Friday, September 11, 2015

मधेसी मोर्चा को, संघीय गठबंधन को नेता को?


पहाड़ी ले सर्वस्व हरण गर्छु एक शताब्दी का लागि भनेर लिखित चेतावनी (संविधान मस्यौदा) नदिंदा सम्म एक अर्का सँग गफ पनि गर्न नचाहने मधेसी नेता हरु। बल्ल एक अर्का सँग बोल्न थालेका छन।

जनता ले गर्नु पर्ने क्रांति हो। त्यो जनताले गरेको छ। नेता ले गर्नु पर्ने राजनीतिक गृह कार्य -- त्यो गरेको देखिएन। 

वार्ता का लागि चार माग भनेर भनिएको छ। ती चार माग पूरा भएन भने यो अनिश्चितकाल भनेको के हो? क्रांति त बढ़ी भए तीन हप्ता को हुन्छ। चार हप्ता नाघिसक्यो। टैक्टिस डायनामिक हुनुपर्छ। विपक्षी ले के गर्छ, के गर्न सक्छ भन्ने सोंच का साथ स्ट्रेटेजी बन्दै जानुपर्छ। 

मधेसी ले विजय को आभाष नदिये सम्म पहाड़मा जनजाति जाग्दैन। 

Least Disruptive त त्यही हो कि अंतरिम संविधान, पहिलो संविधान सभा का सहमति, यस दोस्रो संविधान सभा का सहमति मान्ने। नमान्ने भनेको भकुण्डो हात ले खेलेको हो। तर सत्ताधारी लाई यही लागिरहेको छ जुन सेनाले चुनाव जितायो त्यसैले छुमन्तर गरेर यो क्रांति पनि गायब परिदिन्छ भन्ने। त्यसै का लागि कुरेर बसेको छ। हावा को मिठाइ मलाइ सँग खानु। 

अनिश्चितकाल भन्ने हुँदैन। क्रांति लाई उठान गर्नु पर्ने हुन्छ।

नीति बदल्न सकिन्छ, चरित्र बदल्न सकिँदैन: प्रसंग विजय गद्दार को
क्रांति को नेतृत्व ले कोर्स करेक्शन गर्नै पर्छ
CK Lal: Political Analyst
काठमाण्डु का शासक को ठुवाठेकान छैन
काठमाण्डु मा रावण को शासन छ
जुन क्रांति को घोषित लक्ष्य नै गलत छ
सुगौली संधि को चर्चा र नेपाल मा इंडोफोबिआ
आमा र बाबु, आमा वा बाबु, न आमा न बाबु
संविधान सभा भित्र विद्रोह
Non Violent Militancy
आनंद विष्ट लाई जवाफ
मधेसी जनजाति क्रांति २०१५ संघर्ष समिति: संगठनात्मक संरचना
अर्को कदम के हुन सक्छ?
केपी ओली ले ओगटेको ठाउँ पहिला ज्ञानेन्द्र को हो
राम वरण: देश रक्षक
प्रदर्शनकारी को टाउको ताकी ताकी गोली हान्नु अन्तर्राष्ट्रिय कानुन को खिलाफ हो
पुर्व पश्चिम राजमार्ग पर हजार गाछी
काँगेस एमाले एमाओवादी पार्टी को सदस्यता
ए सुशील, क्रांति को तिमीलाई आदेश छ
समय आ गया है, सीके को मुक्त करो
मधेसी मोर्चा फुटेको हो भने घोषणा हुनुपर्यो

के गरिन्छ मात्र होइन के गरिँदैन त्यसले पनि अर्थ राख्छ। मसँग ५० रुपया छ। त्यसको मैले काउली किने भनें मैले काउली किने भन्ने मात्र हुँदैन। मैले आलु किनिन भन्ने पनि अर्थ लाग्छ। उपेन्द्र ले महंथ लाई नेता नमान्ने, राजेंद्र ले उपेन्द्र लाई नेता नमान्ने, महंथ ले राजेंद्र र उपेन्द्र लाई नेता नमान्ने। त्यो दुई महिना अगाडि सम्म ठीक ठीकै थियो। तर अहिले त्यसले गर्दा क्रांति लाई दगाबाजी हुन थालेको छ। मधेसी मोर्चा को, संघीय गठबंधन को अध्यक्ष को भन्ने कुरा लाई अहिलेसम्म avoid गरिएको छ। त्यो क्रांति प्रति दगाबाजी हो। नेता त सबै हो। तीन जना नै हो। तर संगठन ले एक जना अध्यक्ष खोज्छ। त्यो नेतृत्व को छिनोफानो कसरी हुने? त्यो प्रक्रिया को निर्क्यौल हुनुपर्यो। चयन भए पछि त्यो नेतृत्व ले आफ्नो काम कारवाही कसरी चलाउने -- त्यो पनि निर्धारित हुनुपर्छ। अनि एक जना लाई अगाडि सार्नु पर्छ।

नेतृत्व को चयन लोकतान्त्रिक हुनुपर्छ। त्यो भनेको अंक गणित नै हो। It is a numbers game. कसैको उमेर ले या थरले या मेरो जात को मान्छे बढ़ी छ भनेर हुँदैन। किनभने त्यो लोकतान्त्रिक होइन। अनि गठबंधन को अध्यक्ष ले कुनै पनि महत्वपुर्ण व्यक्ति लाई भेट्नु अगाडि र पछाडि प्रमुख ४-५ जना सँग परामर्श गर्नै पर्ने समझदारी हुनुपर्छ, भेट अगाडि छलफल पछि ब्रीफिंग हुनुपर्यो। आपसी छलफल बाट निर्णीत रोडमैप मा नेतृत्व हिड्नुपर्ने हुन्छ। कुनै पनि महत्वपुर्ण निर्णय नेतृत्वले एक्लै गर्ने भन्ने हुँदैन। भेटेर मिल्दैन भने फ़ोन मा गफ गर्नु पर्ने हुन्छ। आखिर गफ गर्नुपर्ने ५-१० जना मात्र हो। धेरै होइन।

अहिले अंक गणित उपेन्द्र को पक्ष मा छ। तर उपेन्द्र को नेतृत्व शैली छलफल नगर्ने किसिमको छ। त्यो उस्ले परिमार्जन गर्नै पर्छ। त्यो सुझाव होइन, बध्यात्मक कुरा हो। महंथ जी को सीनियरिटी को कदर गर्दै वरिष्ठ नेता या सर्वमान्य नेता त्यस्तै केही बनाउन सकिन्छ। नेतृत्व चयन को प्रक्रिया अंक गणित मा निर्भर हुने स्थापित हुनाले राजेंद्र लाई भविष्य मा टुप्पो मा आउने संभावना रहन्छ। संविधान सभा छोड्ने रिस्क जुन लिएको हो राजेंद्र ले त्यसले फाइदा हुन्छ नै। मधेस प्रदेश को चुनाव उसको पार्टी ले जित्न बेर लाउँदैन। तर त्यो पछि को कुरो हो।

केपी ओली भन्दा बढ़ी सक्षम, चाहे त्यो शैक्षिक योग्यता को कुरा होस या दिमाग नसनकेको कुरा होस --- केपी ओली भन्दा बढ़ी सक्षम तीनै जना छन। तर संघीय गठबंधन को अध्यक्ष को भन्ने कुरा को औपचारिक निर्णय नगरेर संघीय गठबंधन ले best case scenario मा केपी ओली, शहीद लाई रुख बाट आँप झरेको भन्ने पागल मान्छे देश को अर्को प्रधान मंत्री बन्ने कुरा लाई प्रशस्त गर्दैछ। त्यो शहीद हरुको अपमान होइन भने के हो?

संघीय गठबंधन को अध्यक्ष को हुने त्यो गठबंधन को आतंरिक कुरा हो, तर गठबंधन को एक जना अध्यक्ष भने हुनै पर्छ, त्यो क्रांति को माग हो।




यो टुटने होइन कब्ज़ा हुने देश हो
महोत्तरी का एमाओवादी ले २२ जिल्ला का ३ पार्टी लाई देखाएको बाटो
मधेसी को नेपाल सेनामा समूहगत प्रवेश किन हुन सक्दैन?
देशमा राजतन्त्र फर्कने संभावना शुन्य छ
जनकपुर जति पटक जागेको छ त्यति पटक देश हल्लिएको छ
बीजेपी ले चुनाव जित्दा के हुन्छ के हुँदैन?
सुशील ले गर्न सक्ने काम मात्र उसलाई गर्न लगाउ
प्रचण्ड समाधान होइन समस्या हो
Nepal Needs A Constitution
सीमांकन, नामांकन, शक्ति बाँडफाँड अगाडि बजेट बाँडफाँड
संविधान सभा मा व्हिप जारी हुँदैन
वीर जनता, भिखमंगा नेता

No comments: