Tuesday, September 29, 2015

मधेस भनेको भुगोल हो

मधेस भनेको भुगोल हो। देशका ७५ जिल्ला का मानिस समेटेको भुगोल। त्यस अर्थमा मधेस मिनी नेपाल नै हो। मधेस प्रदेश सांस्कृतिक विविधता हरु को सम्मिश्रण हो।

मधेसी सांस्कृतिक पहिचान हो। त्यो आफैमा एउटा छाता हो। त्यस पहिचान भित्र पनि सांस्कृतिक विविधता छ।

मधेस मधेसी को मात्र भन्ने हो भने पर्सा देखि सप्तरी का जिल्ला पनि काटकुट गर्नु पर्ने हुन्छ। जनकपुर मा पहाड़ी हरुको टोल छ। त्यस टोल लाई पनि मधेस राज्य बाट अलग गर्नु पर्ने हुन्छ। त्यसै टोल मा राम वरन को घर छ। त्यस टोल बाट त्यस घर लाई झिक्नु पर्ने हुन्छ।

तर त्यत्रो झंझट किन? मधेस भुगोल हो। देशका ७५ जिल्ला का मानिस मिलेर बसेका छन। संघीयता ले खोजेको power devolution हो, budget devolution हो। संघीय प्रदेशले मधेस मधेसी का लागि मात्र खोजेको नै होइन। संघीयता मा तीन रुपया मध्ये एक रुपया केन्द्र ले खर्च गर्छ, एक प्रदेश ले, एक गाउँ पुग्छ। जनता को पैसा। कसैको खल्ती बाट आउन लागेको पैसा होइन।

भने पछि जातीय को?

मधेसी क्रांति जातीय होइन राजनीतिक क्रांति हो। ४३ लाख लाई नागरिकता बिना राखेर मानव अधिकार को जुन चरम हनन भएको छ, त्यस विरुद्ध को यो लोकतंत्र र मानव अधिकार क्रांति हो। अंगीकृत भनेको दोस्रो दर्जाको नागरिक हुने सक्दैन। फरक हो, दोस्रो दर्जाको होइन।

मधेस भनेको भुगोल हो। त्यस भुगोल को पहिचान र सीमाना ऐतिहासिक दस्तावेज हरुमा छ। त्यहाँ कुनै confusion छैन।


No comments: