Tuesday, September 22, 2015

सफल आंदोलन लाई असफल बनाउने मधेसी नेताहरु को षड्यंत्र के हुन सक्छ?

भारतले नाकाबंदी गरे पछि कुरा सकियो। अब विजय प्राप्ति को बाटो मा गैसक्यो यो आंदोलन। माग पुरा हुन्छ। चार वटा छ भने चार वटा, पाँच वटा छ भने पाँच वटा। सब पुरा हुन्छ। तर आंदोलन को सफलता त्यति मा सीमित राख्नु हुँदैन।

मधेसी मोर्चा बन्यो, संघीय गठबंधन बन्यो। त्यसलाई ठोस बनाउनु पर्छ। किनभने संघीय संविधान आउनु घर को नक्शा पास हुनु मात्र हो। त्यसपछि संघीयता घर बनाउने काम बाँकी नै हुन्छ। जुन शक्ति हरुलाई घर को नक्शा कोर्ने बेला मा विश्वास गर्न सकिएन, तिनलाई घर बनाउने जिम्मा दिने किसिमको व्यवहार मधेसी नेता हरुले गर्छन भने त्यो १९ + ५६ + ५० शहीद को अपमान हुनेछ।

संघीय गठबंधन लाई ठोस बनाउने। त्यसको स्पष्ट संरचना चाहियो। सदस्य पार्टी का सांसद हरु रहेको एउटा निर्वाचक मंडली हुन्छ। त्यहाँ ५०% बढ़ी मत बटुल्ने सांसद संघीय गठबंधन को राष्ट्रिय अध्यक्ष हुन्छ। एक त्यो। अर्को, केंद्र प्रदेश र स्थानीय मा एक पद एक उम्मेदवार। यति गर्नै पर्छ। सत्ता मा पुग्नै पर्छ। होइन भने अहिले सम्म का बेइमानी का प्रयास केही पनि होइन। अनि त्यहाँ त आंदोलन गर्ने बाटो पनि हुँदैन। वक्तव्य सम्म निकाल्न सकिन्छ।

सफल आंदोलन लाई असफल बनाउने मधेसी नेताहरु को षड्यंत्र के हुन सक्छ? संघीय गठबंधन को राष्ट्रिय अध्यक्ष नचुन्ने। एक पद एक उम्मेदवार मा नजाने।

यो नाकाबंदी यति बलियो हुरी बतास हो केपी ओली को कुरा हुन छोडिसक्यो। बरु बाबुराम को कुरा हुन थालेको छ। बाबुराम + काँग्रेस + संघीय गठबंधन को सरकार बन्न सक्छ। त्यो मौका पाए जानुपर्छ। भुकम्प पीड़ित लाई मद्दत जुन गर्नु पर्नेछ।

राजनीति गर्ने भनेकै सत्ता मा जान का लागि हो। जनता लाई गरेका वाचा पुरा गर्ने उपाय के छ अर्को? वक्तव्य निकाल्ने?





Why Nepal's New Constitution Is A Sham
The Indian Century Begins In Nepal
Indian Blockade: Gamechanger
सिर्फ मधेस ही नेपाल में जल विद्युत का विकास कर सकता है
मधेसी आंदोलन, बिहार को चुनाव, र मोदी
झापा मधेस, चितवन मधेस, कंचनपुर मधेस
भारत नेपालको यथार्थ
मधेस मा सुनामी आइसक्यो
सभास्थल, सड़क, र संसद
हिंसाको बाटो त सोंचनै हुँदैन
संघीयता को २०३६ साल
आश्विन संग्राम: एक सुझाव
Nepal Needs A Constitution

No comments: