Saturday, September 19, 2015

क्रांति नरोकि वार्ता मा जाने बेला आयो

प्रमुख तीन दलद्वारा संयुक्तरुपमै पुन: वार्ता अपिल, सिमांकन परिमार्जन गर्न तयार
•चारमध्ये तीन माग पूरा •सिमांकनमा कमजोरी स्वीकार •घोषणासभामा आउन निमन्त्रणा
तीनजना नेताले संविधान संशोधन गरेर जायज मागलाई पूरा गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । ‘प्रदेशको सिमांकनका सन्दर्भमा देशका विभिन्न भागमा देखिएका विषयहरुमा संघीय आयोगको अध्ययन सिफारिसका आधारमा सहमति कायम गर्दै संविधानमा आवश्यक परिमार्जन गर्न हामी तत्पर छौं,’ तीनै नेताद्वारा जारी संयुक्त अपिलमा भनिएको छ, ‘कतिपय विषयलाइ रुपान्तरित व्यवस्थापिका संसदबाट सम्बोधन गर्न सकिनेतर्फ ध्यान आकर्षित गर्न चाहन्छौं ।’ ...... उनीहरुले मधेसका प्रमुख चारमध्ये सिमांकनबाहेक तीनवटै माग पूरा भएको दाबी गर्दै सिमांकनमा कमजोरी भएको स्वीकार गरे । उनले समयमै वार्तामा आए संविधान परिमार्जन पनि छिटो हुने उनीहरुको भनाइ छ । ...... सुशील कोइरालाले तराईको आन्दोलन पनि सम्हालिंदै गएकाले वार्ताबाट समाधान निस्कने विश्वास व्यक्त गरे । ‘तराईमा उडेको धुलो बस्दैछ,’ उनले भने, स्थिति सम्हालिदै छ ।’ उनले प्रमुख तीन दलको संयुक्त अपिलले वार्ताको वातावरण बनेको दाबी गरे ।

प्रधानमन्त्रीले मधेसी दलले भनेजस्तो तराईमा सेना परिचालन नभएको दाबी गरे ।

...... ‘गणतन्त्रलाई यो संविधानले संस्थागत गरेको छ । संघीय, समानुपातिक र समावेशीको व्यवस्था गरेको छ । सीमाना मिलेन भन्ने कुरा ठूलो होइन, भोलि पनि गर्न सकिन्छ,’ छिमेकी देशको उदाहरण दिंदै उनले भने, ‘भारतमा झारखण्ड, तेलंगना भर्खर बनेका छन् । प्रदेशका सीमा र संख्या एकैपटक टुंगो लाग्दैन । कतिले संख्या बढाएका छन्, कतिले घटाएका छन् ।’ ..... पुष्पकमल दाहालले मधेसी दलका चारमध्ये तीन माग पूरा भएको बताए । ‘निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याको आधार बनाइँदैन कि भन्ने थियो,’ उनले भने, ‘त्यो पनि आजको बक्तव्यमा लेखिएको छ ।’ ...... ‘भारतमा प्रदेश बढे, दक्षिण अफ्रिकामा घटे ।


सबै भन्दा जटिल सीमांकन। सीमांकन मा पुनर्विचार हुन्छ भने वार्ता मा जानु राम्रो। देशलाई संविधान त चाहिएकै हो। दुई वर्ष मा बन्नु पर्ने संविधान २० वर्ष लगाउनु हुन्न। भुकम्प पीड़ित बारे पनि सोँच्नु पर्ने हुन्छ। संविधान लेखनको नाम मा तिनलाई लथरंग पारिएको छ। संविधान आए  पछि कुनै बहाना बाँकी रहँदैन।

सीमांकन मा चित्त बुझाउने गरी गफ हुन्छ भने अरु कुरा कम जटिल छन। क्रांति तर थामिदैन। क्रांति चलिरहन्छ। वार्ता मा तिनले बदमाशी गरे देश टुट्छ। क्रांतिले देश तोड्छ। वार्ता पनि क्रांति कै एक पक्ष हो। अब एक थान क्रांतिकारी वार्ता गरौं। बरु मुद्दा हरु मा कुरा मिल्छ, सीमांकन, नामांकन, शक्ति/बजेट बाँडफाँड, नागरिकता सबमा कुरा मिल्छ भने हाम्रो तर्फ बाट पनि अलिक स्पेस दिउँ। नामांकन मा १, २, ३, ४ पनि चल्छ भनौं। अहिलेलाई। ५०% चुनावी क्षेत्र तराई मा हुन्छ भने अहिले लाई जिल्ला राखे हुन्छ भनौं। र सिर्फ मधेसी को कुरा न गरौं। आमा वा बाबु सुनिश्चित गरौं। महिला लाई पीड़ा परेको छ। दलित लाई क्षतिपूर्ति संविधान मा मिल्दैन भने संविधान जारी भएको एक हप्ता भित्र कानुन पास गरेर कानुन बनाउने भनौं। क्षतिपूर्ति सिद्धांत हो, जग्गा होइन। क्षतिपूर्ति दिने उपाय बिभिन्न छन। दलित को घर मा दिवाली मनाइयो कि मनाइयेन ---- मुख्य  कुरा त्यो हो। बैरोमीटर दलित हो, मधेसी अझ होइन।

दलितले आरक्षण मात्र होइन Reparation (क्षतिपूर्ति) पनि पाउनै पर्छ

आधा देश मलामी जाँदा आधा देश दिवाली मनाउने गल्ती हामी नगरौं।

Seize the moment भनिन्छ, यो त्यो बेला हो।

तर वार्ता मा जानु अगाडि हाम्रो पनि केही हुनुपर्छ।

तीन दल सीरियस हो भने (१) सेना वापस ब्यारेक मा लग तुरुन्त (२) कर्फ्यू निषेधाज्ञा फिर्ता लेउ, मधेस बंद कायम रहन्छ तर हामी अरु कार्यक्रम एक दिन का लागि स्थगित गर्छौं (३) शहीद घोषणा, घाइते को उपचार खर्च। त्यस किसिमले।

तर सबभन्दा मुख्य कुरा हो। जे जति सहमति हुन्छ त्यो अहिले पारित गरेर लागु गर्ने हो। होइन भने हामीले दिवाली कसरी मनाउने? आज नगद, कल उधार। सीमांकन मा सीरियस हो भने यो ६ प्रदेश को नक्शा मा आउ। तिमी सीरियस हो कि होइन अहिले थाहा हुन्छ।

सुशील वार्ता का लागि सीरियस हो भने सेना परिचालन भएको छैन भन्ने झुठ बोल्न छोड़।

राज्य सभा को खोइ कुरै गरेको छैन। राज्य सभा मा प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व हुन्छ।





हम काठमाण्डु तक पहुँचेंगे
राम वरण यादवले लिनै पर्ने रिस्क
मिनेन्द्र, तिमी राजपक्ष होइनौ
यो चरी घैंटे संविधान
जयशंकर
Madhesi Kranti 3: In Solidarity
दो हप्ते में ५ लाख पार्टी सदस्य दो
स्वतःस्फूर्त संगठन, Bottom Up संगठन
Course Correction का कोइ संभावना नहीं है, मधेस अलग देश की पुरी तैयारी करो
आश्विन संग्राम और बल प्रयोग
हामीलाई पहिलो मान्यता दिने देश भारत नहुन पनि सक्छ
दुई वर्ष पर्खिन सकिँदैन
शेर बहादुर देउबा का अखमण्डले हरु (अखंड मंडले हरु)
स्वतंत्रता का पदचाप हरु
तलब भत्ता तो हम भी तो देंगे
हिंसा बारे महात्मा गांधी
आश्विन संग्राम
चिन्ता का ती रेखा हरु
यो संघीयता हुँदै होइन
झुठा मुद्दा वापस लो, जितेंद्र सोनल को रिहा करो
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी र स्वराजी
खस अहंकारवादी ले वास्तवमा भन्न चाहेको कुरा
देश टुक्रिन परे
क्रांति मुठभेड़ तर्फ गएमा

No comments: