Tuesday, September 01, 2015

क्रांतिकारी अंतरिम सरकारले संविधान लेखनको काम पूरा गर्छ

क्रांतिकारी अंतरिम सरकारले क्रांतिकारी सीमांकन र नामांकन गर्छ। त्यति मात्र होइन। क्रांतिकारी अंतरिम सरकारले संविधान लेखनको काम नै पूरा गर्छ। प्रत्यक्ष निर्वाचित प्रधान मंत्री थप्नुपर्ने छ। एक मतको ५० रुपया थप्नुपर्ने छ। दलित को १००% माग पुरा हुन्छ। महिला को १००% माग पुरा हुन्छ। क्रांतिकारी संविधान लेखन हुन्छ। लेख्नुपर्ने धेरै छँदै छैन। लगभग सब अंतरिम संविधान मा छ। अलि अलि थप्नुपर्ने मात्र छ। त्यो क्रांतिकारी अंतरिम सरकारले थप्छ।

अनि संविधानमा व्यवस्था भएको प्रतिनिधि सभा को साइज को तेस्रो संबिधान सभा को चुनाव हुन्छ। त्यस संबिधान सभा ले पहिलो मीटिंग मैं voice वोट का आधारमा त्यस संविधान लाई अनुमोदन गर्न सक्छ। गरे पछि त्यो आफसेआफ प्रतिनिधि सभा बन्छ। बाँकी कार्यकाल पुरा गर्छ।

यो चुनाव जाड़ो अगाडि नै हुन्छ। तेस्रो संविधान सभा को चुनाव सँगै प्रत्यक्ष निर्वाचित प्रधान मंत्री र प्रदेश सभा हरुको चुनाव गर्न सकिन्छ। उस्तै हो भने स्थानीय चुनाव पनि सँगै गरिदिन सकिन्छ। पुनर्निर्माण का लागि तमसलिंग को प्रदेश सरकार हुनु अति जरुरी भएको छ। होइन भने यो ४ बिलियन डॉलर के गरौं गरौं, कहाँ दिउँ कहाँ दिउँ जस्तो भएको छ।

मतदाता ले बुथ भित्र पस्दा चार वटा बैलट पाउने भए। एक पन्थ चार काज। गरीब देशको पैसा बच्यो।

आर्थिक क्रांति का बाहेक अरु सबै मुद्दा सुल्झाउनु पर्छ नया संबिधान मा। होइन भने आर्थिक क्रांति हुँदैन। घर घर गएर नागरिकता पत्र बाँड्ने। न आमा न बाबु सँग नागरिकता भएका लाई विशेष गरेर ताकेर बाँड्ने। दक्षिण एशिया को आर्थिक एकीकरण १० वर्ष भित्र गर्ने औपचारिक निर्णय भइसकेको छ। त्यो भनेको के? त्यसका बिभिन्न पक्ष छन। एउटा पक्ष हो जुन सुकै देशको मान्छे जुन सुकै देश देश गएर काम गर्न पाउने।

स्थानीय चुनाव अहिले गर्दिहाल्ने अनि स्थानीय सरकार हरुको नया सीमांकन नामांकन को काम थालिहाल्ने। १,००० को संख्या मा झार्नु परेको छ। त्यो दुई वर्ष लगाएर गर्न सकिन्छ। विज्ञ ले पनि योगदान दिन्छ तर जनता को सहभागिता रहन्छ। एक एक को पहिचान समेटिने हुनुपर्छ। लोकतंत्र को सबै भन्दा आकर्षक पक्ष नै स्थानीय सरकार हो।

चुनाव पछि एक पटक पद्म रत्न तुलाधर लाई राष्ट्रपति बनाउनु पर्ने हुन्छ।


No comments: