक टिकाटिप्पणी नगर्न उपेन्द्र यादवको अाग्रह
भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालले ठहर गरेको छ । साथै नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेको पनि संघीय फोरमले बताएको छ ।
सेना फिर्ता बोलाउन तीन दल सहमत, वार्ता आह्वान
मधेस आन्दोलनको निकास
यही संविधानसँग जोडिएको तराई मधेस आन्दोलनका कारण नेपालको राजनीति चरम ध्रुवीकरणतिर अघि बढेको छ। जसले गर्दा कतै देश सहमतितिर फर्कनै नसक्ने बिन्दुमा त पुग्ने होइन भन्ने चिन्ता बढेर गएको छ। ..... वास्तवमै भन्ने हो भने नेपालको राजनीति यति धेरै धु्रवीकरण भएको छ कि वस्तुनिष्ठ भएर बोल्ने जो कोहीलाई जुनसुकै लाञ्छना लाग्ने परिस्थिति छ। नयाँ संविधानका विपक्षमा वा मधेस आन्दोलनका पक्षमा बोल्दा दिल्लीको एसम्यान वा अराष्ट्रवादी भनिने खतरा छ। सायद यही भएर होला, प्रचण्डसँग दोहोरो जुहारी खेल्नुको साटो बाबुराम भट्टराई एकछिनका लागि भए पनि राजनीति क्रियाकलाप छोडेर मन बहलाउन चलचित्र हेर्न गए। अर्कोतिर तराई मधेसका धेरै ठाउँमा नयाँ संविधानको समर्थन गर्दा वा मधेस केन्द्रित दलका नेता—कार्यकर्तालाई तीन पार्टीसंँग वार्ता गर्न जाउभन्दा जिउँदै जलेर मर्नुपर्ने हो वा पहाडिया भए मधेसबाट खेदिनुपर्ने त होइन भन्ने डर छ। ..... एकथरी अब छिट्टै दशैं—तिहार आउँछ र मधेसको समस्या त्यसै मत्थर भएर जान्छ भन्नेहरू पनि छन्। अर्कोथरी विजय गच्छदार र थारूहरूसम्मलाई तान्ने हो भने बाँकी मधेसको आन्दोलन आफै सुक्छ भनेर विश्लेषण गर्छन्। .... अहिले भारतमा एक वर्ष अगाडिको मोदी म्यानिया (अर्थात मोदीको चुनावी मुद्दा र उनको आकर्षक व्यक्तित्वले ल्याएको आशा) विस्तारै हराउँदै गइरहेको महसुस गरिएको छ। किसान आन्दोलन, जग्गा अधिग्रहणसम्बन्धी विवादित कानुन र एक वर्ष बित्दा पनि खासै गरिबले राहत महसुस नगरेका कारण बिस्तारै कंग्रेस आई लगायतका विपक्षीहरूले जनमत आफ्ना पक्षमा बनाउँदै लगेका देखिन्छन्। ......

नितिशकुमारले त सार्वजनिक रूपले नै नेपालको मधेसको सानो समस्या समाधान गर्न नसक्ने मोदीले के बिहारको समस्या समाधान गर्न सक्छन्भ नेर ललकारे।

..... मधेस केन्द्रित दलहरूले बिहार र युपी राज्यका नेताहरूमार्फत दिल्लीको लोकसभामा समेत मधेसको समस्यालाई भारत सरकारसामु चुनौतीका रूपमा खडा गरिदिएका कारण मोदी सरकारले बिहारको चुनावलाई समेत मध्यनजर गरी नेपालप्रति कडा नीति अपनाउन बाध्य बन्नुपर्ने परिस्थिति छ। ...... नेपालका तीन ठूला पार्टीहरूले केही समयका लागि भए पनि प्रक्रिया स्थगित गरेर भारतको सुझाबमा तराई मधेसको समस्यालाई प्राथमिकताका साथ सुल्झाउनेछन् भन्ने भारतको अपेक्षा थियो। तर, भारतको चासोलाई लत्याएर आफनै तरिकाले नेपाल अघि बढेका कारण भारतले लघुताभास वा अपमान महसुस गरेको भन्ने पनि गरिन्छ। अब प्रश्न उठ्छ, नेपाल—भारतबीचको सम्बन्धले अब कुन बाटो लेला? ..... नाकाबन्दी गरेर नेपालको राजनीतिलाई सिधै चीनको पोल्टामा फाल्ने वातावरण बनाउन भारतले दुईचोटी सोच्नेछ। यसो भएमा नेपालले सयुक्त राष्ट्रसंघको स्थायी सदस्य छिमेकी चीनको सहयोगमा सुरक्षा परिषदमा गएर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने हैसियत राख्छ भने यसले नेपाललाई विश्वब्यापी वैधानिकता मिल्नेछ। भारतले चाहिँ नेपालालाई हेप्न खोजेको जस्तो देखिनेछ। चीनजस्तै सयुक्त राष्ट्रसंघको स्थायी सदस्य बन्न दाबी गरिरहेको भारत पाकिस्तानसँंगको सम्बन्धका कारण विवादित छ भने नेपालको नयाँ समस्यामा गहिरो हात हालेर विश्वब्यापी रूपमा रूसले युक्रेनको क्राइमियामा गरेझैं गर्ला भन्ने कल्पनासम्म गर्न सकिँदैन। ....... अहिले दिल्लीले खुलेरै जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको कुरा उठाएको छ, यसले सेफल्यान्डिङ (निकासतिर) को सङ्केत दिन्छ। .....

तराई मधेसमा आन्दोलन सुरु भएयता कांग्रेस, एमाले र माओवादीले न मधेस आन्दोलनमा सहिद र घाइते हुनेप्रति सम्वेदनशीलता जनाएका छन् न त मधेसमा गएर नयाँ संविधानका बारेमा जनचेतना जगाउने, वार्ता र सहमतिका लागि वातावरण बनाउने कोसिस गरेका छन्। नेपालका राष्ट्रपतिले समेत प्रधानमन्त्रीलाई ‘मलाई जनकपुर जाने वातावरण मिलाइदिनुहोस्’ भनेर गुहार्ने अवस्था छ। .... ज्यादती र बलप्रयोगबाट करिब ४० भन्दा बढी प्रदर्शनकारी र सर्वसाधारण मारिँदा पनि राज्यका तर्फबाट जिम्मेवारी लिइएको छैन।

...... तराईमा मधेस केन्द्रित दलको एकलौटी आन्दोलन र तीन मुख्य पार्टीहरूको उपस्थिति शून्यजस्तै भएका कारण एकातिर नयाँ संविधानका राम्रा पक्ष पनि ओझेलमा परेका छन् भने अर्काेतिर मधेसी आन्दोलन उग्र चरमपन्थी पक्षको कब्जामा गएको छ। कांग्रेस, एमाले र एमाओवादीले तराई मधेसमै आफ्््नो उपस्थिति देखाउन सक्नुपर्छ। होइन भने वार्ताको वातावरण तयार गर्न आन्दोलनरत पक्षका केही पूर्वसर्तहरू पुरा गर्न जरुरी छ। ...... राष्ट्रियताको अडान छिमेकी भारतसँगको कूटनीतिको पाटो बन्नुपर्छ, नकि मधेसीसँगको वार्ताको।
जलेश्वरमा कानुन व्यवसायीले संविधान जलाए
बाबुरामको विश्लेषण : प्रचण्डले गल्ती गरे, ‘भारतको ‘व्यवस्थापन’ कमजोर

No comments: