Friday, September 04, 2015

संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने?

संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने? एक समय थियो देशमा बहुदल आए देश नै गायब।  बहुदल त के गणतंत्र आएर पनि देश जहाँ को तहीं छ। यत्रो भुगोल, कसले पॉकेटमारी गर्छ?

अहिले भन्न थालिएको छ, देशमा संघीयता र समावेशीता आए देश गायब हुन्छ। संघीयता र समावेशीता आए लोकतंत्र र गणतंत्र गायब हुने? तेल आए पानी गायब हुने?

सीमाङ्कन थाती राखेर संविधान घोषणा : गगन थापा
यो संविधानसभाले पनि संविधान जारी गर्न नसके नेपालमा लोकतन्त्र र गणतन्त्र कसैले जोगाउन नसक्ने पनि उनले ।


मधेशी मोर्चामा खटपट : ठाकुर र यादव सहभागी भएको कार्यक्रममा उपस्थित भएनन् महतो
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सिरहाको मिर्चैयामा विरोधसभाको आयोजना गरेको छ । सो कार्यक्रममा मोर्चामा आवद्ध चारै दलका अध्यक्ष सहभागि हुने निर्णय थियो तर अध्यक्ष महतो आफै उपस्थित नभएर आफ्ना पार्टीका महासचिव राजु गुप्तालाई पठाएका छन् । यस्तै मोर्चाभित्रको विवादले पर्सामा हुने भनिएको विरोधसभा स्थगित भएको थियो । पर्साको कार्यक्रम स्थगित भएकै दिन यादव र ठाकुर काठमाडौ आएका थिए । ...... तीन दिनदेखि काठमाडौमा रहेका महन्थ ठाकुर, उपेन्द्र यादव र महेन्द्र राय यादव हिजै (विहिवार) सिरहा हुने कार्यक्रममा सहभागिताका लागि हिडेका थिए । तर अध्यक्ष महतो मधेशमै भएपनि उनी सो कार्यक्रममा पुगेको छैन । मोर्चाभित्र विवाद रहेको छ भने कुरा आजको यो घटनाले पुष्टि गरेको छ ।
शीर्ष तीन दललाई गच्छदार मोर्चाको दुई दिने अल्टिमेटम





सिरहा बजारमा झाडु बोकेर निस्किए महिला (फोटोफिचर)
अन्तरिम संविधान अनुसार तराईमा थारु आदिवासी र मधेशीको पहिचानको आधारमा दुई प्रदेशको माग ..... जनताको शान्तिपूर्ण आन्दोलनमा सेना परिचान गर्नु गलत भएको .... लागातार १९ दिनको बन्दका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण खाद्यान्न लांगाएत अति आवश्यक सामग्रीको अभाव हुन थालेको छ ।
कांग्रेस जनजाती सभासद्को भिन्दै संशोधन प्रस्ताव तयार
थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको भेलामा नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने नौ बुँदे संशोधन तयार पारेका हुन् । ...... संशोधनप्रस्ताव पार्टी प्रमुख सचेतक चीनकाजी श्रेष्ठमार्फत संविधानसभामा दर्ता गरिने जनजाति सभासदले बताएका छन् । संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहहरुमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख छ । ...... त्यसैगरि प्रस्तावमा जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत राख्नुपर्ने विषय समेटिएको छ । भेलामा

काग्रेसका ३० भन्दा बडी सभासद्

सहभागी थिए ।
काठमाडौ आएर के–के गरेर फर्के उपेन्द्र र महन्थ?
काठमाडौ आएको विषयलाई सबभन्दा बढी चर्चामा ल्याउने भूमिका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले खेले । उनले काठमाडौंका विभिन्न सञ्चारमाध्यमलाई फोन गरेर उपेन्द्र यादव र महन्थ ठाकुर वार्ताका लागि काठमाडौ गएको जानकारी दिए । उनले आजै पनि नवलपरासीमा पत्रकार सम्मेलन गरी महन्थ ठाकुर र उपेन्द्र यादव चाकरीका लागि काठमाडौ गएको आरोप लगाएका छन् । उनले अहिलेको अवस्थामा काठमाडौ जानु चाकरी बाहेक अरु केही होइन, अबको वार्ता काठमाडौमा होइन मधेशमा हुने बताए । ......... महतोले लगाएको यो कुराको खण्डन संघीय समाजवादी फोरम नेपालले गरेको छ । सो पार्टीले मधेशी जनतालाई गुमराह गर्ने कुकार्य नगर्न महतोलाई चेतावनी दिएको छ । केही पत्रकारले अध्यक्ष महतोलाई मसिहाकरण गर्न खोजेको आरोप सो पार्टीले लगाएको छ । ...... तमलोपाका अध्यक्ष ठाकुर काठमाडौ आइसकेपछि प्रधानमन्त्री सुशिल कोइराला, एमाओवादीका अध्यक्ष प्रचण्ड, भारतीय राजदूत रञ्जित रेसँग छलफल गरेका छन् । उनले प्रधानमन्त्री सुशिल कोइरालासँग मंगलवार साँझ फोन संवाद गरेका थिए भने अध्यक्ष प्रचण्ड र भारतीय राजदूत रञ्जित रे सँग हिजो भेटे । तर, यसलाई उनले वार्ताको रुपमा लिएका छैनन् । ....... आफ्नो पार्टीका कार्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ठाकुरले आफू पार्टीको कामले काठमाडौ आएको तर राजनीतिक प्राणी भएको कारणले कुनै नेतासँग भेटघाट गर्नु वार्ता नभएको, आपसी भाइचाराका लागि पनि नेताहरुको बीचमा भेटघाट हुने गरेको बताए । ...... उनले आफूले प्रधानमन्त्री कोइरालासँग फोन संवाद गरेको स्वीकार गरे । फोन संवादमा आफूहरुले राखेको शर्त पूरा नभएसम्म वार्तामा नबस्ने जवाफ दिएको दावी गर्दै उनले वार्ताको वतावरण बनाउने जिम्मेवारी सरकारको रहेको जवाफ प्रधानमन्त्रीलाई दिएको दावी गरे । यद्यपी प्रचण्ड र रञ्जित रे सँगको भेटघाटलाई अस्वीकार गरे । ....... त्यस्तै, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि काठमाडौ आएपछि गोप्य ढंगबाट विभिन्न नेताहरुलाई भेटेका छन्, जुन कुरा सार्वजनिक भएका छैन । उनका पार्टी निकट स्रोतका अनुसार अध्यक्ष यादवले एमाओवादीका अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग भेटघाट गरेका छन् । उनले यहाँ काठमाडौमा विभिन्न अन्तराष्ट्रिय शक्तिसँग पनि भेटघाट गरेर मधेशमा भइरहका आन्दोलनको बारेमा जानकारी गराएका छन् । ....... उनले यहाँ काठमाडौमा विभिन्न अन्तराष्ट्रिय शक्तिसँग पनि भेटघाट गरेर मधेशमा भइरहका आन्दोलनको बारेमा जानकारी गराएका छन् । प्रधानमन्त्री सुशिल कोइरालाले मंगलवार अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट्नका लागि फोन गरेका थिए तर यादवले फोन नउठाएपछि प्रधानमन्त्री कोइरालाले पार्टी संसदीय दलका प्रमुख सेचेतक डा.शिवजी यादवलाई फोन गरेका थिए । उपेन्द्र यादवलाई वार्तामा बस्न डा.शिवजी यादवलाई प्रधानमन्त्री कोइरालाले आग्रह गरेका थिए । ...... फोरम नेपालले मधेशमा सरकारले सेना परिचालन गरेको विरुद्धमा आज काठमाडौमा विरोध र्याली निकालेको थियो ।
उद्योग मन्त्री भन्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्रीबीच आवश्यक छलफल हुँदैन’
युवा संघको अध्यक्षको हैसियतमा सडकमा नाराजुलुस गर्दागर्दै अचानक मन्त्री पदको शपथ खाएर सिंहदरबार पुगेका महेश बस्नेत ...... मन्त्रिपरिषद् र संसदका बैठकहरू औपचारिकता पूरा गर्नेमा मात्रै सीमित हुन थालेका छन् । ...... अरु मन्त्रालयले गर्नुपर्ने निर्णयका धेरै विषय अर्थ मन्त्रालयसँग ठोक्किन्छन् । यस्तोमा अर्थ असहमत भइदिए धेरै निर्णय गर्न सकिँदैन । ..... एउटा जिल्लामा एउटा औद्योगिक क्षेत्र हुनुपर्छ भन्ने कन्सेप्ट विकास गर्दै आगामी वर्षसम्म ६ वटा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्यक्रम अगाडि बढाइयो । आगामी वर्षसम्म ४२ वटा निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम सञ्चालन गर्नेगरी पूर्वाधार विकास गर्न बजेट छुट्याउन सफल भयौं । ...... एमाले–कांग्रेसको समिकरण एकदमै जटिल समिकरण हो । यसका केही कारण छन् । दीर्घकालीन राजनीतिका दुई प्रतिस्पर्धी एकै ठाउँमा उभिएर सत्ता सञ्चालन गर्नु आफैंमा जटिल हो । किनभने, एमालेले राम्रो काम गर्दा भोलिको चुनावमा एमालेले मत पाउँछ भन्ने मानसिकता एकातिर छ, अर्कोतिर कांग्रेसले राम्रो काम गरेमा एमालेमा पनि त्यो फिलिङ स्वाभाविक हुन्छ । ....... पहिलो र दोस्रो ठूलो दलको समिकरण आफैंमा जटिल अभ्यास हो । यहाँ कसले जस पाउने भन्ने कुराको प्रतिस्पर्धा छ । ...... हामी क्याबिनेट सिस्टममा भएकाले प्रधानमन्त्री राजी नभईकन कुनै कुरा सम्भव हुँदैन । कतिपय सन्दर्भमा प्रधानमन्त्री आफैं संयुक्त सरकारको भावनाभन्दा पनि व्यक्तिगत आकांक्षाका आधारमा चल्ने गरेका छन् । बिरामीको औषधोपचारदेखि सरकारवादी मुद्दा फिर्ता लिने सवालमा ‘तेरो कि मेरो’ भन्ने बहस हुन्छ । राज्यका तर्फबाट दिइने कतिपय सेवा–सुविधामा पनि अनावश्यक होडबाजी देखिन्छ । ....... अनुहार हेर्दा राम्राभन्दा पनि हाम्रा मान्छेको हेरिन्छ । कतिपय सन्दर्भमा अविश्वासको वातावरण बनेको छ, जस्तो प्राधिकरणको सिइओमा प्रधानमन्त्रीले आफ्नै मान्छे किन राख्नुभो त ? ...... सातौं महाधिवेशनबाट पार्टीभित्रको लोकतन्त्रलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गर्नासाथ एमालेभित्र गुटबन्दी संस्थागत भयो । गुटबन्दी बढ्दै गएपछि एमालेभित्रको संरचनागत शैलीलाई धमिरा लाग्न थालेको कुरा पार्टीपंक्तिले महसुस गर्यो । ...... दुई मन्त्रालयबीच समस्या देखापर्दा मन्त्रीहरू राखेर हल खोज्ने, महत्त्वपूर्ण निर्णयमा समन्वय गर्ने सवालमा प्रधानमन्त्रीको भूमिका कमजोर देखियो ।

मन्त्रिपरिषद्को बैठकमा पनि उहाँको भूमिका ‘सेरेमोनियल’ जस्तो देखिन्छ ।

हामीले उहाँलाई यस्ता कुरामा सुझाव पनि दिने गरेका छौं, समन्वय र छलफलमा उहाँको अलि ध्यान पुगेको छैन । ....... क्याबिनेटमा गृहमन्त्री, प्रधानमन्त्री र विमलेन्द्र निधिको छुट्टाछुट्टै गुट छ भन्ने सुनिन्छ ....... क्याबिनेट यति धेरै फर्मल हुन्छ कि दुई घन्टामा ४० वटा निर्णय गर्न सकिन्छ । सम्बन्धित मन्त्रालयले आफ्ना सरोकारका एजेन्डा लैजान्छन्, मुख्यसचिवले निर्णय हुनुपर्ने व्यहोरा पढेर सुनाएपछि सामान्यतः अरु मन्त्रालयले बोल्ने र विरोध गर्ने चलन हुँदैन । ....... गृहमन्त्रीले यसबारे किन छलफल नगरेको भनेर प्रश्न उठाउँदा प्रधानमन्त्रीले भन्नुभो, ‘तपाईंसँग फोनमा त कुरा गरेँ नि मैले ।’ ....... पछि अर्थमन्त्रीले ठीकै हो बहस गर्न पाएको भए राम्रो हुन्थ्यो तर पनि नराम्रो कुरा आएको छैन भनेपछि बैठक अगाडि बढ्यो । ........ संविधान भदौभित्र आउने प्रक्रियामा अगाडि बढिरहेको छ । ..... यो आन्दोलन एमाओवादीले सुरु गरेको जातीय आन्दोलनको बाछिटाजस्तो पनि लाग्दै छ । ...... तर, अहिले प्रस्ताव गरिएको मधेसमा पहाडलाई छुट्याएर जानकी मन्दिरको प्रसाद हामी मात्रै खाने भन्ने चर्चा पनि चलेको छ । यसरी जता काफल पाक्यो त्यतै चरी नाच्यो भन्ने ढंगबाट गएमा कसरी हुन्छ ? तर मधेसवादी दलहरूले संघीयताबारे उठाएका जायज कुरामा लचिलो भएर जाने गरी अरु तीन दल सहमत भएपछि संविधान नै रोक्नुपर्छ जस्तो मलाई लाग्दैन । मधेसकेन्द्रित दलहरू समाप्तिको बाटोमा गइरहेका बेला यो आन्दोलन निहुँ खोज्ने बाटो बनेको छ । आन्दोलनलाई मलजल गर्न सकेमा सुकेको बिरुवामा पात पलाउँछ कि भन्ने मात्रै हो । सरकार भनेको जायज कुराका लागि अलिअलि बल प्रयोग गर्ने निकाय पनि हो । त्यसै भएर अपराधी र अराजक गतिविधि गर्नेलाई बल प्रयोगमार्फत तह लगाएर भए पनि संविधान निर्माण गर्नुपर्छ । ....... अब बन्ने सरकार संयुक्त वा राष्ट्रिय सरकार बन्नुपर्छ, त्यसमा सम्भव भएसम्म धेरै दलहरू समेटिनुपर्छ भन्ने एमालेको धारणा हो । ....... सत्ताको नेतृत्वको जुन कुरा छ, त्यसमा स्वाभाविक रुपमा एमालेले नेतृत्व गर्नुपर्छ । किनभने समकालीन नेताहरूमा पनि प्रचण्ड, बाबुराम एकातिर, सुशील, शेरबहादुर एकातिर र नेपाल, खनाल प्रधानमन्त्री भइसकेकाले एकातिर बस्ने गर्छन् । कस्तो अप्ठेरो हुनथालेको छ भने, समकालीन पूर्वप्रधानमन्त्रीहरू एउटा लाइनमा बस्ने तर केपी ओली छुट्टै बस्दा नसुहाएको जस्तो देखिएको छ । त्यसैले केपी कमरेडकै नेतृत्व ...... दरबार हत्याकाण्ड, शाही शासन र मधेस आन्दोलनका नाममा भएको मधेसी र पहाडीलाई लडाउने इतिहास पनि व्यहोर्यौं । ...... मन्त्री भएपछि मलाई तपाईं यु टर्न हुनुभो, राम्रो गर्नुभो भन्न थाले । तर, म यु टर्न भएको थिइनँ, मप्रति हेर्ने हिजोको दृष्टिकोण युटर्न भएको थियो ।
चार दल बैठकः असहमति समेट्न संशोधनको सहमति
सात प्रदेशको सीमांकनको विपक्षमा देखिएका असन्तुष्टि सम्बोधन गर्ने गरी संविधानको विधेयक संशोधनका लागि अर्को समझदारी गर्न प्रमुख चार दलका नेताहरु सहमत भएका छन् । ...... प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेताहरुको बैठक विवादित विषयलाई सम्भव हुने सम्म सम्बोधन गर्ने अर्को समझदारी र त्यसका आधारमा संविधानको विधेयकमा संशोधन गर्न अर्को समझदारी र त्यसका आधारमा संविधानका विधेकमा संशोधन गर्न सहमत भएका हुन् । आन्दोलनकारी शक्तिहरुसँग वार्ता गरेर शनिबारसम्म निष्कर्षमा पुग्ने सहमति नेताहरुले गरेका छन् । ..... थारु, मधेसी र जनजाति समुदायले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा टोली बनाएर बुँदागत रुपमा केलाउन जिम्मेवारी दिने निष्कर्षमा नेताहरु पुगेका छन् । स्रोतका अनुसार बैठकको समापनमा एमाओवादी अध्यक्ष प्रचण्डले भने,‘बुँदागत रुपमा विषयलाई छुट्याऊँ र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिऊँ ।’ ..... फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बैठकमा सरकारले वार्ताको लागि वातावरण नै नबनाएको आरोप लगाए ।
सशस्त्रका आईजीपीले बनाए एक करोड पचास लाखको नक्कली विल
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सञ्चार सेट किनेको बहानामा नक्कली विल भर्पाई बनाएर भ्रष्टाचार गरेको आरोप लागेको छ । संसद्को सार्वजनिक लेखा समितिमा कांग्रेस सभासद् रामहरि खतिवडाले यस्तो कुरा उठाएका हुन् । ‘२०७० सालको चुनाव पछाडि १ करोड ५० लाख सञ्चार सेट किन्ने भनेर टेण्डर आह्वान गर्नुभयो । सामान किन्नुभएन, तर भुक्तानी लिनुभएछ ।’ उनले भने, ‘यो विषय लेखा समितिमा प्रवेश गराई छलफल हुनुपर्छ ।’

No comments: