Friday, September 25, 2015

यो क्रांति भ्रष्टाचार का विरुद्ध हो

८२० अरब को वार्षिक बजेट मा ३-४ सय कता जान्छ कता --- ग्राउंड मा केही देखिँदैन। Creative accounting गरेर अरबों हजम गर्ने हरुको एउटा जमात छ काठमाण्डु मा। एकात्मक व्यवस्था को राजधानी काठमाण्डु भएर पनि पैसा काठमाण्डु को विकास मा नदेखिने कारण त्यही हो। पैसा काठमाण्डु ले पनि देख्दैन।

एकात्मक व्यवस्था मा जनता लाई त्यो ८२० अरब आफ्नो पैसा जस्तो पनि लाग्दैन। मंत्री ले घुस खायो भने, फलानो मंत्री ले त कमाएछ भन्छ, मेरो, हाम्रो पैसा चोर्यो भनेर भन्दैन। अपनत्व को भावना नै छैन।

संघीय व्यवस्था मा ८२० अरब को एक तिहाई स्थानीय स्तर मा जान्छ सीधा। १०,००० जनसंख्या को गाउँ को वार्षिक बजेट १० करोड़ हुन आउँछ। जनता लाई थाहा हुन्छ। त्यस पैसा को खोजीनिति हुन्छ। अनि त्यसरी सरकारी पैसा को खोजीनिति गर्ने बानी परेको जनताले प्रदेश सरकार  को र केंद्र सरकार को पैसा को पनि खोजीनिति गर्न थाल्छ। भ्रष्टाचार घट्छ। विकास बढ्छ।

त्यो एकात्मक व्यवस्था का पृष्ठपोषक हरुले नचाहेको। त्यो ८२० अरब लाई आफ्नो पैसा ठानदै आएको नेता, कर्मचारी हरुलाई चाहिएको छैन सच्चा संघीयता।

यो क्रांति भ्रष्टाचार का विरुद्ध हो।

गुंडा पाल्छन् नेता हरु। गुंडा लाई सरकारी ठेक्कापट्टा मिलाउने। गुंडा ले प्रोजेक्ट मा राम्रो काम नगर्ने। पैसा घपला गर्ने। त्यस मध्ये केही पैसा नेता लाई बुझाउने। त्यो ठेकेदारी होइन, माफियागिरी हो। यो क्रांति माफियावाद का विरुद्ध हो।


No comments: