Saturday, September 26, 2015

बाबुरामको छलांग

नेपाली जनता पार्टी: चुनाव चिन्ह लाल गुलाब
बाबुराम भट्टराई र सीके राउत एकै ठाउँ आउनुपर्छ


बाबुरामको छलांग
  • यसले मधेसी क्रांति लाई उत्सर्ग मा पुर्याउन मदत गर्छ। 
  • यो आर्थिक क्रांति को बिगुल फुक्ने काम पनि हो। 
  • नेपालमा पनि आम आदमी पार्टी आउने भो। 
  • मधेसी मोर्चा ले पनि यस्तै स्पष्टता दिन सक्नुपर्यो। 
  • बाबुराम देश दौडाहा मा जानु पर्छ अब, मधेस दौडाहा मा जानु पर्छ अब। 
  • मधेस बाबुराम भट्टराई लाई स्वागत गर्दछ। जनकपुर बाबुराम भट्टराई लाई स्वागत गर्दछ। 
प्रचंड ले बाबुराम लाई नजरबन्द, बामे ले सीके राउत लाई नजरबन्द। प्रचंड, बामे, गच्छेदार को चरित्र मिल्छ। प्रचंड बामे मा एउटा inferiority complex छ। दिमागमा कम ज्ञान भएको मान्छे को एउटा inferiority complex छ। बाबुराम भट्टराई जनकपुर पछि राजविराज पुगेर सीके राउत लाई भेट्नु पर्छ। आफ्नो नैतिक बल र अन्तर्राष्ट्रिय राजनीतिक उचाई को बल ले सीके लाई उसको गैर कानुनी नजरबन्द बाट मुक्त गर्नु पर्छ। 

पार्टी भन्दा जनता माथि लोकतंत्र को यथार्थ हो। बाबुराम ले त्यो देखाइदिएका छन। देशलाई डबल डिजिट ग्रोथ रेट मा लाने व्यक्ति बाबुराम हो। मोदी ले काठमाण्डु मा खोजेको मान्छे बाबुराम हो। नेपाल अब २० वर्ष भित्र विकसित देश बन्छ। नेपाल ले बिहार र उत्तर प्रदेश लाई २०,००० मेगावाट बिजुली बेचेर दुबै लाई गुजरात बनाउँछ। 

अहिले को मधेसी जनजाति दलित क्रांति ले अब नया उचाइ खोज्नु पर्छ। यो सरकार र यो संविधान को बर्खास्तगी, बाबुराम को नेतृत्व मा एउटा क्रांतिकारी अंतरिम सरकार को स्थापना। पहिले को अंतरिम संविधान, पहिलो र दोस्रो संविधान सभा का सहमति, बिज्ञ हरुले दिएको सीमांकन नामांकन सब समेटेर एउटा क्रांतिकारी अंतरिम संविधान। प्रत्यक्ष निर्वाचित राष्ट्रपति। त्यस संविधान ले व्यवस्था गरेको प्रतिनिधि सभा आकारको संविधान सभा को चैत मा निर्वाचन। पहिलो बैठक मा संविधान पारित गर्ने। अनि रूपांतरित हुने। 

मधेसी जनजाति दलित महिला ले एउटा नेता पाएको छ जो एमाओवादी पार्टी नामको जेल मा नजरबन्द अवस्था मा थियो। अब उ मुक्त भएको छ।

अहिले को संसद बाट मधेसी मोर्चा का सबैले एकै पटक राजीनामा दिनु पर्यो। यो क्रांति हो कि ख्याल ख्याल हो? राष्ट्रिय पंचायत मा पनि बस्ने, बहुदल पनि खोज्ने? अरु पनि राजीनामा दिएर आउँछन् भने जस्तो कि अमरेश, तिनलाई पनि नेपाली जनता पार्टी मा स्वागत छ। अब देशमा रामराज्य आउँछ। बाबु राम।

अंतरिम राष्ट्रपति बाबुराम। प्रधान मंत्री पनि राष्ट्रपति पनि चाहिँदैन। अंतरिम राष्ट्रपति नेपाल सेना को कमांडर इन चीफ हो। 

बाबुराम भट्टराईद्वारा एमाओवादी परित्याग
•व्यवस्थापिका संसद् सदस्यबाट पनि राजीनामा •भन्छन्, ‘एमाओवादीमा फर्कने सम्भावना छैन’
‘केही समयदेखि मैले पार्टीहरु पनि रुपान्तरण हुँदै जानुपर्छ भन्दै आएको थिएँ,’ माओवादी विद्रोहका योजनाकार भट्टराईले भने, ‘संविधानसभाबाट एउटा चरण पुरा भइसकेको सन्दर्भमा मैले के गर्न सक्छु भन्ने आशयले सबैसँग छलफल गर्ने गरि आजैका मितिदेखि लागू हुने गरि मैले एकीकृत नेकपा माओवादी सम्पूर्ण दायित्व, जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको घोषणा गर्दछु ।’ ..... ‘तत्काल के गर्ने भन्ने दिमागमा छैन,’ आगामी योजनाबारे उनले भने, ‘बाहिर रहेका, कुनै पनि पार्टीमा नरहेकासँग सल्लाह गरेर कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने सल्लाह गरेर जाने योजना बनाएको छु ।’ .... ‘पार्टी परित्याग गरेपछि संविधान सदस्यबाट पनि स्वत: राजीनामा दिनुपर्छ,’ उनले भने, ‘आज नै मैले व्यवस्थापिका संसदका सभामुखलाई पत्र लेखेर राजीनामा दिएको जानकारी गराउँछु ।’ ..... ‘देश र जनताको सेवा गर्ने एउटा साधन पार्टी हो, पार्टीमात्रै सबै साधन होइन,’ आगामी योजनाबारे उनले खुलाए, ‘पार्टी बनाउने, नबनाउने ठोस अवधारणा बनाएको छैन ।’ .... भट्टराईले पार्टी अध्यक्ष भएर एमाओवादीमा फर्कने सम्भावना पनि नरहेको उल्लेख गरे । ‘घरबाट निस्किसकेपछि नयाँ घर बनाउने, नयाँ बाटो हिंड्ने अथवा जंगलमा बस्ने अनेक विकल्पहरु हुन्छन्,’ उनले एमाओवादीमा फर्कने सम्भावनाबारे भने, ‘पुरानो घर, भत्केको घर, छोडेको घर फर्कने कुरा हुँदैन ।’ ..... ‘त्यो भनेको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताप्रति सदैव रहने र त्यसको जगेर्ना गर्ने पहिलो प्रतिबद्धता हो’ ...... समानुपातिक समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धता दोस्रो थियो भने तेस्रो समृद्धि, सामाजिक न्याय चौथो हो भने सदाचार भट्टराईको पाँचौ प्रतिबद्धता हो । .... पत्रकारको अनुमान मधेस आन्दोलनमा भट्टराईले सार्वजनिक ऐक्यबद्धता जनाउनेमात्रै होला भन्ने थियो । ...... पटक पटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संविधानसभाविरोधीकोरुपमा चित्रण गरे । पटक पटक संविधानसभाको नारा लगाउँदा अवरोध गरेको र ६० सालमा कान्तिपुरमा संविधानसभा र गणतन्त्रको पक्षपोषणमा लेखिएको लेखका कारण कारबाही गरिएको उल्लेख गरे । ........ संविधान निर्माणपछि माओवादीको उपादेयता सकिएको .... अहिलेका शीर्ष नेताहरु संघीयता र गणतन्त्रमा नक्कली अनुहार भएको .... पार्टी परित्याग घोषणापछि उनले लामो समय बोल्न चाहेनन् । गम्भीर मुद्रामा रहेका उनी इन्द्रेणी कम्प्लेक्सको आठौं तलबाट सरासर ओर्लिए ।



No comments: